वैशाख २४ काठमाडौं। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका प्रमुख नेताहरुलाई राजधानी नछाडेन गरेको आग्रह बेवास्ता गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल टर्की हानिनु भएको छ ।
नेपाल अल्पविकसित राष्ट्र भएको नाताले प्रधानमन्त्रीको भ्रमण अस्वभाविक होइन, तर संविधानसभाको म्याद सकिनै लाग्दा भएको प्रधानन्त्रीको यो भ्रमणलाई कतिपयले भने अनावश्यक भ्रमणको रुपमा मात्रै चित्रित गरेका छन । प्रधानमन्त्री खनाल ३० सदस्यीय जम्वो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको स्तानबुल आज पुग्नु भएको छ ।
संविधानसभाको समायावधि सकिन लागेको र शान्ति प्रक्रिया पनि धरापमा पर्न लागेको समयमा यो भ्रमणलाई धेरैले भने रुचाएका छैनन् । प्रधानमन्त्रीको अहिलेको प्रमुख प्राथमिकता दलहरुबीच सहमति कायम गरी संविधानको नयां मस्यौदा तयार गर्नु हो, तर यसलाई पन्छाउंदै प्रधानमन्त्रीले विदेश भ्रमण रोज्नु उनले भन्ने गरेको अर्जुनदृष्टि विपरीत छ ।
किनकि प्रधानमन्त्री भएको तीन महिना बितिसक्दा पनि शान्ति र संविधानका लागि सरकारले खासै उल्लेखनीय काम गर्न सकेको छैन । संविधानसभाको म्याद सकिन अब तीन सातामात्रै बांकी छ ।
शान्ति र संविधानका लागि प्रधानमन्त्री खनालले भन्दै आएको अर्जुन दृष्टि र चट्टानि अडानले टर्की भ्रमणले उपहास गरेको छ ।

0 comments:
Post a Comment