वैशाख २ काठमाडौं । संविधान समयमा जारी गर्नुपर्ने माग गर्दै नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आज सोमबार पुनः बिरोधका कार्यक्रम घोषणा गरेको छ ।
आदिवासी जनजाति मैत्री संविधान जारी गर्नका लागि जनस्तरबाटै दवाव दिने भन्दै समितिले आन्दोनलका कार्यक्रम घोषणा गरेको हो । राजधानीमा आज गरिएको पत्रकार सम्मेलनमा नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आफुहरुका माग नसुनिएका कारण आन्दोलनका कार्यक्रम पुनः सार्वजनिक गर्नुपरेको बताउनुभयो ।
उहाँले जेठ ९ गते प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा सम्बन्धित दलका आदिबासी जनजातिबाट धर्ना, जेठ ११ गते संविधानसभा र रोष्टम घेराउ गर्ने जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment