Sahara Sansar

Thursday, March 24, 2011

ताजा जनादेश लिनुपर्ने राप्रपा नेपाल संसदिय दलका नेता चन्द्रबहादुर गुरुङको भनाइ

राजेन्द्र न्यौपाने
 चैत १० गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदिय दलका नेता चन्द्रबहादुर गुरुङले तोकिएको समयमा संविधान नबने ताजा जनादेश लिनुपर्ने बताउनुभएको छ ।

गोरखामा राप्रपा नेपाल गोरखाको भेला उद्घाटनपछि संचारकर्मीसंग कुरा गर्दै उहाँले संविधान सभाले तोकिएको समयमा संविधान दिन नसकेपछि प्रजातन्त्र सुदृढीकरण र जनताको सर्वोच्चताका निम्ति नयाँ जनादेशमा जानुको विकल्प नरहेको दावी गर्नु भएको हो ।

संविधान नबन्ने निश्चित भईसकेकाले संविधान सभाको म्याद थप गर्न नदिने र राप्रपाले देशभर जनसंघर्षको कार्यक्रम गर्न लागेको समेत गुरुङले जानकारी दिनुभयो ।
            
वामपन्थी र प्रजातन्त्रवादीको नाममा को स्थापित हुने भनेर राजनैतिक टकराव उत्पन्न भएकाले संविधान समयमा नबन्ने उहाँले ठोकुवा गर्नुभयो ।
            
जेष्ठ १४ गते सम्म संविधान नबनेर संविधान सभाको म्याद थप गर्न खोजे राप्रपाले संविधान सभा घेराउ गरेर म्याद थप गर्न नदिने उहाँको भनाई थियो । संविधान सभाको म्याद थप गर्नु भनेको असफलतालाई निरन्तरता दिनु हो उहाँले भन्नु भयो ।

सबै जनताको हितमा हुने संविधान निर्माण गर्नुको अचुक अस्त्र भनेकै नयाँ संविधान सभाको निर्वाचन भएको उहाँको भनाई थियो  । संविधान बन्न महत्वपूर्ण मुद्धाहरुमा सहमति हुन बाँकी रहेकाले संविधान नबन्ने नेता गुरुङको तर्क थियो । समय नपुगेर भन्दा पनि ठुला दलका ठुला नेताहरुको कार्यशैली र व्यवहारका कारण संविधान बन्न नसक्ने नेता चन्द्रले ठोकुवा गर्नुभयो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae