Sahara Sansar

Saturday, May 7, 2011

संविधानसभाको म्याद ६ महिना थप्नु पर्छ :एमाले नेता ज्ञवाली


बैंशाख २४ चितवन । एमाले प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीले जेठ १४ अघिनैं दलहरुले जनतालाई शान्ति र संबिधानको सुनिश्चितता गरिदिनुपर्ने बताउनुभएको छ ।

चितवनमा शनिबार  सञ्चारकर्मीसंग कुरागर्दै ज्ञवालीले संबिधान सभाको म्याथ थपेर मात्र समस्याको समाधान नहुने भन्दैं म्याद थप्नुअघि शान्ति र संबिधानको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । उहाँले जेठ १४ अघि संक्षीप्त संबिधान जारी गर्ने भन्ने चर्चा चलिरहेको भन्दैं संबिधान कहिलेपनि संक्षीप्त हुन नसक्ने बताउनुभयो।

एमाले नेता ज्ञवालीले संविधानसभाको म्याद ६ महिना भन्दा बढि थप्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत गर्ने परम्परा तोड्दैं प्रधानमन्त्री झलनाथ खनाल टर्की जानुभएका सम्बन्धमा उहाँले त्यसलाई अन्यथा लिनु नहुने बताउनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae