हिम नाथ दुवाडी
फागुन १७ काठमाडौं। “हिमालयन गाइडस् अन्तर्राष्ट्रिय पाथीभरा म्याराथुन यही फाल्गुन २० गतेताप्लेजुङ्गमा हुने भएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्धन समिति,इन्द्रलाल गुल्म तथा हिमालयन गाइडस् नेपाल टे«क्स एण्ड एक्सपीडिसन प्रा.लिको संयुक्त प्रायोजनमा ताप्लेजुङ्गमा हुन लागेको म्याराथुनमा करिव २०० जनाले सहभागिता जनाउने आयोजकले बताएको छ ।
ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ वजारदेखि प्रसिद्ध देवस्थल पाथीभरा देवी मन्दिर पुगेर पुन फुङलिङ पर्कने वाटो म्याराथुनको लागि मिलाइएको छ भने म्याराथुनमा सहभागि मध्ये प्रथम हुनेले नगद रु ४० हजार, द्धितियले रु ३० हजार र तृतीयले रु २० हजार प्राप्त गर्नेछन ।
ताप्लेजुङ्गको धार्मिक तथा प्राकृतिक विविधताहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गर्न लागिएको पाथीभरा पर्यटन महोत्सवमाखुल्ला म्याराथुन, महिला हाफ म्याराथुन, प्याराग्लाइडिङ्ग, सांस्कृतिक कार्यक्रम, फुडफेस्टिवल लगाएतका विविध कार्यक्रम हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारा घिमिरेले बताउनुभयो।
महोत्सव करिव १ लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने कार्यक्रम सम्पन्न गर्न २२ देखि २५ लाख सम्म लाग्ने जानकारी आयोजकले दिएको छ ।
0 comments:
Post a Comment