Sahara Sansar

Showing posts with label मोरङ. Show all posts
Showing posts with label मोरङ. Show all posts

Tuesday, February 8, 2011

एमाले कार्यकर्ताको गोली हानी हत्या

0 comments

माघ २५ मोरङ। मोरङ दुलारी–१ का २३ वर्षीय भुवन कार्कीको  गोली प्रहारबाट हत्या भएको छ ।  सुनसरीको इटहरीमा आज बिहान नेकपा (एमाले) निकट युवा सङ्घ नेपालका एक कार्यकर्ताको शव फेला परेपछि अनुसन्धान गर्दा कार्कीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

शव बिहान ६ बजे इटहरी–४ स्थित कृष्ण प्रणामी मन्दिर नजिकै रिक्सामा राखिएको अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । छातीको बायाँ भागमा गोली लागेको प्वाल रहेको कार्कीको कसले र किन हत्या ग¥यो खुल्न सकेको छैन । प्रहरीले कार्कीलाई अन्त्यै हत्या गरी रिक्सामा हालेर त्यहाँ फालेको हुनसक्ने आशङ्का गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

कार्कीको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Read More......

Monday, February 7, 2011

ज्यानमार्ने धम्की आएपछि पत्रकारहरू विस्थापित

0 comments

माघ २४ मोरङ (पानीटयाङ्की)। समाचारको विषयलाई लिएर ज्यानमार्ने धम्की आएपछि मोरङको पथरीबाट दुईजना पत्रकार विस्थापित भएका छन् ।

आˆनोबारेमा गलत समाचार लेखेको भन्दै पथरी बस्ने औजार दैनिकका संवाददाता अर्जुन जम्नेली राई र जनविद्रोह दैनिकका संवाददाता विवेक भट्टराईलाई मोबाइलमार्फत सुरक्षित बस्नु हामी मौकाको पर्खाइमा छौँ हाम्रोबारेमा लेख्ने तिमीहरूको अन्त्य निश्चित छ भन्ने एसएमएसमार्फत आइतबार बारम्बार धम्की आएपछि पत्रकार राई र भट्टराई सुरक्षाका लागि विस्थापित भएका हुन् ।
दुवै पत्रकार आˆनो घर छाडेर अन्यत्रै सुरक्षित स्थानमा बस्न गएका छन् । पूर्वी मोरङको सुनजोरा खोलाबाट घडेरी प्लटिङका लागि अवैधरूपमा गिट्टी बालुवा निकालेकोबारे समाचार लेखेर गलत काम गरेको धम्की दिनेको आरोप छ ।

पत्रकारद्वयलाई नमस्ते मोबाइलको ९८४२३०६१५१ नम्बरबाट ज्यान लिने धम्की आएको हो ।
समाचारको विषयलाई लिएर आइतबार नेकपा एमालेका स्थानीय नेता किशोर राईको निर्देशनमा साजन धिमाललगायतको समूहले औजार दैनिक पत्रिका कब्जामा लिएर वितरणमा पनि रोक लगाएको थियो ।

पत्रिका वितरणमा रोक लगाएर प्रेस स्वतन्त्रता कुण्ठित गरेको पत्रकार सम्वद्ध सङ्घसङ्गठनतले भत्र्सना गरेपछि प्रहरीले किशोर राईको पथरीस्थित घरबाट पत्रिका निकालेर प्रहरी कार्यालयमा ल्याएको थियो । त्यसपछि पत्रकार राई र विवेक भट्टराईलाई एसएमएसमार्फत धम्की आएको थियो ।
पत्रकार राईलाई एकहप्ताअघि औजार दैनिकका विशेष संवाददाताले लेखेको सामाचार र पत्रिकाको सम्पादकीयको विषयमा र भट्टराईलाई एकवर्ष अघिको समाचारको विषयमा रीसईबी साँघिएको हुनसक्ने पत्रकार भट्टराईले बताउनुभयो ।

पत्रकार राई र भट्टराई क्रान्तिकारी पत्रकार सङ्घका जिल्ला सदस्यहरू हुन् । उनीहरूको अन्त्य निश्चित भएकाले सुरक्षित राख्नु भन्दै क्रान्तिकारी पत्रकार सङ्घ मोरङका अध्यक्ष गणेश लम्साललाई पनि सोही नम्बरबाट एसएमएसमार्फत धम्की दिइएको छ ।

घटनाबारे नेपाल पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्घ, प्रेस चौतारी, प्रेस युनियनका जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, प्रहरी उपरीक्षक दीपक थापा र नेकपा -एमाले) लगायतलाई उजुरी गरिसकेको भए पनि कोही पनि दोषी पक्राउ परेका छैनन् ।
नेकपा -एमाले)ले पनि घटनाप्रति कुनै चासो देखाएको छैन ।

प्रजिअ सुरेश अधिकारीले धम्की आएको मोबाइलको नम्बर गोप्यरूपमा अध्ययन भइरहेको बताउनुभयो ।

Read More......

Monday, January 10, 2011

दर्ताविहीन शरणार्थी आमरण अनशनमा

0 comments

पुस २६ मोरङ (पानीटयाङ्की)। मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा दर्ताविहीन भुटानी शरणार्थीले हैसियत र सुविधाको माग गर्दै सोमबार देखि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।
शिविर व्यवस्थापन समितिको कार्यालय अघि ब्यानर तथा ‘मेरो परिचय के हो ? लगायतका प्लेकार्डको माला लगाएर राहतपीडित शरणार्थीहरु आमरण अनशनमा बसेका हुन् ।
शिविरमा शरणार्थी दर्ता हुन छुटेका, विवाह गरी शिविर आएका महिला, शरणार्थी परिचयपत्रका लागि फोटो खिच्न छुटेका, फोटो खिचेर पनि परिचयपत्र नपाएकालगायत पाँच प्रकारका राहतपीडित शरणार्थीहरु यहाँका शिविरमा बस्दै आएका छन् ।
शनिश्चरेमा मात्र ८७४ र सबै शिविरमा तीन हजार १९० जना राहतपीडित शरणार्थी भएको पीडित शरणार्थीको नेतृत्व गर्दै आएका किशोर भण्डारीले जानकारी दिए ।
आफूहरुको माग गृह मन्त्रालय र शरणार्थीसम्बन्धी उच्चायोग लगायतका निकायहरुबाट पूरा नगरिएसम्म अनशन नछाड्ने पीडित शरणार्थीको भनाइ छ । रासस

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae