Sahara Sansar

Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

Saturday, June 18, 2011

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने जर्मनीका फुटबलर माइकल बालाकको उद्घोष

0 comments


असार ४ एजेन्सी । जर्मनीका पूर्वकप्तान माइकल बालाकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुनै योजना नै नरहेको बताएका छन् ।

प्रशिक्षक जोआचिम लोउले यसअघि मात्रै ब्राजिलि विरुद्ध हुने अन्तर्राष्ट्रिय म्याच बालाकको खेल जीवनको अन्तिम म्याच हुने बताएका थिए । उनले बालाकसँग सल्लाह गरेर ब्राजिल विरुद्धको अन्तर्राष्ट्रिय म्याचसँगै पूर्व कप्तानलाई सन्यास दिने निर्णय लिएको बताएका थिए ।

लोउको निर्णयबाट रुष्ट बनेका बालाकले समर्थकहरुको मन राख्नका लागि ब्राजिल विरुद्धको म्याचमा ओर्लने प्रतिक्रिया दिएका छन् । उनले यो म्याच आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम म्याच नहुने पनि बताएका छन् । प्रशिक्षक लोउले कुनै सल्लाह नै नगरि विदाईको प्रतिक्रिया दिएको भन्दै ३४ वर्षिय बालाक रुष्ट देखिएका छन् ।

चेल्सीबाट गत वर्षमात्रै वायर लिभेरकुसेनमा आबद्ध भएका बालाकले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिनुपर्ने समय आएको प्रतिक्रिया प्रशिक्षक लोउले लामो समयदेखी दिदै आएका छन् । उनले सन् २०१४ को विश्वकपका लागि नयाँ टोलि तयार पार्नुपर्ने चुनौति रहेकाले बालाकले टोलिमा स्थान नपाउने बताएका छन् । बालाकसँग सल्लाह गरेरै उनको सन्यासका बारेमा निर्णय लिइएको प्रतिक्रिया लोउले दिएपनि बालाकले भने यससम्बन्धमा प्रशिक्षकले एकतर्फी निर्णय लिएको बताएका छन् ।

सन् १९९९ मा राष्ट्रिय टिममा प्रवेश गरेयता बालाकले ९८ खेल खेल्दै ४८ गोल गरिसकेका छन् ।

Read More......

Wednesday, June 15, 2011

कोकाकोला अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता शुरू

0 comments

असार १ काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा सन्चालित कोकाकोला अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा ज्ञान विज्ञान स्कुलले रत्नराज्य उ मा वि लाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

ज्ञान विज्ञानका लागि दिपेश सुनुवारले ४१ औं मिनेटमा र विकास तेलुङ्गले ५८ र ६० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा गान्धी आदर्श मा वि ले जन प्रभात मा वि लाई २–१ गोल अन्तरले पराजित गरेको छ । गान्धी आदर्शका लागि सरोज थापा मगर र राकेश राईले ६ र ३० औं मिनेटमा गोल गरेका थिए भने जन प्रभातका राकेश ढुङ्गानाले ७० औं मिनेटमा एक गोल गरेका थिए । तेश्रो खेलमा रिम्स स्कुलले शारदा उ मा वि लाई ४–० गोल अन्तरले पराजित गरेको छ । रिम्सका लागि नाम्गेल शेर्पा, सुदिप खतिवडा, मनिष पण्डित र सुजन गौतमले क्रमश १९, २७, ३८  र ५२ औं मिनेटमा गोल गरेका थिए ।

चौथो खेलमा नवज्योति उ मा वि ले युयुत्सु इङ्गलिस स्कुललाई ट्राईब्रेकरमा पराजित गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा समाप्त भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा नवज्योति स्कुल २–० ले विजयी भएको थियो ।

Read More......

Tuesday, June 7, 2011

दक्षिण अफ्रिकाद्धारा नयाँ क्रिकेट टोली चयन

0 comments

जेठ २४ एजेन्सी । विश्वकप क्रिकेटको दसांै संस्करणमा असफलताको पाएको करिब २ महिना पछि दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्नो टोलीको लागि नयाँ नेतृत्वको चयन गरेको छ ।बोर्डले ट्वान्टी–ट्वान्टी र एकदिवसीयको जिम्मेबारी एबि डि भिलियर्सलाई दिएको छ भने टेस्ट क्रिकेटमा ग्रिम स्मिथलाई नै निरन्तरता दिएको छ । यस्तै अफ्रिकाले प्रशिक्षकमा ग्यारी क्रिस्टेनलाई नियुक्त गरेका छ ।

क्रिस्टेनले भारतलाई दशौ संस्करणको विश्वकपको उपाधि जिताएका थिए । भारत, श्रीलंका र वंगलादेशले संयुक्त रुपमा आयोजना गरेको आईसीसी विश्वकपको दशांै संस्करणमा  न्युजिल्याण्डसंग अप्रत्यासित रुपमा पराजित भएर क्वाटरफाइनलबाटै बाहिरीए पछि दक्षिण अफ्रिकाका कप्तान ग्रिम स्मिथले राजिनामा दिएका थिए ।

त्यसको लगतै प्रशिक्षकको समेत समय सकिएपछि दक्षिण अफ्रिका क्रिकेट टोली नेतृत्व बिहिन बनेको थियो । त्यसको दुई महिना पछि बोर्डले नया कप्तान र प्रशिक्षकको नियुिक्त गरेको हो । अब ट्वान्टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका क्रिकेट टोलीको कप्तानी एबि डिभिलियर्सले गर्नेछन् भने उपकप्तानीको जिम्मेबारी हसिम अमलालाई दिइएको छ ।

टेस्ट क्रिकेटमा भने तत्कालको लागि ग्रिम स्मिथले नै कप्तानी गर्नेछन भने एबि डिभिलियर्सले उपकप्तानको भुमिका निबार्ह गर्नेछन् ।

Read More......

Saturday, June 4, 2011

रफायल नदाल फ्रेन्च ओपनको फाइनलमा

0 comments

जेठ २१ एजेन्सी । स्पेनका रफायल नदाल फ्रेन्च ओपनको फाइनलमा पुगेका छन् । सेमिफाइनलको सोझो सेटमा बेलायतका एण्डी मुरेलाई ६–४, ७–५ र ६–४ ले हराउँदै नदाल फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् ।

फाइनलमा अब उनको भिडन्त रोजर फेडेररसँग हुनेछ । फेडेररले नोभाक जोकोभिकलाई ७–६, ६–३, ३–६ र ७–६ ले हराएका थिए । नदालले ५ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् ।

Read More......

Wednesday, June 1, 2011

पहिलो राष्ट्रिय महिला विच भलिबल प्रतियोगिता

0 comments

जेठ १८ चितवन। चितवनको सौराहामा जारी प्रथम महिला बिच भलिबल प्रतियोगिता अन्र्तगत आज बिहान चार खेल भएका छन् । आजको पहिलो खेलमा पुर्वाञ्चल २१/११ लाई २१/५ ले पराजित गर्दे नेपाल पुलीस बि बिजयी भएको छ । यस्तै दोस्रो खेलमा सुदुरपश्चिमाञ्चललाई २१/१० र २१/१० .ले पराजित गर्दे एपीएफ .बिजयी भएको छ । 

यसैगरी आजै सम्पन्न तेस्रो खेलमा मध्यपश्चिमाञ्चललाई २१/४ र २१/१० ले पराजित गद एपीएफ बिजयी भएको छ । र आज बिहानको चौथो तथा अन्तीम खेलमा पीएलए  ए लाई  २२/२० र २१/१२ ले पराजित गर्दे मध्यमाञ्चल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगत आज अपह्रान्ह ४ बजेबाट क्वाटर फाईनलका खेल हुने छन् । 

आज हुने क्वाटरफाईनलको पहिलो खेलमा  नेपाल पुुलीस ए र पििश्चीमञ्चल बि ,दोस्रो खेलमा पििश्चीमञ्चल ए र पिएलए बि,तस्रो खेलमा एपीएफ ए र मध्यमाञ्चल बिच हुनेछ ।यस्तै आजको चौथो खेलमा नेपाल पुलीस बि र एपीएफ बि प्रतिष्प्रधा हुने आयोजनकले जानकारी दिएको छ ।

Read More......

Tuesday, May 31, 2011

धनगढीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

0 comments

जेठ १७  कैलाली ।  अन्तर जिल्ला क्षेत्रव्यापी माध्यमिक विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीको आयोजनामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरा जिल्लाको सहभागिता रहेको छ । 

भलिबल र एथलेटिक्स खेलमा प्रतिस्पर्धा हुने सो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको कैलालीका प्रमुख जिल्ला अधिकारीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका सीडीओ बिडारीले खेल राष्ट्रको प्रतिभा, पहिचानलाई विश्वसा्मु चिनाउने माध्यम रहेको बताउनुभयो ।

यसैबीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शुरुको दिन बिहान भएको भलिबल खेलमा छात्रातर्फ बैतडी र कञ्चनपुर विजयी भएका छन्. । बैतडी र डडेल्धुरा बिच भएको खेलमा बैतडीले २५–१६, २५–११, २५–१६, कञ्चनपुर र डोटी बिच भएको खेलमा कञ्चनपुरले २५–११, २५–११, २५–५ को अङ्कको अन्तरमा सजिलो जीत हात पा¥यो । पुरुषबिच भएको भलिबल प्रतियोगितामा कञ्चनपुरलाई पछार्दै कैलाली र डोटीलाई हराउँदै बैतडीले जीत हात पारेका छन् । खेल नकावट बिधीबाट खेलाइ रहेको जानकारी दिइएको छ । प्रतियोगितामा सुदुरपश्चिका अछाम र बझाङ्ग जिल्लाले भने सहभागिता जनाएका छैनन् ।


Read More......

Monday, May 30, 2011

घुस लिएको आरोपमा फिफाका दुई कार्यकारी सदस्य निलम्बित

0 comments

जेठ १६ एजेन्सी । फुटबलको सर्बाेच्च संस्था फिफाले घुुस लिएको आरोपमा आफ्ना दुई कार्यकारी सदस्यलाई निलम्बन गरेको छ ।

फिफा अनुशासन कमिटिको गएराति सम्पन्न बैठकले मोहमद बिन हमाम र ज्याक वार्नरलाई कार्यकारी सदस्यबाट निलम्बन गरेको हो । बिन हमाम एसियाली फुटबलका अध्यक्ष समेत हुन । ज्याक वार्नर भने क्यारेविन फुटबल महासंघका अध्यक्ष हुन् । बिन हमाममाथि सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिंदा भष्ट्राचार गरेको आरोप छ ।

हमाम कतारका नगारिक समेत हुन । यता ज्याक वार्नरलाई भने भोटको दुरुपयोग गरेको आरोप छ । फिफाले क्यारेविन फुटबल महासंघका सदस्यहरु डेभिल मिनगियुल र ज्यासन सेल्भेस्टरलाई पनि निलम्बन गरेको छ । यसै साता हुन लागेको फिफाको निर्वाचन अघि फिफाको अनुसासन कमिटिले निलम्बन गरेको हो ।

यता भष्ट्राचारको आरोप लागेका फिफा अध्यक्ष सेब ब्लाटरलाई भने कुनै कारबाही गरिएको छैन । हमामले अध्यक्ष पदमा दिएको उमेद्वारी हिजो मात्र फिर्ता लिएपछि ब्लाटर पुनः फिफा अध्यक्षमा निर्विरोध चुनिने लगभग पक्का छ । ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्षमा छन् ।

Read More......

Saturday, May 28, 2011

गणतन्त्र दिवसको अवसरमा गोरखामा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न

0 comments


अनुपबावु श्रेष्ठ
 जेठ १४ गोरखा।  पाँचौ  गणतन्त्र दिवस २०६८ को अवसरमा गोरखामा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ। निर्माण व्यवसायीसंघ गोरखाको प्रायोजनमा गोरखामा रहेका बैङ्कका कर्मचारी र विभिन्न क्रियाशिल पत्रकारहरुको बिचमा खेल सम्पन्न भएको हो । बिहान सवा आठ बजेदेखी सुरु भएको खेलमा ४–२ गोल अन्तरले बैंकर्स समुह विजयी भएको छ । 

बैंकर्सका  तर्फबाट सन्तोष श्रेष्ठले ह्याट्रिक गरेका थिए भने सुमन विष्टले १ गोल थपेका थिए । सञ्चारकर्मीको  तर्फबाट सिमोन कुमाल र दिनेश थापाले १/१ गोल गरेका थिए । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी एवं प्रमुखजिल्ला अधिकारी मोहन प्रसाद वाग्ले र निर्माण व्यवसायि संघ गोरखाका अध्यक्ष भरत कुमार श्रेष्ठले आजको खेलले शान्तीपुर्णरुपमा खेल सम्पन्न हुनसक्ने सन्देश दिएको बताउनुभएको थियो। 

 गणतन्त्र दिवसको अवसरमा भोलि पनी विभिन्न  कार्यक्रमहरुको आयोजना  गरिएको छ । 

Read More......

Thursday, May 26, 2011

बन्दका कारण सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित

0 comments

जेठ १३ काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज हुने भनिएका खेलहरु बन्दका कारण स्थगित गरिएको छ । आज पहिलो खेलमा प्रुेन्ड्स क्लब विरुद्ध बौद्ध क्लब र अर्को खेलमा आरसीटी विरुद्ध नवलपरासिको काईलापानी पोलस्टार क्लब भिड्ने कार्यक्रम थियो । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बन्दका कारण दशरथ रङगशालामा तय गरिएका आजका खेल स्थगित गरिएको जानकारी दिनुभयो । यसअघि प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा एनआरटी र मच्छिन्दबीचको खेल बराबरीमा सकिएको थियो भने थि्रस्टारले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको छ ।

Read More......

Saturday, May 14, 2011

विश्व नम्बर दुई टेनिस खेलाडी नोभाक जोकोविच र रिचार्ड ग्यासकुइट रोम मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश

0 comments


वैशाख ३१ काठमाडौं। विश्व नम्बर दुई टेनिस खेलाडी नोभाक जोकोविच र रिचार्ड ग्यासकुइट रोम मास्टर्स टेनिसको सेमिफाइनलमा  प्रवेश गरेका छन् ।

सर्वियाली जोकोविचले गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा स्वीडेनका रोविन सोन्डरलिङलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाए ।

जोकोविचले दुवै सेट सहजै आफनो पक्षमा पारेका थिए । अव जोकोविचले सेमिफाइनलमा बेलायती एन्डी मुरेको सामना गर्नेछन् । मुरेले जर्मनीका फ्लोरियन मायरलाई १–६, ६–१ र ६–१ को सेटमा पराजित गरेका थिए । यता अर्को क्वाटरफाइनल खेलमा रिचार्ड ग्याकुइटले  टोमास बर्डिचलाई पाखा लगाए ।

ग्यासकुइटले बर्डिच माथी ४–६, ६–२ र ६–४ को सेटमा पराजित गरेका थिए । ग्यासकुइटले तेश्रो चरणमा रोजर फेडेररलाई पराजित गरेका थिए । यसअघि गएराती नै भएको क्वाटरफाइनलमा शीर्ष वरियताका राफेल नाडालले क्रोएशियाली मारिन सिलिकलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । अव सेमिफाइनलमा नाडालले रिचार्ड ग्यासकुइटको सामना गर्नेछन् ।

Read More......

Thursday, May 5, 2011

म्यानचेस्टर लिगको फाइनलमा

0 comments

 वैशाख २२ काठमाडौं, । जर्मनीको साल्केईलाई सेमिफाइनलको दोस्रो लेग खेलमा सजिलै ४–१ ले पाखा लगाउँदै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

फाइनलमा अब म्यानचेस्टर युनाइटेड मे २८ मा स्पेनको बार्सिलोना विरुद्ध भिड्नेछ ।घरेलु मैदान ओल्ड ट्राफडमा भएको खेलमा म्यान युको तर्फबाट दुई गोल चर्चित ब्रजिलियन मिडफिल्डर एण्डरसनले गरेका थिए । एण्डरसन ७२ र ७६ औ मिनेटमा गोल गर्न सफल भए ।

एन्टोनिया भ्यालेनसियाले २६ औ मिनेटमा गोलको खाता खोल्दा  डारोन गिब्सन ३१ औ मिनेटमा दोस्रो गोल गर्न सफल भए । होसे म्यानुएल जुवार्डोले खेलको ३५ औ मिनेटमा साल्केईको लागि सान्त्वना गोल गरे । यसअघि सेमिफाइनलमा पहिलो लेग खेलमा म्यान यु २–० ले विजयी भएको थियो ।

Read More......

Friday, April 29, 2011

फ्रेण्ड्स क्लबद्वारा स्वयम्भु क्लब पराजित

0 comments

बैशाख १६ काठमाडौं। सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा ३–० गोलअन्तरले स्वयम्भु क्लबलाई पराजित गर्दै फ्रेण्ड्स क्लब विजयी भएको छ । फ्रेन्डस्को तर्फबाट पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल भएको थियो । 

राजधानीको दशरथ रङ्गशालामा अहिले थ्रीस्टार र कोइलापानी पोलस्टारबीच प्रतियोगिताको दोस्रो खेल भइरहेको छ । पहिलो हाफ अघि ३ गोल गरेको थ्रीस्टारले अहिलेसम्म अरु दुई गोल थप्दै ५ गोल गरिसकेको छ भने कोइलापानी पोलस्टारले गोल गर्न सकेको छैन ।

Read More......

Thursday, April 28, 2011

फिफा गोल फुटवल प्रोजेक्टका लागि नेपाल पनि छनौट

0 comments

बैशाख १५ काठमाडौं।  विश्व फुटबल महासङ्घ (फिफा) ले विश्वका १० राष्ट्रमा पाईलट प्रोजेक्टको रुपमा सुरु गर्न लागेको फिफा गोल फुटवल प्रोजेक्टका लागि नेपाल पनि छानिएको छ । प्रोजेक्टसम्बन्धी संभाव्यताका लागि फिफाका पदाधिकारीहरु नेपालमा अध्ययन गरिरहेको अखिल नेपाल फुटवल सङ्घ एन्फाले जनाएको छ। फिफाले गोल फुटबल प्रोजेक्टको तीन वर्षे अवधिमा अमेरिकी चार लाख डलर उपलब्ध गराउनेछ ।

फिफाको टिम समक्ष आज एन्फा कम्प्लेक्समा आयोजित एक समारोहमा एन्फाद्धारा गोल फुटबल प्रोजेक्ट अन्तर्गत कार्यान्वयनमा ल्याउन खोजेको विषयमा एन्फाका टेक्निकल डाईरेक्टर भिम थापाले प्रस्ताव पेश गर्नुभएको थियो । एन्फा अध्यक्ष गणेश थापाले फिफाले नेपाललाई जहिले पनि पहिलो प्राथमिकतामा राखी फिफाका कार्यक्रम प्रदान गर्दै आईरहेकोमा फिफाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Read More......

Wednesday, April 27, 2011

भलिबलको उपाधी पोखरालाई

0 comments

बैशाख १४ पोखरा ।नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले रुकुममा जारी खुल्ला शहिद स्मृति रनिङ्ग सिल्ड पुरुष तथा महिला भलिबलको उपाधी जितेको छ ।सदरमुकाम खलंगामा भएको पुरुष भलिबलमा जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पोखराले उपाधीमा कब्जा जमाएको हो ।

आजै भएको महिला भलिबलको उपाधी पनि पोखराले नै हात पारेको छ । महिला भलिबलमा पनि जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यले हराउँदै पोखराले उपाधी उचालेको हो । पुरुषतर्फको उपाधीसँगै पोखराले नगद एक लाख, शिल्ड र प्रमाणपत्र पाएको छ । उप विजेता जनमुक्ति सेनाको पाँचौं डिभिजनले ५० हजार नगदसहित मेडल र पमाणपत्रमा चित्त बुझाएको छ ।

त्यस्तै महिला भलिबल विजेता तमुवान राज्य समिति पोखराले नगद ५० हजारसहित शिल्ड,प्रमाण पत्र र उप–विजेता पाँचौ डिभिजनले नगद २५ हजारसहित मेडल, प्रमाणपत्र पाएको छ ।

गएको बैशाख ९ गतेदेखि सुरु भएको खेलमा २२ पुरुष र १० महिला समुहले सहभागिता जनाएका थिए ।

Read More......

Monday, April 25, 2011

दाङमा तेस्रो राष्ट्रपति रनिङशील्ड प्रतियोगिता

0 comments

बैशाख १२ दाङ् । दाङ्को तुलसीपुरमा जारि जिल्ला क्लबस्तरीय रेडवुल लिग फुटवल प्रतियोगिताको सातौ दिन आज तालिकामा टाइगर युवा क्लब दमारगाँउ र चौपारी पञ्चकुले युवा क्लब समान ७ अंकका साथमा शिर्ष स्थानमा रहेका छन् ।

त्यस्तै आफ्ना दुइ खेलमा बिजयी यात्रा कायम राखेको तुलसीपुर फुटबल क्लब दोश्रो स्थानमा रहेको छ भने एक अहिले सम्म खेलेका दुई मध्य एक खेलमा बिजयी र एक बराबरीमा खेलेको युएनबिसी घोराही ४ अंकका साथ तेश्रो स्थानमा रहेको छ । आजै माछापुच्छ्रे युवा क्लब तुलसीपुरलाई सुन्य का बिरुद्ध एक गोलले पराजीत गर्दै राप्ती स्र्पोटस घोराही बिजयी भएको छ । त्यस्तै आजको दोश्रो खेल टाईगर र न्यु स्टार बिच दिउसो साढे ३ बजे हुनेछ ।

यसैबिच दाङ्ग जिल्ला बिद्यालय स्तरिय तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि दाङ्गको बेल्झुण्डीमा सुरु हुँदैछ । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा दाङ्ग जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दाङ्ग जिल्लाभरका सामुदायिक तथा निजी बिद्यालयका गरि दुईदर्जन वढी विद्यालयको सहभागिता रहेको छ ।



Read More......

Tuesday, April 19, 2011

म्याराथनको उपाधि केन्याका जिफ्रेलाई

0 comments

वैशाख  ६ काठमाडौं । केन्याका जिफ्रेका मुटाइले यस बर्षको बोस्टन म्याराथनको उपाधि जितेका छन् ।
दुई घण्टा तीन मिनेट दुई सेकेण्डमा दौड पुरा गर्दै मुटाईले पहिलो स्थान हात पारे । नया विश्व रेकर्ड कायम भएको भनिएपनि मुटाइको यो रेकर्ड अनौपचारिक भएको अधिकारीहरुले बताएका छन् । म्याराथनतर्फ इथियोपियाली धावक हाइले गाब्रेसिलासीले सन् २००८ मा बर्लिनमा बनाएको दुईघण्टा तीनमिनेट ५९ सेकेण्डको रेकर्ड छ ।

यो रेकर्ड औपचारिक हुन सकेको भए नया विश्व रेकर्ड बन्ने थियो । तर, दौडका क्रममा ओरालो झर्ने क्रममा हावाको बहावले फाइदा पुगेको तर्क अगाडि यसलाई अनौपचारिक रेकर्ड मात्रै मान्न सकिने निष्कर्ष अधिकारीहरुले निकालेका थिए ।  यो स्पर्धामा अर्का केन्याली धावक मोसेस मोसोप दोस्रा भए । मोसापले निर्धारित दुरी २ घण्टा तीन मिनेट ६ सेकेण्डमा पुरा गरेका थिए । अमेरिकी रायन हल  तेश्रो भए ।

हलले निर्धारित दुरी २ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पुरा गरे । यो कुनै पनि अमेरिकीले पुरा गरेको सबैभन्दा कम समय हो । महिला तर्फको उपाधि पनि केन्याली धावककै पक्षमा गयो । क्यारोलिन किलेलले निर्धारित दुरी २ घण्टा २२ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै पहिलो भइन् । यो स्पर्धामा अमेरिकी डेसिरे डेभिला दोस्रो तथा केन्याली स्यारोन चेरोप तेश्रो भइन् ।

महिला र पुरुष तर्फको उपाधि विजेता दुवै खेलाडीले जनही १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे । सोमवार नै भएको ह्विल चेयर रेशमा जापानी मासाजुमी सोइजिमाले पुरुष तर्फको र वाकाको सुचिदाले महिला तर्फको उपाधि जिते ।


Read More......

Saturday, April 9, 2011

उत्तर कोरियासँग नेपाल १ गोलले पराजित

0 comments


कुल तामाङ चैत २६ काठमाडौं । एएफसी च्यालेन्ज कप छनोट प्रतियोगिताको समुह डि को छनोट प्रतियोगितामा नेपाल उत्तर कोरियासँग १ गोलले पराजित भएको छ । मध्यान्तर अघिको ३२ औं मिनेटमा उत्तर कोरियाका जिल ज्वानले नेपाल बिरुद्ध गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । काठमाण्डुको दशरथ रंगासालामा भएको खेलमा नेपालले गोल हान्ने मौका थुप्रैपटक गुमाएको थियो । यो जीतबाट कोरियाको छनौट पक्का भएको छ । आगामि खेलमा अब नेपालले श्रीलंकालाई हराउनै पर्ने बाध्यता भएको छ ।

Read More......

Friday, April 8, 2011

राष्टिय महिला फुटबल प्रतियोगिता नवलपरासीमा सुरु

0 comments

चैत २५ नवलपरासी। अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि १२औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता नवलपरासीमा सुरु हुँदैछ । प्रतियोगीताको आज एक कार्यक्रमबीच जिल्लाको भुमहीमा अवस्थित शहिद स्मृति रंगशालामा खेलकुद मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कावासोती र भुमहीमा गरी दुई स्थानमा खेल हुने आयोजकले बताएको छ । देशभरका २६ महिला टिमको सहभागीता रहेको छ ।

Read More......

Thursday, April 7, 2011

एएफसी च्यालेन्ज कप छनौट फुटवल शुरु

0 comments

चैत २४ काठमाडौं  नेपालको विजयी शुरु बिहीवारबाट राजधानीमा शुरु भएको एएफसी च्यालेन्ज कप छनौट फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । समूह डि अन्तर्गत आफ्नो पहिलो प्रतिद्धन्दी पाकिस्तानलाई १–० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो ।

घरेलु दर्शकको समर्थन पाएको नेपालले खेलको २८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लिएको थियो । दशरथ रंगशालामा गोल गर्ने अरु धेरै अवसर पाए पनि नेपालले गोल गर्न सकेन ।

यस्तै हलचोकस्थित फुटवल मैदानमा उत्तर कोरियाले श्रीलंकामाथि मध्यान्तर अघि नै ३–० गोल अन्तरले अग्रता लिएको थियो । खेलको दोश्रो मिनेटमै कुम कोलमा अग्रता लिएको उत्तर कोरियाका लागि खेलको पाँचौ मिनेटमा रि कोलम्योङ र २१ औं मिनेटमा पार्क नाम कोलले गोल गरेका थिए ।

सन् २०१२ मा छनौटका लागि समूह डी को आयोजना नेपालले गर्ने अवसर पाएको हो ।

Read More......

Tuesday, April 5, 2011

विश्वकपको उपाधि जितेपनि आईसीसी वरियता क्रममा भारत दोस्रो

0 comments

दिल्ली चैत,२२ ।

विश्वकप कि्रकेटको दशांै संस्करणको उपाधि जिते पनि भारत आईसीसी वरियता क्रमको दोस्रो स्थानमै रहेको छ । अन्तर्राष्ट्रिय कि्रकेट काउ_िन्सल आईसीसीले सोमबार साझ जारी गरेको नयु वरियता क्रमको एक दिवसीय कि्रकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने विश्वकप विजेता दोस्रो र उपविजेता श्रीलंका तेस्रो स्थानमा रहेको छ ।

 शीर्ष स्थानमा रहेको अष्ट्रेलियाको १ सय २८ अंक रहेको छ भारतको ७ अंक कम १ सय २१ अंक रहेको छ । 
त्यसतै श्रीलंकाको १ सय १८ चौथो स्थानमा रहेको दक्षिण अपि्रुकाको १ सय १६ र पाचांै स्थानमा रहेको इंग्ल्याण्डको १ सय ५ अंक रहेको छ । सेमिफाइनलसम्मको यात्रा तय गरेको पाकिस्तान भने छैठो स्थानमा रहेको छ । त्यस्तै न्युजिल्याण्ड सातौ वेष्ट इंण्डिज आठांै वंगलादेश नवांै र आयरल्याण्ड दशांै स्थानमा रहेको छ । एकदिवसीय कि्रकेटको खेलाडीको वरियताक्रममा भने भारतीय र श्रीलंकली खेलाडीको स्थानमा सुधार आएको छ ।
 शीर्ष दश ब्याट्सम्यानमा भारतको चार खेलाडी परेका छन् भने श्रीलंका र दक्षिण अपि्रुकाका दुई-दुई तथा अष्ट्रेलिया र इंग्ल्याण्डका एक एक खेलाडी परेका छन् । शीर्ष स्थानमा हासिम अमला रहेका छन् भने दोस्रो स्थानमा एविडी भिलियस्र । त्यस्तै श्रीलंकाका तिलकरत्ने दिलसान र कुमार संगाकारा क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ । पाचांै स्थानमा इंगल्याण्डका जोनाथन ट्रट रहदा छैठो स्थानमा अष्ट्रेलियाका माइक हसी र  सातांै स्थानमा विराट कोहली रहेका छन् ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae