Sahara Sansar

Showing posts with label कास्की. Show all posts
Showing posts with label कास्की. Show all posts

Sunday, April 10, 2011

आठौं फेवा नव वर्ष महोत्सव आजदेखि पोखरामा ॥

0 comments

कस्तुप देबकोटा चैत्र २८ गोरखा ।  पर्यटकिय नगरी पोखरामा आजदेखि आठौ फेवा नब बर्ष महोत्सब सुरुहुदैछ । पश्चिमााचल होटल संघ पोखराले बिगत ७ बर्षदेखि प्रत्येक नेपाली नया बर्षको अबसरमा आयोजना गर्दै आएको फेवा नबबर्ष महोत्सबको आठौ संस्करण आजदेखि सुरु हुन लागेको हो । आगामी वैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा हुने महोत्सवमा १७ वटा अन्तर्राष्ट्रिय खानाका स्टल पर्यटन सम्बन्धि १५ हस्तकला ७ र अन्य गरी कुल ७२ स्टल रहने महोत्सव संयोजक एबं पश्चिमााचल होटल संघका अध्यक्ष बिप्लप पौड्यलले जानकारी दिनुभयो । महोत्सबमा विभिन्न जिल्लाका होटल संघ र होमस्टेबारे जानकारीको साथमा पश्चिमााचल क्षेत्रको पर्यटकीय तथ्यांक संकलन गर्ने उद्धेश्य पनि रहेको महोत्सव प्रचारप्रसार संयोजक बिकल तुलाचनले जानकारी दिनुभयो । महोत्सबमा जिल्ला स्तरिय पंचेवाजा प्रतियोगिता लोकदोहोरी प्रतियोगिताको साथमा ख्यातीप्राप्त कलाकारको प्रस्तुती हाँस्यव्यंग्य पश्चिमााचल क्षेत्रको आकर्षण र पर्यटकीय गतिविधि समेटेको वृत्तचित्र प्रस्तुती बालउद्यान लगायत रहेको छ । महोत्सव सम्पन्न गर्न करिव ३६ लाख खर्च हुने र ३८ लाख पचास हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । ३५ रुपैयाँ टिकट दर कायम गरिएकोमा प्रत्येक टिकटको पाँच रुपैया फेवा ताल संरक्षणमा छुट्याइएको संघको निबर्तमान अध्यक्ष गोबिन्दराज पहारीले जानकारी दिनुभयो । महोत्सवमा करिब २ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य राखिएको छ ।

Read More......

Friday, March 11, 2011

जडिवुटीवाट उपचार गर्ने पाण्डव गिरी सम्मानित

0 comments

फागुन २७ कास्की ।
कुष्ठरोग, छाला रोग, सर्पले टोकेको तथा विभिन्न प्रकारका रोगहरु जडिवुटी मार्फत प्राकृतिक उपचार गर्दै आउनुभएका धम्पुस गा.वि.स. वडा नं ७ का पाण्डव गिरीलाई धम्पुसवासीहरुले सम्मान गरेका छन् । उहाँलाई वाजागाजा र झाँकी सहित धम्पुसको विभिन्न क्षेत्र परिक्रमा समेत गराएको वताइएको छ । एउटा खुट्टा क्यान्सरकै कारण काट्नुपर्ने अवस्थामा पुगेका सोही गा.वि.स. वडा नं ८ का हितमान परियारको खुट्टा पनि प्राकृतिक उपचार पश्चात निको भएपछि त्यसै को खुशीयालीमा वहाँलाई सम्मान गरेको धम्पुसवासीहरुको भनाई छ । वहाँले अहिलेसम्म जडिवुटीको प्रयोगवाट धेरै विरामीहरुलाई निको पार्नुभएको छ ।

Read More......

विसीएका आन्दोलित विद्यार्थीको आह्वानमा शुक्रबार कलेज वन्द

0 comments

अस्मिता खनाल फागुन २७ पोखरा ।
वि.सि.ए प्रोग्रामको संकाय परिवर्तन गरी विज्ञान तथा प्रविधि तर्फ लैजान माग गर्दै आन्दोलनमा उत्रिएका पोखरा विश्व विद्यालयको विसीए कार्यक्रम अन्र्तगत अध्ययनरत वीसीए तेस्रो, पाचौं र सातौं सेमेस्टारका विद्यार्थीहरुले आज पोखरा विशवालयको सम्वन्धन प्राप्त गरेका सवै कलेजहरु वन्द आह्वान गरेका छन् । वन्दका कारण पोखरामा रहेका पोखरा ईन्जिनियरिङ्, ला ग्राण्डी लगायतका कलेजहरुमा पठन पाठन वन्द भएको छ । शुरुमा आफुहरु व्यवस्थापन संकाय अन्र्तगत नै भर्ना भएको भएपनि कोर्षको अधिंकाश भाग विज्ञान संग सम्वन्धित भएकोले आफुहरुलाई पनि विज्ञान तथा प्रविधि संकाय अन्र्तगत नै राख्नुपर्ने विद्यार्थीहरुको भनाई छ ।

पोखरा विश्वविद्यालयले भने २०१० पछाडीका विद्यार्थीहरुलाई विज्ञान संकाय मा भर्ना गरेपनि पुराना विद्यार्थीहरुको संकाय व्यवस्थापन नै हुने वताएको छ । आन्दोनरत विद्यार्थी र पोखरा विश्वविद्यालय प्रशाशन विच हिजो भएको वार्ता असफल भएपछि उनीहरुले आज वन्द आह्वान गरेको वताएका छन् । आन्दोलनरत विद्याथीहरुले हिजो पोखरा विशवविद्यालयमा तालावन्दी गरेपनि प्रहरीले ताला फोडेको थियो ।
पोखरामा रहेका ला ग्राण्डी ईन्टरनेशनल कलेज, वुटवलको सीसीटी, धनगढीको नाष्टका र गैडाकोटको अक्सफोर्ड कलेजका विद्याथीहरु आन्दोनमा उत्रिएका हुन् । आन्दोलनका लागि वुटवल र गैडांकोट देखि विद्याथीहरु पोखरा आएका छन् ।

Read More......

Sunday, February 13, 2011

पोखरामा पश्चिमाञ्चल स्तरीय दोस्रो गणतान्त्रीक खेलकुद प्रतियोगिता

0 comments

गोकुल बानियाँ फागुन १ पोखरा । पश्चिमाञ्चल स्तरीय दोस्रो गणतान्त्रीक खेलकुद प्रतियोगिता अन्तर्गत आज बिहान पोखरामा सम्पन्न खुल्ला १० किलोमीटर सडक दौडको उपाधि गोरखाका अशोक थापाले जित्नु भएको छ । ५० जना प्रतियोगीलाई पछि पार्दै थापाले २९ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरी उपाधी जित्नु भएको हो । प्रतियोगितामा गोरखाकै प्रकाश पनेरु दोस्रो र पोखराका चोकबहादुर गुरुङ्ग तेस्रो हुनु भएको छ । त्यस्तै ५ किलोमिटर खुल्ला महिला तर्फ कास्कीको हेम्जाका अनिसा अधिकारी पहिलो, स्याङजाकी सीता पाठक दोस्रो र पोखरा पृथ्बीचोकका लक्ष्मी तिमिल्सिनाले तेस्रो स्थान हासिल गर्नु भएको छ । प्रतियोगिता अन्तर्गत छात्र ५ किलोमिटर तर्फ महालक्ष्मी उच्च माबि गोरखाका गोकुल मगराती पहिलो, भद्रकाली उच्च माबि पोखराका खुसबहादुर गुरुङ दोस्रो र भद्रकालीकै सुरेस गुरुङ तेस्रो भएका छन् । त्यस्तै ५ किलोमीटर छात्रा तर्फको दौडमा टप्स उच्च माबि पोखराकी लक्ष्मी पाण्डेले पहिलो पोखराकै फिस्टेल एकेडेमीकी प्रतिमा सुबेदीले दोस्रो र टप्स उच्च माबिकै प्रभा चौधरीले तेस्रो स्थान हात पारेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकाले क्रमश २ हजार ५ सय, १ हजार ५ सय र १ हजार पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी ३५ वर्ष माथिको भेट्रान्स सडक दौडमा भारत रक्सौलका सिके झा पहिलो र पोखरा लेकसाईडका नेत्रलाल भण्डारी दोस्रो भएका छन् । पहिलो र दोस्रो हुनेले क्रमश नगद २५ हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन् ।

Read More......

Saturday, February 12, 2011

३ लाखभन्दा वढि राजस्व संकलन

0 comments

 माघ २९ कास्की ।
 पोखरा लेखानाथ नगर क्षेत्र र राजमार्गमा माघ १ देखि आजसम्म गरीएको विशेष सवारी जाँचबाट ३ लाख ३० हजार ८ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन सुधार र सवारी दुर्घटना नियन्त्रणको लागि जिल्ला प्रहरी, ट्राफिक प्रहरी कार्यालय र मातहतका ईकाईहरुबाट बिषेश चेकिङ्ग गरीएको हो । आश्चर्यजनक चेकिङ र राडर गनबाट चेकिङ्ग गर्दा सवारीलाई कारवाही गरिएको छ । स्वरुप परिवर्तन गरि मोटरसाइकल चलाउने ३९ जनालाई कारवाही गरिएको छ भने २८ हजार ७ सय राजश्व संकलन गरीएको छ ।

यस्तै लाईसेन्स प्वाल पारेको २५ वटा बाट ५ हजार राजश्व संकलन भएको छ । राडर गनबाट चेकिङ्ग गरि १३२ जनालाई कारवाही गरिएको छ भने ६८ हजार राजश्व संकलन भएको छ । गत फागुन १ देखि आजसम्म सवारी नियम उल्लंघन गर्ने सवारी धनी चालकका १३ सय ७५ सवारी साधनलाई कारवाही गर्दा २ लाख ३४ हजार १ सय राजश्व संकलन भएकोजिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae