Sahara Sansar

Thursday, March 24, 2011

माओवादी गाउँले फकाउँदै

राजेन्द्र न्यौपाने  चैत १० गोरखा ।
संविधान घोषणा गर्ने समय नजिकिँदै गर्दा एकीकृत नेकपा (माओवादी) गोरखाले गाउँ गाउँमा जनता फकाउन थालेको छ । जनताको पक्षमा संविधान बने संविधान जारी गर्ने समयमा सहयोग गर्ने र जनताको पक्षमा नबने विरोध गर्ने नीतिका साथ जनजागरण अभियान जिल्ला भरी सञ्चालन गरेको छ । माओवादी गोरखाले जेठ २० गतेसम्मको अवधिलाई आन्दोलनको चरण भनेको छ । गाउँ गाउँमा यतिवेला माओवादीका नेता तथा कार्यकर्ताहरु छ्याप्छ्याप्ती देखिएका छन् । माओवादीका जिल्ला स्तरका नेताहरु दुर्गम गाउँमा पसेका छन् । गाउँमा जनवर्गिय संगठनको निर्माण गर्ने देखि लिएर जनयुद्धकालमा घोषणा गरिएको जनसत्ता फेरी व्युँताउने काम गरिएको माओवादी जिल्ला सेक्रेटरी चुडामणि खड्काले जानकारी दिनुभयो । जनताको सत्ता प्राप्ति नहुँदा सम्म क्रान्ति नसकिने उहाँले बताउनुभयो । क्रान्तिलाई सफलता मिलोस् भन्दै माओवादीले भईरहेका इलाका, क्षेत्र र गाउँ स्तरका नेतृत्वमा समेत व्यापक फेरवदल गरेको छ । पछिल्लो समयमा एक सार्वजनिक कार्यक्रममा डा. बाबुराम भट्टराई माथि संस्थापन पक्षले राम्रो व्यवहार नगरेको भन्ने समाचारको लगतै माओवादीका जिल्ला स्तरका नेताहरु गाउँ पसेका हुन् । गाउँमा पुगेपछि विकासका कुरा भन्दा पनि धेरै राजनैतिक वैचारिक कुराहरुमा छलफल हुने गरेको छ । गोरखा जिल्लामा स्थानीय संघ संस्थाहरुमा प्राय सबै ठाउँमा माओवादीले नेतृत्व गर्दै आएको छ । संगठन सुदृढ तथा विस्तार अभियान अत्तर्गत पार्टीभित्र क्रियाशील हुनेलाई संगठित गर्दै लैजाने र निश्क्रिय हुनेलाई पार्टीमा जिम्मेवारी घटाउने काम माओवादीले गर्दै आएको छ । जिल्ला भरी १० हजार भन्दा बढी माओवादी पार्टी सदस्यहरु रहेको माओवादी स्रोतले जानकारी दिएको छ । शान्तिपूर्ण तरिकाले परिवर्तन गर्नु आजको आवश्यकता हो भन्दै माओवादी गोरखाले गाउँ गाउँमा अभियान सञ्चालन गरेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae