Sahara Sansar

Thursday, March 31, 2011

ताप्लेजुङको याप्फाखोला जलविद्युत आयोजना अलपत्र

चैत १७ ताप्लेजुङ। १२ वर्षअघि स्थानिय विकास मन्त्रालयको दुर्गम क्षेत्र विकास समितिले सुरुमखिम गाविसमा सुरु गरेको याप्फा खोला जलविद्युत आयोजना अलपत्र परेको छ । अहिले यो क्षेत्रमा विजुलीका खम्वा र तार खेतवारीमा अव्यवस्थित रुपमा छरिँदा समेत कसैले वास्ता नगरेको स्थानीयबासीको भनाइ छ ।

विद्युत निर्माणको ठेक्का पाएको राधा स्ट्रक्चर प्रालि सिनामंगल काठमाडौले काम पूरा नगरी भागेपछि त्यस क्षेत्रका करिव २ सय ५० घरधुरी अन्धकारमा वस्न वाध्य भएका हुन् । समितिले २९ लाख रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरेको भनिएपनि अझै विजुली वल्न सकेको छैन ।

 विद्युत उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद इम्वुङका अनुसार विजुली वाल्नको लागि दुर्गम क्षेत्र विकास समितिलाई पटकपटक आग्रह गरेपनि वेवास्ता गरेको छ । दुर्गम विकास समितिका सदस्य रहेका पदम पालुङ्वाका अनुसार सो कार्यलाई पुर्णता दिन समितिले यसपालि पनि वजेट विनियोजन गरेको छ । स्थानियवासिले कुलो खन्ने, खम्वा गाड्ने, तार टाग्ने, र विद्युत गृह वनाउनका लागि करिव ७ लाख रुपैँया वरावरको जनश्रमदान गरेको जनाएका छन् ।

यस खोलावाट उत्पादित हुने ३२ किलोवाट क्षमताको विद्युत करिव २सय ५० घर धुरीलाइ पु¥याउने लक्ष लिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae