Sahara Sansar

Showing posts with label काठमाण्डौं. Show all posts
Showing posts with label काठमाण्डौं. Show all posts

Sunday, April 10, 2011

व्यवस्थापिका संसदको बैठक बस्दै

0 comments

चैत २८  काठमाण्डौं ।व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नेपाल सरकारले केही विधेयकहरु पारितका लागि प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी आजको संसदको बैठकमा सभासद्हरुले विशेष समयमा विभिन्न समसामयिक विषयहरुमा आ-आफ्ना धारणा राख्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ । 

तमलोपा संसदीय दलको कार्यालय िसंहदरवारमा बस्ने बैठकले मधेसी जनअधिकार फोरमसँग प्रमुख सत्तारुढ दलले गरेको चारबँुदे सहमतिको समीक्षा गर्नेछ । बैठकले संविधानसभाको म्याद थपगर्ने÷नगर्ने बारे मोर्चाको आधिकारिक धारणा तय गर्ने तपलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले सीआईएनलाई जानकारी दिनुभयो । मोर्चाको भावी कार्यक्रमका विषयमा पछि छलफल हुने त्रिपाठीले बताउनुभयो । 

मोर्चामा आवद्ध तीन दलका नेता भारत भ्रमणमा गएर फर्किएपछि मोर्चाको बैठक पहिलो पटक बस्न लागेको हो ।

Read More......

Saturday, April 9, 2011

आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु

0 comments

भक्तपुर २७ चैत । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा परम्परागतरुपमा तान्त्रिक विधिअनुसार आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु भएको छ ।

लिच्छविकालदेखि सुरु भएको सो जात्रा भक्तपुरवासीले नौ दिनसम्म मनाउने गर्छन् ।

आज बिहान गुठी संस्थानले सरकारका तर्फबाट तौमढीस्थित पाँचतले मन्दिर नजिकको भैरवमन्दिरमा पूजा गरेपछि विधिवत्रुपमा यसवर्षको बिस्केट जात्रा सुरु भएको गुठी संस्थानका प्रमुख अच्युतानन्द पोखरेलले बताउनुभयो ।

Read More......

Friday, March 18, 2011

दोश्रो महिला सामाजिक मंचले जारी गरेको २७ बुँदे घोषणापत्र संविधान सभाध्यक्षलाई

0 comments

एस बी गौतम चैत ४  काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा भएको दोश्रो महिला सामाजिक मंचले जारी गरेको २७ बुँदे घोषणापत्र आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउँदैछ । चैत १ र २ गते भएको मंचले तयार गरेर हिजो खुलामंचमा सार्वजनिक गरिएको घोषणापत्र प्रधानमन्त्रीलगायत अरु दलका प्रमुख नेताहरुलाई पनि बुझाइने मंचले जनाएको छ । २७ बुँदे घोषणापत्रमा महिला अधिकारलाई संवैधानिक संरक्षण प्रदान नगरिएसम्म महिलाहरुले अधिकार पाउन नसक्ने कुरामा दृढ हुँदै तोकिएको समय सीमाभित्र महिला मैत्री लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न सक्ने संविधान जारी गर्न माग गरिएको छ भने संविधानले समानुपातिक महिला सहभागिताको व्यवस्था गर्नुपर्ने भनिएको छ । नयाँ संविधानमा राज्य संचालनका हरेक संयन्त्रमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी, महिलाका प्रजनन अधिकार, प्रजनन स्वास्थ्यको अधिकार, यौन  अधिकार, हिंसा मुक्त भई बाँच्न पाउने अधिकार, भूमि, आवास तथा हिंसा मुक्त वातावरणमा काम गर्न पाउने अधिकारहरुलाई मौलिक अधिकारका रुपमा स्थापित गर्न माग गरिएको छ । पारिवारिक आर्थिक उन्नतिमा महिलाको योगदानको कदर र उनीहरुमाथि हुने शोषण र भेदभाव अन्त्यका लागि कानुन बनाउन सर्वोच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । कामकाजी महिलाहरुका लागि शिशु स्याहार केन्द्र तथा ज्येष्ठ महिला नागरिकको लागि वृद्धाश्रमको उचित व्यवस्था गर्न पनि माग गरिएको छ । यसलगायत आजै सभाध्यक्षलाई संविधान निर्माणका लागि दबाब स्वरुप महिलाहरुले संकलन गरेको करिब २ लाख हस्ताक्षर पनि बुझाइने मंचमा आवद्ध ओरेकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Read More......

Thursday, March 10, 2011

राष्ट्रिय जनशक्ति पार्टीको सहायक महामन्त्रीमा भरतजंग उपे्रतीलाई मनोनित

0 comments

कूल तमाङ
 फागुन २६ नुवाकोट।  राष्ट्रिय जनशक्ति पार्टीको सहायक महामन्त्रीमा नुवाकोट खरानीटारका भरतजंग उपे्रतीलाई मनोनित गरिएको छ ।

केन्द्रिय अध्यक्ष  सूर्यबहादुर थापाले उप्रेतीलाई सहायक महामन्त्रिमा मनोनयन गर्नुभएको हो ।  राष्ट्रिय जनशक्ति पार्टीको केन्द्रिय सदस्य एवं केन्द्रिय प्रशिक्षण विभागका संयोजक रहनु भएको उप्रेतीले अन्तर्राष्ट्रिय सम्वन्ध विभागमा रही कार्य गरि सक्नुभएको छ ।  अग्रेजी र नेपाली गरी दुइ विषयमा एम.ए. गर्नु भएका ५४ वर्षिय उप्रेती नुवाकोट जिल्ला खरानीटार गा.वि.स. मा जन्मिनुभएको हो ।

उहाले केही समय पहिला नेपाली राजदुतावास नयाँ दिल्लीको साँस्कृतिक सहचारी भएर काम गरिसक्नुभएको छ । 

Read More......

Sunday, February 6, 2011

सरकार गठनका विषयमा दलहरु छलफलमा, एमाले स्थायी समितिको बैठक

0 comments


माघ २३, काठमाडौं ।
 सरकार गठनका विषयमा छलफल गर्न प्रमुख दुईदल एकीकृत नेकपा माओवादी र नेकपा एमाले छलफल गर्दैछन् । छुट्टाछुट्टै छलफलबाट सरकारमा जानेहरुको नाम तयार गर्ने तीदलले जनाएका छन् । नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी कार्यालय बल्खुमा सुरु हुँदैछ । । बैठकमा सरकारको आकार, सहभागिहरुको नामका विषयमा छलफल हुनेछ । एमाले भित्रै प्रमुख तीन नेताले तीनथरी नामावली तयार पारेकाले त्यसका आधारमा छनौट गरिने स्रोतले जनाएको छ । स्थायी समिति सदस्य भरतमोहन अधिकारीले सरकार गठनमा सहभागि दलहरुलाई मिलाएर लैजानुपर्ने भएकाले त्यसमै केन्द्रीत रहेर छलफल हुने बताउनुभयो । उहाँले सके सम्म मन्त्रिमंडल सानो आकारको बनाउने गरि छलफल भइरहेको पनि बताउनुभयो । बैठकमा नवनिर्वाचित प्रधानमन्त्री खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको लिखित सहमतिका विषयमा पनि छलफल हुनेछ । खनाललाई प्रधानमन्त्रीको सहमति गर्दा लिखित सहमति भएको विषयमा एमालेका उच्चतहका नेताहरु नै जानकार नभएकाले नवनिर्वाचित प्रधानमन्त्री खनालसँग त्यस विषयमा जानकारी लिइनेछ । खनालले सम्झौता गरेर पनि गोप्य राखेको भन्दै एमाले नेताहरुले नै आपत्ति जनाएकाले त्यसको पुरै जानकारी मागिने एक सदस्यले बताए । एमालेले नौवटा मन्त्रालय पाउने देखिएपनि नामका विषयमा कुरा मिलिसकेको छैन् । खनालले सबै क्षेत्रलाई समेटेर सरकारमा पठाउने विषयमा छलफल चलाइरहनु भएको उहाँ नजिकका एक नेताले बताउनुभयो । आज कम्तिमा ३ जनाको नाम पठाउने सिफारिस गर्ने एमालेले बताएको छ ।

Read More......

नेपाल छोड्दै खनाल सर्दै

0 comments

माघ २३, काठमाण्डौं ।
 निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आज सरकारी निवास वालुवाटार छोड्दै हुनुहुन्छ । हिजो नै छोड्ने भनिएपनि तयारी नपुगेकाले आज छोड्न लागेको उहाँको निजी सचिवालयले जनाएको छ । राजिनामा गरेको ६ महिनापछि उहाँले सरकारी निवास छोड्न लाग्नु भएको हो । आजै नवनिर्वाचित प्रधानमन्त्री खनाल पनि सरकारी निवासमा सर्ने कार्यक्रम रहेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae