Sahara Sansar

Thursday, March 31, 2011

बर्दियाका गन्धर्वहरु आन्दोलनमा

चैत १७ नेपालगञ्ज। बर्दियाका भुमिहिन गन्धर्वको जग्गाको व्यवस्था,शिक्षाको व्यवस्था, सारङ्गी बाजाको सरक्षण र प्रवद्धन गरी रोगजारीको व्यवस्थाको माग गर्दे बर्दियाका गन्धर्वहरु आन्दोलनमा उत्रिईएका छन् । सरकारले गन्धर्वलाई अहिलेपनि वेवास्ता गरेको भन्दै बर्दियाका गन्धर्वहरुले आज जिल्ला प्रशासनमा धर्ना र ज्ञापन पत्र बुझाउने भएका छन् ।

दिउसो १ बजेपछि बर्दियाको बसपार्कबाट साकेतिक विरोध र्याली निकाल्दै बजारको परिक्रमा गरी जिल्ला प्रशासनमा आधा घण्टा सारङ्गी बजाएर धर्ना दिने कार्यक्रम रहेको नेपाल गन्धर्व जनजागरण समितिका सचिव दिलिप गन्र्धवले बताउनुभयो । जिल्लाका विभिन्न स्थानका गन्र्धव समुदायको सहभागीतामा र्याली सहित १२ बुद्धे माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाईने समितिले जनाएको छ ।

आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत साकेतिक सारङ्गी धर्ना तथा ज्ञापन पत्र बुझाईने र चैत अन्तिम साताबाट पैदल यात्रा सहित प्रधानमन्त्री कार्यालयमा सारङ्गी धर्ना र ज्ञापन पत्र बुझाईने समितिले जनाउको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae