Sahara Sansar

Thursday, March 24, 2011

चिट चोराउँदै गर्दा प्रधानाध्यापक पक्राउ


 चैत १० रौतहट। आजदेखि सुरु भएको प्रवेशिका परीक्षामा अमर्यादित काम गरेको भन्दै यहाँ एकजना प्रधानाध्यापकसहित १८ जना परीक्षार्थीलाई पक्राउ गरिएको छ । जिल्लाको पिपरापोखरीया परीक्षा केन्द्रमा चिट चोराउन आएको समूह र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ ।

मावि सखुवाका प्रधानाध्यापक द्वारिका राउतलाई गरुडा परीक्षा केन्द्रमा चिट चोराइरहेको अवस्थामा प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेको छ ।

यसैगरी जिल्लाको गरुडा, गौर, मलाहीलगायतका परीक्षा केन्द्रबाट १८ जना परीक्षार्थी पक्राउ परेका छन् ।रौतहटका २४ वटा परीक्षा केन्द्रमध्ये अधिकांश केन्द्रमा शिक्षक आफँैले चिट चोराइरहेको पाइएको छ ।

रौतहटमा यसवर्ष छ हजार ९५९ नियमित र १३५ एक्जाम्टेड परीक्षार्थी छन् । 

गार्डका रुपमा खटिएका शिक्षक र केन्द्राध्यक्षको मिलेमतोमा परीक्षा केन्द्र भित्रै गाइड र फोटोकपी प्रयोग गरेर चिट चोराएको पाइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae