Sahara Sansar

Friday, March 25, 2011

फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने


फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।


सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।



फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।

यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।

फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।

तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।

त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae