Sahara Sansar

Thursday, March 24, 2011

बम विस्फोटनमा नेटोका २ सदस्य मारिए

चैत १० अफगानिस्तान (काबुल) । दक्षिणी अफगानिस्तानमा विस्फोटक पदार्थ विस्फोटनमा नेटोका दुई जना सदस्य मारिएको नेटो सुरक्षाबलले जनाएको छ । सो सदस्यहरुको राष्ट्रियता भने खुलाइएको छैन ।

अफगानिस्तानको दक्षिणी भाग तालिवानीको पकड क्षेत्र भएको हुनाले आतङ्ककारीसँगको लडाईमा अन्तर्राष्ट्रिय सैन्यबलले त्यहाँ ढाकेको छ ।

उक्त दुई सैनिकको मृत्यु पश्चात् अफगानिस्तानमा यस महिनामा मात्र मारिने अन्तर्राष्ट्रिय सैन्यबलको सङ्ख्या २३ पुगेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae