Sahara Sansar

Showing posts with label कञ्चनपुर. Show all posts
Showing posts with label कञ्चनपुर. Show all posts

Sunday, March 6, 2011

महोत्सव र महायज्ञले अछामको रौनक बढ्यो

0 comments

टेकराज भण्डारी
 फागुन २२ अछाम।  शनिबार  देखि अछामको व्यापारीक केन्द्र साँफेबगरमा सुरु भएको साँफेबगर महोत्सव २०६७ तथा जिल्लाको तिमिल्सैन गाविसको सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आज पनि जारी छ । 

स्थानीय उत्पादन तथा पर्यटन प्रर्वद्धनका लागि सााफेबगर महोत्सव सफल पारौं, पर्यटन वर्ष सन् २०११ लाई टेवा पु¥याऔ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विश्वमा नै लोपोन्मुख तथा नेपालको अछाम जिल्लामा मात्र पाईने नौमुठे गाई प्रमुख आकर्षण रहेको छ ।

 स्थानीय तथा एक दर्जन बढी राष्ट्रिय कलाकारको जमघट सहित महोत्सवमा स्थानीय झाँकी होरी, पुतला न्याउले, पर्छौ, हुड्केउली लगायतका लोक संस्कृतिको प्रर्दशन तथा राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, राजु परियार, अर्जुन कौशल, राजन ठकुरी, सिर्जना विरही थापा, मञ्जु पौडेल, हास्य कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौडेल, किरण केसी. लगायतका प्रस्तुती रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक लक्ष्मण खड्काले बताउनु भयो । 

महोत्सवमा १५० स्टल रहेका छन् ।

Read More......

Sunday, February 13, 2011

क्षेत्रीय क्रिकेटको उपाधि कञ्चनपुरलाई

0 comments

बन्दना बम, फागुन १ कञ्चनपुर । 
 घरेलु टोली बैतडीलाई पराजितगर्दै बैतडीमा जारी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधी कञ्चनपुरले जितेको छ । आज भएको फाईनल खेलमा टस जितेर व्याटिङ गरेको बैतडीले २० ओभरको  खेलमा ३ विकेटको क्षति सहित एक सय ४१ रन जोडेको थियो । जवाफमा कञ्चनपुरले ८ विकेटमा एक सय ८२ रन जोडेर उपाधीका कब्जा जमाएको हो । प्रतियोगितामा म्यान आफ द म्याच कञ्चनपुरका बिनोद भण्डारी भएका छन् विजेता टोलीलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae