Sahara Sansar
Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts
Thursday, June 16, 2011
के यौन अश्लील र घृणीत विषय हो त ?
0 commentsTuesday, May 31, 2011
स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ
0 commentsराजेन्द्र न्यौपाने
Read More......
जेठ १७ गोरखा । पर्यटन वर्ष २०११ लाई लक्षित गरि यस वर्षको राष्ट्रिय सरसफाई सप्ताहको नारा स्वच्छ सफा गाउँ शहर, पर्यटन विकासको आधार राष्ट्रिय सरसफाई कार्य सञ्चालन समितिले तय गरेको छ । स्वास्थ्य , प्रतिष्ठा र विकासका लागि सरसफाई भन्ने मूल नारा सहित गोरखामा जेठ २२ गतेदेखि २८ गतेसम्म सरसफाई सप्ताह मनाउन आज सर्वपक्षिय छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा जुलुुुस धर्ना देखि देउराली गा.वि.स.लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्मका रहेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाई कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा पाँचदिनको कार्यक्रम ठोस गरिएकोछ । स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्याक्रममा न्यायधिस प्रभा बस्नेत, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, नगरप्रमुख, राजनैतिक दलहरुका नेता तथा कार्याकर्ता, पत्रकार, नागरिक समाज लगायतकोसहभागिता रहेको थियो ।
सत्यम हल बसपार्कमा भएको उक्त छलफलप्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्ले,माननीय कार्यक्रमले सरससफाई सत्ताह भव्य रुपले मनाउने निर्णय गर्दै दिनदिनै को कार्यक्रम ठोस गरेको छ ।
Monday, April 25, 2011
चेपाङहरु स्वास्थ्य सेवाबाट बन्चित
0 commentsवैशाख १२ चितवन। चितवनको पहाडी भेगमा बस्ने चेपाङ समुदायले गरिबी र अशिक्षाका कारण भरपर्दाे स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जसका कारण कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ ।पाँच-सातवटा बच्चा जन्माइसकेका यहाँका चेपाङ महिलाले अहिलेसम्म स्वास्थ्य परीक्षण मात्र होइन चिकित्सकसँग भेटसमेत नभएको बताएका छन् ।
अशिक्षाका कारण प्रति महिला आधादर्जन बढी सन्तान जन्माउने गरेको र उनीहरुको स्याहारसुसारमा समेत समस्या देखिएको छ ।आफूले कमाएको उब्जनीले ६ महिना मुस्किलले खान पुग्ने गरेको भएपछि ६ महिना जङ्गली कन्दमूलकै भरमा बाँच्नु परेकाले अन्य कुरामा ध्यान नगएको उनीहरुको भनाइ छ ।
चितवन शक्तिखोरका दलबहादुर प्रजा केही वर्षअघिको भन्दा अहिले केही चेतना पुगेको भए पनि अझै गाउँका चेपाङहरुलाई बिरामी हुँदा अस्पताल उपचार गर्न जानुपर्छ भन्ने चेतना नभएको बताउनुहुन्छ । झाँक्रीको भर पर्दा बसे्रनि चेपाङहरुको अल्पायुमै मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।
चिकित्सकका अनुसार यहाँका चेपाङ महिलामा पाठेघरको समस्या देखिएको छ भने पुरुषमा सरुवा रोगको प्रकोप देखिने गरेको छ ।समयमा उपचार नपाएका कारण उनीहरुमध्ये कतिपयको शरीरको विकासमा असर परेको देखिएको चिकित्सक केशव भुर्तेलले बताउनुभयो ।
चेपाङहरुको विकासका लागि आएको रकमसमेत सम्बन्धित ठाउँमा नपुग्ने गरेको उनीहरु बताउँछन् । चितवन मकवानपुर पछिको सबैभन्दा बढी चेपाङ भएको जिल्ला हो ।
Monday, April 18, 2011
कंचनपुरमा झाडापखलाका कारण एकको मृत्यु, ७० प्रतिशत विरामी
0 commentsबैशाख ६ कंचनपुर। बढ्दो गर्मीसंगै फैलिएको झाडापखालाका कारण कंचनपुरमा एक जनाको ज्यान गएको छ। कंचनपुरको सुडा ७ ओझाखाली मुक्त कमैया बस्तीमा बस्ने लौटन डंगौराको सोमबार बिहान झाडापखालाका कारण ज्यान गएको हो ।
झाडापखालाबाट ग्रसित डगौराको आज बिहान उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा ज्यान गएको अस्पतालका डाक्टर सम्भु देवकोटाले वताउनु भएको छ । साथै केही दिन यता कंचनपुर लगायत आसपासका क्षेत्रमा फैलिएको झाडापखालाका कारण बिरामी पर्नेहरुको संख्या बढि रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । झाडापखालाका कारण दैनीक १०÷१५ विरामी उपचार गराउन अस्पताल आउने गरेको अस्पताल श्रोतले जनाएको छ ।
अस्पतालका अनुसार महाकाली अंचल अस्पतालमा विरामी भई उपचार गराउन आउने विरामीमध्ये अधिकांस झाडापखालका ७० प्रतिशत विरामी रहेका छन् ।
Wednesday, April 13, 2011
मुस्ताङमा १ हजारको स्वास्थ्य उपचार
0 commentsचन्द्रश्वर बस्ताकोटी
Read More......
चैत ३० मुस्ताङ । मुस्ताङका बिभिन्न स्थानमा सचालित निशुल्क स्वास्थ्य सिबिरहरु सम्पन्न भएका छन । स्थानिय बासिन्दा र हिन्दु धर्मालम्वीहरुको पबित्र तिर्थस्थल कागबेनी एव मुक्तिनाथ आउने तिर्थयात्रीलाई लक्षित गरि बिभिन्न स्वास्थ्य सस्थाहरुद्धारा सचालित निशुल्क स्वास्थ सिविरहरुमा करिब १ हजार भन्दा बढिले उपचार गराएका छन । रामनवमी एव चैते दशै पर्वसगै तिर्थयात्रीहरु एव स्थानिय बासिन्दाको चाप मुस्ताङको लेतेको धासा, सदरमुकाम जोमसोम, कागबेनी र मुक्तिनाथ बढ्ने देखीए पछि बिभिन्न स्वास्थ्य सस्थाहरुले निशुल्क सिबिरको आयोजना गरेका थिए ।
“दीगो स्वास्थ्यको आधार आयुर्वेद उपचार” भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङले चैत्र २८ र २९ गते कागबेनीमा निशुल्क स्वास्थ्य सिविर सचालन गर्दै निशुल्क आयुर्वेदीक औषधी उपलब्ध गराएको थियो । कागबेनी तर्पण स्थल नजिकै स्थानिय बासीन्दा र तिर्थालुहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि बिरामीहरुलाई महायोगराज गगुल, योगराज गगुल, तपस्विनी वटी, अभिपत्तिकर, त्रिफला जस्ता औषधीहरु निशुल्क उपलब्ध गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङका कार्यालय प्रमुख डा शोभाराम सुवेदीले बताए । उक्त २ दिने सिबिरमा बाथ, रक्तचाप, अम्लपित्त, चर्मरोग,स्वासकास लगायतका ४ सय १५ जना बिरामीको उपचार गरिएको थियो ।
जिल्ला अस्पताल जोमसोममा करिब १६ जना तिर्थालुहरुलाई लेकलागेर बिरामीहुदा अक्सिजन दिएर उपचार गरिएको बताउदै जिल्ला अस्पतालका प्रमुख डा भोजराज गौतमले भने यो बेला हाम्रो मातहतका केहि स्वास्थ्य चौकीहरुमा एकै साथ निशुल्क स्वास्थ्य शिविर सचालन गर्दा लेकलागेका, रक्तचाप, झाडा पखला लगायतका बिरामीहरुको उपचार गरिएको बताए । कागबेनी स्वास्थ्य चौकी कागबेनीमा सचालित स्वास्थ्य सिबिरमा करिब ३ सय तिर्थालु बिरामीहरुको उपचार गरिएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ । यसै गरि मुक्तिनाथको रानीपौवामा झारकोट स्वास्थ्य चौकीले शिबिरको आयोजना गरेको थियो । शिबिरमा करिब २ सय बिरामीको औषधी उपचार गरिएको थियो ।
सिविरमा रामनवमी एव चैते दशैको अवसरमा कागबेनीमा पितृको तपर्ण र मुक्तिनाथको दशर्न गर्ने प्राय बृद्ध तिर्थालुको स्वास्थ्य उपचार गरिएको थियो । केहि बिरामीलाई जिल्ला अस्पताल ल्याई उपचार पछि घर फर्केका छन । यसैगरि लेते प्राथमीक स्वास्थ्य केन्द्रमा समेत बिरामी तिर्थयात्रीको औषधी उपचार गरिएको जिल्ला अस्पताल जोमसोमका प्रमुख डा गौतमले बताए । लेते प्राथमीक स्वास्थ्य केन्द्रमा कति बिरामकिो उपचार भयो यकिन तथ्याक भने आउन बाकी रहेको उनले जानकारी दिए ।
औशी देखि रामनवमी एव चैते दशै पर्व करिब १८ हजार तिर्थयात्री मुक्तिनाथको दर्शन एव कागबेनीमा पितृहरुको तर्पण गर्न आएको अनुमान गरिएको छ ।
Sunday, April 10, 2011
पुस्तकालयद्वारा निःशुल्क स्वास्थ्य क्लिनिक सुरु
0 commentsचैत २७ काठमाडौँ। विशालनगर पुस्तकालय कामपा-५ हाँडीगाउँले प्रत्येक दिन एक घन्टा निःशुल्क स्वास्थ्य क्लिनिक सुरु गरेको छ ।क्लिनिकको हास्य कलाकार बसुन्धरा भुसालले उद्घाटन गर्दै पुस्तकालयले सामाजिक सेवाको काम गरेर महत्वपूर्ण काम सुरु गरेको र हरेक पेसा व्यवसाय गर्ने व्यक्तिले केही प्रतिशत सामाजिक सेवामा खर्च गर्नुपर्ने विचार राख्नुभयो ।
हास्य कलाकार दीपकराज गिरी र नायिक पूजना प्रधानले आफूले कमाएको थोरै पैसा समाजिक सेवाका क्षेत्रमा लगानी गरेमा आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो ।सो अवसरमा कलाकार भुसाल र प्रधानले आर्थिक रुपमा कमजोर भएका मानिसलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य कोष खोल्न पुस्तकालयलाई रु.२५ हजार सहयोग गर्नुभयो ।
पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले सर्वसाधारण जनताको ठूल-ठूला अस्पतालमा पहुँच नपुग्ने र लामो समयसम्म कुर्नुपर्ने भएकाले स्थानीय जनतालाई सुविधाका लागि निःशुल्क स्वास्थ्य क्लिनिक साचालन गर्न सुरु गरेको जानकारी दिनुभयो ।
क्लिनिकमा सोही क्षेत्रमा बसोबास गर्ने डा.कुन्दन अर्याल त्रिवि शिक्षण अस्पताल डा.विश्वराज श्रेष्ठ ओम अस्पताल डा.निरजप्रसाद पराजुली धुलिखेल अस्पताल डा.दीप लामिछाने पाटन अस्पताल डा. श्वेता बराल गङ्गालाल अस्पताल र डा.मोहना गिरी वीर अस्पताल ले सेवा पुर्याउनुहुनेछ ।
पुस्तकालयले शनिबार नै रक्तदान कार्यक्रमको आयोजना गरेकामा ९८ जना स्थानीय बासिन्दाले रगत दिएका थिए ।
Friday, April 8, 2011
रेडक्रस शाखा सिन्धुलीको ४० औं जिल्ला सभा सम्पन्न
0 commentsयम चौलागाई
Read More......
चैत २५ सिन्धुली। नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको ४० औं जिल्ला सभा कार्यक्रम आज सिन्धुलीमा माढीमा सम्पन्न भएको छ । रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री मेनुका सुवेदीले आर्थिक वर्ष ०६६।०६७ को वार्षिक प्रगती प्रतिवेदन तथा आगामी निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शकुन्ताला श्रेष्ठले आर्थिक वर्ष ०६६।०६७ आर्थिक प्रतिवेदन पेश गर्नुका साथै आर्थिक वर्ष ०६८।०६९ को चालिस लाख बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा ढुंग्रेवास झोलुङ्गेपुल निर्माण समितिका अध्यक्ष हरिवहादुर कार्की जरायोटार झोलुङ्गेपुलका अध्यक्ष गणेशबहादुर लुङ्गेली मगर झोलुङ्गेपुल निर्माण कार्यमा उत्कृष्ट काम गर्ने असिस्टेण्ट सव इन्जीनियर चित्रबहादुर लुङ्गेली स्थानिय सन्चारकर्मी भावना गुरुङ्ग उपशाखा भिमस्थानका सभापति रामजी सुवेदी, हर्साहीका शान्तीप्रसाद दाहाल, निवर्तमान सभापति कुलमणि आचार्य, शिक्षक राधा सुवेदी तथा विभिन्न अवसरमा रक्तदान गर्ने महानुभावहरुलाई सम्मान गरि एको थियो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारी, एकिकृत नेकपा माओवादीका सह इन्चार्ज दिर्घराज श्रेष्ठ, नेपाली कांगे्रस सिन्धुलीका सभापति मोहन बराल, नेकपा एमालेका अध्यक्ष कमलजंग राई नेकपा माक्र्सवादीका हिरण्यलाल श्रेष्ठ जुनियर रेडक्रसका तर्फबाट टोमप्रसाद काफ्ले नेकपा संयुक्त माक्र्सवादीका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।
हिमाली जिल्लामा राष्टीय पोलीयो खोप अभियान
0 commentsचन्द्रश्वर बस्ताकोटी
Read More......
चैत २५ मुस्ताङ । दोस्रो चरणको १३ औ राष्टिय पोलीयो खोप अभियान ७ हिमाली जिल्लामा सनिवार शुरु हुने भएको छ । जन्मे देखि ५ बर्ष मुनिका बालबालीकालाई एकै पटक पोलीयो थोपा खुवाई पोलियो रोग बिश्वबाटै उन्मुलन गर्न देशभरि नै अभियान थालीएको हो ।
दोस्रो चरणमा ७ हिमाली जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा र मुगुमा चैत्र २६ र २७ गते ५ वर्ष मुनिका बालबालिकालाई पोलीयो थोपा खुवाइने छ । ७ हिमाली जिल्लामा पनि दुई चरणमा गरि पहिलो चरण चैत्र २६ र २७ गते र दोस्रो चरण वैशाख २४ र २५ गते संचालन गरिने भएको छ ।
त्यस्तै हिमाली जिल्ला मुस्ताङमा १ हजार ३ सय ३१ बालबालीकालाई लक्षित गर्दै १ सय ४६ ठाउमा खोप सञ्चालन गरिने भएको छ । जसको लागि १ सय ४४ जना स्वास्थ्य स्वयमसेवीका र १ सय ४४ स्वयम सेवक खटाइएको जिल्ला स्वास्थ्य कार्यालयमुस्ताङले जनाएको छ । १६ गाबिसका प्रत्येक वडामा एक एक, जोमसोम एयरपोर्ट र लेते गाबिसको पैराथाप्लामा थप एक एक खोपकेन्द्र सचालन हुने भएका हुन । पहिलो दिन २६ गते खोपकेन्दमा पोलीयो थोपा खुवाइने र दोस्रो दिन २७ गते खुवाउन छुटेकालाई अनिवार्यरुपमा खुवाउन घरदैलो कार्यक्रम सचालन गरिने भएको छ । हिमाली जिल्लामा हुने यसबर्षको पोलीयो खोप अभियानका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख डा भोजराज गौतमले बताउनु भयो । दोस्रो चरणमा पुनः वैशाख २४ र २५ मा पोलीयोथोपा खुवाइने छ ।
मनिसमामात्र लाग्ने पोलीयो रोगका बिरामी लुला लगडा हुने गर्दछन भने ३ पटक पोलीयो थोपा खाए पछि यो रोगको सक्रकणबाट बच्न सकिन्छ । ५ बर्षमुनिका बालबालीकालाई मात्र खुवाइने पोलीपो थोपा जति पटक खाएको भएपनि खुवाउनु पर्दछ । यसले कुनै असर नगर्ने बिज्ञहरुको बिश्वास छ ।
बिश्व स्वास्थ्य सगठनका अनुसार १९९८ वाट विश्वमा पोलियो खोप अभियान शुरु गरिएको भएता पनि नेपालमा १९९९ बाट संञ्चालन गरिएको थियो । पोलियो खोप अभियान सञ्चालन गर्दा विश्वका १२५ राष्ट्रमा पोलियो रोगबाट सक्रमीत भेटीए पनि अहिले यो घटेर बिश्वका चार देश भारत, पाकिस्तान, नाइजेरीया, अफगानिस्थातमा मात्र देखिएको छ ।
नेपालको सन्र्दभमा २०१० नोभेम्बर सम्मको आंकदा अनुसार ३२ जना पोलियोबाट संक्रमित विरामी फेला परेको डा गौतमले जानकारी दिनु भयो । जसअनुसार ९४ प्रतिशत तराइको जिल्लाका देखा परेका थिए भने बाँकी पहाडी जिल्लामा । सर्वेक्षण अनुशार ३२ मध्ये ३० जना तराइको सप्तरी, सिरहा, धनुषा, सर्लाहि महोत्तरी तगाएतका ११ जिल्लामा देखा परे भने २ जना पहाडी जिल्ला दैलेख र वाजुरा देखा परेका थिए । तर २०१० मा रोतहटमा ४ ओटा यसको विरामि देखा परेका थिए ।
Thursday, April 7, 2011
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको २२ औं सभा सम्पन्न
0 commentsकूल तामाङ्
चैत २४ नुवाकोट। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको २२ औं सभा बिहीवार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा रेडक्रस नुवाकोटले आगामी दिनमा गर्ने नयाँ कार्यक्रम र चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका कार्यक्रमको बारेमा समीक्षा भएको थियो ।
रेडक्रस नुवाकोटमा आवद्ध २० वटा उपशाखाका प्रतिनिधि तथा पदाधिकारीहरुको सहभागीता रहेको सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले रेडक्रस पवित्र संस्था भएकोले यस्तो संस्थामा राजनीतिक गन्ध आउन नदिन सुझाव दिनुभयो । उहाँले मन्दिरमा जुत्ता फुकालेझैं रेडक्रसको मानवीय सेवा गर्दा राजनीतिक गन्ध टाढै राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले दैवीप्रकोप जस्ता मानवीय उद्धारका कार्यक्रममा रेडक्रसको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । शाखाका सभापति गणेश नेपालले शाखाले अमेरिकन रेडक्रसको सहयोगमा विद्यालय सुरक्षाको लागि विपद व्यवस्थापन कार्यक्रम जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान सभापति विष्णुराज नेपाल, पूर्व सभापति रामप्रसाद जोशी, राप्रपा नेपालका रामकृष्ण भट्ट, गोपाल सिलवाल, रधुनाथ खनाल, रामजी पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
सरकारले स्वास्थ्यकर्मीको निगरानीमा अब औषधि खुवाउने
0 commentsचैत २४ काठमाडौं ।
सरकारले आउने वर्षदेखि चिकित्सकको निगरानीमा मात्रै औषधि खुवाउने भएको छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधी वितरणका क्रममा कमजोरी भएको स्वीकार गर्दै चिकित्सकको निगरानीमा व्यवस्थापकिय लापरवाही र पर्याप्त सुचनाको अभावका कारण हात्तीपाइले रोगको औषधी वितरणमा कमजोरी भएको सरकारले स्वीकार गरेको हो । हात्तीपाईले विरुद्धको औषधी सेवन गर्दा सर्वसाधारण नागरिकको मृत्यु भएको विषयमा संसदको महिला बालबालिका तथा समाज कल्याण समितिले गरेको छलफलमा स्वास्थ्य सचिव प्रबिण मिश्रले औषधीको गुणस्तर भन्दापनि व्यवस्थापकिय कमजोरीका कारण सर्वसाधारणहरु बिरामी परेको स्विकार गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनकै मापदण्ड अनुरुप नै नेपालमा पनि औषधी खुवाईए पनि पर्याप्त सुचनाको अभावले समस्या सृजना भएको उहांको भनाइ थियो । त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोबद्र्धन प्रधानले आगामी वर्षदेखि घर घरमा गएर औषधी वितरण गर्नुको सट्टा स्वास्थ्य केन्द्रमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा वितरण गरिने बताउनुभयो ।
हात्तीपाइलेको औषधी खाली पेटमा खान नमिल्ने भएकाले आगामी वर्षदेखि स्वास्थ्य केन्द्रमै केही खुवाएर औषधी खुवाइने उहांले स्पष्ट पार्नुभयो । बैठकमा सभाषद्हरुले गुणस्तरहिन औषधीका कारण क्षती भएको भन्दै छानबिन गर्न माग गरेका थिए । औषधी सेवनपछि बांके, सप्तरी र उदयपुरमा गरी ८ को मृत्यु भएको थियो भने ६ सय बढी बिरामी परेका थिए ।
Tuesday, April 5, 2011
आँखा अप्रेशन सिविर सम्पन्न
0 commentsयम चौलागाई
Read More......
चैत २२ सिन्धुली। सिन्धुलीको पश्चिीमी दुर्गम गाविस महेन्द्र झ्याडीमा निशुल्क आँखा अप्रेशन सिविर संचालन गरिएको छ । जानकी आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको आयोजना तथा जुनियर रेडक्रस सोसाइटी मावि महेन्द्र झ्याडीको व्यवस्थापनमा उक्त सिविर संचालन गरिएको हो ।
सिविरको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा हिजो एक कार्यक्रम गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा माओवादी सह इन्चार्ज दिर्घराज श्रेष्ठ , कांग्रेस सिन्धुलीका सभापति मोहन बराल एमाले अध्यक्ष कमलजंग राई, पत्रकार महासंघ सिन्धुलीका सभापति श्यामहरी अधिकारी रेडियो साहाराका प्रवन्ध निर्देशक होम कुमार कार्की राजन लगायतले मन्तव्य राख्नु भएको थियो ।
सिविरमा एक सय पच्चिस जना को निःशुल्क आँखाको शल्यक्रिया गरिएको बताइएको छ ।
Sunday, March 27, 2011
जिल्ला अस्पताल बैतडीमा अल्ट्रासाउण्ड सेवा शुरु हुने
0 commentsभगीरथ अवस्थी
Read More......
चैत १३ बैतडी। जिल्ला अस्पताल बैतडीमा निकट भविष्यमै अल्ट्रासाउण्ड सेवा शुरु हुने भएको छ । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भवती जाँच, बच्चाको अवस्था, पत्थरी लगायत अल्ट्रासाउण्डबाट जाँच गरिने सबै रोगहरुको निदान बैतडीमै हुने बताइएको छ । अल्ट्रासाउण्ड सेवा शुरु गर्नका लागि मेसिन आइपुगेको र भौतिक निर्माण तथा आवश्यक जनशक्तिका लागि माग भइरहेको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्स गीता तामाङले जानकारी दिनु भएको छ ।
अल्ट्रासाउण्ड सेवा शुरु भएपछि महिलाहरुको पाठेघर सम्बन्धि समस्या जाँच गर्न समेत सजिलो हुने स्टाफ नर्स तामाङको भनाइ छ । अल्ट्रासाउण्डका लागि भारत जानुपर्ने नेपालीहरुको बाध्यता टर्ने र सेवाग्राहीलाई पनि सजिलो हुने स्वास्थ्यकर्मीहरुलेबताएका छन । अहिले बैतडी लगायत दार्चुलाका विभिन्न क्षेत्रहरुबाट उपचारका लागि भारतका निजी अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको छ ।
अल्ट्रासाउण्ड गर्नुपन र बिरामीहरुलाई भारत तथा अन्य ठाउँमा रिफर गर्नुपर्ने जिल्ला अस्पतालको पनि बाध्यता रहेको छ । अल्ट्रासाउण्ड सेवा शुरु हुने भएपछि अल्ट्रासाउण्डको अभावमा रिफर गर्नुपर्ने बिरामीहरुलाई जिल्लामै सेवा दिन सकिने जनाइएको छ।
Wednesday, March 23, 2011
स्वास्थ्य चौकीमा तालाबन्दी
0 commentsकूल तामाङ्
चैत ९ नुवाकोट। तारुका गाविसका सर्वसाधारणलाई सेवा दिन सरकारले स्थापना गरेको उपस्वास्थ्य चौकीमा दश दिनदेखि कर्मचारी नआएपछि स्थानीयबासिन्दाले तालाबन्दी गरेका छन् ।
गाउँभरिका स्थानीयबासिन्दालाई स्वास्थ्य सेवा पु¥याउन खोलिएको उपस्वास्थ्य चौकी दुई वर्षदेखि पिएनको भरमा सञ्चालन हुँदै आएकोमा पिएन चन्द्रमान श्रेष्ठ विरामी भई उपचारमा हिँडेपछि दश दिनदेखि कार्यालय बन्द भएकोमा नियमित स्वास्थ्यकर्मीको माग गर्दै गाउँलेहरुले उपस्वास्थ्य चौकीमा ताला लगाएका हुन् ।
उपस्वास्थ्य चौकीका प्रमुख देवेन्द्र राय महिनौ देखि कार्यालयमा नआएको बताउँदै स्थानीय शिक्षक नवराज भण्डारीले मासिका लक्ष्मी भट्टराई फागुन २४ गते पोलियो थोपा खुवाएपछि कार्यालय नफर्किएको बताउनुभयो ।
तीन लाख १७ हजारलाई हात्ती पाइलेको औषधी खुवाईने
0 commentsराजेन्द्र न्यौपाने चैत ९ गोरखा ।
जिल्ला स्वस्थ्य कार्यालय गोर्खाले जिल्लाभर १२ र १३ गते ६१ हजार २ सय ४५ परिवारका ३ लाख १७ हजार २ सय ५५ जनालाई हात्ती पाईले रोगको औषधी खुवाउने जानाकारी दिएको जिल्ला स्वस्थ्य कार्यालमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वोल्दै हात्तीपाईले रोग निवारणका कार्यक्रम संयोजक नवराज खड्काले जिल्लाको सवै गाविस र एक नगरपालिकामा हात्तिपाईले रोगको औषधी पुगीसकेको जानाकारी गराउनु भयो । सवै भन्दा गोर्खाको पालुङटारमा नौ हजार ९५ जना र सवै भन्दा कम प्रोक गाविसमा सात सय ८० जनाले हात्तीपाईले रोगको औषधी खाने छन् ।
हात्तीपाईले रोग क्युलिएस जातको पोथी लामखुट्टेले मानिसको शरिरमा टोक्दा उचेरेरिया बाँक्रोफ्टी नामको परजिविले रोगी बनाउँछ ।रोग नियन्त्रणको लागी वर्षमा दुई पटक छ वर्षसम्म लगातार औषधीको सेवन गर्नु पर्ने स्वस्थ्य मन्त्रालयले जनाएको छ । दुई वर्ष माथीकालाई मात्र स्वस्थ्य कर्मीको प्रत्क्षय निगरानीमा हात्ती पाईलेको औषधी खुवाइने छ भने एस एल सी दिने विद्यार्थीलाई भने परिक्षाको अन्तिम दिन परिक्षा केन्द्रमा नै औषधी खुवाईनेछ । गाविस इलाका क्षेत्र र जिल्लामा हात्तीपईलेको रोगको र निवारण गर्ने अन्तरक्रिया गर्दै खाली पेटमा औषधी खान नहुने जानाकारी दिइएको छ ।
नेपालको सवै भन्दा वढी हात्तीपाईले रोगको जोखीम नुवाकोटमा २९ प्रतिशत रहेको छ । तिन वर्ष अघि गोर्खामा १९ दशमलव ६ प्रतिशत व्यक्तिमा हात्तीपाईले रोगको जोखीम देखीए पनि हाल परजिवि शुन्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज लोहनीले जानाकारी दिनुभएको छ । विश्वको ८३ देशमा १ अर्व ४ करोड मानिसमा जोखिम छ भने १२ करोड मानिसमा जोखिम उच्च रहेको एक तथ्यांकले देखाएको छ । त्यस्तै गरी दक्षिण एशियामा ६० प्रतिशत जोखीम छ भने भारतमा मात्रै ४० प्रतिशत हात्तीपाईले रोगको जोखीम रहेको देखाएको छ ।
नेपाल सरकारले २०१८ सम्म हात्तीपाईले रोगको निवारण गर्ने लक्ष अनुरुप पाँच जिल्लामा कार्यक्रम सम्पन्न गरेको छ । यहि चैत्र १२ र १३ गते ३६ जिल्लाका एक करोड ३६ लाख मानिसलाई हात्तीपाईले रोगको औषधी खुवाईने जिल्ला स्वास्थ्य कार्यलय गोरखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिनुभयो ।
Tuesday, March 22, 2011
हात्तिपाईले निवारण कार्यक्रम
0 commentsजिल्ला स्वास्थ्य कार्यालय,म्याग्दीले चैत १२ र १३ गते राष्ट्रिय हात्तिपाईले निवारण कार्यक्रम अन्तरगत औषधी खुवाउने कार्यक्रमको तयारी तिब्र पारिएको जनाएको छ । कार्यक्रम अन्तरगत दुई वर्ष माथिका गर्भवती र दिर्घरोगी बाहेकका सबैलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने जिल्ला अस्पताल म्याग्दीका प्रमुख म्याग्दीका ४१ गाविसमा रहेका २२ हजार आठ सय ७१ घरधुरीका सर्वसाधारणलाई औषधी खुवाउन ७ सय ५० जना स्वयंमसेवक परिचालन गरिने र औषधी सम्बन्धित ठाउँमा पुरयाईसकिएको कार्यक्रमका फोकल पर्सन घनश्याम सिग्देलले बताउनुभयो । कार्यक्रममा १० लाख २५ हजार दुई सय ४५ रुपैया खर्च हुने सो कार्यक्रममा जानकारी गराईएको थियो । अभियानमा सहभागि भएर २०१५ भित्र नेपाललाई हात्तीपाईले रोग निवारण राष्ट्रिय लक्ष्य सफल पार्न कार्यालयले सबै समक्ष अनुरोध गरेको छ । तीन वर्षअघि गरिएको अध्ययनका क्रममा म्याग्दीका कुल जनसंख्याको दुई दशमलब दुई प्रतिशतमा हात्तिपाईलेको जिवाणु भेटिएको थियो । हात्तिपाईले लामखुट्टे मार्फत सर्ने रोग हो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले नेपाललाई हात्तिपाईले निवारण राष्ट्र बनाउनु सबैको साझा दायीत्व भएकाले आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।
Monday, March 21, 2011
रक्त संचार केन्द्रका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा
0 comments चैत ७ विराटनगर । रक्त संचार केन्द्र विराटनगरका कर्मचारीले बिभिन्न माग गर्दै रक्त सेवा बन्द गर्ने आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । तलव सुविधा बद्धि, सुरक्षा, कर्मचारी थप, सेवा विस्तारलगायतका माग राख्दै कर्मचारीले रक्त संचार सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
विराटनगर स्थित रक्त संचार केन्द्रमा आज आयोजित कार्यक्रममा कर्मचारी संघर्ष समितिले मोरङ रेडक्रसले रक्त संचार सेवा बिस्तारमा कुनै ध्यान नदिएको जनाउदै आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
आगामी ९ गते १, १० गते २ र ११ गते तीन घण्टा सेवा बन्द गर्ने समितिले जनाएको छ ।
Friday, March 18, 2011
चार महिनामै औषधी सकियो सेवाग्राही मर्कामा
0 commentsशेरबहादुर के.सी.चैत ४ बाँके ।
बाँकेको कोहलपुरमा रहेको यस क्षेत्रकै सबैभन्दा ठूलो औषधालय कोहलपुर आयूर्बेद औषधालयमा चार महिनामै औषधी सकिएको सकिएको छ । औषधी किन्न नसक्ने आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरु आउने यस औषधालयमा औषधी सकिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । औषधालय प्रमुख कल्पना पौडेलका अनुसार जिल्ला आयूर्बेद कार्यालयले २० कार्टुन बरावरको औषधी पठाउने गरेपनि यो औषधी चार पाँच महिनामै सकिन्छ । अहिले बिरामीलाई निजी पसलवाट औषधी किन्न सिफारीस गर्ने गरेको जानकारी दिनुभयो । केही बर्षयता एलोपेथिक सेवावाट थाकेपछि आयूर्बेद धाउनेक्रम बढेको बताइएको छ । साउन यता मात्र औषधालयमा आएर ९ सय ९३ सेवाग्राहीले सेवा लिएका छन् । उता जिल्ला आयुर्बेद कार्यालय नेपालगञ्जले भने बजेट अभावका कारण निश्चित हुनेभएकोल भनेजति औषधी दिन नसेको बताएको छ ।
Thursday, March 17, 2011
आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम
0 commentsकूल तामाङ्
चैत ३ नुवाकोट। जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय नुवाकाटले जिल्लाका दुई गाविसमा आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
आयुर्वेद स्वास्थ्यको हाल सञ्चालित सेवा, महिला तथा बालबालिकामा घरेलु उपचार उपचार, दुध बढाउने जडिवुटि, घरेलु जडिवुटिको सदुपयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिन थानसिङ र खानीगाउका महिला स्वास्य स्वयंसेविकालाई सचेतना तालिम दिइएको हो ।
तालिममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्रकुमार गिरी, तुलसी श्रेष्ठ, नारायण ओस्ती, अमिना श्रेष्ठ र रामकृष्ण पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
Thursday, March 10, 2011
आज अन्तर्राष्ट्रिय मिग्रौला दिवस
0 comments फागुन २६ काठमाडौं। अन्तर्राष्ट्रिय मिर्गौला दिवस नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । नेपालमा झण्डै अढाईलाख व्यक्ति मिर्गौला सम्बन्धी कुनै न कुनै किसिमको समस्याबाट पीडित रहेका राष्ट्रिय मिर्गौला उपचार केन्द्रले जनाएको छ ।
मिर्गौला रोग लाग्नबाट बच्न आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने, रगतमा चिनीको मात्रा ठीक राख्ने, समयम समयमा जाँच गर्ने, स्वस्थ खाना खाने, धूमपान नगर्ने, प्रशस्त पानी पिउने जस्ता कुरामा ध्यान दिन चिकित्सकको सल्लाह छ ।
कुनै लक्षण बिना नै मिर्गौलामा समस्या हुने भएकाले समयमा समयमा पिसाब जाँच गराउनुपर्ने उनीहरुको भनाई छ । नेपालमा मिर्गौला रोगी धेरै भएपनि उपचार धेरैको पहुंचभन्दा बाहिर छ ।
Saturday, March 5, 2011
पाठेघर समस्या सम्बन्धी निशुल्क स्वास्थ्य शिविर
0 commentsकूल तामाङ्
फागुन २१ नुवाकोट । नुवाकोटको घले भज्याङमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको लागी निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ ।
पञ्चकन्या गाविस वडा नं. १ घले भञ्ज्याङमा आयोजिति शिविरको पहिलो दिन ९३ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १६ जना पाठेघर खसेका महिलाहरुलाई शल्याक्रियाको लागी आयोजकले नै काठमाडौ लैजाने भएको भैरब पराजुलीले जानकारी दिनुभयो ।
विनायक अस्पताल काठमाडौ र हेलो नेपालको आयोजना तथा स्थानीय पञ्चकन्या युवा क्लबको व्यवस्थापनमा सञ्चालन भईरहेको शिविरमा डा.गौतम मिश्रको नेतृत्वमा रहेको स्वस्थ्यकर्मीको टोलीले सेवा पु¥याईरहेको छ ।
Subscribe to:
Posts (Atom)

