Sahara Sansar

Wednesday, March 23, 2011

एसएलसी परीक्षा सुरु हुँदै


चैत ९ काठमाडौं। विद्यालय शिक्षाको फलामे ढोका मानिने एसएलसी परीक्षा बिहिबारबाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको बताएको छ । यस वर्ष एसएलसी परीक्षामा चार लाख ९६ हजार दुई सय ४३ परीक्षार्थी सहभागी हुँदैछन् । 

नियमितबाट चार लाख ३६ हजार चार सय ११ र एक्जाम्टेडबाट ५९ हजार आठ सय ३२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षार्थी बढेपछि परीक्षा केन्द्र पनि थपिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन एक हजार ६ सय ७२ केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै प्रत्येक २५ विद्यार्थीबराबर एक निरीक्षक तोकिएको छ ।

 यस वर्ष पनि एसएलसी दिने सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा र सबैभन्दा कम मनाङमा छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae