राजेन्द्र न्यौपाने
बैशाख ३१ गोरखा । नेपाल राष्ट्रिय प्राध्यापक संगठन गोरखाको प्रथम भेलाले कलम देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसका अन्य सदस्यहरुमा उपाध्यक्षमा पवनरमण खनाल, सचिव ठाकुर खनाल, सह सचिवमा अञ्जु ढुंगाना, कोषाध्यक्ष सुसिल अर्याल, सदस्यहरुमा अशोकभक्त उपाध्याय, ओजराज गिरी, कविराज श्रेष्ठ रहनुभएको छ । बाँकी सदस्यहरुपछि थप गरिने नव निर्वाचित समितिका एक सदस्यले जानकारी दिनुभयो ।
प्राध्यापक संगठनका केन्द्रीय सदस्य सितारामन्यौपानेले प्राध्यापकहरुको हकहितको सुरक्षा र गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा प्राध्यापक संघ कहिल्यै पछि नपर्ने बताउनुभयो । कार्यक्रममा गोरखा क्याम्पसका क्याम्पस प्रमुख डा. लेखनाथ शर्मा, द्रव्यशाह बहुमुखि क्याम्पसका प्रमुख दिलिप देवकोटा, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका गोरखा जिल्ला संयोजक ध्रुव भट्ट लगायतले मन्त्व्य राख्नुभएको थियो ।
होटल हिमालयनका सभाहलमा भएको प्रथम भेलाले नयाँ नेतृत्वको चयन गरेको हो । कार्यक्रम तमुवान राज्य समितिका सह सचिव गौरी पोखरेलको अध्यक्षतामा र तमुवान राज्य समितिका सदस्य हरीमाया पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो ।
0 comments:
Post a Comment