Sahara Sansar

Thursday, March 24, 2011

सिरिया आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या बढ्यो

  चैत  १० सिरिया । सिरियाको दरा सहरमा हिजो चम्किएको आन्दोलनमा सुरक्षाबलले आक्रमण गरेपनि मृत्यु हुनेको सङ्ख्या बढेर १५ नाघेको कुरा मानव अधिकारकर्मीले जनाएका छन् ।

दराबाट सुरु भएको सरकार विरोधी आन्दोलन सिरियाको अन्य छिमेकी सहरहरुमा समेत बिस्तारै फैलिन थालेको छ । जोर्डनसँग जोडिएको सिरियाली सीमा सहर दरा सुन्नी मुसलमानहरुको आदिवासी क्षेत्र हो र दुई दिनको भीषण सैनिक कारबाहीमा २१ जनाको मृत्यु भईसकेको छ ।

राष्ट्रपति बसार अल– असादको ‘बाथ’ पार्टीले सिरियामा एकछत्र शासन गरेको ४० वर्षभन्दा बढी भईसकेको छ र जनतामाथि भइरहेको अत्याचार विरोध गर्दै  असादले पद त्याग गर्नुपर्ने माग राखि चम्केको जनआन्दोलनको प्रमुखस्थल दरामा दमन चलाई सिरियाली सरकारले आन्दोलन अन्त्य गर्ने प्रयास गरेकोसमेत जनाइएको छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae