Sahara Sansar

Thursday, March 31, 2011

पिपिआर रोगले झण्डै ५ दर्जन खसी बाख्रा मरे

यम चौलागाई
 चैत १७ सिन्धुली।सिन्धुलीको हर्षाही गाविसमा पिपिआर रोगका कारण ५ दर्जन भन्दा बढी खसी बाख्रा मरेका छन् । एक साता अघि देखि फै लिएको उक्त रोगका कारण गाविसको ५, ६, र ७ नं वडाहरुमा गरी ५ दर्जन भन्दा बढी खसी बाख्रा मरेको स्थानिय कृषकहरु ले बताएका छन् । ÷याल काड्ने, सिगान बगाउने, आँखामा कचे रो लाग्ने, छेर्ने,लक्षण देखा परी खसी बाख्रा मर्न थालेपछि कतिपयको त खोर नै रित्तीएको स्थानिय कृषक रंगमान गोलेले बताउनु भयो ।

 अहिले रोग प्रभावित गाविसमा १२०० खसी बाख्राको लागि पिपिआर रोग विरुद्धको भ्याक्सीन लगाउने काम भईरहेको जिल्ला पशु सेवा कार्यलय सिन्धुलीका प्रमुख रवीलाल चौधरीले बताउनु भयो । यता सिन्धुली कै टाँडी गाविसमा खोर्याँत रोगको प्रकोप देखा परेको छ । रोगका कारण त्यस क्षेत्रका बाईस तेइस घरपरिवारका गाई भैसी विरामी भएका छन् ।

विरामी पशुलाई स्थानिय पशुसेवा केन्द्रबाट औषधी खरिद गरी खुवाइए पनि रोग नियन्त्रणमा नआएको कृषक डम्वर कार्कीले बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae