Sahara Sansar

Showing posts with label नेपाल. Show all posts
Showing posts with label नेपाल. Show all posts

Monday, June 20, 2011

अर्थमन्त्री अधिकारीलाई विराटनगरमा बहिष्कार

0 comments

असार ६ काठमाडौं । विराटनगरका पत्रकारहरुले सञ्चारकर्मी माथि सांघातिक हमला गर्ने ब्यक्तिको कारबाही नगरेको भन्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको समाचार संकलन बहिष्कार गरेका छन् ।

मोरङ ब्यापार संघको कार्यक्रममा सहभागी हुन आज विहान विराटनगर जानुभएका अधिकारीको समाचार बहिष्कार गर्ने निर्णय गरेको पत्रकार महासंघ मोरङ शाखाले जनाएको छ ।

पत्रकार खिलानाथ ढकाललाई सांघातिक हमला गराउने युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई राजनीतिक संरक्षण गरेर राखेको भन्दै कारबाही गर्न दबाद दिने उदेश्यले उपप्रधान तथा अर्थमन्त्री अधिकारीको समाचार बहिष्कार गरेको स्थानिय पत्रकारहरुले बताएका छन् ।

Read More......

मुलुकको सुरक्षामा चुनौती कायम : गृहमन्त्री

0 comments

असार ६ काठमाडौं  । उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले मुलुकको सुरक्षा चुनौती कायम रहेको बताउनुभएको छ ।संसदको राज्यव्यवस्था समितिमा मन्त्री महराले दलहरुबीच भएको सहमति अनुसार नयाँ संविधानको एकीकृत मस्यौदा निर्माण र शान्ति प्रक्रिया निस्कर्षमा पुग्न नसके भदौ १४ आसपासका दिनमा सुरक्षा चुनौती बढ्ने खतरा रहेको बताउनुभयो ।

उहाँले दलहरुबीच राजनीतिक सहमतिको विषयलाई लिएर राजनीतिक लाभ हानीको प्रतिस्पर्धा सुरु भएका कारण सुरक्षा चुनौती बढेको बताउनुभएको छ । कतिपय धार्मिक अतिवादी, पूर्वराजावादी, ठेक्का पट्टाका सङ्गठित अपराधीलगायतले सुरक्षा चुनौती थपेको महराको भनाइ छ ।

यसैवीच, पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई दुई हप्ता बितिसक्दासमेत नियन्त्रणमा लिन नसकेको भन्दै सभासद्हरुले सरकारको आलोचना गरेका छन् ।

सभासद्हरुले पत्रकारका आक्रमणकारीले पक्राउ गर्न चुनौती दिँदै हिँड्दासमेत प्रशासन मौन बसेको भन्दै आपत्ति जनाएका हुन् । काङ्गे्रसका अर्जुनप्रसाद जोशीले पत्रकारमाथि आक्रमण गर्नेले उल्टै राज्यलाई चुनौती दिएको घटनाले देशको शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका कार्यकर्ताबाटै पत्रकारमाथि आक्रमण गर्ने र उनीहरुलाइ हप्तौँ बितिसक्दा समेत कार्वाही गर्न नसक्नुले मुलुकको शान्ति सुरक्षाको अवस्था अत्यन्तै विकराल बनेको बताउनुभयो ।

एमालेका थममाया थापाले सरकारले चाह्यो भने अपराधी पक्राउ गर्न सक्ने भएपनि सरकारले जिम्मेवार संगठनका सदस्यलाई पक्राउ नगरेर घटनालाई राजनीतिकरण गर्न खोजिएको दावी गर्नुभयो ।

एकीकृत माओवादीका हरिराज लिम्बुले पत्रकार हत्याको प्रयास गर्नेलाई प्रहरीले पार्टी कार्यालयमा लगेर ससम्मान छाड्ने काम गरेर सरकारले राम्रो काम नगरेको बताउनुभयो ।

Read More......

सरकारको निर्देशन नमान्ने सबै राजदूत फिर्ता बोलाइने परराष्ट्रमन्त्रीको भनाइ

0 comments

 असार ६ काठमाडौं।उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले सरकारको निर्देशन अवज्ञा गरेर पार्टीको आदेशमा चल्ने सबै राजदुतलाई फिर्ता बोलाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले राजधानीमा गरेको कार्यक्रममा मन्त्री यादवले सरकारको निर्देशन बेवास्ता गरेकाले भारतका लागि नेपाली राजदुत रुक्मशमसेर राणालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो । 

राजदूत राणा काङ्ग्रेसको निर्देशनमा चलेको आरोप लगाउँदै भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणको क्रममासमेत नेपाल नआएर नेपाल र भारतको सम्बन्ध बिगार्न खोजेकोले उहाँलाई फिर्ता बोलाउने निर्णय गर्नु परेको परराष्ट्रमन्त्री यादवले बताउनुभयो । यसैगरी राजदूत राणाले भारतमा बसेर सरकार विरोधी गतिविधि गरेको, प्रधानमन्त्री झलनाथ खनालको भारत भ्रमणको चाँजोपाँजो नमिलाएको, अहिलेको गठबन्धन सरकारको विरुद्धमा लविङ गरेको आरोप पनि मन्त्री यादवले लगाउनुभएको छ ।

 सरकारको निर्देशनको पालना गर्ने राजदूतहरूलाई भने फिर्ता बोलाउने कुनै योजना नरहेको उहाँले जानकारी दिनुभयो । तर समयावधी पुगेका राजदुत भने नियमित प्रक्रिया अन्तर्गत नै फिर्ता हुने मन्त्री यादवको भनाइ छ ।

Read More......

Sunday, June 19, 2011

सरकारको आडमा अपराधि लुकाउदैछ युवा संघ: प्रेस युनियन

0 comments

असार  ५ काठमाडौं । नेपाल प्रेस युनियनले नागरिक राष्ट्रिय दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि आक्रमण गर्नेका नाईके युवा संघ मोरङ्ग उपाध्यक्ष पर्शुराम बस्नेतलाई पक्राउ गरी कानूनी काराबाही गर्न माग गरेको छ ।

पत्रकारलाई धम्क्याउने र कुट्ने श्रृंखलामा सत्तारुढ एमालेकै भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले नागरिक दैनिकका प्रधान सम्पादक नारायण वाग्ले र पत्रकार महासंघको विराटनगर शाखा अध्यक्ष विक्रम निरौलालाई पानी मुनी गए पनि ‘नछोड्ने’ र युवा संघको अबको गतिविधि उनीहरु विरुद्ध हुने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति जनाएको छ ।

युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ती जारी गरेर अध्यक्ष बस्नेतले आफ्नो दल एमालेले सरकारको नेतृत्व गरेको मौका पारि पत्रकारका आक्रमणकारीलाई जोगाउन लागेको भन्दै युवा संघका पछिल्ला गतिविधि स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको बताउनुभएको छ ।

युनियनले शाही शासनका बेला प्रेसले जे जस्तो त्रास ब्यहोरेको थियो, अहिले त्यसको पुनरावृत्ति हुने खतराप्रति गंम्भीर चिन्ता ब्यक्त गर्दछ भनेको छ ।

नागरिक दैनिकका प्रधान सम्पादक  वाग्ले र पत्रकार महासंघ विराटनगर शाखा अध्यक्ष निरौलामाथि कुनै किसिमको दुब्र्यवाहार भएमा त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

Read More......

तस्करी गर्न लुकाई राखेको ठूलो परीमाणमा गोलिया पक्राउ

0 comments

असार ५ रौतहट । रौतहट जिल्लाका दक्षिणी भेगमा रहेको बलेरी रेञ्जपोष्टअन्र्तगत वागमती किनारामा लुकाई राखेको अवस्थामा १९ थान सालको गोलिया बन गस्ति टोलीले पक्राउ गरेको छ । जिल्ला वन अधिकृत राज बहदुर राउतको नेतृत्वमा गएको गस्ति टोलीले सर्लाहीको राजघाटमा लैजान बागमती नदीको किनारामा रहेको कांसघारीमा लुकाइ राखेको अवस्थामा परिमाणको गोलिया बरामद गरेको हो।वलेरी रेन्जपोष्टअन्र्तगतको जंगलको रुख अवैध रुपमा काटी सर्लाहीतर्फ लान लैजानको लागि लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

Read More......

तीन दलको बैठक विना निष्कर्ष स्थगन

0 comments

असार ५ काठमाडौं । प्रमुख तीन राजनीतिक दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नयाँ आर्थिक बर्षको बजेटको ल्याउन सहमति कसरि गर्ने भन्ने बारेमा र ५ गतेभित्र शान्ति प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्न नसकिएको बारेमा समिक्षा गरिएको छ । 

यस अघि ५ गतेभित्र शान्ति प्रकृयाको कार्यतालिका सार्वजनिक गर्ने सहमति दलहरुबीच भएपनि आजसम्म कुनै खाका नआएकाले यसलाई कसरि अघि बढाउने  भन्ने बारेमा बैठकमा छलफल भएको तर कुनै निष्कर्ष निक्लन नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनु भयो  ।

Read More......

Saturday, June 18, 2011

ब्युटी पार्लरमै बेश्यालय संचालन

1 comments

असार ४ काठमाडौं। काठमाडौंको अतिब्यस्त बजार न्यूरोडमा रहेको एक ब्युटीपार्लरमा यौन ब्यवसायमा संलग्न आधादर्जन युवतीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवतीसंगै उनिहरुसंग आपत्तिजनक अवस्थामा प्रहरीले ३ जना युवकलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रोहित कोइरालाले जानकारी दिनुभयो । प्रहरीले छापामारेर धर्मपथस्थित न्यू सहेली ब्युटी पर्लरमा काम गर्ने ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो ।

मसाज सेन्टर र क्याबिन रेष्टुरेष्टमा यौन ब्यवसाय सञ्चालन भएका समाचारहरु आएपनि ब्युटी पार्लरमा यस्तो ब्यवसाय हुने गरेका समाचार बिरलै आउने गरेका थियो ।

ब्युटी पार्लरमा व्यवसायिकरुपमा यौन धन्दा सञ्चालन गरेको स्थानीय वासीको उजुरी पछि प्रहरीले आज छापा मारेको निरीक्षक कोइरालाले बताउनुभयो । ब्युटी पार्लरबाट प्रहरीले कण्डम, चेस, तास लगायतका सामाग्री बरामद गरेको छ ।

Read More......

डोल्पाको तिङतुङ हिमाली क्षेत्रमा हिउँपहिरोमा पूरिएर तीनजनाको मृत्यु

0 comments

असार ४  डोल्पा। डोल्पा जिल्लामा यार्सागुम्बा टिप्न गएका तीन युवकको हिमपहिरोमा पूरिएर मृत्यु भएको छ।

डोल्पाको तिङतुङ हिमाली क्षेत्रको मालुवाचौरमा हिमपहिरोमा पूरिएर जाजरकोटका तीन युवकको मृत्यु भएको हो । मृतकमध्ये जाजरकोट नायकवाडाका सिंहबहादुर सिंहको मात्र सनाखत भएको छ । अन्य दुई जनाको नाम खुल्न बांकीछ।

Read More......

माओवादी र कांग्रेससंगको सहयात्रामा शान्तिप्रक्रियालाई निष्कर्षमा एमालेले पहल गर्ने

0 comments


असार ४ काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले शान्तिप्रक्रिया नटुंिगएसम्म लोकतान्त्रिक संविधान बन्न नसक्ने बताउनुभएको छ ।

एमाले मेची अञ्चल समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई आज राजधानीमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी लडाकूको शिविर खाली गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । उहांले लडाकूका शिविर खाली गरी सरकारलाई हतियार  बुझाउन माओवादीलाई आग्रह गर्नुभयो ।

शान्ति प्रक्रियालाई पुरा नगरी कुनै पनि हालतमा संविधान जारी नहुने पोखरेलको भनाइ छ । एमाले महासचिव पोखरेलले माओवादी र कांग्रेससंग राजनीतिक सहयात्रा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नै एमालेको लाइन भएको बताउनुभयो । शान्ति प्रक्रियालाई टुगाेंमा पु¥याउन आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उहांले माओवादी र काग्रेसका गलत कुरालाई आखा जुदाएर मात्र राजनीतिक सहयात्रा गर्ने बताउनुभयो ।

एमाले भित्र पनि फरकफरक सोच भएका कारण पार्टीभित्र बिवाद उत्पन्न हुने गरेको उहांले बताउनुभयो । महासचिव पोखरेलले पार्टीको सिद्धान्त विपरीत नबोल्न नेताहरुलाई चेतावनी पनि दिनुभयो ।

Read More......

परार्मश पछि दोस्रो चरणका आन्दोलन आउछ:पत्रकार महासंघ

0 comments

असार ४ काठमाडौं। नपाल पत्रकार महासंघले विराटनगरका पत्रकार खिलानाढ ढकाललाई सांघातिक हमला गर्ने एमाले निकट युवा संघका मोरङ अध्यक्ष पर्शुराम बस्नेतलाई कारबाहीका लागि दबाव दिन थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

राजधानीमा निस्कीएको र्यालीपछि आयोजीत कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष शिव गाउँलेले पत्रकार माथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताउनुभयो ।

महासंघ केन्द्रीय समितिको भोलि बस्ने बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा पछि कानून व्यवसायी सहितका पेशागत समूहसँग छलफल गरेर दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने अध्यक्ष गाउँलेले बताउनुभयो ।

Read More......

Friday, June 17, 2011

युवा सङ्घ अध्यक्ष बस्नेत रिहा

0 comments

असार ३ काठमाण्डौ ।
प्रहरीले हिजो नियन्त्रणमा लिएका युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतलाई आज रिहा गरिएको छ । प्रहरीले बस्नेतलाई नेकपा एमाले मोरङ कार्यालयमा लगेर छाडेको हो । अध्यक्ष बस्नेतले पार्टीका नेताहरुले गृहमन्त्रीसँग वार्ता गरेर सहमति गरे पनि रिहा हुन अस्वीकार गर्नुभएपछि पार्टी कार्यालयमा लगेर छाडिएको हो । गृहमन्त्रालयमा भएको वार्ता सहमति पुगेपछि हिजो बिहान पक्राउ पर्नुभएका बस्नेतलाई साँझ रिहा गरिएको थियो । तर बस्नेतले सहमतिमा आफ्नो समर्थन नरहेको बताउँदै रिहा हुन मान्नुभएको थिएन ।

विराटनगरका पत्रकार खिलनाथ ढकाललाई अक्रमण गरेको अभियोगमा आफ्नो सङ्गठनका कार्यकर्ताहरुमाथि लगाईको मुद्दा खारेज गुर्नपर्ने बस्नेतको अडान छ । उहाँ आजै काठमाडौं आउँदै हुनुहुन्छ । यसैबीच पत्रकार खिलनाथ ढकालमाथि आक्रमणको घटना र पार्टीका कार्यकर्ताहरुको संलग्नताबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

Read More......

Thursday, June 16, 2011

युनिटी खारेज गर्न संसदीय समितिको निर्देशन, नेटर्वकिङ व्यवसाय प्रतिवन्ध लगाउन कानून बन्ने

0 comments

असार २ काठमाडौं । लाखौ सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको नेटर्वकिङग ब्यवसाय युनिटीलाई खारेजी गर्न संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले कानून विपरित बिनास्वीकृति निक्षेप संकलन, ऋणप्रवाह तथा वीमा सम्बन्धी कामकारबाही गरेको भन्दै युनिटीलाई तत्काल खारेजी प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

युनिटी प्रकरणका कारण लाखौ सर्वसाधारणको रकम डुब्ने अवस्था अइरहेका समयमा संसदीय समितिले रकम फिर्ता गराउने निर्णय पनि गरेको छ । युनिटीका सञ्चालक र व्यवस्थापकलाई मुख्य दोषि बनाएर कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएको समितिले युनिटीको सम्पत्ति र अपुग भएमा मुख्य दोषिहरुको निजी चलअचल सम्पत्तिबाट समेत गरि पीडितहरुलाई क्षेतिपूर्ति उपलब्ध गराउन सरकारलाई दिर्नेशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।

यसै गरि समितिले कानून विपरितको युनिटीलाई सहयोग गर्ने सरकारी निकाय र तिनका पदाधिकार एवं कर्मचारीलाई छानविन गरेर कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको छ । पिरामिड शैलीका नेटर्वकिङग ब्यवसायलाई प्रतिवन्ध लगाउने गरेर कानून बनाउन चाँढो बिधेयक सदनमा पेश गर्न समेत समितिले मन्त्रिपरिषदलाई निर्देशन दिएको छ । हरेक १५–१५ दिनमा युनिटी प्रकरणमा सरकारले गरेको कारबाही प्रक्रियाका सम्बन्धमा समितिलाई जानकारी पठाउन निर्देशन दिएको सभापति यादवले जानकारी दिनुभयो । युनिटीका अधिकांश पदाधिकारी र सञ्चालकहरु प्रहरी हिरासतमा रहेका छन् ।

Read More......

बस्नेतको पक्राउको विरोधमा पोखरा बन्द

0 comments

गोकुल बानियाँ असार २ पोखरा ।
पत्रकार आक्रमणमा संलग्नलाई संरक्षण दिदै आएका युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेतलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित बनेका युवा सङ्घका कार्यकर्ताहरुले आज पोखरा बन्दको घोषणा गरेका छन् । बस्नेत पक्राउ परेपछि बसेको युथफोर्स कास्कीको आकस्मिक बैठकले आज दिउसो १ बजेदेखि साढे ४ बजे सम्म पोखरा बन्दको घोषण गरेको हो । बन्दको क्रममा हुने संभाबित घटनालाई मध्यनजर गरी प्रहरीले पोखराको सुरक्षा ब्यबस्था कडा पारेको छ । पोखराका मुख्य मुख्य चोकहरुमा ठुलो मात्रामा प्रहरी तैनाथ गरिएको छ भने नागरिक दैनिकको पोखरा स्थित कार्यलयमा पनि बिशेष सुरक्षा दिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अनिता आचार्य चितवनबाट जनाएअनुसार एमाले भातृ संगठन यूवा सघंका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरेको विरोधमा पूर्वी चितवनको ज्यामिरे सहीद चोकमा यूवा सघंका कार्यकर्ताले बाटो अबरुद्ध पारेका छन् । संगठनको कामको लागि वीराटनगर पुगेका संघका अध्यक्ष बस्नेतलाई बिना कारण प्रहरीले नियन्त्रणमा लिएको भन्दै बिरोधमा बाटो अबरुद्ध पारेको उनीहरुले बताएका छन् । पक्राउ परेका बस्नेतलाई प्रहरीले नछाडेसम्म वाटो सुचारु हुन नदिने बन्दकर्ताहरुले बताएका छन् ।

यसैबीच बस्नेतलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकारीले आवागमन प्रभावित हुने गरी तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले टायर बालेर नारावाजी गरेका प्रदर्शनकारीलाई तितरवितर पार्न
अश्रुग्याँस प्रहार गरेको थियो । त्यस्तै रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पनि उनीहरुले आवागमन अवरुद्ध हुने गरी प्रदर्शन गरेका छन् ।

Read More......

Wednesday, June 15, 2011

शान्ति समिति बनाउन दलहरुबाट गृहकार्य

0 comments

राजेन्द्र न्यौपाने असार १गोरखा ।
लामो समयदेखि बन्न नसकेको शान्ति समिति बन्ने आँकडा गोरखामा पछिल्लो समयमा देखिएको छ । शान्ति समिति निर्माणका लागि गोरखा जिल्लामा क्रियाशिल रहेका तीन राजनैतिक दलका नेताहरु सक्रिय भएका हुन् । अन्य जिल्लामा समिति बनीसक्दा गोरखामा नबन्नु दलहरुकै मूर्खता हुने भन्दै उनीहरु गृहकार्यमा जुटेका हुन् । यस अघि उनीहरुले एक अर्का दललाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए ।
शान्ति समितिको काम, कर्तव्य, अधिकार बारेमा यसको निर्देशिका जिल्लामा आएको लामो समय भैसक्दा पनि अझै सम्म समिति बन्न सकेको थिएन् । देश भरका ७३ जिल्लामा शान्ति समिति बनि सकेको छ भने गोरखा र तनहुँमा भने अझै बन्न सकेको छैन ।

जिल्लामा आज भएको शान्ति र संविधानका लागि सडक बहस कार्यक्रममा एकीकृत ने.क.पा.माओवादी का जनपरिषद संयोजक लेखबहादुर थापा मगर, नेपाली काँग्रेसका जिल्ला सचिव सुकदेव दवाडी, ने.क.पा. एमालेका जिल्ला उपाध्यक्ष विश्वेश्वर कट्टेलले शान्ति समिति निर्माणको काम अन्तिम चरणमा पुगेको र अव एकदिन बैठक बसेपछि समिति बन्ने बताउनुभयो । माओवादी जिल्ला इञ्चार्ज कृष्ण धिताल बाबु विरामी भएकाले उपचारमा लाग्नु परेको कारण उहाँको उपस्थिति विना शान्ति समिति निर्माण गर्न नसकिएको एमाले उपाध्यक्ष विश्वेश्वर कट्टेलले बताउनुभयो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले भने पछिल्लो समयमा दल आफैले गृहकार्य गरी अव हामी समिति बनाउँछौं भनेको बताउनुभयो । उहाँहरु सबै दलका नेताहरु एकठाउँमा जुटेपछि समिति निर्माण छिट्टै हुनसक्ने बताउनुभयो । शान्ति समिति नहुँदा जिल्लामा रहेका द्वन्द पिडित परिवारहरुलाई समस्या परेको छ । गोरखामा २२ जना बेपत्ता छन् । १९० जना राज्य पक्षबाट हत्या गरिएको अवस्था छ । गाउँमा गाउँ विकास समितिका कार्यालयहरु पुर्न निर्माण हुन सकेका छैनन् । जिल्ला भित्रै रहेका सरकारी कार्यालयहरु द्वन्दकालमा विस्थापित भएर अझै आफ्नो ठाउँमा फर्कन सकेका छैनन् । कतिपय माओवादीले भत्काएका कार्यालयहरु अझै बनेका छैनन् ।

द्वन्दको क्रममा ज्यान गुमाएका कतिपय परिवारहरुले अझै पनि राज्य पक्षबाट कुनै सहयोग पाउन सकेका छैनन् । घाइते , अपाङ्गहरुको स्थिति पनि उस्तै छ । शान्ति समितिको निर्माण नहुँदा जिल्लामा राजनीतिको आडमा अपराधिक घटनाहरु समेत हुने गरेका छन् । शान्ति समितिलाई गाउँ तहसम्म पु¥याई सबै नागरिकलाई शान्तिको प्रत्याभुति दिन र द्वन्दका घटनाहरुलाई मलम लगाउनु पनि शान्ति समितिको काम हुन्छ । जिल्लामा रहेका ए. ने.क.पा.(माओवादी), नेपाली काँग्रेस, ने.क.पा.(एमाले) शान्ति समिति निर्माणका लागि सक्रिय भएका हुन् ।

Read More......

खोलाले बगाउदा महिला बेपत्ता

0 comments

चन्द्रश्वर बस्ताकोटी
असार १ मुस्ताङ । म्याग्दी जिल्लाको पश्चिम देविस्थान गाविसको फापरचौरबाट म्याग्दी खोलाले बगाउदा एक जना महिला बेपत्ता भएकी छन् ।

देविस्थानकी अन्दाजी ४५ वर्षिया विष्णुमति फगामीलाई बुधबार साझँ करिव ६ बजे खोलामा दाउरा खोज्न जाने क्रममा खोलाले बगाएको स्थानीयले बताएका छन् । श्रीमान श्रीमती संगै दाउरा लिन गएको बेलामा दाउरा तान्ने क्रममा विष्णुमति फगामि खोलामा हुत्तीएको प्रत्यक्ष दर्शिले बताएको  स्थानियब दिवाकर सुबेदीले जानकारी दिनुभयो । बेपत्ता फगामीको बारेमा खोजि कार्य शुरु गरीएको म्याग्दी प्रहरीले जनाएको छ ।

Read More......

Sunday, June 12, 2011

पेट्रोलको भाउ बढ्यो

0 comments

जेठ २९ काठमाडौं ।
पेट्रोलको भाउ फेरि बढेको छ । नेपाल आयल निगम संचालक समितिले आजैदेखि लागु हुनेगरी पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बढाएको हो । यसअघि प्रतिलिटर ९७ रुपैयाँमा पाइने पेट्रोलको भाउ बढेर १०२ रुपैयाँ प्रतिलिटर पुगेको छ । अरु पेट्रोलिय पदार्थको भाउ भने यथावत रहेको निगमले जनाएको छ । डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्याँस प्रति सिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ कायमै छ । अन्तराष्ट्र्रिय बजारमा पेट्रोलको भाउ बढ्दै‍ गएपछि निगमलाई मासिक झण्डै पचास करोड रुपैयाँ घाटा थियो ।निगमले अन्तराष्ट्रिय बजरको भाउसंग समायोजन गर्नका लागि मुल्य बढाउनु परेको
जनाएको छ ।

Read More......

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

0 comments


यम चौलागाई जेठ २९ सिन्धुली ।
सिन्धुलीको रानीचुरी ७ झारलाङ्टारमा मा आईतवार ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् । सिन्धुलीमाढीबाट –चकमके तर्फ गईरहेको ना ३ त ६४१८ नं को ट्याक्टर दुर्घटना हुदा जरायोटार गाविस ९ लङ्गुर खोलाका ५९ वर्षिय कर्णबहादुर परियारको मृत्यु भएको हो । दुर्घटना मृतक परियारका ५५ वर्षिय श्रीमती लालिमाया परियार, भिमस्थान ७ डुडेका सोम बहादुर भोलान आम्वबोटेका छत्र बहादुर मगर भिमस्थानका सोमराज थिङ कमलामाई नगर पालिका ७ रामपुरका हस्त बहादुर बलसंजय स्याङ्तानर सितामाया तामाङ रहेका छन् । घाईते मध्य भिमस्थानका थिङलाई उपचारको लागि बर्दिबास लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
साघुरोबाटोमा मोड नपुगेकोले ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । ट्याक्टरका चालक बे दबहादुर पुलामीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच गत जेठ २३ गते रानिचुरी कै तिनतलेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु हुनुका साथै ४१ जना यात्रु घाईते भएका
थिए । बैशाख यता जिल्लामा भएका तीन यात्रुबहाक बस र तीन ट्याक्टर दुर्घटना हुदा २३ जनाको मृत्यु भईसकेको छ । सिन्धुलीमा यस वर्षको शुरुवातमा नै सावारी दुर्घटना हुने क्रम ह्वात्तै बढेको छ ।

Read More......

Tuesday, June 7, 2011

क्षतीपुर्ती उपलब्ध गराउने सहमती पछि बन्द खुल्यो, मौन प्रशाासनका कारण दुर्घटना बढ्यो: माक्सवादी

0 comments

यम चौलागाई
 जेठ २४ सिन्धुली। सिन्धुलीको रानीचुरी ७ तीन तलेमा सोमवार भएको बस दुर्घटना परी मृत्यु भएका मृतकका परिवारले उचित क्षतिपुर्तीको माग गर्दै गरिएको बन्द खुलेको छ । मृतकका आफन्तलाई उचित क्षतिपुर्ती दिने,घाईतेको उपचार फिक्कल र चकमके तिल्पुङ यातायात व्यवसायी सेवा समितिले गरिदिने तथा सवारी धनीलाई समितीले नै ल्याउने सहमती भएपछि बन्द खुलेको हो । जिल्ला स्थित राजनितिक दल, सुरक्षाकमी यातायता सेवा समिती, प्रशासन र मृतकका तथा घाईतेको आफन्तहरु बीच भएको छलफलमा उपचारको लागि पुर्णरुपमा सहयोग गर्ने र कानुन अनुसार मृतकका परिवारलाई क्षतिपुर्ती दिने सहमतीे भएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको कार्यकक्षकमा बिहान भएको सर्वपक्षिय छलफलमा क्रियाखर्च वापत पच्चिस हजारका दरले क्षतीपुर्ती रकम उपलब्ध गराउने निर्णय उचित नभएको भन्दै उनीहरुले सिन्धुली बन्द गराएका थिए ।

यसैवीच दुर्घटनामा परी ४ जनाको ज्यान गएको र ४१जना घाईते भएको उक्त घटना काहाली लाग्दो भएको भन्दै नेपाल कम्न्युष्ट पार्टी माक्सवादीले भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । माक्सवादीले आज एक प्रेस विज्ञप्ती जारी गरी घटनाका दोषी पत्ता लगाई कानुनको दायरामा ल्याई कारवाही गर्न र उचित क्षतिपुर्ती उपलब्ध गराउन माग गरेको छ ।

 माक्सवादीका कार्यलय सचिव हिरण्यलाल श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा २०६७ मंसिर १३ र ०६८ बैशाख १२ र १६ गते भएको सहमती उलङ्गन गरी यातायात व्यवसायीले यातायात संचालन गर्दा पनि प्रशासनले वेवास्ता गर्दा यस्ता दुर्घटना बढेको भन्दै गम्भिर आपत्ती प्रकट गरेको छ । 

विज्ञप्तीमा यातायात व्यवसायीले नियम विपरित काम गर्दा प्रसाशन मौन रहनुमा रहस्य लुकेको सर्वसाधरणले ठहर गर्न लागेको भन्दै प्रशासनले जनतालाई सचेत बनाउन दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने आवस्यकता रहेको उल्लेख गरिएको छ ।

Read More......

सुरक्षा सहित माओवादी लडाकूको बिदाई, अध्यक्ष दाहाललाई अब ७० जना प्रहरीले सुरक्षा दिने

0 comments

जेठ २४ काठमाडौं। एकीकृत माओवादी नेताको सुरक्षामा खटिएका थप ६६ जना माओवादी लडाकू हतियारसहित अस्थायी शिविरमा फिर्ता भएका छन् । अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा आज बिहान विशेष कार्यक्रमका बीच ६६ जना लडाकूलाई सामूहिक बिदाई गरिएको हो । बिदाई समारोहपछि संचारकर्मीसंग कुरा गर्दै माओवादी लडाकुका सेनाका बिग्रेड कमाण्डर युवराज दुलालले पार्टी र पार्टी नेतृत्वको निर्णय अनुसार आफूहरु शिविरमा फर्किन लागेको जानकारी दिनुभयो ।

लडाकूहरुलाई नेपाल प्रहरीको विशेष कार्यदलले स्कर्टिङ गरी चितवनको शक्तिखोर लगेको छ । प्रमुख तीन दलबीच जेठ १४ गते राति भएको मौखिक सहमतिका आधारमा माओवादीले दोहोरो सुरक्षा अन्त्य गरेको हो । माओवादी शीर्ष नेतादेखि पोलिटब्युरो सदस्यसम्मको सुरक्षामा १ सय ६ लडाकू अनमिनबाट प्रमाणीकरण गरिएका साना ठूला गरी ९६ थान हतियारसहित तैनाथ थिए ।

लडाकू फिर्ता भएपछि माओवादी शीर्ष नेताहरूको सुरक्षाको जिम्मा हिजोबाट सशस्त्र र नेपाल प्रहरीले लिएका छन् । अध्यक्ष दाहालको सुरक्षामा ४५ जना सशस्त्र र २५ जना नेपाल प्रहरी खटिएका छन् । यसअघि ५० लडाकु, २३ सशस्त्र र १० नेपाल पुलिसले अध्यक्ष दाहाललाई सुरक्षा दिँदै आएका थिए ।

Read More......

दाङ र कैलालीमा भीषण हावाहुरी र असिनापानी, लाखौंको धनमाल नष्ट

0 comments

जेठ २४ दाङ । दाङ र कैलाली जिल्लामा आज आएको हावाहुरी र बर्षातले लाखौंको क्षति पु¥याएको छ ।दाङमा हाबाहुरीसंगैको बर्षातले एफ.एम.को टावर ढल्दा नजिकैको एउटा घरमा क्षति पुगेको छ । हावाहुरीले ठाउँठाउँमा रुखहरु पनि ढालेको छ । रुख ढाल्दा बिद्युतका पोलहरुमा पनि क्षति पुगेको छ । हावाहुरीले थुप्रै घर टहराको छाना समेत उडाएको छ ।

उता, कैलालीमा असिनापानीले पनि लाखौंको धनमाल नष्ट भएको छ । बिहान केहीबेर परेको भीषण असिनापानी र हावाहुरीले थुप्रै घर र टहराको छाना भत्काएको कैलाली प्रहरीले जनाएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae