Sahara Sansar

Wednesday, March 30, 2011

स्वच्छ सगरमाथको लागि रोयाल्टी फिर्ता


रविन राचलिका
 चैत १६ भक्तपुर।सगरमाथा चढ्ने रहर बोकी बर्सेनि तेतिस हजार बिदेसी पर्यटक नेपाल आउछन् । तर उनीहरुले गरेको आर्थिक योगदानको दश गुणा बढी खर्च हुने गरी प्रदुशण फैलाएर जाने गरेको पाइन्छ । 

सगरमाथा क्षेत्रमा फालिएका अक्सिजन सिलिण्डर, थोत्रा पाल, ग्याँसका डिब्बाहरुको कारण सगरमाथको स्वच्छतामा प्रतिकुल असर पर्दै आएको छ । सगरमाथा चढ्नेहरुले आफुले लगेका सामानहरु फिर्ता ल्याउनुलाई आफ्नो दायित्व ठान्ने गरेका छैनन् । फिर्ता ल्याएर उनीहरुलाई कुनै लाभ हुने गरेको छैन ।
 अब सगरमाथाको स्वच्छता कायम राख्न भने हरेक आरोहीले आफुले लगेको सम्पुर्ण सामान फिर्ता ल्याउनु पर्ने प्राबधान राखिनु पर्दछ । यस किसिमको कार्यको प्रोत्साहनको लागि भन्ने फिर्ता ल्याइएका बस्तुको मात्रा हेरी उनीहरुले सगरमाथा चढ्न बुझाएको रोयाल्टीको केही अंश रकम फिर्ता गर्ने ब्यबस्था गरिनु पर्दछ ।
चालु आर्थिक बर्षमा नेपाल सरकारले सगरमाथा सफाइ अभियानको लागि भनी तीन अर्ब रुपैया छुटाएको छ । यदि सरकारले रोयाल्टी फिर्ता गर्ने ब्यबस्था गरेमा भबिष्यमा सगरमाथा फोहर थुप्रिदैन । त्यसैले सगरमाथाको स्वच्छताको लागि रोयाल्टी फिर्ता गर्नुको बिकल्प छैन । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae