जेठ १ सिन्धुली । सिन्धुलीमा गजल संगम एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । गजल सरोवर सिन्धुलीको आयोजनामा हिजो सम्पन्न कार्यक्रममा सिन्धुलीकी अमला अधिकारीद्धारा लिखित अमला गजल संग्रहको विमोचन गरिएको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले उक्त गजल संग्रहको बिमोचन गर्नुभएको हो । गजल संगम तथा पुस्तक विमोचन कार्यक्रममा आधुनिक गजलका पुनर्जागरक ज्ञानु वाकर पौडेल गजलकारहरु ह्यागि्रब आचार्य पुष्प अधिकारी अन्जली वावु त्रिपाठी मनोज न्यौपाने महिला गजलकार विष्णु तिवारी उषाले गजल वाचन गर्नुभएको थियो ।
स्थानिय गजलकारहरुमा विमोचन गरिएको गजलकी श्रष्टा अमला अधिकारी नन्दलाल श्रेष्ठ मैया लामीछाने अमृत भिमानेली सिता श्रेष्ठ लगाएतले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा सोमान बज्यु र आस्था राईले गजल गाएर दर्शकलाइ मोहित पार्नुभएको थियॊ भने अर्जुन पौडेलले विमोचन गरिएको गजल संग्रह अमलाको वारेमा समिक्षा गर्नुभएको थियो ।
0 comments:
Post a Comment