वैशाख २ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले माओवादीले प्रस्ताव गरेको सेना समायोजन तथा ब्यवस्थापनको खाका कांग्रेसलाई मान्य नहुने बताउनुभएको छ ।
रिर्पोटर्स क्लव नेपालले सोमबार राजधानीमा गरेको साक्षत्कारमा महामन्त्री सिटौलाले माओवादीले प्रस्तुत गरेको खाका बिगतका सहमतिहरु भन्दा विपरीत रहेको दाबी समेत गर्नुभयो । लडाकु समायोजन र ब्यवस्थापनका बिषयमा सरकार अनमिन र दलहरुबीच भएको सम्झौताको फरक ब्याख्या नगरी इमान्दारिताका साथ पालना गर्ने पक्षमा कांग्रेस अडिग रहेको सिटौलाको भनाइ छ ।
माओवादीले सेना समायोजनमा मिश्रित फोर्स बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । महामन्त्री सिटौलाले संविधानसभाको समयावधि र शान्तिप्रक्रियाको कांग्रेसले जेठ ६ गते आफ्ना धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
0 comments:
Post a Comment