Sahara Sansar

Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

Saturday, April 9, 2011

श्रेष्ठको पोल्टामा गण्डकी–माछापुच्छ्रे वेष्टर्न युनियन लोकदोहोरी ताराको उपाधी

0 comments


चैत्र २५पोखरा ।
गण्डकी माछापुरच्छ्रे वेष्टर्न युनियन लोक दोहोरी तारा २०६७ को उपाधि चित्रसागर श्रेष्ठले जित्नुभएको छ । पोखरामा शुक्रबार सम्पन्न फाईनल चरणको प्रतिष्प्रर्धामा श्याम राना, नीशा पोख्रेल र प्रकास सपुत वीक लाई पछि पार्दे श्रेष्ठ लोकदोहोरी तारा बन्नु भएको हो । स्याङ्जाका प्रतिस्पर्धी श्याम राना द्धितिय, कास्कीकी निशा पोख्रेल तितृय र बाग्लुङका प्रकास सपुत बिकले सान्तवना स्थानमा चित्त बुझाउनु परेको छ । आठ जिल्लाका कुल २०० जना प्रतिस्पर्धी लाई पछि पार्दै उत्कृष्ट ४ मा पर्न सफल पर्वतका चित्रसागर श्रेष्ठले गण्डकी–माछापुच्छे« वेष्टर्न युनियन लोकदोहोरी तारा २०६७ मा प्रथम स्थान हासिल गरेर नगद रु १ लाख हात पार्नुभएको छ । त्यस्तै द्वितिय स्थान हासिल गर्ने कलाकार श्याम रानाले २५ हजार, तृतीय स्थान हासिल गर्ने निशा पोखे«लले १० हजार र सान्त्वना हुने प्रकाश सपुत विकले ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । रेडियो गण्डकी ९०.२ मेघाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा रेडियो गण्डकी र गण्डकी टेलिभिजन पोखराले लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले लोकदोहोरी तारा २०६७ को आयोजना गरेको हो ।

विजयी कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं सुचना तथा संचारमन्त्री कृष्ण वहादुर महराले आजै गण्डकी माछापुच्छे« वेष्टर्न युनियन लोक दोहोरी तारा २०६७ को उपाधि सहितको पुरस्कार प्रदान गर्नुभएको थियो ।मन्त्री महराले संचार माध्यमले जनपक्षीय संस्कृतिको विकाशमा जोड दिनुपर्ने वताउनुभयो । उहाँले कलाकारले देश प्रेम प्रति गायको गीत बाट आफु प्रभाबीत भएको बताउनु भयो । नेपाली लोक दोहोरी र संस्कृतिको मनोविज्ञान राष्ट्रिय स्वाधिनता र जन पक्षधरता हुनुपर्ने उल्लेख गर्दै मन्त्री महराले त्यसको रक्षार्थ रेडियो गण्डकीले गरेको पहल निकै प्रशंसनिय रहेको वताउनुभयो । मन्त्री महराले जनताको पक्षमा संस्कृतिको विकाश र संरक्षण गर्न गण्डकी माछापुच्छे« वेस्टर्न युनियन लोक दोहोरी तारा २०६७ को कार्यक्रम सफल भएको पनि उल्लेख गर्नुभयो । रेडियो गण्डकीले आजै ५० । ५० हजार अक्ष्यकोष रहेको जनपत्रकारीता कोष र लोकदोहोरीको क्षेत्रमा योगदान पुराउने कलाकार लाई बार्षिक रुपमा सम्मान गर्ने उद्देश्यले कलाकारीता कोष गरी आज दुइ वटा कोषको स्थापना गरेको रेडियोका प्रबन्ध निर्देशक लोक प्रसाद बञ्जराले बताउनु भएको छ ।

Read More......

Tuesday, April 5, 2011

अन्जु पन्त सम्बन्ध बिच्छेद गर्ने सोचाइमा

0 comments


चैत २२ काठमाडौं। अहिलेकी निकै हट गायिका अञ्जु पन्त र गायक मनोज राज दम्पती हुन् भन्ने कुरा अधिकांशलाई थाहा नै छ र यि दुई दम्पति बिच बेला बेलामा ठाकठुक परेका खबरहरू पनि आएकै हुन् । अहिले यि दुईको सम्बन्धमा दरार आउन लागेको  खबर प्राप्त भएको छ ।

२०५८ सालमा प्रेम विवाह गरेका मनोज र अञ्जुको सम्बन्ध बिहे भएदेखि नै राम्रो नभएको स्रोतले बताएको छ । अहिले उनिहरूको एक छोरी पनि छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गायिका अन्जु र उनका श्रीमान् तथा गायक मनोज राज बिचको सम्बन्धले बिकराल रूप लिईसकेको छ ।  यि दुई बिच बेला बेलामा हात हालाहाल सम्मको स्थिती सिर्जना पनि नभएको हैन । अहिले उनीहरूको सम्बन्धलाई लिएर अदालतमा पनि मुद्दा चल्न लागेको खबर प्राप्त भएको छ । बेला बेलामा श्रीमानको तनाव झेल्दै आएकी गायिका अञ्जु उनीबाट टाढा हुन खोजेको स्रोतले बतायो ।

लामो समयका लागी करिब एक बर्ष अगाडी अमेरिका पुगेका मनोज बर्ष दिन नबित्दै नेपाल आउनुको कारणलाई धेरैले अर्थपूर्ण तरिकाले पनि हेरेका थिए । के मनोज अञ्जुसँगको सम्बन्धलाई एउटा टुंगोमा लगाउन नेपाल फर्केका हुन् त ? 

कुनै वेला करिअर बनाउन संघर्ष गरिरहेका यी दुवै संगितकर्मीले मन मिलेर विवाह गरेका थिए । तर पछिल्लो समयमा अन्जुको लोकपि्रयता हृवात्तै बढ्यो, मनोजको सांगितिक करियर सपि्रन सकेन । व्यस्ततामात्रै हैन अन्जुको विदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अन्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा निरास देखिने गरेको उनका साथीहरु बताउछन । भुमिका श्रीमान श्रमती भएपनि मन दुइ किनारा भएपछि अन्ततः दुवैले सम्वन्ध बिच्छेदको बाटो रोजेको बताइएको छ । मनोज भन्छन उनको खुसीको लागि म जे पनि गर्न तयार छु । डिभोर्स पनि । म भिन्नै ढंगबाट जिउने प्रयास गर्दैछु । 


आशा गरौं नेपाली सांगीतिक क्षेत्रका चम्किला तारा मानिने कलाकारद्वयको सम्बन्धमा कुनै दरार नआओस् । शुरूका दिनमा जस्तै यि दुईको माया प्रेम झाङ्गिदै जाओस् । 
                                                                                                                            साभार: फिल्मीखबर डटकम

Read More......

Thursday, March 31, 2011

मिस इ कजेल-२०११ को प्रतियोगिता नजिकिदै गर्दा युबतीहरुमा बेचैन

0 comments

चैत १७ काठमाडौ। 'मिस इ कजेल-२०११'का लागि बिगत दुइ साता देखि १८ जना युवतीहरु प्रशिक्षणमा व्यस्त छन् ।  प्रतियोगिताको छनौट तिथि नजिकिँदै गर्दा आफुहरुमा बेचैन बढ्न थालेको प्रतियोगिहरुको भनाइ छ । प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरु आफुले मिस इ कलेजको उपाधि जित्नेमा बिश्वस्त छन् ।प्रतियोगी जुलिया अर्यालले भनिन्,'प्रतियोगितामा सहभागी सबै ट्यालेन्ट र सुन्दर छन् , तथापि यस पटक मिस इ कजेलको उपाधि जित्छु भन्नेमा म विस्वस्छ छु ।'

मिस इ कलेजको उपाधि जित्न अरु साथीजस्तै दिन रात मेहनत गरिरहेकी मनिषा बस्नेत पनि सो मिस इ कलेजको ताज आफ्नो शिरमा सजाउनेमा बिश्वस्त छिन् । यो प्रतियोगिताको अन्य प्रतियोगीमा जसमा पुजा गुरुङ, रुपा लामा, अमृता मोक्तान, निर्माला महर्जन, बिशेश्वरी बस्नेत, सुजता केसी, प्रमिला लामा, अस्मिता बर्मा छन्। त्यस्तै सोनाम शेपा, निर्मला रायमाझी एलिना मुल्मी, दीक्षा श्रेष्ठ, रीया शाही, रमा श्रेष्ठ र नमिता गुरुङ छन् ।

राजधानीका सरकारी र नीजि गरेर १८ कलेजका १६ देखि २४ वर्षम्मका यी युवती सहभागी प्रशिक्षणको क्रममा आफुहरुले विभिन्न कला र सिप सिक्ने अबसर पाएका छौं भन्छन् । यी १८ युवती यतीबेला बन्दसत्रमा छन् । २५ चैतमा हुन लागेको 'मिस इ कजेल-२०११'को प्रशिक्षणमा ब्यस्त युवतीहरुलाई रोजिन शाक्यले कोरियोसग्राफी गरिरहेका छन् ।

Read More......

Saturday, March 26, 2011

मार्यो नि मायाले मार्योको बिशेष प्रदर्शनी

0 comments


चैत १२ नुवाकोट। स्वछन्द फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र मार्यो नी मायाले मार्योको शनिबार नुवाकोटमा पहिलो विशेष प्रदर्शनी गरिएको छ ।

एमएस अग्रजको निर्देशनमा तयार पारिएको चलचित्रमा राजेश हमाल, शोभिात शिंखडा, प्रमोद, हिमाल शागर, शिवानी बलामीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

जगदम्वा चलचित्र मन्दिरमा गरिएको विशेष प्रदर्शनीमा चलचित्रका कलाकारहरुको उपस्थिति रहेको थियो । नुवाकोटको ओखरपौवाको कागती गाउँको बालबविवाहको कथामा आधारित रहेर निर्माण गरिन लागेको बलामी वृत्तचित्रको सहयोगार्थ प्रदर्शनी गरएको चलचित्र हेर्न आज दर्शकहरुको भीड लागेको थियो ।

चलचित्रमा वर्तमान राजनीति, सामाजिक संरचना, एवं मायाप्रेममा आधारित कथालाई समेटिएको चलचित्रका निर्माता शमीर बलामीले बताउनुभयो ।

Read More......

Wednesday, March 23, 2011

दृष्टि विहीन गायकको भाग्य गोरखामा

0 comments

राजेन्द्र न्यौपाने  चैत  ९ गोरखा ।
मोरङ उर्लाबारी निवासी दृष्टि विहीन गायक उदास लामा आफ्नो कस्तो भाग्य एल्बमलाई म्युजिक भिडियो बनाउन गोरखा आइपुग्नु भएको छ । आधुनिक कलाकार शम्भु राईलाई गुरु मान्ने उनी शम्भु राईकै चिठि लेखु भन्छु भन्ने बोलका गीतबाट शुरु गर्दै आफ्ना पाँचवटा गीत गाउनुभयो । बसपार्क र हरमटारीमा उहाँले सो गीत गाउनुभएको हो । दृष्टि विहीन गायक लामाले कला, चौतारा र सडकबाट पनि खुल्छ भन्छन भन्दै शित उभाएर घैला भर्ने उक्ती चरितार्थ गर्न आफु गोरखा आएको बताउनुभयो ।

Read More......

गोरखामा लोकतारा अडिसन हुने

0 comments

राजेन्द्र न्यौपाने चैत ९ गोरखा ।
वरिष्ठ लोक गायक प्रजापति पराजुली गोरखामा चैत ११ गते हुने गण्डकी माछापुच्छ्रे वेस्ट्रन युनियन लोकतारा २०६७ कार्यक्रम तयारीका बारेमा जानकारी लिनुभएको छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै लोकदोहोरी कृषि,पर्यटन र राष्ट्रि उद्योगका बारेमा गाउनुपर्ने बताउनुभयो । यसैवीच विज्ञान,कला र गणितका पनि प्रयोग गरी लोकभाकाको संरक्षण गर्नुपर्ने बताउनुभयो । लोकदोहोरी तारा २०६७ का निर्णायक मण्डलका संयोजक समेत रहेका पराजुली सँगै रेडियो गण्डकीका स्टेशन म्यानेजर एल पि बन्जरा र कार्यक्रम संयोजक अपिल त्रिपाठी सहित अन्य लोककलाकारहरुले कार्यक्रम तयारीको बारेमा जानकारी लिनुभएको थियो । गोरखामा चैत ११ गते हुने अडिसन कार्यक्रममा गोरखा र गोरखा बाहिर रहेका कलाकारहरुले भाग लिन पाउने छन् । एक लाख नगद पुरस्कार रहेको सो कार्यक्रममा सहभागि हुन सबैलाई आयोजकले आग्रह गरेको छ । गोरखामा सम्पर्कको लागि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विद्या कुमार अर्याल ले जिम्मा पाउनु भएको छ ।

Read More......

Wednesday, March 9, 2011

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा लोक दोहोरी प्रतियोगिता सम्पन्न

0 comments

कुल तामांग
 फागुन २६ नुवाकोट । १ सय १ औ  अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बुधबार  विदुरमा लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सचेतन सांस्कृतिक एवं सांगीतिक समुह पहिलो, धनकुमारी रिजालको समुह दोस्रो, अन्तरपार्टी महिला सञ्जाल तेस्रो र श्रीकृष्ण थापाको समुह सान्त्वना भएको थियो । प्रतियोगितामा विजयीहरुलाई एमाले जिल्ला उपाध्यक्षा विन्दा ढुंगानाले नगद पुरस्कार प्रदान गर्नुभयो ।

अन्तरपार्टी महिला सञ्जाल, कार्डसन, सोलिड नेपाल, अखिल नेपाल महिला संघ, नेपाल महिला संघ, महिला तथा बालबालिका कार्यालयको संम्युक्त आयोजनामा भएको कार्यक्रममा ६ समुहले सहभागिता जनाएका थिए ।

Read More......

Sunday, March 6, 2011

सुटिङ स्थल बन्दै मुस्ताङ

0 comments

चन्द्रश्वर बस्ताकोटी
  फागुन २२ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय फिल्म तथा डकुमेन्ट्री सुटिङका लागि उपयुक्त स्थल बन्न थालेको छ । पुरातात्विक, सास्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त ठानेका हुन ।

उपल्लो मुस्ताङको भ्रमण गर्न बिदेशी नागरिकलाई गृह मन्त्रालय अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । भ्रमणका लागिमात्र नभई अहिले भने उपल्लो मुस्ताङ नेपाली एव बिदेशीहरुका लागि फिल्म तथा डकुमेन्ट्री बनाउने गन्तब्य बन्न थालेको छ । यसै सिलसिलामा हालैे बिदेशी नागरिकहरुले एक डकुमेन्ट्री सुटिङ्ग  गरिएको छन । उक्त डकुमेन्ट्री सुटिङ्गको लागि गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्रदान गरिएको थियो ।

 फिस्टेल एयरमा गत १६ गते विहान फ्रान्स र अष्ट्रेलियन टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतको ठाउँहरुमा छायांकन गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार  हिन्दु, वौद्ध, इसाई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा डकुमेन्ट्री  तयार पार्ने क्रममा बौद्ध धर्मको डकुमेन्ट्रीका लागी टोली मुस्ताङ आएको हो । टोली हेलीकप्टरबाट फकिएको छ।

Read More......

Sunday, February 27, 2011

अन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना

0 comments


एसवी गौतम 
फागुन १५ सिन्धुली। विश्वसामु रहेका नेपालीमाझ सिन्धुलीलाई चिनाउन सफल लोकगायक कृष्ण विक्रम थापाको नाममा साहित्यकार अन्जुलले कृष्ण विक्रम थापा  सगींत विकास कोषको स्थापना गर्नु भएको छ । लोक सगींतको माध्यमवाट ऐतिहासिक सिन्धुलीगढी दरवार र सिन्धुली जिल्लालाई चिनाउन सफल लोक गायक थापाको सम्मान कतैवाट पनि नभैरहेको अवस्थामा साहित्यकार अन्जुलले यो पहल गर्नु भएको हो ।

जनज्योती उमावी फोस्रेटारले विद्यालयको ४० औ वार्षिक उत्सव एवं अभिभावक दिवसमा आफुलाई सम्मान स्वरुप प्रदान गरेको ५०,००० रुपैया उहाँले आफ्नो व्यक्तिगत जीवनमा खर्च नगरी यस्तो लोकपकारी कार्यमा लगाउनुभएको हो ।

अक्षयकोषवाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष जिल्लामा गायन प्रतियोगिता गरी उत्कृष्ठ तीनजनालाई कृष्णविक्रम थापा गायन पुरस्कार प्रदान गरिनेछ । कोषको समृद्धिसगै गायन कार्यक्रमलाई उनै लोकगायकको जीवनको सपना अनुसार पछि लोकभाषाभाषीलाई समेटेर फुलवारी कार्यक्रममा रुपान्तरीत गरी राष्ट्रिय
रुपदिने कृष्णविक्रम थापा सगींत विकास कोष तदर्थ समितीको अध्यक्ष अम्विका
शर्माले वताउनुभयो ।

 कोषले जिल्लाका सवै सगिंतकार,गीतकार,गायक,नृत्यकलाकार सवैलाई एकै ठाउँमा गोलवद्ध गरी सागिंतीक
विकासमा अग्रसर गराउन अनुकुल वातावरणको सृजना गर्नेछ र यो सवै सृष्टाहरुको पवित्र साझा चौतारी वन्नेछ कोषका सस्थापक अन्जुलले भन्नुभयो ।

कृष्ण विक्रम थापा सगींत विकास कोषले सिन्धुुली वाङ्मय प्रतिष्ठानमा दर्ता भई आफ्नो कार्य सुचारु गरिसकेको छ ।

Read More......

Saturday, February 19, 2011

रेडियो मनासलु अनलाइनमा सुन्न सकिने

1 comments


राजेन्द्र न्यौपाने
फागुन ८ गोरखा ।
 गोरखा सदरमुकामको आहालेमा रहेको रेडियो मनासलु १०३.९ मेहाजर्हले  विहिबारदेखि अनलाइन सेवा शुरुवात गरेको रेडियो मनासलुका स्टेशन मेनेजर विष्णु देवकोटाले जनाउनुभयो।

गोरखा जिल्लाकै तेश्रो रेडियो मनासलुले आम गोर्खालीको सुझावलाई मध्येनजर गर्दै अनलाईन सेवा सुरु गरेको जनाएको छ ।

रेडियो बिहीवार  देखि http://radiomanasalu.clickonlinemedia.com/ मा विश्वभर सुन्न सकिने रेडियोका समाचार प्रमुख पवन तमुले बताउनुभयो ।

Read More......

Tuesday, February 8, 2011

रेडियो छुनु मुनुको औपाचरीक प्रसारण शुरु

0 comments

घनश्याम पाण्डेय
माघ २५  पोखरा। पोखरामा आज देखि बालबालबालिका लक्षीत गरेर रेडियो छुनुमुनु ८७ .९ मेगाहर्जले   आफ्नो औपचारीक प्रसारण शुरु गरेको छ । पोखराको सभागृहमा स्टेशन रहेको  रेडियो छुनुमुनु पब्लिकेशन लिमि टेडले  सञ्चललनमा ल्याएको हो ।

रेडियोमा बालबालिकाले बालबालीका लाई लक्षीत गरी कार्यक्रम सञ्चालन गर्ने पब्लििकेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले बताउनु भयो । कार्यक्रममा दुई बर्र्षे ड्रम बाधक बालक प्रेम जोजीजु लगायत कार्यक्रम शुरु हुनु भन्दा अगाडी पुगेका ५ जना बिधार्थी हरु प्रमुख अतिथि रहेका थिए ।

यो संगै पोखरामा औपचारीक शुरुबात गरेका रेडियोको संख्या १२ पुगेको छ।

Read More......

Tuesday, January 25, 2011

रेडियो मेन्छ्यायेमले तेस्रो बार्षिकोत्सवमा मनायो

0 comments

भरत ईङ्नाम,
माघ ११, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ्गमा संचालित रेडियो मेन्छ्यायेमको तेश्रो बार्षिक विभिन्न सांगितिक कार्यक्रम  र जातिय झाँकीका साथ आज सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रम सामुदायिक रेडियो प्रशारक संघ(अको¥याब) का  अध्यक्ष मिनबहादुर शाहीले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै शाहीले सामुदायिक रेडियोहरुले सूचनाको पहुँच गर्दै सुशासन र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । समुदायको पहिचानका लागि सामुदायिक रेडियोहरुले आन्दोलन सुरु गरेको उल्लेख गर्दै उहाँले सामुदायिक रेडियोको अभियानमा सहयोग पुयाउन दल र सरोकारहरुलाई आग्रह गर्नुभयो । उहाँले  पर्यटन बर्षको प्रचारप्रसारका लागि संचार माध्यमलाई २३ करोड रुपैयाँ बजेट बिनियोजन गरे पनि सामुदायिक रेडियोहरुलाई सरकारले कार्यक्रम र बजेट नदिएको भन्दै गुनासो गर्नुभयो । यसैविच, आजै रेडियो मेन्छ्यायेमको भवन शिलान्यास गरिएको छ । दिवसको अवसरमा अको¥यावका अध्यक्ष मिनवहादुर शाही  र मेन्छ्यायेम संचार सहकारी संस्थाका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष दयाप्रसाद आङ्वुङ्गले भवन शिलान्यास गर्नुभएको थियो । कार्यक्रममा आदीवासी जनजातिहरुको साँस्कृति झाँकी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा  फक्ताङलुङ्ग साँस्कृतिक मंचले लिम्वू समुदायको च्याब्रु नाच, लिम्वू गित र नृत्य प्रस्तुत गरेको थियो भने, नेपाल तामाङ्ग घेदुङ्ग संघले तामाङ्ग सेलो, डम्फू सेलो र सेर्पा संघले सेर्पा नाच प्रस्तुत गरेको थियो ।

Read More......

Saturday, January 22, 2011

मृगौलारोगी थापामगरको उपचार सहयोगार्थ सास्कृतिक कार्यक्रम

0 comments


माघ ९ सिन्धुली ।
मृगौला रोगी राजु थापामगरको उपचार सहयोगार्थ शनिवार सिन्धुलीमाढीमा बिबिध सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानिय प्रस्तावित मानविय हितका लागी जागरुक यूवाको आयोजनामा सिन्धुलीको भद्रकालीका राजु थापामगरको उपचार सहयोगार्थ भएको कार्यक्रममा सिन्धुलीकै हास्य कलाकार यादव देवकोटा सरापेको विशेष प्रस्तुती रहेको थियो भने परिवर्तन जागरण क्लव, सिन्धुली कला तथा सास्कृतिक प्रतिष्ठान ईसाक, आधुनिक नमुना एकेडेमी, गगां ईङलिस वोडिङ स्कुल, त्यस्तै वरुण लामिछाने,भानुभक्त गुरुङ्, मन्जु तिरुवा, विज्ञानराज शर्मा लगायतकाले गित,गजल,कविता एवम् नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले थापाको उपचारका लागी सहयोग गर्नुभएको र कार्यक्रमवाट करिव डेड लाख रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । थापा २०६७ वैशाख २६ गतेवाट मृगौलाको रोगवाट पिडित हुनुभएको हो । उहाको उपचारका लागी १५ लाख लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।

Read More......

Sunday, December 19, 2010

गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'शैली' विमोचित

0 comments

काठमाडौ, पुस ४  - 
आधुनिक हुँदै पप गीत गाएका गायक रामकृष्ण ढकालले पछिल्लो समय भजन गीतहरूको संग्रहसमेत निकालेका थिए। शनिबार भने उनले संगीतकार न्ह्यु बज्राचार्यको हातबाट आफ्नो पछिल्लो एल्बम 'शैली'को विमोचन गराएका छन् । एल्बम विमोचनअघि छोरी रानीले बाबुले नै गाएको लोकपि्रय गीत 'ओराली लागेको हरिणको चाल भो...' गाएर भेला भएका अतिथिको स्वागत गरेकी थिइन् । 


नौ गीतहरू राखिएका एल्बममा आनन्द अधिकारी, किरण केसी, उन्नति बोहरा, भीम विराग, नवराज लम्साल, डा. भोला रिजाल, बाबुराम दाहाल र कालीप्रसाद रिजालका शब्द छन् । 'शैली' एल्बम विमोचनपछि कार्यक्रममा गायकले केही गीतहरू गाएका थिए । 


गीतलाई नयाँ ट्रयाकमा रेकर्ड गरिएको गीत 'तिमीलाई 
माया गर्ने भुल भयो मबाट...' गाएका थिए । 
विरागको यही 'राति राति' गीतलाई यसअघि गायक आभाषले पलेंटीलगायतका सांगीतिक उत्सवहरूमा गाउँदै आएका थिए । 


ढकालका साथमा पत्नी नीलम र छोरी रानीले समेत अभिनय गरेका छन् । 


विभिन्न संगीतकर्मीको उपस्थितिमा विमोचित एल्बमबाट दुई गीत 'छुकछुके रेल...' र 'कति कुरा...' को म्युजिक भिडियो पनि देखाइएको थियो । पहिलो गीत केही समयदेखि नै संगीत बजारमा बज्न थालिसकेको थियो । गायिका मल्लिका कार्कीसँग गाइएको दोस्रो गीतको भिडियोमा गायक 

भीम विरागको शब्द/संगीत रहेको गजल 'राति राति...' देखि उन्नति बोहराको पुरानो 

'शैली'मा गायक ढकालले आलोकश्री, शिखर सन्तोष, राजु सिंह, किरण कँडेल, शम्भुजित बाँस्कोटा मात्रै नभई भीम विराग र नातिकाजीका संगीतमा समेत गाएका गीत राखेका छन् । कालीप्रसाद रिजालको शब्द रहेको 'नदी तरेर...' नातिकाजीले संगीत भरेको अन्तिम गीत हो । 

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae