Sahara Sansar

Showing posts with label मकवानपुर. Show all posts
Showing posts with label मकवानपुर. Show all posts

Saturday, April 9, 2011

प्रहरीद्धारा ३५ किलो बराबरका दुई बोरा गाँजा बरामद

0 comments

भीमफेदी २७ चैत । मकवानपुर जिल्ला रमटार वडा नम्बर ३ मा आज बिहान प्रहरीले अन्दाजी ३५ किलो बराबरका दुई बोरा गाँजा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरि इलाका प्रहरीको गस्ती टोलीले रमटारतर्फ जाँदै गर्दा फेला गाँजा फेला पारेको थियो ।

फरार अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले बताउनुभयो ।

Read More......

Thursday, February 10, 2011

कोरियामा पर्यटन वर्षको प्रचारप्रसारमा नेपाली युवकको सक्रीयता

2 comments

सुजीता न्यौपाने । 
माघ २७,  मकवानपुर ।
हेटौँडाका एक युवक कोरियामा नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसार गर्न जुट्नु भएको छ । हेटौँडा–४ का सुकुन्द आचार्यले आफ्नो विदाको समय सदुपयोग गरेर नेपाल पर्यटन वर्षको प्रचारका लागि कोरियाको बुसान सहरको चोकमा स्टल राख्नु भएको हो । २ वर्षअघि इपिएस कोटा अन्तरगत कामका लागि कोरिया पुग्नुभएका उहाँले कोरियाली नयाँ वर्षको अवसरमा दिईने ५ दिने विदाको सदुपयोग गर्दै नेपाल सम्बन्धी प्रचारप्रसारका लागि स्टल राखेको उहाँले वताउनुभयो । उहाँले कोरियाली र विभिन्न देशबाट बुसान सहर आईपुगेकाहरुलाई नेपाल घुम्न जान आग्रह गर्ने गरेको बताउनुभयो । माघ २२ गतेदेखि स्टल राखेर प्रचार थालिएको स्टलमा नेपालबारे जानकारी लिन पर्यटक र स्थानीयहरुको भीड बढेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae