Sahara Sansar

Sunday, May 15, 2011

पिके सभापति पोखरेल माथि सहकर्मीबाट कुटपिट

जेठ १ काठमाडौं। नेपाल विद्यार्थी संघको आन्तरिक बिवाद साम्य हुन नपाउदै पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियन सभापति स्वस्तीका पोखरेल लालकुमारी माथि आफ्नै सहकर्मीहरुले आज कुटपीट गरेका छन् ।

त्रिचन्द्र क्याम्पसमा भएको नेविसंघको भेलाका क्रममा शंकरदेव क्याम्पसका स्ववियु सभापति शिवराम बस्नेत सहितका नेता तथा कार्यकर्ताले सभापति पोखरेल माथि कुटपिट गरेका हुन् । त्यसै गरेर कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले पनि आफु माथि हातपात गरेको सभापति पोखरेलले आरोप लगाउनुभएको छ ।

नेविसंघका कार्यकर्ता वीच झडप भएपछि पद्मकन्या क्याम्स सभापति पोखरेलले पनि कांग्रेस केन्द्रीय सदस्य केसीलाई सर्टको कठालो पकडेर कुर्सीबाट तलखसाली दिनुभएको पोखरेलले बताउनुभयो । केन्द्रीय सदस्य केसी माथि आइलागेपछि नेविसंघका कार्यकताले पोखरेललाई मरणासन्न हुने गरेर कुटपिट गरेका थिए ।
यद्यपी आरोपको भेला आयोजक समितिले भने खण्डन गरेको छ ।

 कांग्रेसले जेठ ६ गते राजधानीमा आयोजन गर्न लागेको बृहत आमसभाको तयारीका लागि केन्द्रीय सदस्य केसीको उपस्थितिमा नेविसंघको भेला आज त्रिचन्द्र क्याम्पसमा आयोजना भएको थियो ।

भेलाले प्रमुख क्याम्पसका इकाइ सभापति र नेविसंघ निकट सभापति सदस्य रहने गरेर ११ सदस्सीय प्रचार प्रसार समिति पनि गठन गरेको नेविसंघका नेता प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae