Sahara Sansar

Tuesday, March 29, 2011

मानब बेचविखन विरुद्धको अभियानमा सक्रिय शक्ति समुहद्वरा सचेतनामुलक सञ्चालन

कूल तामाङ्
 चैत १५  नुवाकोट। मानब बेचविखन विरुद्धको अभियानमा सक्रिय शक्ति समुहले नुवाकोटको तीन वटा गाविसमा विभिन्न सचेतनामुलक सञ्चालन गरेको छ । मानव बेचविखन प्रभावित नुवाकोटका पुर्वी गाविसहरु उर्लेनी, समुन्द्रटार र शिखरबेशी गाविसमा मानव बेचविखन विरुद्ध तथा सुरक्षित बैदेशिक रोजगारको विषयमा अभिमुखी करण कार्यक्रम सम्पन्न गरेको छ ।

उर्लेनी गाविस भवन, समुन्द्रटारको रुक्मिणी मावि र शिखरबेशीको बच्छला माविमा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधी, विभिन्न संघ सस्ंथाको प्रतिनिधी, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई मानव बेचविखन र सुरक्षित बैदेशिक रोजगारीको विषयमा कानुन तथा तालिम संयोजक दिलिप कोइराला, बेचविखनबाट प्रभावितहरुको अबस्थाको बारेमा मिना पाण्डे र इश्वरी तामाङले प्रशिक्षण दिनुभएको थियो । सहभागिहरुले स्थानीय स्तरमा दलालहरुले बेच विखन विरुद्ध बोलेमा, उजुरी दिएमा धंकी दिने, चेली बेटी हराएमा अभिभावकहरुले चासो नदिने जस्ता गुनासो पोखेका थिए ।

पिडीत परिवारको अभिभावकले चासो नदिदा गैरसरकारी सस्ंथाहरुलाई पनि काम गर्न कठिनाई भएको शक्ति समुह नुवाकोटकी अस्मिता थापाले बताउनुभयो । कार्यक्रममा बाल संरक्षण समिति र किशोर किशोरी समुह पनि गठन भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae