Sahara Sansar

Showing posts with label धनकुटा. Show all posts
Showing posts with label धनकुटा. Show all posts

Sunday, March 6, 2011

आगलागी हुँदा १० लाख रुपैँया बराबरको क्षति

0 comments

किरण राई
 फागुन २२ धनकुटा। धनकुटाको लेगुवा गाबिस २ का जयबहादुर भण्डारीको घरमा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट २ वटा घर सहित एउटा कटेरो जलेर पूर्ण रुपमा नष्ट भएको छ । २ लाख ७० हजार भन्दा बढी नगद, साढे ३ तोला सुन, ४५ मुरी धान, ५ मुरी मकैलगायत धनसम्पति जलेर नष्ट भएको घरधनी जयबहादुरले बताउनुभयो ।

आगलागीमा परेर छिमेकीकोसमेत केही चौपयाहरु पनि मरेको स्थानीयबासीन्दाले बताएका  छन् ।

Read More......

Tuesday, February 15, 2011

संसदवादी दलहरु सत्ताको लोलुप्तामा फसेका कारण तोकिएको समयमा संविधान वन्न नसक्ने

0 comments


किरण राई फागुन ३ धनकुटा ।
नेकपा माओवादीका केन्द्रिय प्रवक्ता भरत दाहालले संसदवादी दलहरु सत्ताको लोलुप्तामा फसेको बताउँनुभएको छ । संविधानसभा र संसदवादको भ्रमजालमा नपरौ, पुर्ण मुक्तिका लागि बर्ग संघर्षलाई संगठित गरौ भन्ने मुलनारा सहित धनकुटाको चुवाबोटमा आयोजित कार्यक्रममा बोल्नुहुदै केन्द्रिय प्रवक्ता दाहालले संसदवादी दलहरु सत्ता लोलुप्तामा फसेको बताउँनु हुदै तोकिएको समयमा संविधान बन्न नसक्ने बताउँनुभयो । मेची महाकाली जनजागरण अभियान अन्तरगत आज धनकुटामा आयोजित कार्यक्रममा नेकपा माओवादी युद्धको पक्षमा कहिले पनि नभएको बताउँनुहुदै प्रवक्ता दाहालले नेपाली जनताको पुर्ण अधिकार सहित दिगो शान्ति स्थापनाको लागि लडेको बताउनुभयो । संसदवादी दलहरु विदेशी इशारामा चलखेल गरेको आरोप लगाउँदै प्रबक्ता दाहालले नेकपा माओवादीले त्यसको भण्डाफोर गर्ने बताउँनुभयो ।

Read More......

अवको साढे ३ महिनामा संविधान जारी नभई विद्रोह हुने

0 comments


किरण राईफागुन ३ धनकुटा ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखीले अवको साढे ३ महिनामा संविधान निर्माण नभए आदिवासी जनजातिले विद्रोह गर्ने चेतावनी दिनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अवको साढे तीन महिनामा संविधान जारी नभए देशमा विद्रोह हुने र त्यसको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गर्ने धारणा राख्नु भयो । नेपाल आदिवासी जनजाति महासंघको अवधारणा पत्र २०६७ तयारी सम्वन्धि क्षेत्रीय परामर्श गोष्ठीका लागि धनकुटा आउँनु भएका अध्यक्ष लेखीले प्रमुख तील दलका तीन शिर्ष नेताहरुका कारण संविधान निर्माण प्रकृया अगाडी वढ्न नसकेको वताउँनु भयो । संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको संवैधानिक निकायका सदस्य समेत रहेकाले संविधान निर्माणका लागि ती नेताहरुले संवैधानिक समितिको सदस्यतालाई त्याग्नु पर्ने वताउँनु भयो । आदिवासी जनजाति, महिला तथा मुस्लिमहरुको समेत नयाँ संविधानमा अधिकार सुनिश्चित गर्नु पर्ने वताउँनु हुदै उहाँले संविधान निर्माण हुन नदिनका लागि देशी विदेशी शक्तिहरु लागि परेको वताउँनु भयो । संघीयतामा देश जाँदा टुक्रिन्छ भन्ने जनतामा भ्रम सिर्जना गरेर संघीयताको विरुद्धमा लाग्नेहरु प्रसस्तै रुपमा रहेका वताउँनु हुदै उहाँले आदिवासी जनजातिका कारण देश नटुक्रिने र त्यसको जिम्मेवारी नेपाल आदिवासी जनजातिले लिने वताउँनु भयो । पत्रकार भेटघाट कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae