Sahara Sansar

Showing posts with label झापा. Show all posts
Showing posts with label झापा. Show all posts

Tuesday, March 22, 2011

गोलधाप भुटानी शरणार्थी शिविरमा सल्किएको आगो नियन्त्रनमा आउन नपाउदै शनिश्चरेमा रहेको अर्को शिविरमा पनि आगलागी

0 comments

चैत ८ झापा ।
झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरमा  मंगलवार बिहानैदेखि सल्किएको आगो नियन्त्रनमा आउन नपाउदै फेरी मोरङको शनिश्चरेमा रहेको अर्को भुटानी शरणार्थी शिविरमा पनि आगलागी भएको छ । आगलागीमा शरणार्थीका तीन सय बढी छाप्रा जलेर नष्ट भएका छन् । इटहरी, विराटनगर र मेचीनगर नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको टोलीले आगोलाई नियन्त्रणमा लिएका छन्। दिउँसो २:१५ बाट सुरु भएको आगो निभाउन करिब डेढ घण्टा लागेको थियो। आगोले जायजेथा खरानी बनाएपछि करिब २ हजार ५ सय शरणार्थीको बिचल्ली भएको छ। आजै झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरका शिविरका ६ सय भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन् । गड्बडीका कारण शिविरको दक्षिणी भेगबाट आगो उठेको अनुमान गरेको छ। आगलागीबाट शिविरमा रहेका दातृ निकायका कार्यालयहरु समेत ध्वस्त भएका छन् । दमक, मेचीनगर र भद्रपुरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। प्रहरी, सेना र सशस्त्रको टोली उद्दारमा खटिएको छ।

Read More......

Thursday, March 10, 2011

जनचेतनामुलक कार्यक्रमको थालनी

0 comments

हिमाल आचार्य  फागुन २६ धुलाबारी । दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापामा ट्राफिक प्रहरीले जनचेतनामुलक कार्यक्रमको थालनी गरेको छ । कार्यक्रमअन्तर्गत मूख्य राजमार्ग अन्तर्गत विभिन्न स्थानमा व्यानर, होर्डिङ्ग बाडर्, पम्प्लेट राख्ने लगायत विभिन्न विद्यालयमा ट्राफिक सम्बन्धी कक्षा सञ्चालन गरिदैं आएको जिल्ला ट्राफिक व्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यालयमा सञ्चालन गरिने ट्राफिक सम्बन्धी कक्षामा ट्राफिक सम्बन्धमा विभिन्न ज्ञानमुलक जानकारी तथा सवारी दुर्घटना न्यूनीकरण गर्न केकस्ता उपायहरु अपनाउने भन्ने सम्बन्धमा जानकारी दिइने जिल्ला ट्राफिक झापाका प्रमूख शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

विद्यालयमा सञ्चालन गरिने ट्राफिक सम्बन्धी कक्षा कार्यक्रम अन्तर्गत हिजो दमकका २ विद्यालयमा कक्षा सञ्चालन गरिएको र भोलि काँकरभिट्टामा सञ्चालन गरिनेसमेत कोईरालाले बताउनुभयो ।

यसैविच बढदो सवारी चाप तथा दुर्घटनालाई नियन्त्रण गर्न झापाको विर्तामोड आसपासमा परचिालन गरिने सामुदायिक ट्राफिकको घोषणा आउंदो चैत २ गते गरिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार सामुदायिक ट्राफिक परिचालनका लागि आवश्यक पर्ने निर्देशिकाको तयारी भइसकेको र त्यसको अन्तिम संशोधनको काम भइरहेको छ ।

अन्तिम संशोधनका लागि निर्देशिका संशोधन उपसमिति गठन गरिएको र त्यसले निर्देशिका संशोधन गरी सामुदायिक ट्राफिक प्रहरी व्यवस्थापन समिति समक्ष बुझउने र २ गते अगावै बस्ने समितिको बैठकले निर्देशिकालाई पारित गर्ने जिल्ला ट्राफिक झापाका प्रमूख शान्तिराज कोईरालाले बताउनुभयो ।

विभिन्न राजनितिक दल, संघ संस्था, यातायात व्यवसायी, मजदुर संघ संगठन, अनारमनी गाउँ विकास समिति लगायत विभिन्न संघ संस्थाहरुले बढदो सवारी चाप तथा दुर्घटनालाई नियन्त्रण गर्न सामुदायिक ट्राफिक परचिालन गर्ने निर्णय गरेका थिए । समुदायसंगको समिप्यतालाई ध्यानमा राखी समुदायसंगकै सहकार्यमा सामुदायिक ट्राफिकको अवधारणा अघि सारिएको हो ।
स्रोतः मेचीनगर अनलार्इन

Read More......

४ वटा उद्योग एकाएक बन्द

0 comments

खगेन्द्र घिमिरे
फागुन २६ धुलावारी। विभिन्न पार्टी तथा संगठनका नाममा हुने चन्दा आतंक तथा उद्योग सञ्चालनमा पर्याप्त भोल्टेज अभावका कारण झापाका ४ वटा उद्योग एकाएक बन्द भएका छन । यसरी बन्द हुनेमा मेचीनगर नगरपालिका ३ मा रहेका मेची सोलभेन्ट, कामधेनु ह्याचरी, शक्ति सेलर राईस मिल र कामधेनु फिड इन्डष्ट्रिज रहेका छन ।

पर्याप्त भोल्टेजका लागि नेपाल विद्युत प्राधिकरणसंग बारम्बार सम्पर्क गर्दापनि सुनुवाइ नभएको र बजारको मागअनुसार उत्पादन दिन नसकिएको कारण उद्योग बन्द गर्न बाध्य हुनुपरेको मेची सोलभेन्टका सञ्चालक विनोदकुमार कानु बतानुहुन्छ । वि.सं. २०२७ सालमा चामलको ढुटोबाट  कच्चा तेल उत्पादन गर्दै आएको मेची सोलभेन्टकै आम्दानीबाट २५ वर्षअघि अन्य ३ उद्योग स्थापना भएका थिए ।

सञ्चालकका अनुसार द्धन्द्धको समयमा विभिन्न पार्टी तथा संगठनका चन्दा आतङक र दैनिक हुने बन्द हड्तालका कारण कच्चा पदार्थमा आयातमा भएको समस्या र अभाव बढदै गएपछि उद्योग बन्द गर्नुपरेको समेत सञ्चालकको भनाई रहेको छ । ४ उद्योग एकसाथ बन्द हुंदा मजदुरी गरी जीविका चलाउने डेढ सय बढी मजदुरको रोजीरोटी खोसिएको छ । यस विषयमा भने सरोकारवाला मौन रहेको छ ।

उद्योगमध्ये कामधेनु ह्याचरीले चल्ला उत्पादन गर्दै आएको थियो । हाल प्रत्येक उद्योगको घाटा १÷१ करोड रहेको सञ्चालकको भनाई रहेको छ । उद्योग बन्द भएपछि पछिल्लो समयमा त्यहाँका सामानहरु रुग्ण भई कवाडीको अवस्थामा पुगेका छन ।
साभार स्रोतः मेचीनगर अनलार्इन

Read More......

Tuesday, February 15, 2011

हात्ती आतंकबाट २८ जनाको मृत्यु

0 comments


एस बी गौतम फागुन ३ झापा ।
झापाको बाहुनडाँगी गाविसमा जंगली हात्तीबाट २८ जनाले ज्यान गुमाइसक्दा पनि राज्यका तर्फबाट बेवास्ता गरिएको पीडित पक्षले बताएको छ । प्रकृति संरक्षण समाज झापा तथा बाहुनडाँगी गाविसले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै वन्यजन्तुबाट हुने क्षतिपूर्ति दिने गजेटमा उल्लेख भए पनि २० महिना बित्दासमेत पीडितले नपाएको जानकारी दिए । समाजका अध्यक्ष अर्जुनकुमार कार्कीले नेपाल र भारतबीच अन्तर सिमाना संरक्षणका लागि नयाँ दिल्लीमा भएको सम्झौता व्यवहारमा परिणत हुन नसकेको बताउनुभयो । हात्ती आतंकबाट वर्षेनी सयौं बिघा जमिनको खेतबाली नष्ट गरेको तथा पीडित गरिब, किसान एवं निम्न आर्थिक स्तरको रहेको कार्कीको भनाइ थियो । समाजले राज्यका तर्फबाट  मेची खोला किनारमा तटबन्धन गरी बाटो निर्माण गर्नुपर्ने, तुरुन्त अन्नबाली तथा जीउधनको क्षतिपूर्ति दिनुपर्ने, संरक्षणमा खटिएका व्यक्तिको विमा गर्नुपर्ने, थप सुरक्षाबलको व्यवस्था मिलाउनुपर्ने, हात्तीलाई प्राकृतिक वासस्थानमा फर्काउन सुरक्षाकर्मी तथा स्थानीय क्षेत्रमा सवारी साधनको व्यवस्था गर्नुपर्ने तथा मर्मतसम्भारका लागि सामग्री उपलब्ध गराउनुपर्ने माग राखेको सचिव निरज घिमिरेले जानकारी दिनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae