Sahara Sansar

Friday, March 25, 2011

जेठ १४ मा संविधान जारी नभए जनसंघर्षमा जाने कमल थापाको चेतावनी

चैत १२ जनकपुर।  राष्ट्रिय प्रजान्तत्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १४ मा संविधान जारी नभए जनसंघर्षमा जाने चेतावनी दिनु भएको छ । राप्रपा नेपाल धनुषाको प्रशिक्षण कार्यक्रमको लागि  जनकपुर आउनु भएको अध्यक्ष थापाले  संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै संविधान सभाको म्याद थप्न खोजे अब जनताले विद्रोह गर्ने बताउँदै निर्धारित समय मै संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन दलहरुलाई आग्रह गर्नु भयो  ।

अध्यक्ष थापाले संवैधानिक राजतन्त्र विना मुलुक चल्न नसक्ने बताउँदै राजसंस्था सहितको प्रजातन्त्रले मात्र मुलुकको निकास निस्कने बताउनु भयो  । उहाले  विगतमा मुलुकमा भएको जनआन्दोलन तथा विभिन्न लोकतान्त्रिक आन्दोलनले दिएको म्यान्डेट शान्ति, संविधान निर्माणलाई पन्छाएर दलहरु सत्ता लिप्सामा लागेको कारण आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको औल्याउँदै राजनीतिक दलहरुको खिचातानी जारी रहे जनताको विश्वास गुम्ने र यसले भविष्यमा ठूलो संकट निम्त्याउने धारणा  ब्यक्त गर्नु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae