Sahara Sansar

Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Wednesday, April 6, 2011

भुमिसुधार मन्त्रालय पाएमात्र सरकारमा जान्छौः महासचिव मैनाली

0 comments



एसवी गौतम,सिन्धुली,चैत २३ ।

नेकपा मालेका महासचिव सिपि मैनालीले एकिकृत माओवादी र नेकपा एमालेविच भएको सातवुदे सहमती आफ्नो पाटिलाई कुनैपनि हालतमा मान्य नहुने वताउनु भएको छ ।
 आज सिन्धुलीमाढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभाषद समेत रहनुभएका माले महासचिव मैनालीले यस्तो वताउनुभएको हो । साथै अव भुमिसुधार मन्त्रालय पाएमात्र झलनाथ खनाल नेतृत्वको सरकार जाने, हैन भने नेकपा माले सरकारमा नजाने वताउनुभएको छ ।

Read More......

Saturday, April 2, 2011

सिन्धुपाल्चोकमा माओवादी स्थायी समितिको बैठक जारी बैठकको समय लम्बिन सक्ने

0 comments

प्रकाश सुन्दास चैत १९ काभ्रे /
माओवादी स्थायी समितिको बैठक सिन्धुपाल्चोक सुकुटेमा जारी रहेको छ । सुनकोशी नदीको किनारमा रहेको इक्वेटर विच रिसोर्टमा हिजोदेखि जारी बैठकमा आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ ।  आज बाँकी सदस्यहरुले भनाई राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुझावलाई समेटेर भनाई राख्नुहुनेछ । पहिलो चरण अन्तर्गत सबै स्थायी समिति सदस्यहरुले बोल्ने क्रम नसकिएकाले आज सकिने तय भएको बैठकको समय लम्बीन सक्ने नेताहरुले बताएका छन् ।

 बैठकमा उपाध्यक्षद्धय मोहन वैद्य  किरण र डा।बाबुराम भट्टराईले यसअघि अध्यक्षको विपक्षमा राख्दै आउनु भएको फरक प्रस्तावको अडान कायम राख्नु भएको छ । उपाध्यक्ष वैद्यले पार्टीको भ्रातृ संगठनमा देखिएको विवादलाई तत्काल समाधान गरि जनविद्रोहका लागि आधार तयार गर्नुपर्ने बताउनु भएको छ । त्यस्तै अर्का उपाध्यक्ष भट्टराईले आफ्ना विचार पार्टीको तल्लो तहसम्म पुर् याउन खोज्दा पार्टी भित्रबाटै घेराबन्दी गर्न खोजिएको भन्दै असन्तुष्टी जनाउनुभएको छ ।

माओवादी स्थायी समिति बैठकमा नेपाली काँग्रेसले संसदमा गरिरहेको अवरोध पुरक बजेट शान्ति र संविधान निर्माण सरकारमा पठाउने मन्त्रीको छनौटका विषयमा छलफल हुनेछ ।  त्यस्तै संवैधानिक उपसमितिको संयोजक कसलाई बनाउने पार्टीको मजदुर संगठन भित्रको विवाद समाधान स्वयंसेवी दस्ताको परिचालनजस्ता महत्वपूर्ण विषयमा निर्णय गर्ने बैठकको व्यवस्थापन गरिरहनु भएका पोलिटब्यूरो सदस्य अग्नीप्रसाद सापकोटाले टेलिफोनबाट जानकारी दिनु भएको छ ।

Read More......

Sunday, February 6, 2011

सरकार गठनका विषयमा दलहरु छलफलमा, एमाले स्थायी समितिको बैठक

0 comments


माघ २३, काठमाडौं ।
 सरकार गठनका विषयमा छलफल गर्न प्रमुख दुईदल एकीकृत नेकपा माओवादी र नेकपा एमाले छलफल गर्दैछन् । छुट्टाछुट्टै छलफलबाट सरकारमा जानेहरुको नाम तयार गर्ने तीदलले जनाएका छन् । नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी कार्यालय बल्खुमा सुरु हुँदैछ । । बैठकमा सरकारको आकार, सहभागिहरुको नामका विषयमा छलफल हुनेछ । एमाले भित्रै प्रमुख तीन नेताले तीनथरी नामावली तयार पारेकाले त्यसका आधारमा छनौट गरिने स्रोतले जनाएको छ । स्थायी समिति सदस्य भरतमोहन अधिकारीले सरकार गठनमा सहभागि दलहरुलाई मिलाएर लैजानुपर्ने भएकाले त्यसमै केन्द्रीत रहेर छलफल हुने बताउनुभयो । उहाँले सके सम्म मन्त्रिमंडल सानो आकारको बनाउने गरि छलफल भइरहेको पनि बताउनुभयो । बैठकमा नवनिर्वाचित प्रधानमन्त्री खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको लिखित सहमतिका विषयमा पनि छलफल हुनेछ । खनाललाई प्रधानमन्त्रीको सहमति गर्दा लिखित सहमति भएको विषयमा एमालेका उच्चतहका नेताहरु नै जानकार नभएकाले नवनिर्वाचित प्रधानमन्त्री खनालसँग त्यस विषयमा जानकारी लिइनेछ । खनालले सम्झौता गरेर पनि गोप्य राखेको भन्दै एमाले नेताहरुले नै आपत्ति जनाएकाले त्यसको पुरै जानकारी मागिने एक सदस्यले बताए । एमालेले नौवटा मन्त्रालय पाउने देखिएपनि नामका विषयमा कुरा मिलिसकेको छैन् । खनालले सबै क्षेत्रलाई समेटेर सरकारमा पठाउने विषयमा छलफल चलाइरहनु भएको उहाँ नजिकका एक नेताले बताउनुभयो । आज कम्तिमा ३ जनाको नाम पठाउने सिफारिस गर्ने एमालेले बताएको छ ।

Read More......

नेपाल छोड्दै खनाल सर्दै

0 comments

माघ २३, काठमाण्डौं ।
 निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आज सरकारी निवास वालुवाटार छोड्दै हुनुहुन्छ । हिजो नै छोड्ने भनिएपनि तयारी नपुगेकाले आज छोड्न लागेको उहाँको निजी सचिवालयले जनाएको छ । राजिनामा गरेको ६ महिनापछि उहाँले सरकारी निवास छोड्न लाग्नु भएको हो । आजै नवनिर्वाचित प्रधानमन्त्री खनाल पनि सरकारी निवासमा सर्ने कार्यक्रम रहेको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae