Sahara Sansar

Wednesday, March 23, 2011

मुस्ताङमा पर्यटन क्षेत्रको लगानी सबै भन्दा बढि

चैत्र १०  मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा झण्डै २ अर्ब रुपैया होटल ब्यबसायमा लगानि भएको पर्यटन ब्यबसायीले बताएका छन । मुस्ताङ जिल्लामै सबैभन्दा धेरै होटल ब्यबसाय क्षेत्रमा लगानि भएको कागबेनी एक्लेभट्टीका ब्यबसायी रिनझन नामग्याल गुरुङले बताउनु भयो ।

बाह्य पर्यटक बस्ने खालका स्तरीय होटलहरु दर्ता गरेर चलाए पनि परापुर्वकाल देखि नै मुक्तिनाथ मन्दिरको दशर्नका लागि प्रसस्त आन्तरिक पर्यटक आउने भएकाले होटलहरुमा मात्र नभई सामान्य घरहरुमा पनि खानेबस्ने ब्यबस्था रहेको ब्यबसायी गुरुङको भनाई छ ।

मुस्ताङबासीका घरहरुमा पनि आन्तरीक पर्यटकलाई खाने बस्ने सुबिधा राम्रो रहेको बताउदै गुरुङले भने ‘अधिकास मुस्ताङीले पर्यटन ब्यवसायमा लगानि गरेका  छन ।’ गुरुङले थपे ‘२ अर्व भन्दा बढि लगानि होटल ब्यबसायमा रहेको मेरो अनुममान छ ।’

तल्लो मुस्ताङको मुक्तिनाथमा १४, झारकोटमा ६, खिङामा ४, कागबेनीमा १७, एक्ले भट्टीमा ५, जोमसोममा ३, पुथाङमा २४, स्याङमा १, माफार्मा १५, टुकुचेमा ११, खन्तिमा २, न्याउरीकोटमा १, लार्जुङमा ४, कोखेठाटीमा ४,  धम्पुमा १, कालोपानी लेतेमा १६, मिसीमा १, धैकुमा १, घासामा ६, पैरो थाप्लामा २ गरि  १ सय अठतिस बिदेशी पर्यटक बस्ने लायकका होटलहरु गत बर्ष सम्म दर्ता भएका छन ।

यस बर्ष पनि नया होटलहरु दर्ताको प्रक्रियामा रहेकाले करिब १ सय पचास भन्दा बढि हुने अन्नपुर्ण सरंक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमकी पर्यटन सहायक हरिमाया गुरुङले बताउनु भयो ।

यसै गरि अर्ध निषेधित उपल्लो मुस्ताङको  छुसाङ गाबिसमा ८ होटल तथा लजमा १ सय २४ बेड, ८ क्याम्पीङ साइट रहेकोमा हाल छुसाङको ताङवेमा २ होटल, २ क्याम्पीङ साइट र छुसाङमा  पनि २ होटल, तेताङमा २ क्याम्पीङ साइट थपिएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) लोमन्थाङका पर्यटन सहायक मधु बरालले बताउनु भयो। 

यसैगरि घमि गाबिसमा १ सय १४ बेडका १० होटल लज तथा रेष्टुरेण्ट, १२ बटा क्याम्पीङ साइट रहेका छन ।

सुर्खाङ गाबिसमा २९ बेडका ३ होटल लज तथा रेष्टुरेण्ट, ५क्याम्पीङ साइट, चराङमा ९० बेडका ४ होटल लज तथा रेष्टुरेण्ट र ६ बटा क्याम्पीङ साइट रहेका छन । लोमन्थाङमा ९२ बेडका ४ होटल लज तथा रेष्टुरेण्ट, २ रेष्टुरेण्ट र ७ बटा क्याम्पीङ साइट रहेका छन भने छोसेर र छोण्हुप गाबिसमा बाह्य पर्यटकले रात बिताउन नपाउने प्राबधान रहेकोले छोसेरमा एक रेष्टुरेण्ट मात्र रहेको अन्नपुर्ण संरक्षण क्षेत्र हायोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका पर्यटन सहायक मधु बरालले बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae