Sahara Sansar

Monday, March 28, 2011

नयाँ बर्षको अबसरमा नेपालमा तेश्रो पटक पोकर रन रेस हुने

रविन राचलिका
 चैत १४ काठमाण्डौं। नयाँ बर्षको अबसरमा नेपालमा तेश्रो पटक पोकर रन रेस हुने भएको छ । यो रेस काठमाण्डौंदेखि सौराहासम्म आयोजना गरिन लागेको हो । बैशाख ३१ गते बिहान ८ बजे लाजिम्पाटको कफी इस्केपबाट रेस सुरु हुनेछ ।
पोकर नामको तासको खेलको आधारमा रेस गरिन लागिएको हो । जस अनुसार रेसमा सहभागीहरुलाई इन्ट्री प्वाइन्टहरुमा एक एक पट्टी तास दिइने छ । रेस अवधिमा पाँच वटा तास दिइनेछ । अन्तिम गन्तब्यमा जोसंग बढी हातको तास हुन्छ उसैलाई बिजेताको घोषणा गरिनेछ । यो खेलमा हातमा परेको तासको आधारमा बिजेता छनौट गरिने भएकोले प्रतियोगीले धेरै स्पीडमा बाइक गुडाउन आबश्यक छैन ।

पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा भाग लिने प्रतियोगीहरुले इन्ट्री पोइन्ट लगायतका अन्य गन्तब्यमा रमाइलो गर्दै जान सक्नेछन् ।
रेसमा सहभागी हुन ३५ सय रुपियाँ तिर्नु पर्दछ । यस रकममा सम्पुर्ण प्रतियोगीलाई तीन दिनको खाना र बासको सुबिधा उपलब्ध गराइएकोछ । बिजेताले भने बिभिन्न संस्थाहरुबाट प्राप्त हजारौं रुपियाँ बराबरको उपाहार प्राप्त गर्नेछ ।

द्धारिका होटेल, यती एयर लाइन्स आदिले गिफ्ट प्रायोजन गर्ने आयोजक साक्रेड समिटले जनाएको छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae