Sahara Sansar

Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Sunday, June 12, 2011

संविधान

0 comments


कहा छौ तिमी संविधान
बिर अस्पतालमा भर्ना भएकी छ्यौ रे
संविधान
आट र साहस  चाहिन्थ्यो तिमीलाई
संविधान
दिनसकेका छैनौ तिमिलाई
 संविधान
रोग निको हुन जति महिना थपे पनि
निको हुन्न
संविधान

किसान बिक
योगेन्द्र उच्च माबि
टुकुचे, मुस्ताङ

Read More......

Sunday, May 15, 2011

सिन्धुलीकी अमला अधिकारीको "अमला" गजल सग्रह विमोचन

0 comments




जेठ १ सिन्धुली । सिन्धुलीमा गजल संगम एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । गजल सरोवर सिन्धुलीको आयोजनामा हिजो सम्पन्न कार्यक्रममा सिन्धुलीकी अमला अधिकारीद्धारा लिखित अमला गजल संग्रहको विमोचन गरिएको हो । 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले उक्त गजल संग्रहको बिमोचन गर्नुभएको हो । गजल संगम तथा पुस्तक विमोचन कार्यक्रममा आधुनिक गजलका पुनर्जागरक ज्ञानु वाकर पौडेल गजलकारहरु ह्यागि्रब आचार्य पुष्प अधिकारी अन्जली वावु त्रिपाठी मनोज न्यौपाने महिला गजलकार विष्णु तिवारी उषाले गजल वाचन गर्नुभएको थियो ।

 स्थानिय गजलकारहरुमा विमोचन गरिएको गजलकी श्रष्टा अमला अधिकारी नन्दलाल श्रेष्ठ  मैया लामीछाने अमृत भिमानेली सिता श्रेष्ठ लगाएतले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा सोमान बज्यु र आस्था राईले गजल गाएर दर्शकलाइ मोहित पार्नुभएको थियॊ भने अर्जुन पौडेलले विमोचन गरिएको गजल संग्रह अमलाको वारेमा समिक्षा गर्नुभएको थियो ।

Read More......

Wednesday, April 27, 2011

प्रलेसको कार्यक्रमको तयारी पुरा

0 comments

वैशाख १४ दाङ। प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले भोली गर्न थालकोे विचार गोष्ठिको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रलेस दाङका अध्यक्ष रामप्रसाद जैसी र सचिव शरद अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

प्रलेसले आयोजना गरेको गोष्ठिमा प्रलेसका पूर्व महासचिव अमर गिरीले नेपाली साहित्यमा प्रगतिवाद र प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले दाङको प्रगतिशील साहित्य र चुनौति विषययमा आधार पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्र मध्य गिरीको कार्यपत्रमाथि नेपालगञ्ज वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. गोपाल अधिकारी र टीकाराम उदासीले टिप्पणी गर्नुहुने भएको छ । त्यसैगरी शर्माले प्रस्तुत गर्नुहुने कार्यपत्रमाथि साहित्यकारहरु शरद देवकोटा, प्रमोद धिताल र समिक्षक सुशिल गौतमले टिप्पणि गर्नुहुने भएको छ । भोलि विहान ११ वजे नेपाल पत्रकार महासंघको सभाकक्षमा कार्यक्रम हुँदैछ ।

वैसाख महिनाको कार्यक्रम अन्तर्गत प्रलेस दाङले सोही अवसरमा पारिजात स्मृति दिवस पनि मनाउने भएको छ । प्रलेसले कार्यक्रममा उपश्थितीका लागि सम्र्पू साहित्यकारहरु, पत्रकार, विद्यार्थि, कानुन व्यवसायी लगायत सवैलाई आग्रह गर्नुभएको छ ।

यसैवीच जन साहित्यिक मञ्च दाङका अध्यक्ष भुवन देवकोटाले प्रलेसले आयोजना गरेको विचार गोष्ठिमा उपश्थितीका लागि मञ्चमा आवद्ध लगायत सवै साहित्यकारहरुसंग आग्रह गर्नुभएको छ ।

Read More......

Monday, April 25, 2011

राष्ट्रिय साहित्य महोत्सवको तयारीमा तिव्रता

0 comments

बैशाख १२ सुर्खेत ।आगामी जेठ २५ देखि ३१ गतेसम्म सुर्खेतमा हुन गैरहेको राष्ट्रिय साहित्य महोत्सव २०६८ को तयारीमा तिव्रता दिईएको छ । महोत्सव आयोजक मूल समारोह समितिको व्यस्तता हिजोआज निकै बढेको छ । 

साहित्यको माध्यमबाट सुर्खेतका विभिन्न पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्दै नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिन लागेको उक्त महोत्सवमा स्थानीयका अलवा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कवि— कलाकारहरुको पनि उल्लेख्य उपस्थिति हुने आयोजकले बताएको छ । देशका विभिन्न ठाउँबाट करिब ३०० साहित्यकारहरुको भेला हुने आयोजकको ठम्याई छ । 

नेपालमै यति लामो अवधिको कार्यक्रम पहिलोपटक भएको दावी गर्दै यो मध्यपश्चिम क्षेत्र र विशेषगरि सुर्खेतको लागि गौरब र परिक्षणको कुुरा भएको आयोजकको भनाई छ ।

Read More......

Friday, April 1, 2011

प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने

0 comments


एस बि गौतम।
 सिन्धुलीमा क्रियाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने भएको छ।

प्राङ्बोला छार न्हान, सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गरी अभियान संचालनको जानकारी गराएका हुन् ।

“तामाङ भाषाको संरक्षण र विकासका लागि १६ दिने भाषिक–साहित्यिक जागरण अभियान–२०६७÷०६८” नाम दिएको अभियान यही चैत्र २४ गते पूरानो भाँगाझोली गाविसको बन्दिपुरमा शुभारम्भ भई ०६८ बैशाख ११ गते
लोकतन्त्र दिवसका दिन सिन्धुलीको हरिहरपुरगढी गाविसको गढी दरबारमा पुगी समापन हुने प्राङ्बोला छार न्हानले जनाएको छ ।

अभियानकोक्रममा ऐतिहासिक तामाङ गाउँ–बस्तीहरूको भ्रमण गरी तामाङ भाषा, संस्कृतिका जानकार ताम्बा, बोम्बो, लामा तथा गिताङ्गेहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।

अभियानमा कलाकार सोनाम बज्यू, तुलसा वाईवा, फूलकुमार बोम्जन लगायत तामाङ कवि, कवियत्री, संचारकर्मीहरूसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो ।

अभियान अन्र्तगत पूरानो झाँगाझोली, नेत्रकाली–घ्याङलेख, तामाजोर, बस्तिपुर, अमले, भद्रकाली, डाडीगुराँसे, महादेवस्थान, कल्पवृक्ष, पिपलमाडी, हरिहरपुरगढी र क्यानेश्वरका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय तामाङ बस्तीहरूको अवलोकन गरी साहित्यिक कार्यक्रमहरू अयोजना गरिने छ ।

तामाङ भाषा, साहित्यको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संचालित अभियानले चलिरहेको पर्यटन वर्ष २०११, शुरू हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

Read More......

Thursday, March 10, 2011

अपरिभाषित प्रेम

0 comments


कृष्णपक्ष इजरायल ।
फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ । जाडो याम भ्यालेन्टिनालाइ शत्रु जत्तिकै लाग्छ । किन ? यसो भन्न उसलाई पटक्कै संकोच लाग्दैन कि उसले यी चिसा मौसमहरुमा आफ्नो जवानीलाई उनीका बाक्ला लुगाभित्र कैद गर्नु पर्छ र आफ्नो रहर लाग्दो यौवन यसरी गुम्सिएलाझैं थुन्नु परेको उसलाई पटक्क मन पर्दैन ।
हाइ भ्यालेन्टिना !
हाइ ! किन ढिला गर्यौ त ओर्लन ?माथिबाट केहीबेर तिमीलाई हेरेर बसेँ, मलाइ पर्खिरहेको।
त्यसो भए मेरो कविता पनि लेख्यौ कि ?

भ्यालेन्टिना ओभिलिन्स्की, यो रसियन युवतीलाई थाहा छ, म कविता लेख्छु मेरो भाषामा । पारिला घामका धर्काहरु पछ्याउदै पार्कमा बिताएका स्वर्णिम पलहरु हुन् या मुखबाट उठेका बाफका धुँवाहरु साट्दै कुनै रेस्टुराँमा बितेका अनमोल क्षणहरु , कत्रो खुसीको कुरा ! नबुझे पनि बुझेझैं गरी भ्यालेन्टिना मेरा कविताहरु सुन्न मन पराउँछे, र म उल्था गरी गरी उसलाई सुनाउछु ।

पार्कबाट बहेको मिठो सुवास, भ्यालेन्टिनाको तनको सुगन्धसंग मिसिएर वातावरण मोहक बनिरहेको थियो । फुलको हांगा माथिमाथि उचाल्दै छाता ओढेर पर्खिएझैं पार्कको एउटा कुनामा रहेको खाली बेन्चमा जिउ बिसाउने बित्तिकै भ्यालेन्टिनाले आज पनि प्रश्न गरी - तिम्रो साच्चिकै बिहे भएको छैन ?



'
होइन'को भावमा टाउको हल्लाउदै म भन्छु - तर कसैसँग मेरो प्रेम भएको चाहिं म स्वीकार गर्छु ।
को हो नि त्यो ? कस्ती छ म पनि चिन्छु कि ?यी, यो गुलाफ जस्तै मेरै आँखा अगाडी उभिएकी, उसको आँखामा हेरेर म भनिदिन्छु - मेरी प्रेमिका उही हो। भ्यालेन्टिना शर्माएर रातो हुदै भन्छे - फेरी ढाँट्यौ तिमीले ।



......................................

हो भ्यालेन्टिना, शायद तिमी सही छ्यौ.. यो सम्बन्धको नाम प्रेम नहुन सक्छ । प्रेम कस्तो हुन्छ ? यसको आकार स्वरूप या अनुभूतिका कुनै पनि रंगहरु मैले केलाउन सकेको छैन । एउटालेखक भएर मैले प्रेम र यसका परिभाषाहरुलाई अनेकौं तरहमा व्याख्या गरें हुँला यद्यपि म आफू चाहिं कहिले प्रष्ट भईन कि प्रेम के हो ?

हरेक पटक प्रेमको वहसले गहिराइ लिदै गए पछि म त्यही स्मृतिको सागरमा डुब्न पुग्छु जुन स्मृति करिब एक दशक देखि म भित्र थुनिएर रहेको छ ।

हँ फेरी कता हरायौ ? आफ्नै सम्झनाको समुन्द्रमा डुबेको मेरो आँखा अगाडी हात हल्लाउदै उ भन्छे - भनि हालें नि मैले, तिम्रो कोही छ जसलाई तिमी सम्झिरहेका छौ, को हो त्यो ?

प्रिय भ्यालेन्टिना ! बर्षैादेखि एउटा अन्जान, अज्ञात अन्धकारले थुनिएर म आफै बसेको बेला कसरी भनुँ, मेरो छाती भित्र कैद भएका ती स्मृतिहरु प्रेमका डोबहरू हुन् या होइनन ? सुन्छैा भने सुन, यो उसैको कहानी हो जसलाई तिमी यतिखेर मेरी प्रेमिका भनेर सोची रहेकी छ्यौ ।
त्यो समय थियो जुनबेला अहिले झैं छपक्क इन्टरनेट, वेव्डायरी या विद्युतीय संजालहरु थिएनन । यसर्थ लेखकले प्रतिक्रिया कुर्न महिनौं पर्खनु पर्थ्यो, पत्रिका या पोस्ट बाकसमा ती पाठक प्रतिक्रिया बनेर आउँथे । म आफै पनि मन परेको लेखकलाई यसरी पत्र कोर्थे र प्रसंशा गर्थें या उनका रचनाहरुमा टिप्पणी गर्थें । लेखक र पाठकको भावनात्मक सम्बन्ध गहिरो हुन्थ्यो ।
म त्यस्ताका एउटा सामान्य लेखक थिएँ, समयले बनाएको । पत्रिकामा साहित्यिक स्तम्भ चलाउथेँ । साहित्यिक अभिरूचि भन्दापनि अनेकैाँ सपना बोकेर गाउँदेखि शहर पस्ने एउटा प्रतिनिधि किशोरले गर्ने अभावसंगको संघर्ष या जिविकोपार्जनको उपक्रम मात्र थियो मेरो लेखन । यद्यपि प्रतिक्रियाहरुबाट के अनुमान गर्न सक्थें भने, पत्रिकाको मेरो जागिरे साहित्यकर्मले एउटा बहाव बनाई सकेको छ । म मान्छेको प्रेम र जीवन, भोगाई, घटनाक्रम र आवृत्तिहरुको एउटा अटुट सिलसिला लेखिरहेको छु जुन सिलसिला प्रत्येक अंकका स्तम्भमा कुँदिएर कहिले नटुंगिने धारावाहिक उपन्यासमा परिणत भएको होस् ।
अचानक कुनै विशेष कारणले पत्रिकामा लेख्ने क्रम टुटेको मात्र थिएन, मेरो लेखन यात्रा र साहित्यिक गतिबिधि निमिट्यान्न भयो । दिन, हप्ता गर्दै महिनौं बित्यो । म लेखनमा फर्किनँ । मैले रमाउने बिषय अरु नै केही पाउन थालें ।
त्यसपछि, एकदिन एउटा लामो पत्र आयो ।




प्रिय लेखक!
म तपाईकी प्रशंसक । सम्झनुहोस यत्ति हो मेरो परिचय । जो तपाईले कुँदेका शब्दहरुसंग मोहित भएकी छे । तपाईका श्रृजनाहरुको प्रभाव मेरो मनको भित्री सतहमा प्रेम भन्दा गहिरोसंग बसेका छन्, कोरिएका छन् ।


तपाईले किन लेख्न छाड्नु भयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाई यसरी पाठकसंग लयात्मक सामिप्यता राखी सकेर एकाएक आफै विमुख कसरी हुन पाउनु हुन्छ ?

साच्चै भनौँ मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठुला ग्लामर क्षेत्रका कलाकार या रंगिन दुनियाका स्टारहरु प्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधै लेखक साहित्यकारहरुमात्र भए ।मेरो कोठाका भित्ता देखि लिएर मनका कुनाकुनामा भानुभक्त देखी लक्ष्मी प्रसादपारिजातका तस्वीरहरु टाँसिएका छन । एउटा तस्वीर तपाईको पनि यसरी टाँसिएको छ, मानौ तपाईको शब्द साह्रित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस, कुनै प्रेमिले प्रेमिकालाई चोरे जस्तै ।

प्रिय लेखक! म यो सब किन लेखी रहेको छु थाहा छैन । हुन सक्छ हाम्रो भेट कहिल्यै हुने छैन र यो एउटा साधारण पाठक पत्र बाहेक अरु केही पनि होइन । पत्रिकामा छापिने तपाईका हरेक स्तम्भहरुको पर्खाइमा सधै अधीर भैरहेकी हुन्थेँ र त्यो धैर्यताको सिमाना आज टुटेकोले यो पत्र लेख्न विवश भएकी हुँ। त्यसो त मेरो मनको डायरीमा तपाईका कविताहरु र कथाहरु कहिल्ये नउप्किने गरी
सजिएका छन् । तपाईका ती पँक्तिहरु
,पत्रिकाका कटिङ्गहरु मैले मेरो शयन कक्षका भित्ता दराज र ऐना भरी पनि टाँसेको छु । तपाइका कति कथाहरुहमा मैले आफूलाई नायिकाको रुपमा उभ्याएकी छु । आफै हाँसेकी छु र आफै रोएकी पनि छु । साथीहरुले संगित फिल्म वा फेसनका कुरा गरिरहँदा मैले तपाईका कुरा गरेकी छु र साहित्यका कुरा गरेकी छु ।

एक हिसावले ती शब्दहरुसंग मेरो प्रेम भएको छ, एकतर्फी प्रेम । कुनै पाठकले यतिका प्रेम गर्दागर्दै पनि तपाई किन साहित्यबाट भाग्दै हुनुहुन्छ ? म यही बुझाउन चाहन्छु ।


प्रिय लेखक, तपाईले लेख्न छाड्नु भयो भने तपाईका शब्दसंग त्यो मेरो अनुराग सबै मर्नेछ । त्यसको हत्या हुनेछ र तपाईलाई पाप लाग्ने छ ।

पत्र रहस्यमय थियो । न पत्र प्रेषकको नाम थियो न ठेगाना । खुलदुलीका बादलहरु छाती भरी मडाडीइरहे धेरे दिन सम्म । पत्र मेरो कथाको मख्य विषय जस्तो बन्यो । साहित्यमा फर्कन उत्साह बढेजस्तो भयो । मान्छेको मन न हो । सानै कुराले कति छिटो प्रेरित हुदो रहेछ । मैले फेरी लेख्न थालेँ ।

दोस्रो तेस्रो चौथो उसका पत्रहरु आउन थाले । प्रत्येक पत्रहरुले उत्साहको नयाँ संचार बोकेर ल्याउँथे । लेखनमा निरन्तरता आउन थालेपछि उ सबै भन्दा धेरै खुशी भएकी थिर्इ । एउटा अब्यक्त खुशी ममा पनि छाउन थालेको थियो उसका पत्रहरु आउन थाले पछि । कहिलेकाही त लाग्थ्यो उसैको मीठो प्रतिकृयाकै लागि यो सब लेखी रहेको पो छु की ? पोष्ट बक्सहरु घरिघरी खोल्दै म उस्का पत्रहरु पढ्न बर्षौदेखी आतुर भै रहेको छु जस्तो लाग्थ्यो । केवल एउटा पाठकपत्रले मेरो स्वभाव पुरै बद्ली दिएको थियो । तर, दुखको कुरा, पत्र एकतर्फी हुन्थ्यो । मेरो मनमा उसप्रति उठेका भावनाहरु पठाउने उसको कुनै ठेगाना थिएन ।

धेरै पछि मैले थाहा पाएँ मलाई प्रेम भएको छ, त्यो पत्रसंग, त्यो पत्रलेख्ने मनसंग, मान्छेसंग र भावनासंग । यस्तै भावनाले भरिएको मैले केही लेखेर छपाएँ मेरो पहिलो प्रेमताकी उसले बुझोस। जसमा मैले उसलार्इ जान्न चाहे, "को हौ तिमी ?"

लगत्तै अर्को पत्र आयो, त्यही पत्र थियो जस्ले मेरो प्रेमको दृष्टिकोण पुरै बद्ली दियो । निर्णायक र अन्तीम पत्र । पत्र यस्तो थियो ।

प्रिय लेखक!
एकैसाथ खुशी वा दुखी दुवै भर्इ रहेकी छु । प्रेमको कुनै परिधि हुदैन यसर्थ तपाई भित्र अंकुरित प्रेम प्रति मेरो कुनै गुनासो छैन । यद्यपी तिमी को हौभन्ने प्रश्नले र मेरो भौतिक खोजीले म यतिखेर विचलित भै रहेकी छु । त्यसमा प्राप्तीको अभिलाषा निहित छ जुन मेरो प्रेमको परिभाषामा पर्दैन । तपाईको आग्रह अनुसार यदी म प्रस्तुत हुने हो भने म एउटा आम पाठकबाट तपाइकी विशेष कोही बनौला तर त्यसले मेरो पाठकीय प्रेम र तपाई प्रतिको लेखकीय सम्मानको न्याय गर्न सक्छ ? कदापी सक्दैन । मानिलिनुस मेरो नाम क, ख वा कुनै होला र मेरो ठेगाना कतै होला त्यसले के फरक पार्छ ? म तपाईकी प्रेमिका होइन । म तपाईको भौतिक उपस्थितिलाई प्रेम पनि गर्दिन यदि मेरो प्रेम छ भने तिनै शब्दहरुसंग मात्रै छ, जो तपाई लेख्नुहुन्छ ।

र तपाई पनि मेरो प्रेमको खोजी मेरै पत्रहरुमा गर्नुहोला । तपाईका हरेक प्रश्नहरूको उत्तर त्यहीँ खोज्नुहोला । ल ! सम्वोधनकै लागि सोध्नुहुन्छ भने भनिदिएँ मेरो नाम 'प्रेरणा' । एउटा आम पाठक बनेर भ्याएसम्म तपाईलाई लेख्दै गर्नेछु ।
                                                                                                                            प्रेरणा

अधुरो लाग्यो उसको पत्र । तथापी त्यसपछिका दिनहरुमा अझ गाढा हुदै गयो उसका प्रेमका आभास । खै किन थाहा भएन । प्रेरणा, त्यो नाम छातीभित्र सजिए झैँ लाग्न थाल्यो । जब जब म लेख्न बस्थेँ उसैको प्रेमको आभासले तरंगित भएको पाउन थालेँ । सायद त्यही थियो मेरो पहिलो प्रेम । उसले स्वीकारोस नस्वीकारोस तर मेरो स्मृतिको घरबाट त्यो नाम कहिल्यै मेटिएन । मेरो पहिलो प्रेमको रंग बनेर बस्यो जो अझ गाढा गाढा हुदै गयो ।





...............

भ्यालेन्टिनाको मुहारमा खासै परिवर्तन देखिन मैले हुन सक्थ्यो उसलाई मेरो पहिलो प्रेम कथा बनाउटी लागिरहेको छ । उसमा न त प्रेरणा प्रति इर्ष्या थियो न म प्रति सहानुभुति । उसले सहजै प्रश्न गरी, अनि आजकल उसको पत्र आउदैन त ?

भ्यालेन्टिना, म स्पष्ट छैन, तर यो इन्टरनेटको जमानामा अहिले पनि आउदो हो उसका पत्रहरु । टिप्पणी, इमेल, कमेन्ट वा थम्प्सअपहरु बनेर । तर, म आफैले पहिचान गर्न नसकेको मात्र हुँला ।

उसको संकेतलाई अहिले बुझ्दा मैले के थाहा पाएँ भने प्रेरणा कुनै भौतिक शरीर होइन, यो त एउटा आभास मात्र हो । जसरी प्रेमको कुने आकार या मुर्तस्वरुप छैन, जो देखिँदैन, जसलार्इ मनले मात्र अनुभव गर्न सकिन्छ । जजस्ले मलाई पढ्छन्, सुन्छन् मेरा कथाहरुमा डुब्छन् ती सवै मेरा 'प्रेरणा' हुन् । र, मेरो पहिलो प्रेम साहित्य हो ।

ड्रामाको कक्षा छ भ्यालेन्टिनाको, उसले कक्षा लिन नगर्इ हुदैन । पारिपट्टि माउन्ट ओलिभ उभिएको छ साँगुरो र घुमाउरो कुइनेटोनेर पुगेपछि सधै झै छुट्टिनेबेला भ्यालेन्टिनाका ताता ओठका स्पर्शहरू महशुस गर्छु म, जो हिउँदका घाम जत्तिकै प्यारा हुन्छन् ।



.......................

भोलि दिउसो फुर्सदमा म उसकोमा गएँ । उ तलसम्म लिन आर्इ ।

यो के अचम्म ! भ्यालेन्टिनाका कोठाको सजावट अचम्मसँग परिवर्तन भएको थियो । उसका प्रिय कलाकारका तस्वीर सधैँ मुस्काइरहने भित्तामा आज रूसी साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोल्सटाय, एन्टोन चेखोभ तथा अलेक्जेण्डर पुस्किनका तस्वीरहरु टाँसिएका थिए र महत्वपुर्ण वाणीहरु फ्रेमभित्र सजाएर राखिएका थिए ।

दराजको ऐनामा टाँसिएको थियो - मेरो एउटा तस्वीर र मेरो नेपाली हस्ताक्षरमा सजिएको कुनै कविताको टुक्रा । कोठाको यो परिवर्तन देखेर मैले भने भ्यालेन्टिना, के हो यो ? तिमी प्रेरणाको नक्कल गरिरहेकी छौ ?

हैन लेखक ! तिम्रो पहिलो प्रेमको नक्कल गरेर मैले तिम्रो त्यो पहिलो र संग्लो अनुभुतिलाई धमिल्याउन खोजेकी होइन। तर तिमी मलाई पनि एकपटक प्रेरणाप्रति हेर्ने नजरले हेर, जस्ले तिम्रा साहित्यहरु नपढेपनि, नबुझे पनि तिमीलाइ पढेकी छ, तिम्रो प्रेमलाई पढेकी छ । तिमीलाई थाहा छ प्रेमको कुनै भाषा हुदैन ।

अनुनयका शव्द बनेर यतिखेर भ्यालेन्टिनाको प्रेम पोखिई रहेको थियो मेरो अगाडी, प्रेमको नदीमा नुहाएर भिजेका जस्ता थिए उसका प्रत्येक वाणीहरु! सुस्केराहरु, जहाँ उसकै नदी भोल्गाको सुसाइ मिसिएको होस् ।

प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ्ग ? म भित्र जुलुस बनेर उभिन्छन प्रश्नहरु । भ्यालेन्टिनाको आखाँको सागरमा छाल जसरी उर्लिएको जे देखी रहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरु ? आज मेरो आखा अगाडि यी दुबै अनुभुतिहरु एउटै रङ्गमा रुपान्तरित भर्इ रहेका थिए। र मभित्र त्यो प्रेमको रङ्ग अझ गाढा गाढा हुदै गइरहेको थियो ।




Read More......

Friday, March 4, 2011

उपन्यासकार डायमण्ड शम्शेर राणाको निधन

0 comments

  फागुन २० काठमाडौं ।उपन्यासकार डायमण्ड शम्शेर राणाको ९४ वर्षको उमेरमा राजधानीको नर्भिक अस्पताल निधन भएको छ। मुटु रोगले पीडित राणाको मिर्गौलामा समेत खराबी देखिएकोले मंगलबार अस्पताल लगिएको थियो।

९४ वर्षका राणाको दुई वर्षअघि हृदयाघात हुँदा डाक्टर भारत रावतको टोलीले एन्जिओप्लास्ट गरेको थियो।

उनको वसन्ती,सेतो बाघ,सत्प्रयास र अनिता डायमण्डका मुख्य उपन्यास हुन्।

Read More......

Monday, February 21, 2011

झमकलाई शङ्कर लामिछाने युवा पुरस्कार

0 comments

 फागुन ९ काठमाडौं। महान साहित्यकार शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार यस बर्ष झमक घिमिरेलाई प्रदान गरिएको छ ।जन्मजात अपाङ्गता भएकी ३० बर्षिय झमकले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सो पुरस्कार दिएको शङ्कर लामिछाने निबन्ध समाजले जनाएको छ ।
झमकलाई रु २५,००० –(पच्चिस हजार) नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।

सङ्कल्प कविता सङ्ग्रह २०५५ वाट नेपाली साहित्यमा देखा परेकी झमकका थुप्रै कविता सङ्ग्रह प्रकाशित भएका छन । त्यस्तै वेमौसमका आस्थाहरु तथा जीवन काँडा की फुल जस्ता उत्कृष्ठ निबन्ध प्रकाशित छन । वोल्न नसक्ने तथा हातले लेख्न नसक्ने झमकले सम्पूर्ण कृति खुट्टाले लेखेकी हुन्
।अपाङ्ग प्रतिभा पुरस्कार, जनसाँस्कृतिक युवा पुरस्कार, गोरखा दक्षिणबाहु जस्ता थूप्रै पुरस्कार हात पारी सकेकी झमकले भविष्यमा नोवेल पुरस्कार हात पार्न सक्ने सम्भावना रहेको संस्थाका सल्लाहाकार नरेन्द्र शार्माले बताउनु भयो ।

पुरस्कार समर्पण समारोहमा घिमिरेले आज म यो पुरस्कार पाएको मात्र होइन, जिम्मेवारी पनि लिएर जादैछु, यी कलमहरुले निरन्तर समय र युगको इतिहास लेख्नेछ, म युगलाई चाहन्छु, त्यसै अनुरुप लेख्छु, वोल्छु सारा गर्छु झमकलाई सम्झेर कहिल्यै पनि यो धर्तीले ग्लानीबोध नगरोस् भन्ने भन्ने धारण आफ्नो देव्रे खुट्टा मार्फत प्रस्तुत गरेकी थिईन ।

यो सम्मान झमकलाई दिन पाएकोमा संस्था आफै सम्मानित भएको र यो क्षण अविष्मरणिय रहेको संस्थाका अध्यक्ष मञ्जुलले बताउनुभयो ।

कार्यक्रममा लामिछानेकी धर्मपत्नी रत्ना लामिछाने, बरिष्ठ साहित्यकार डाः तारानाथ शर्मा, लक्ष्मी प्रसाद गौतम, गोपाल गुरागाई आदिले घिमिरेको गुणगान गाएका थिए ।

Read More......

Tuesday, February 15, 2011

पुर्वी पाल्पाका श्रजक अर्यालको जयभुमि नामक उपन्यास बिमोचन

0 comments

सीता डोटेल फागुन ३ पाल्पा ।
साहित्यकार बिष्णु बहादुर अर्यालद्धारा लिखित उपन्यास जय भुमि बिमोचन भएको छ । पाल्पा गाडाँकोट घर भई हाल रामपुरमा बस्दै आउनुभएका अर्यालको तेस्रो कृति स्वरुप जय भुमि नामक उपन्यास बिमोचन गरिएको हो । यस क्षेत्रका शिक्षाबिद् सुरेन्द्र शर्माले जनबिकास उच्च माध्यामिक बिद्यालय छर्दा रजघरा पाल्पाको ४९ औं बार्षिकोत्सबका अबसरम उपन्यास बिमोचन गर्नुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae