Sahara Sansar

Monday, March 28, 2011

म्याग्दीमा बार, बेञ्च र पत्रकारबीच अन्तरक्रिया

चन्द्रश्वर बस्ताकोटी
 चैत १४ मुस्ताङ।  जिल्ला अदालत म्याग्दीमा बार, बेञ्च र पत्रकारहरूबीच सञ्चार माध्यममा प्रयोग हुने कानुनी शब्दको विषयमा आईतबार अन्तरक्रिया भएको छ ।  सञ्चार माध्यमबाट कानुनी विषयमा गलत सूचना प्रवाह हुन नदिने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला न्यायधिश काशीनाथ पोखरेल, कानुन व्यवसायी, अदालतका कर्मचारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा सञ्चार माध्यममा प्रयोग गरिने कानुनी शब्दका विषयमा न्यायधिश पोखरेल, नेपाल बार एशोसियसन म्याग्दीका अध्यक्ष ध्रुबराज शर्मा, ठहरबहादुर भण्डारी, सागरजीवी उपाध्याय, चिरञ्जिवी शर्मा लगायतले जानकारी गराउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्ययाधिश पोखरेलले सर्वसाधारणलाई कानुनी विषयमा जानकारी गराई न्यायप्रती सचेत बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहने भएकाले त्यसका लागि न्यायालय र सञ्चारकर्मीबीच सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले न्यायलयबाट प्रवाह हुने सेवाका विषयमा जनतालाई सहि सूचना दिन न्यायलय र सञ्चार माध्यम बीच सूचना आदानप्रदान हुनुपर्ने बताउनुभयो
सो कार्यक्रममा जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार मोहनप्रसाद बाँस्तोलाले अदालतको गतिबीधिका बारेमा जानकारी गराउनुभएको थियो ।

चालु आर्थिक वर्ष २०६७÷६८ मा १ सय ६६ मुद्धाको फैसला गर्ने लक्ष्य राखेकोमा ८ महिनामा नै १ सय ६४ मुद्धा परेका र १ सय ४ मुद्धा फस्यौट गरिएको बाँस्तोलाले जानकारी दिनुभयो । एक वर्षमा १ सय १६ मुद्धा फस्यौट गर्ने लक्ष्य भएपनि लक्ष्य भन्दा बढी मुद्धा परेको अदालतले जनाएको छ ।

सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको बास्तोलाले बताउनुभयो । यसैगरी २०६१ सालदेखि हालसम्म कैद ठहर मुद्धामा पाँच सय ८४ वर्ष १ महिना २२ दीन कैदी सजाय असुल उपर गर्न बाँकी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । फैसला भएका मुद्धाबाट ७ वर्षको अवधिमा १२ लाख ५३ हजार ४ सय ६ रुपैया जरीवाना पनि असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ । च्भउथि च्भउथि तय बिि ँयचधबचम क्ष्लखष्तभ ऋजबलमचब द्यबकतबपयतष् तय अजबत

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae