Sahara Sansar

Showing posts with label नवलपरासी. Show all posts
Showing posts with label नवलपरासी. Show all posts

Tuesday, February 15, 2011

ट्याक्टर सहित चार जना काठ तस्कर पक्राउ

0 comments

राजेश सहानी फागुन ३  नवलपरासी ।
नवलपरासीमा गए राति इलाका वन कार्यालय कावासोतीले ट्याक्टर सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ । नवलपरासीको देउरालीमा रहेको त्रिभुवन सामुदायिक वनबाट ५४ क्युफिट सालको गुलिया सहित लु १ च ७९७७ नम्बरको ट्याक्टर र चार जना तस्करलाई पक्राउ गरिएको इलाका वन कार्यालय नवलपरासीले जनाएको छ । पक्राउ पर्नेहरुमा देउराली५ निवासी लालबहादुर गुरुङ, यमनारायण महतो, शिवराज महतो र तोयाप्रसाद महतो रहेका छन् । पक्राउ गरिएको ट्याक्टर, काठ र चारै जना तस्करलाई अहिले इलाका वन कार्यालय कावासोतीमा राखिएको छ ।

Read More......

Monday, February 14, 2011

खाना महोत्सव दोस्रो दिन पनि जारी

0 comments


विनोद शर्मा फागुन २ नवलपरासी ।
चितवनको सौराहामा हिजोदेखि सुरु भएको पाँचौ सौराहा फुड फेस्टिवल आज पनि जारी रहेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि फुड फेस्टिवल आयोजना गरिएको आयोजक नेपाल रेष्टुरेन्ट एण्ड वार एशोेसिएसन सौराहाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । प्रेम दिवसको दिन भएकोले आज फेस्ठिबलमा युवायुवतीको उल्लेख्य सहभागिता हुने आयोजकले दावी गरेको छ । भोलिसम्म चल्ने फेस्टिवलमा ३५ वटा स्टल रहेको आयोजकले जनाएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा चितवनको सौराहामा आउने पर्यटकलाई ३० प्रतिशत छुटको व्यवस्था यहाँका व्यवसायीहरुले गरेका छन् । उनीहरुले पर्यटकको बसाइ लम्ब्याउन यसरी छुटको व्यवस्था गरेको बताएका छन् । खाना महोत्सवमा नेपाली मौलिक खानासँगै थारुको खाना, ब्राम्हण खाना तथा विभिन्न मौलिक संस्कृति प्रदर्शन गरिएको छ ।

Read More......

नवलपरासीमा पहिलो पटक खेलुकद कवर्ड हल र कार्यालय भवन निमार्ण गरिने

0 comments


विनोद शर्मा फागुन २ नवलपरासी ।
नवलपरासीको परासी बजारमा पहिलो पटक खेलकुद बिकास समितीको कार्यालय र मिनी कभर्डहल निमार्ण गरिने भएको छ । परासीमा खेलकुद कार्यालय भवनको अभाव साथै कभर्डहल नहुदा बिभिन्न ईन्डोर सम्बन्धि खेल गतिबिधी हुन नसकेको जनाउदै कार्यालय भवन र कवर्डहल निमार्ण गरिने भएको हो । सदरमुकाम परासीमा कुल ५० लाखको लागतमा निमार्ण हुने खेलकुद कार्यालय भवन र कवर्डहल निमार्णकालागि स्थानिय स्तरमा सहयोग जुटाईने र निमार्ण काम पुरा गरिने जिल्ला खेलकुद बिकास समितीले जनाएको छ ।

Read More......

Saturday, February 12, 2011

आत्मसर्मपण स्विकार्य नहुनेः जनमुक्ति सेना

0 comments

नविन पौडेल, माघ २९  नवलपरासी ।
कुनै पनि विकल्प नदिईकन जनमुक्ति सेनाका लडाकुहरुलाई पार्टिबाट अलग गरीदा आफुहरु निरुत्साहित भएको लडाकुले गुनासो गरेका छन् । नवलपरासीमा आयोजित जनमुक्ति सेनाको १० औ स्थापना दिवस र ससस्त्र युद्धको १६ औ बार्षिक उत्सबको पुर्ब सन्ध्यामा आज परीबर्तन स्मृति ब्रिगेड हात्तिखोर नवलपरासीले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी लडाकुहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा बोल्दै परीबर्तन स्मृति ब्रिगेडका कमाण्डर जेम्सले लडाकुहरुले राजनितिक सहमतिलाई अक्षरस पालना  गर्ने तर आत्मसर्मपण स्विकार्य नहुने बताउनुभयो । यसैगरी २०५२ पछिको ससस्त्र युद्धको सम्झना गर्दै प्रतिक्रान्ति रोक्नु जनमुक्ति सेना  को दायित्व भएको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै एकीकृत माओबादी नवलपरासीका सह ईन्चार्ज द्धोण ले जनमुक्ति सेना पार्टिबाट अलग भएपनि माओबादीको सीद्धान्त र बिचारबाट अलग नभएको बताउनुभयो ।

Read More......

Sunday, February 6, 2011

एन प्याब्सन पहिलो बैठकको निर्णय

0 comments

विनोद शर्मा ।
 माघ २३, नवलपरासी ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसएिसन नेसनल प्याव्सनले सँस्थागत विद्यालयको अस्तित्वलाई सकारात्मक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिँदै शिक्षालाई उच्च प्राथमिकतामा राखिने कुरा सँविधानमै उल्लेख गराउनका लागि दवावमुलक कार्यक्रमहरु अघि सार्नेभएको छ । गत पुष महिना जनकपुरधाममा सम्पन्न भएको चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रिय समितीको पहिलो बैठकको निर्णयबारे जानकारी गराउन आज सौराहामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पछिल्लो समयमा विवादित बनेको शिक्षा सेवा शुल्क अविलम्ब खारेज दगराउनका लागि एन प्याव्सनले पहल गर्ने बैठकले निर्णय गरेको छ । नीतिगत विषयहरुमा सरकारले बनाएको  निर्णय प्रति सरकारलाई सहमत गराउन अघि बढ्ने तथा आगामी तीन वर्षको कार्यकालमा आफ्ना सम्पुर्ण कार्यक्रम विद्यार्थीको पठनपाठन, विद्यालय सुधारका कार्यक्रम तथा सँस्थागत विद्यालयका हक अधिकार सुनिश्चित गराउन केन्द्रित रहने एन प्याब्सनले गरेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae