Sahara Sansar

Showing posts with label इलाम. Show all posts
Showing posts with label इलाम. Show all posts

Thursday, April 7, 2011

इलाममा शतप्रतिशत बालबालिका भर्ना अभियानसम्बन्धी छलफल

0 comments


सोम सुनुवार चैत २५ इलाम ।

इलाममा विद्यालय बाहिर रहेका वालवालिकालाई विद्यालयमा शतप्रतिशत भर्ना गराउनका लागि जिल्ला शिक्षा कार्यालयले भर्ना अभियान साचालन गर्ने भएको छ । कार्यालयको आयोजनामा इलाममा भएको सरोकारवालाको वैठकमा भएको छलफलमा आगामी शैक्षिक सत्र २०६८ मा घरदैलो अभियान साचालन गरी विद्यार्थी भर्ना गराउने जानकारी गराईएको हो ।

जिल्ला शिक्षा कार्यालय इलामले गरेको सर्भेक्षणका क्रममा चार हजार एकसय ३८ जना पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेकोले उनीहरुलाई विद्यालय भर्ना गराउने लक्ष्य राखिएको जिल्ला शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताउनुभयो । भर्ना अभियानलाई प्रभावकारी बनाउन आगामी वैशाख २ गतेदेखि वैशाख १३ गते सम्म भर्ना हुन विद्यालय आउने विद्यार्थीलाई नियमित भर्ना गराउने कार्यक्रम रहेको छ । 

वैशाख १३ गतेसम्म विद्यालय भर्ना हुन नआएका बालबालिकालाई प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी स्थानीय संघसंस्थाका प्रतिनिधि तथा अभिभावकको सहयोगमा घरमै गई प्रेरित गरेर वैशाख १४ गतेदेखि २५ गतेसम्म भर्ना गराउने निर्णय भएको छ । भर्ना अभियानकालागि श्रोतकेन्द्रस्तरमा श्रोतव्यक्तिको संयोजकत्वमा र विद्यालयमा प्रधानाध्यपकको संयोजनकत्वमा कार्यक्रम गर्ने जनाईएको छ ।

Read More......

Wednesday, April 6, 2011

इलाम चियाको मूल्य अहिलेसम्मकै उच्च

0 comments

गणेश घिमिरे चैत २३ इलाम
इलामका चिया कृषकहरुले अहिले सम्मकै उच्च मूल्यमा हरिया चियापत्ति बिक्री गर्न सफल भएका छन् । चिया प्रशोधन कारखानाको बढ्दा सङख्या र सिटिसिका लागि इलामको चियाको माग वृद्धि भएपछि यसवर्ष हरियो पत्ति प्रतिकिलो ४० रुपैयामा विक्रि भइरहेको छ । गत वर्षको यो अवधिमा हरियो चिया पत्तिको मूल्य वढिमा २२ रुपैया मात्र रहेको थियो । यसवर्ष दोव्वर वृद्धि भएपछि कृषकहरुसमेत उत्साहित वनेको फिक्कल ३ का किसान मातृका दहालले बताउनु भयो । हरियो चियापत्तिको मूल्य अझ माथि जान सक्ने इलाम टिप्रोड्युसर्स प्रालि आइतबारेका प्रवन्धक हरि तिम्सिनाले बताउनुभयो ।

कारखानाहरुको सङख्यामा भएको वृद्धिले कारखानहरुबीच प्रतिस्पर्धा हुदा कृषकहरुले यस वर्ष चियापत्तिबाट राम्रो मूल्य पाउन सफल बनेका हुन् । दार्जिलिङको चिया उत्पादनमा आएको गिरावटसंगै भारतको वजारमा इलामको चियाको माग वढेको छ । यस वर्ष कारखानाहरुमा पूरानो चियाको स्टकसंगै नरहेकाले मूल्य वृद्धि हुनु स्वभाविक रहेको कन्याम चिया वगानका प्रवन्धक पूण्य प्रसाद ढकालले वताउनुभयो । अहिले एकदर्जन भन्दा वढि चिया कारखाना सञ्चालनमा आएको छ, भने ६ वटा कारखाना निर्माणको चरणमा रहेको छ । चिया कारखाना निर्माणका लागि लगानीकर्ताहरु पनि भित्रने क्रम वढेको छ ।

इलामको फिक्कल, पञ्चकन्या, श्रीअन्तु, कन्याम लगायतमा कारखाना निर्माण हुने क्रममा रहेको छ । अन्तराष्ट्रिय वजारमा चियाको मूल्य सप्रिएकाले यहाँका कृषकहरुले चियाको मूल्य राम्रो पाएको इलाम फिक्कलस्थित स्मल टि प्रोडयुसर्स प्रा. लि.का मेनेजर पुनम रार्इले बताउनु भयो ।

Read More......

Wednesday, March 16, 2011

पूर्वी इलामको कन्याममा पनि महोत्सव

0 comments


सोम सुनुवार  चैत २ इलाम ।
पर्यटन वर्ष २०११ को सन्दर्भसमेत पारेर इलामको पूर्वी पर्यटकीय स्थल कन्याममा यस वर्ष पनि कन्याम महोत्सवको आयोजना गरिने भएको छ । कन्याम गाविस र कन्याम पर्यटन विकास केन्द्रको संयुक्त आयोजनामा आगामी चैत्र २९ गते देखि बैशाख २ गतेसम्म महोत्सव गरिने कन्याम गाविस सचिव नेत्रप्रसाद पोखरेलले बताउनु भयो । महोत्सवलाई सफल बनाउन बिभिन्न १३ वटा समिति गठन गरिएको छ । महोत्सवले समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

Read More......

इलाम क्याम्पसमा नियुक्ति नपाएका १७ शिक्षण सहायकद्धारा आन्दोलन

0 comments

सोम सुनुवार चैत २  इलाम ।
नियुक्ति पत्र नदिएको भन्दै इलामको महेन्द्ररत्न बहुमुखि क्याम्पसका १७ शिक्षण साहायकहरु आन्दोलनमा उत्रिएका छन् । परीक्षामा उत्र्तिण भएको दुई महिना बितिसके पनि नियुक्ति पत्र नदिएको भन्दै शिक्षण साहायकहरुले आन्दोलनको घोषणा गरेका हुन् । शिक्षण सहायकहरुले आफुहरुलाई क्याम्पसले ४८ घण्टे अल्टिमेटम दिएका छन् । माग पुरा गराउन क्याम्पुस प्रशासनमा ज्ञापन पत्र बुझाएपनि नयुक्ति पत्र नदिएको भन्दै शिक्षण साहायकहरुले आजदेखि आध्यापन गराउँदै आएका कक्षामा अध्यापन स्थगित गरेको जनाएका

Read More......

Monday, March 7, 2011

बजेट अभावमा लाप्चा संग्राहालय अलपत्र

0 comments

गणेश घिमिरे फागुन २४ इलाम ।
इलामको श्रीअन्तु गाविसमा निर्माण हुँदै गरेको लेप्चा संग्राहालय अलपत्र परेको छ । श्रीअन्तु गाविसको उत्तरेमा निर्माण शुरु भएको संग्राहालय बजेट अभावमा अलपत्र परेको हो । जिल्ला विकास समिति इलामको एक लाख रुपैयाँ र स्थानीयबासीन्दाको सहयोगमा संग्राहालयमा भवनको पिल्लर उठाए पनि बजेट अभावपछि निर्माण कार्य अलपत्र परेको लेप्चा उत्थान मञ्चका सदस्य उमेश लेप्चाले बताउनुभयो । संग्राहालयको अभावमा लेप्चा जातिको परम्परागत संस्कृति, भेषभुषा, प्राचिन कालमा प्रयोग गरिएका सामग्री घरमै राख्दा नष्ट हुन थालेका छन् । लेप्चा जातीको संस्कृति झल्कने सामग्री अव्यवस्थित रुपमा घरमा राखिएका सामग्री तत्काल संग्राहालय निर्माण गरि नराखिए चाँडै नष्ट भएर जाने स्थानीय लेप्चा समूदाय बताउँछन् । लाप्चा संस्कृति झल्किने विभिन्न एतिहसिक समाग्रि राख्न निर्माण शुरु गरिएको संग्राहालय निर्माण सम्पन्न नहुदै बजेटको अभावले रोकिएपछि संग्राहालय नबन्ने हो कि भन्ने चिन्ताले लाप्चा समुदालाई लाग्न थालेको मञ्चका सदस्य उमेश लाप्चा बताउनु हुन्छ ।

Read More......

Thursday, February 10, 2011

पूर्वमा शैक्षिक संस्था तथा गाविस कार्यालय बन्द

0 comments

 सोम सुनुवार 
 माघ २७ इलाम। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आजदेखि शैक्षिक संस्था तथा गाविस कार्यालयहरु समेत बन्दको आह्वान गरेको छ ।

धनकुटा, झापा लगायतका स्थानहरुमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइ नगरिएकाले परिषद्को केन्द्रीय निर्देशनमा आज पूर्वका बिद्यालय तथा गाविस कार्यालयहरु बन्दको आह्वान गरिएको परिषद्का इलाम अध्यक्ष दीलप्रसाद नेम्बाङ्गले जानकारी दिनुभयो । केही समयअघि कुनै पनि बन्द,हड्ताल नगर्ने भन्दै ७ दलले गरेको प्रतिबद्धताको उल्लंघन परिषदले गरेको भन्दै होटल एशोसियसन इलामले हिजो एक दिने बजार बन्द गरेको  थियो ।

परिषदको अनिश्चितकालीन बन्दका कारण  पर्यटन बर्ष सन २०११ प्रभावित भएको व्यावारव्यावसायच पनि ठप्प भएको भन्दै बन्द फिर्ता होटल एशोसियसन, इलामका अध्यक्ष थेबा तामाङ्गले आग्रह गर्नुभयो । परिषद्को बन्दका कारण  इलाम सहित मेची,कोशीको जनजीवन प्रभाबित भएको छ ।

परिषद्ले अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको  छ ।

Read More......

Wednesday, February 9, 2011

इलामको माङ्मालुङ्ग वन क्षेत्रमा चरिचरण निषेध

0 comments

सोम सुनुवार 
 माघ २६ इलाम । दक्षिणी इलामको बाँझो र इभाङ्ग गाविसको सिमानामा पर्ने प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल माङ्मालुङ्गको वन क्षेत्रभित्र चरिचरण निषेध गरीएको छ । झण्डै पाँच सय रोपनी क्षेत्रमा फैलिएको माङ्मालुङ्ग त्यस क्षेत्रको धार्मिक, पुरातात्विक तथा जैबिक बिबिधताको हिसाबले महत्वपूर्ण भएकाले सोको संरक्षण गर्न पशु चरिचरणमा रोक लगाइएको माङ्मालुङ्ग पर्यटन विकास केन्द्रले जनाएको छ ।

 समुद्र सतहबाट करीब २ हजार मीटरको उचाईमा रहेको माङ्मालुङ्ग वन क्षेत्रभित्र राष्ट्रिय बिभूति फाल्गुनन्दको प्रतिमा, मन्दिर तथा किराँत धर्म गुरु ज्योतिनन्दले तपस्या गरेको गुफा र हेर्दा बिशाल देखिने तर कान्छी औंलाले पनि हल्लाउन सकिने ढुंगा रहेका छन् । 

त्यसै गरी सो क्षेत्रमा बिजुवानी देवीको ढुंगा, राईहरुको धर्म गुरु पारुहाङ्गले पञ्च महादेब खेलेको भनिएको रुद्र, तामा, तुलसी, चन्द्रमाला, घण्टी, भाला, तामाको थुन्से, बांसुरी, मुरली लगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु रहेकाले पनि वन क्षेत्रको संरक्षण गर्न लागि परेको स्थानीय सुमन राईले बताउनु भयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae