Sahara Sansar

Monday, March 28, 2011

एसएलसी परीक्षाको समाचार संकलन गर्न अप्ठ्यारो

  चैत १४  नवलपरासी। प्रकृया एसएलसी परीक्षाको समाचार संकलन गर्न नवलपरासी लगायतका जिल्लाका पत्रकारहरुलाई सिण्डिकेट प्रणाली लागु गरिएको छ । एस एल परिक्षाको समाचार संकलन गर्न पत्रकारहरु जान पाउनु पर्ने माग राखेपछि जिल्ला शिक्षा कार्यालय नवलपरासीले जिल्ला भरिका संचारकर्मीहरुका लागि पाँच वटा मात्रै पास उपलव्ध गराएको छ । शिक्षा कार्यालयले एक पटकमा पाँच जना मात्रै समाचार संकलन गर्नजान सक्ने गरी पत्रकार महासंघलाई ५ वटा पास उपलब्ध गराएको छ । तर पत्रकार महासंघ नवलपरासीले ति मध्ये २ वटा आफैसँग राखेर प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघलाई एकएक वटा पास दिएको छ ।

जिल्लामा रहेका ३ वटा रेडियोका कुनै पनि पत्रकारले पास नपाउँदा समाचार संकलनमा जान सकेका छैनन् । रेडियोका प्रतिनिधिहरु समाचार सकलनमा जान नसक्दा परिक्षा कोठामा हुने गरेको अनियमितता र वास्तविक तत्य पनि संचार माध्यममा आउन सकेको छैन ।

जिल्लामा रहेका ५० भन्दा बढी पत्रकारहरुको लागि ५ वटा पास मात्र उपलव्ध गराउदा नवलपरासीका अधिकांश पत्रकारहरु समाचार संकलन गर्न जानबाट बन्चित भएका छन् । सूचना संकलन गर्न पाउने पत्रकारहरुको सूचनाको हक भएपनि नेपाल सरकार सूचना विभागको पास लिएका पत्रकारहरुलाई समेत प्रवेशिका परीक्षाको समाचार संकलनको लागि प्रवेश पास दिईएको छैन ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae