Sahara Sansar

Showing posts with label लमजुङ. Show all posts
Showing posts with label लमजुङ. Show all posts

Tuesday, March 8, 2011

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सभा सम्पन्न

0 comments

बासुदेव थापा  फागुन २४ लमजुङ ।
शान्ति, राष्ट्रिय स्वाधिनता र जनताको संविधानको पक्षमा संघर्ष गरौं, विशेषाधिकार सहित समानुपातिक प्रतिनिधित्वको लागि १ सय १ औं श्रमिक महिला दिवस सफल पारौं भन्ने नाराका साथ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी, महिलाहरुको सञ्जाल वाप्डक र चक्रतिर्थ एकता महिला समूहको संयुक्त आयो जनामा मंगलवार चक्रतिर्थको तिनपिप्लेमा बृहत महिला सभा गरि सम्पन्न भएको छ । महिला नेतृ क्लारा जेटकिनको नेतृत्वमा समान कामको समान ज्याला मागको सहित अमेरिकाको न्यूयोर्क शहरको कार्पेट उद्योगमा काम गर्ने श्रमिक महिलाहरुले आन्दोलनबाट प्राप्त उपलब्धीलाई दिवसको रुपमा मार्च ८ सन १९१० बाट मनाउन सुरु गरिएको थियो । उक्त आन्दोलनले सफलता पाएपछि रुसको बोल्सेविक क्रान्ति सम्पन्न पश्चात सरकारी रुपमा सार्वजनिक विदा दिन थालेको हो । सभासद हिमकुमारी सुनारको प्रमुख आतिथ्यमा भएको उक्त सभामा चक्रतिर्थ, धमिलिकुवा, भलायखर्क, ताकुघाट, राइनास मोहरिया, लगायत जिल्लाका विभिन्न भेगबाट ठूलो मात्रामा महिलाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाकी अध्यक्ष विष्णु विक, एनेकपा माओवादी तमुवान राज्य समिति सदस्य ओमप्रसाद पौडेल, लोकतान्त्रिक महिला मञ्च लमजुङकी अध्यक्ष नलुकुमारी गुरुङ, महिला आपसी सहयोग केन्द्रकी प्रतिनिधि लालुमाया गुरुङ, अखिल नेपाल महिला संघ क्रान्तिकारी मलाङ अध्यक्ष कुमारी गुरुङ लगायतले उक्त दिवस सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । सो सभाको अतिरिक्त अन्तर कृया समेत गरिएको थियो । अनेम संघ क्रान्तिकारी जिल्ला सचिव इन्दिरा पोख्रेलले सञ्चालन गर्नुभएको उक्त सभा अध्यक्ष शान्ता भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Read More......

Tuesday, February 15, 2011

अनलाईन मार्फत रेडियो सुनेर आर्थिक सहयोग

0 comments


युवराज श्रेष्ठ  फागुन ३ लमजुङ ।
लमजुङको पहिलो सामुदायिक रेडियो मस्र्याङदीले संचालन गरेको अनलाईन सेवाबाट जिल्लाको गतिविधि विदेशमा बसेर सुन्न पाएकोमा इजरायलबाट लमजुङकै एक चेलीले रेडियो मस्र्याङदीलाई आर्थिक सहयोग गर्नु भएको छ । भुलभुले ७ उस्ता स्थायी घर भएकी समिक्षा गुरुङले आफ्नो वुवा मुन्द्रा गुरुङको नाममा इजरायलबाट १० हजार १ रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नुभएको हो । सो सहयोग रकम गुरुङकी श्रीमान् हेमराज गुरुङले रेडियो मस्र्याङ्दीका निर्देशक मिना गुरुङ र स्टेशन म्यानेजर प्रेमकुमारी घले लाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण गर्दै हेमराजले रेडियोले अनलाइन सेवा प्रदान गरेको भन्दै रेडियो मस्र्याङदी परिवार धन्यवाद ज्ञापन समेत गरेको छ । सहयोग प्रति रेडियो मस्र्याङ्दी परिवारले सहयोगका लागी आभार व्यक्त गरेको छ । दुई महिना अगाडी देखि रेडियोले शुुरु गरेको अनलाईन सेवाबाट विदेशमा रहेका लमजुङे तथा अन्य जिल्लाबासीले ईन्टरनेट मार्फत देश विदेशका खबर सहित स्थानिय गतिविधिहरु र मनोरञ्न तथा सचेनामुलक कार्यक्रमहरु प्रत्यक्ष सुन्ने अबसर पाएका छन् । रेडियो मस्र्याङ्दी अनलाइन सेवाबाट जिल्लको खवर प्रत्यक्ष सुन्न पाएको भन्दै जिल्ला वाहिर रहेका तथा विदेशमा रहेका लमजुङेहरुले रेडियो मस्र्याङ्दी प्रति आभार समेत प्रकट गर्दै आएका छन् । रेडियो मस्र्याङ्दी ९५ मेजाहर्ज र अनलाईन सेवा http://www.radiomarsyangdi.org/ मार्फत संसारभर सुन्न सकिन्छ ।
, लमजुङ सदरमुकाम वेसिशहरमा सञ्चालन भइरहेको आदिबासी जनजाति साँस्कृतिक महोत्सवको आज अन्तिम दिन पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । महोत्सबमा अहिले सम्म एक लाख भन्दा वढी दर्शले अवलोकन गरेको र २ करोड भन्दा वढी आर्थिक कारोवार भएको आयोजकले दाबी गरेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae