Sahara Sansar

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Tuesday, June 21, 2011

समावेशी बजेट ल्याउन एमाले संसदीय दलको निर्णय

0 comments

 असार ७ काठमाडौं नेकपा एमालेले समावेशी रुपमा विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरेको छ । ३ खम्बे अर्थनीतिलाई टेवा पुग्नेगरी बजेटको तयारी र दलहरुसँगको छलफलसँगै अघि बढाउने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

अर्थमन्त्री अधिकारीले देशलाई आर्थिक सङ्कटको समस्याबाट मुक्त गर्नको लागि समयमै बजेट ल्याउनुको कुनै विकल्प नभएको र अवको बजेटले रोजगारीको सिर्जना, लगानी गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । एमाले संसदीय दलको बैठकले न्यायपूर्ण बजेट ल्याउने निर्णय गरेको प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो । दलहरुको सहमतिमा नै बजेट ल्याउने वातावरण मिलाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका दलहरुसँग पनि छलफल गर्ने विषयमा आज छलफल भएको एमाले नेताहरुले बताएका छन् । प्रि बजेटको बारेमा भालिदेखि हुने तयारी र जेठ १४ को मध्ये रातमा प्रमुख दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले विगत दुई÷तीन वर्षदेखि समयमा बजेट ल्याउन नसकिएको भन्दै सबैको सहमतिमा संसदीय प्रकृया अनुसार बजेट ल्याउने बताउनु भएको छ । एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री खनालले सबै दलको सहमतिमा समावेशी खालको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभभयो । राजनीतिक दलहरुबीच सहमति नहुँदा संविधानसभाको निर्वाचन पछि कुनै पनि वर्षमा समयमा बजेट प्रस्तुत हुन सकेको छैन । 

समयमा बजेट नआउँदा विकास निर्माणका काम प्रभावित हुदै आएका छन् । एमाले सभासदहरुले भने वजेट विधागत र क्षेत्रागत रुपमा समावेशी हुनुपर्ने निर्वाचित र समानुपातिक समासद्बीच विभेद हुन नहुने र धेरै ठाउँमा बजेट छर्नुभन्दा पनि एक÷दुई वटा मुख्य कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

Read More......

Sunday, June 19, 2011

एसएलसीको नतिजा सार्वजनिक, नियमिततर्फ ५५.५ प्रतिशत र एक्जेम्टेडतर्फ १७.३ प्रतिशत उत्तीर्ण

0 comments


असार ६ काठमाण्डौ  । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रवेशिका परीक्षा अर्थात एसएलसी २०६७ को नजिता सार्वजनिक भएको छ ।


सार्वजनिक नतिजा अनुसार नियमितर्फ ५५ दशमलव ५ प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन । गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।

यसैगरी यसवर्ष आंशिकतर्फ १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो पनि गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । २०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । नतिजा टेलिफोनबाट १६०० डायल गरेर सिम्वल नम्वर थिच्नुपर्ने छ भने मोबाइलबाट आफ्नो सिम्वलन नम्वर टाइप गरेर १४०० र २६२२ मा एसएमएस गरेमा आफ्नो रिजल्ट थाहा पाउन सकिने छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन । जसमा नियमिततर्फ २ लाख २० हजार ७ सय ६६ तथा आंशिकतर्फ ९ हजार ७ सय ३३ छन । अनुत्तिर्ण भएकाका लागि पनिकाले साउन २३ देख ३० गते सम्मको समय तोकेको छ ।

२०६६ सालको एसएलसीमा कुल चार लाख ५६ हजार ७ सय १९ ले परीक्षा दिएकोमा ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

Read More......

अबसर मिले प्रधानमन्त्रीका लागि पार्टीमा कुनै समस्या नहुने

0 comments

असार ५ काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले आगामी प्रधानमन्त्रीको उम्मेदवारका लागि पार्टीभित्रै कुनै विवाद नरहेको बताउनुभएको छ । उपचारका लागि अमेरिका प्रस्थान गर्नु अघि त्रिभुवन विमान स्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै सभापति कोइरालाले प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दल र पार्टी विधान अनुसार व्यक्तिको टुंगो लगाउँने बताउनुभयो ।

सभापति कोइरालाले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले राजीनामा दिने सहमति गरेपछि पनि पदमै बस्नु बेकार रहेको कोइरालाको टिप्पणी थियो ।त्यसै गरेर कांग्रेस सपभापति कोइरालाले शान्ति प्रक्रिया अगाडि नबढेसम्म बजेट ल्याउन नदिने बताउनुभएको छ । उहाँले सधैभरी शान्ति प्रक्रियाका नाममा राजनीति गर्न नपाईने पनि बताउनुभयो ।

यसैवीच सभापति कोइरालाले संसदीय दलको नेता परिवर्तन लगायतमा नेता शेरबहादुर देउवासँग ६ बुँदे सम्झौता नभएको दाबी गर्नुभएको छ । उहाँले ६ बुँदे सहमति भएको भनेर पत्रपत्रिकामा आएका समाचाहरु गलत रहेको बताउनुभयो । 

कोइराला जिब्रोको उपचारका लागि आजै अमेरिका प्रस्थान गर्नुभएको हो  ।

Read More......

माओवादी हतियार रहदा सम्म कांग्रेस निर्वाचनमा जाँदैन: खुमवहादुर खड्का

0 comments

असार ५ दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमवहादुर खड्काले माओवादीको हतियारको व्यबस्थापन नगर्दासम्म कांग्रेस यथास्थितिमा चुनावमा नजाने वताउनु भएको छ ।

दाङको घोराहीस्थित पार्टी कार्यालयमा कांग्रेस नेता तथा कार्यकर्तासंग खड्काले अर्को निर्वाचनमा जानु अघि हतियारको टुङ्गो लगाइनु पर्ने बताउनु भयो । म्याद थपिएको अबधिमा पनि संविधान बन्ने कुरामा विश्वस्त नदेखिनु भएका खड्काले संविधान नबने कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
पार्टीले आन्दोलनको तयारी गर्दै छ’ उहाँको भनाई थियो । केन्द्रीय सदस्य खड्काले शान्ति प्रकृया टुङ्ग्याउन माओवादीले धेरै पटक सहमति गरेपनि कार्यान्वय नगरेको भन्दै माओवादीको दम्भलाई तह लगाउन कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

Read More......

प्रजिअको सरुवा वढुवा

0 comments

छत्रवहादुर मैनाली


प्र.जि.अ श्री डुल्लुराज बस्नेत जिल्ला प्रशासन कार्यालय,स्यांग्जा सरुवा
प्र.जि.अ श्री जीवन प्रसाद ओली जिल्ला प्रशासन कार्यालय,भोजपुर सरुवा
प्र.जि.अ श्री बाबुराम खतिवडा जिल्ला प्रशासन कार्यालय,पांचथर सरुवा
प्र.जि.अ श्री केशवराज आचार्य जिल्ला प्रशासन कार्यालय,भक्तपुर सरुवा
प्र.जि.अ श्री केशवराज घिमिरे जिल्ला प्रशासन कार्यालय, अर्घाखांचीसरुवा
सहायक प्र.जि.अ श्री शम्भुप्रसाद मरासिनी जिल्ला प्रशासन कार्यालय,काठमाडौं सरुवा
प्र.जि.अ श्री ज्ञानप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय,दार्चुला सरुवा
प्र.जि.अ श्री जनकराज रेग्मी जिल्ला प्रशासन कार्यालय,इलाम सरुवा
प्र.जि.अ श्री रामुप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय,तेह्रथुम सरुवा
उप क्षेत्रीय प्रशासक श्री सिताराम कार्की क्षेत्रीय प्रशासन कार्यालय,धनकुटामा दरवन्दी राखी मन्त्रालयमा काज सरुवा
प्र.जि.अ श्री कृष्ण प्रसाद ज्ञवाली जिल्ला प्रशासन कार्यालय,म्याग्दी सरुवा
प्र.जि.अ श्री राम बहादुर कुरुम्बाङ जिल्ला प्रशासन कार्यालय,सोलुखुम्वु सरुवा
ब.अ.अ. श्री यादव सुवेदीअ.त्रि.वि.वि.गौचरण सरुवा
उप सचिव श्री प्रदिपराज कंडेल क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा दरवन्दी राखी गृह मन्त्रालय काज सरुवा
प्र.जि.अ श्री बद्रीनाथ अधिकारी जिल्ला प्रशासन कार्यालय,लमजुङ्ग सरुवा
व.अ.अ श्री होमनाथ थपलिया त्रि.अ.वि.गौचरण सरुवा
उप क्षेत्रीय प्रशासक श्री बलदेव प्रसाद गौतम क्षेत्रीय प्रशासन कार्यालय,पोखरामा
दरवन्दी राखी मन्त्रालयमा काज सरुवा
प्र.जि.अ श्री तेजप्रसाद पौडेल जिल्ला प्रशासन कार्यालय,सल्यान सरुवा
प्र.जि.अ श्री नारायण प्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय,धार्दिंग सरुवा
उप क्षेत्रीय प्रशासक श्री भरत पौडेल क्षेत्रीय प्रशासन कार्यालय,हेटौंडा सरुवा
उप क्षेत्रीय प्रशासक श्रीकृष्ण श्रेष्ठ क्षेत्रीय प्रशासन कार्यालय,पोखरा सरुवा
प्र.जि.अ श्री ऋषिराम तिवारी जिल्ला प्रशासन कार्यालय,वांके सरुवा
प्र.जि.अ श्री कमलकान्त रेग्मी जिल्ला प्रशासन कार्यालय,रसुवा सरुवा
प्र.जि.अ श्री मधुसुधन बुर्लाकोटी जिल्ला प्रशासन कार्यालय,नुवाकोट सरुवा
प्र.जि.अ श्री गोविन्दमणि भुर्तेल जिल्ला प्रशासन कार्यलय,वैतडी सरुवा
स.प्र.जि.अ श्री मुरारी प्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय,कंचनपुरमा दरवन्दी
राखी मन्त्रालयमा काज सरुवा
उप क्षेत्रीय प्रशासक श्री दुर्गा प्रसाद पोखरेल क्षेत्रीय प्रशासन कार्यालय,सुर्खेत दरवन्दी कायम गरी मन्त्रालयको प्रशासन पुनःसंरचनामा काज सरुवा
स. प्र.जि.अ श्री नन्दीकेशर त्रिपाठी जिल्ला प्रशासन कार्यालय,चितवन सरुवा
प्र.जि.अ श्री शिवराम गेलाल जिल्ला प्रशासन कार्यालय,खोटांग सरुवा
निर्देशक श्री दिपकराज नेपाल कारागार व्यवस्थापन विभाग सरुवा
प्र.जि.अ श्री राजेन्द्र प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय,तनहुं काज
सहायक प्र.जि.अ. श्री केशव प्रसाद पुडासैनी जिल्ला प्रशासन कार्यालय,धनकुटामा दरवन्दी राखी कामकाज यथावत सरुवा
स.प्र.जि.अ श्री अब्दुल कलाम खाँ जिल्ला प्रशासन कार्यालय,वर्दियामा दरवन्दी राखी
के.हज कमिटिमा काज सरुवा,काज
प्र.जि.अ श्री कमलमणि काफ्ले जिल्ला प्रशासन कार्यालय,सिन्धुपाल्चोक सरुवा
स.प्र.जि.अ श्री परशुराम अर्याल जिल्ला प्रशासन कार्यालय,नवलपरासी सरुवा
उप सचिव श्री विष्णुप्रसाद पोखरेल गृह मन्त्रालय सरुवा
प्र.जि.अ श्री शिवप्रसाद नेपाल-ख) जिल्ला प्रशासन कार्यालय,वझांग सरुवा
स.प्र.जि.अ श्री राजीव पोखरेल जिल्ला प्रशासन कार्यालय,महोत्तरी सरुवा
प्र.जि.अ श्री वेणी माधव ज्ञवाली जिल्ला प्रशासन कार्यालय,सिन्धुली सरुवा
प्र.जि.अ श्री जितेन्द्र बहादुर भण्डारी जिल्ला प्रशासन कार्यालय,कैलाली सरुवा
प्र.जि.अ श्री ख्याम बहादुर थापा जिल्ला प्रशासन कार्यालय,वाग्लंगु सरुवा
प्र.जि.अ श्री महादेव पन्थ गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय,जुम्ला सरुवा
स.प्र.जि.अ श्री बल बहादुर मल्ल जिल्ला प्रशासन कार्यालय,काठमाडौं सरुवा
जेलर श्री काली प्रसाद पराजुली क्षेत्रीय कारागार,झुम्का सरुवा
स.प्र.जि.अ श्री सुन्दरराज अर्याल जिल्ला प्रशासन कार्यालय,र्सलाही
स.प्र.जि.अ श्री कोषहरि निरौला जिल्ला प्रशासन कार्यालय,धनुषा सरुवा
उप सचिव श्री शम्भुप्रसाद घिमिरे गृह मन्त्रालयमा दरवन्दी ल्याउने सरुवा
प्र.जि.अ श्री कैलाशनाथ खरेल जिल्ला प्रशासन कार्यालय,संखुवासभा सरुवा
ब.अ.अ श्री कृष्ण श्याम बुढाथोकी अध्यागमन विभाग सरुवा
उप क्षेत्रीय प्रशासक श्री यज्ञराज बोहोरा क्षेत्रीय प्रशासन कार्यालय,दिपायल दरवन्दी राखी गृह मन्त्रालय काज सरुवा
प्र.जि.अ श्री वेदप्रसाद खरेल जिल्ला प्रशासन कार्यालय,हुम्ला पदस्थापन
उप सचिव श्री बावुराम भण्डारी गृह मन्त्रालय पदस्थापन
उप सचिव श्री कमल प्रसाद भट्टर्राई गृह मन्त्रालय काज पदस्थापना
प्र.जि.अ श्री सूर्यवहादुर खत्री जिल्ला प्रशासन कार्यालय,मुगु पदस्थापन
स.प्र.जि.अ श्री महेश भट्टर्राई जिल्ला प्रशासन कार्यालय,काभ्रेपलान्चोक पदस्थापन
स.प्र.जि.अ श्री भविश्वर पाण्डे जिल्ला प्रशासन कार्यालय,दांग पदस्थापन
स.प्र.जि.अ श्री भरतमणी पाण्डे जिल्ला प्रशासन कार्यालय,मकवानपुर पदस्थापन
स.प्र.जि.अ श्री किशोर कुमार चौधरी जिल्ला प्रशासन कार्यालय,सिरहा पदस्थापन
जेलर श्री तिर्थराज भट्टर्राई केन्द्रीय कारागार,जगन्नाथदेवल पदस्थापन
स.प्र.जि.अ श्री कमलराज ढकाल जिल्ला प्रशासन कार्यालय,कपिलवस्तु पदस्थापन
स.प्र.जि.अ श्री प्रेम प्रसाद लुइटेल जिल्ला प्रशासन कार्यालय,उदयपुर पदस्थापन
स.प्र.जि.अ श्री सागरमणी पाठक जिल्ला प्रशासन कार्यालय,ललितपुर काज पदस्थापना
स.प्र.जि.अ श्री हरि बहादुर प्याकुरेल जिल्ला प्रशासन कार्यालय,सुर्खेत पदस्थापन
स.प्र.जि.अ श्री चन्द्र बहादुर कार्की जिल्ला प्रशासन कार्यालय,वारा पदस्थापन
प्र.जि.अ श्री विष्णु कुमार कार्की जि.प्र.का.सिन्धुपाल्चोक आफ्नै दरवन्दीमा काज फिर्ता
प्र.जि.अ श्री लुकवहादुर क्षेत्री जिल्ला प्रशासन कार्यालय,प्युठान पदस्थापन
स.प्र.जि.अ श्री योगेन्द्र प्रसाद दुलाल जिल्ला प्रशासन कार्यालय,झापा पदस्थापन
प्र.जि.अ श्री गोविन्द प्रसाद रिजाल जिल्ला प्रशासन मन्त्रालय,जाजरकोट पदस्थापन
प्र.जि.अ श्री कृष्णप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय,रुकुम पदस्थापन
प्र.जि.अ श्री कविन्द्र नेपाल जिल्ला प्रशासन कार्यालय,गुल्मी काज पदस्थापना
उप सचिव श्री कुश्माकर ढकाल गृह मन्त्रालय पदस्थापन
स.प्र.जि.अ श्री लेखनाथ पोखरेल जिल्ला प्रशासन कार्यालय,सप्तरी सरुवा
उप सचिव श्री शिवप्रसाद नेपाल -क) गृह मन्त्रालय
उप सचिव विशेष राजेश पौडेलगृह मन्त्रालय काज फिर्ता
प्र.जि.अ श्री हरिराज पन्त जिल्ला प्रशासन कार्यालय, रौतहट

Read More......

Saturday, June 18, 2011

गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री स्वयम् ठूला गुन्डा भएको कांग्रेस नेता मनमोहन भट्टराईको भनाइ

0 comments

असार ४ भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले झलनाथ खनालको नेतृत्वको कामचलाउ सरकारले एकलौटी रुपमा बजेट ल्याउन नमिल्ने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजीत कार्यक्रममा महामन्त्री सिंहले कांग्रेस बजेट विरोधी नभएको भन्दै कामचलाउ भइसकेको सरकारले बजेट ल्याउन नमिल्ने बताउनुभयो । उहाँले दलबीच छिटो सहमति बनाई बजेट ल्याउनु सुझाव दिनुभएको छ ।

विगतमा सहमतीय सरकारको नाममा संविधान लेखन र शान्ति पक्रियाको सात महिना खेर गएको स्मरण गर्दै नेता सिंहले अहिले पनि त्यस्तै अवस्था दोहरिन नदिन चाडै सहमतीय सरकार गठन गरी शान्ती प्रक्रिया र संविधान लेखनमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

कांग्रेसका नेता मनमोहन भट्टराईले देशमा विधिको शासन भन्दा पनि गुन्डागर्दीको शासन चलिरहेको आरोप लगाउनुभएको छ । उहाँले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल यतिवेला अपराधका घटनाका वारेमा मुकदर्शक बनिरहेको बताउदै गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री खनाल स्वयम् ठूलो गुन्डा भएको आरोप लगाउनु भयो ।

Read More......

पार्टी निर्णय सबैले मान्नुपर्छ: उपाध्यक्ष डाक्टर भट्टराई

0 comments

असार ४ कास्की । दोहोरो सुरक्षा नहटाउने बैद्य पक्षधर नेताहरुको अडानका आएलगत्तै एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले असहमतिका बाबजुद पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनु भएको छ ।

पोखरा विमान स्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै भट्टराईले पार्टीका नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । पार्टीमा फरक मत राख्न र असहमति जनाउने अधिकार सबैलाई रहेको भन्दै उपाध्यक्ष भट्टराईले निर्णय भने सबैले मान्नुपर्ने बताउनुभयो ।

अहिलेकै सरकारले या सहमतिको सरकार बनेपछि बजेट ल्याउने भन्ने पार्टीहरुबीच छलफल भइरहेको भन्दै भट्टराईले सबै कुराको छिनोफानो सहमतिले नै टुंग्याउने बताउनुभएको छ ।

Read More......

अदालतले पर्शुरामलाई दोषी देखाएमा युवा संघबाट राजीनामा दिने:महेश बस्नेत

0 comments


असार ४,काठमाण्डौ 

युवा संघका अध्यक्ष महेश बस्नेतले अदालतले दोषि नदेखाएसम्म पर्शुराम बस्नेतलाई आफुले नबुझाउने चुनौती दिनुभएको छ । रफत संचार क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष बस्नेतले अदालतले पर्शुरामलाई दोषी देखाएमा आफुले युवा संघबाट समेत राजीनाम दिने घोषणा गर्नुभयो । घट्नामा संलग्न देखिएका दुईजनालाई पक्राउ गरी सक्दा पनि घट्नामा संलग्न नै नभएका पर्शुरामलाई दोषी देखाउन खोज्नु िसंगो युवा संघलाई दोषी देखाउन खोज्नु भएको उहाँको भनाई थियो ।

 यसबारेमा आफूले कुनै आन्दोलन गर्न नचाहेपनि सरकार तथा पत्रकार महासंघले घट्नालाई अतिरन्जित पारेको आरोप लगाउनुभयो । एक डिएसपी र पर्शुरामको फोन रेर्कडको न्यायिक आयोग गठन हुने तर खिलानाथको घट्नालाई किन नहुने भन्ने प्रश्न गर्दै उहाँले यो घटनालाई चर्काएर महेश बस्नेत र केपी ओलीलाई फसाउने षड्यन्त्र भैरहेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एव नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष भरतबन्धु थापाले पत्रकार कूटपिटमा सग्लनलाई कार्वही गर्नुपर्ने बताउनुभयो । 

Read More......

Friday, June 17, 2011

सुरक्षामा रहेका लडाकु र हतियार बुझाउँदैनौः सचिव गजुरेल

0 comments


३ असार काठमाडौ । 

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष प्रचण्डले भन्दैमा आफूहरुको सुरक्षामा रहेको लडाकु र हतियार  नबुझाउने स्पष्ट पारेका छन् । 

रिपोर्टस्र क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले पार्टीमा छलफल गरेर आधिकारीक रुपमा निर्णय नगरी गरिएको लडाकु र हतियार फिर्ता आफूरुलाई स्विकार नभएको बताउनुभयो । अध्यक्षलाई चाहना भयो फिर्ता गर्नुभयो उहाँको भनाई थियो । 

हामीलाई चित्त बुझेको छैन फिर्ता गरेका छैनौ । पार्टीले आधिकारीक रुपमा निर्णय नगरी फिर्ता गर्दैनौ । यसरी सुरक्षामा रहेका लडाकु र हतियार फिर्ता गर्नु भनेको निशस्त्रीकरणको सुरुवात भएको भन्दै उनले सेना समायोजन अगाडि नबढी हतियार बुझाउने कुरा हुनै नसक्ने ठोकुवा गर्नुभयो । पार्टी भित्र तिब्र अन्र्तद्धन्द्ध रहेको स्विकार गर्दै गजुरेलले अन्र्तद्धन्द्धलाई अन्त्य गर्न सहि विधी बनाउन नसके पार्टी फुटने चेतावनी पनि दिनुभयो । उहाँले राजनीतिक परिस्थिति र सिद्धान्त सार्वजनिक गर्ने नयाा विधी बनाए पार्टीलाई फुटबाट बचाउन सकिने धारणा समेत राख्नुभयो । 

यद्यपि उहाँले अन्र्तद्धन्द्ध समाधान गर्ने उपयूक्त विधी बनाएर पार्टीलाई फुट्न नदिने दावी पनि गर्नुभयो । पार्टीभित्रको अन्र्तद्धन्द्ध र बहसले शान्ति प्रकि्रयालाई कुनै असर नपार्ने भन्दै असार ५ गते भित्र शान्ति प्रकि्रयाका मुलभुत विषयमा सहमति बन्नै नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो -शान्ति प्रकि्रयाको सबैभन्दा महत्वपूर्ण विषय मोडालिटि हो । मोडालिटि बने शान्ति प्रकि्रया फटाफट अगाडि बढ्छ । पाँच गते भित्रमै हुनु  पर्छ भन्ने कुरा सम्भव छैन । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सुरक्षामा सेना परिचालन गर्ने प्रधानमन्त्रीको निर्णय प्रति आपत्ति प्रकट गर्दै गजुरेलले प्रधानमन्त्रीको निर्णय शान्ति सम्झौता विपरित भएको दावी गर्नुभयो । उहाँले- सेना परिचालन गर्ने निर्णय शान्ति सम्झौता र राष्ट्रिय स्वार्थ विपरित छ । 

उनले माथिल्लो कर्णाली आयोजनामा पुर्न सम्झौता गरेर राष्ट्रिय स्वार्थ अनुकुल बनाउनु पर्ने भन्दै कर्णालीबाट उत्पादीत विजुली सिधै भारत लैजार्ने र पानी सुरुङ बनाएर पानी भारत लाने कुरा राष्ट्रिय हित विपरित भएको बताउनुभयो । सहमतिको सरकारको नयाँ विकल्प विना प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिन नहुने भन्दै अहिले प्रधानमन्त्री को बन्ने भन्ने छलफलमा लागे शान्ति र संविधान निर्माण कार्य ओझेलमा पर्ने तर्क गर्नुभयो । यद्यपि उनले सहमतिको सरकार भने माओवादीको नेतृत्वमा बन्नु पर्ने दावी गर्नुभयो । 

Read More......

एमालेको झण्डा ओडेका अपराधिलाई निकाल्नुपर्छ:उपाध्यक्ष गौतम

0 comments



विराटनगर ३ असार । 

सत्तारुढ दल एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी झण्डाको खोल ओडेर अपराध गर्नेलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साचारकर्मीसंग कुरागर्दै उपाध्यक्ष गौतमले युवा संघमा केही समस्या रहेको बताउदै अपराध गर्नेहरु केही समय लुकेर बसेपनि सधै लुक्न नसक्ने बताउनुभयो । युवा संघका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आवस्यक ठानेर सोधपुछका लागि लगेपछि रिहाइ गर्दा बाहिर आउन नमान्नु गलत भएको भन्दै उहाँले बस्नेतले त्यस्तो गर्न नमिल्ने बताउनुभएको छ । अपराधि म संग छ भनेर कसैले भन्छ भने त्यो पनि अपराध रहेको बताउनुभएका गौतमले त्यस्तो अभिब्यक्तिदिनेलाई पनि कारबाही हुनुपर्ने बताउनुभयो ।
एमालेले अपराधिलाई संरक्षण नगरेको दाबी गर्नुभएका उपाध्यक्ष गौतमले अपराधिलाई कारबाही नगरे पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ । उहाँले पत्रकार खिलानाथ ढकाल माथि सांघातिक हमला गर्ने युवा संघका नेताहरुलाई कारबाहीका दायरामा ल्याउन गृह प्रशासनलाई सहयोग गरिरहेको समेत बताउनुभएको छ । पूर्व गृहमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष गौतमले विराटनगरस्थित अस्पतालमा उपचार गराईरहनुभएका पत्रकार खिलानाथ ढकाललाई भेटगर्नुभएको थियो ।

Read More......

Thursday, June 16, 2011

आजदेखि ११औं राष्ट्रिय जनगणना:कोही नछुटौं कोही नदोहोरिऔं

0 comments



असार ३,काठमाण्डौ

आजदेखि असार १३ गतेसम्म ११औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । केन्द्रीय तथ्यांक विभागले तय गरेको कोही नछुटौं कोही नदोहोरिऔं भन्ने नारासहित जनगणना हुन लागेको हो । हरेक १० वर्षमा गरिने जनगणना नेपालमा शुरु भएको एक शताब्दी पुगेको छ । यसवर्षको जनगणनामा विभिन्न तहका गरी करिब ४३ हजार कर्मचारीहरु खटिने विभागले जनाएको छ । जनगणनाको औपचारिक उद्घाटन अहिले केहीबेर ८ः३० मा राष्ट्रपति डा यादवको लगत लिएर गरिनेछ । त्यसका लागि तथ्यांक विभागका महानिर्देशकलगायतका कर्मचारीहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री परिवारको विवरण विभागका महानिर्देशक उत्तम नारायण मल्लले लिनुहुनेछ भने सुपरिवेक्षकको रुपमा सदस्य सचिव युवराज भुसाल रहनुहुने तय गरिएको छ । जनगणनाको लागि यसअघि जेठ १ गतेदेखि १८ गतेसम्म घरपरिवार सूचीकरणको काम सकिसकेको छ । यसपटकको जनगणनालाई लैंगिक समानता र समावेशीको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
यसैबीच जनगणनाको अवसरमा राष्ट्रपति प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । साथै उहाँहरुले जनगणनामा सहयोग पुर् याई सफल बनाउन पनि सबैलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा राष्ट्रपति डा रामवरण यादवले जनगणनाले हरेक व्यक्ति र समुदायलाईसमेत फाइदा पुग्ने भएकाले यसमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनालले पनि देश विकास र विकासका कार्यक्रमहरु तर्जुममा गर्न सहयोग पुग्ने भएकाले तथ्यांक विभागबाट खटाइएका गणकहरुले सोधेको प्रश्नको जवाफ दिएर जनगणनामा सहभागी हुन आग्रह गर्नुभयो ।

Read More......

पाँचबुँदे सहमति कार्यान्वयन गरी राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

0 comments

राजेन्द्र न्यौपाने काठमाडौं  असार २ ।
राष्ट्रपति डाक्टर रामवरण यादवले ५ बुँदे सहमति कार्यन्वयन गरी राष्ट्रिय सहमतिको वातावरण तयार पार्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न आज बिहान राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री खनाललाई राष्ट्रपति यादवले ५ बुँदे सहमतिको कार्यन्वयनका लागि सरकारले नै वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभएको हो । भेटमा मुलुकमा आर्थिक संकट आउन नदिन चाँडै बजेट ल्याउने बिषयमा पनि छलफल भएको प्रधानमन्त्री खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । झण्डै १ घण्टा भएको भेटवार्तामा ५ बुँदे सहमतिपछि बिकसित राजनीतिक घटनाक्रमको समीक्षा भएको थियो ।

Read More......

पार्टी फुट्ने हल्लामा मात्रै सिमितः एकीकृत माओवादी

0 comments

असार २  काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष मोहन बैद्य र डाक्टर बावुराम भट्टराईले पार्टी फुट्ने भन्ने हाल्ला,हल्लामा मात्रै सिमित रहेको बताएका छन् । उनिहरुले क्रान्तिबाट आएको पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन् । माओवादी नेता स्वर्गीय रितबहादुर खड्काको नवौं स्मृतिका अवसरमा आज रौतहटमा आयोजित कार्यक्रममा तीन र्शीष नेताहरुले माओवादी कुनै पनि हालतमा नफुट्ने बताउनुभएको हो । उनिहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले शहीदको सपना अनुसार क्रान्तिलाई पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले शान्ति र संविधानबारे जनतामा अनेक शंका उपशंका रहेको भन्दै जनचाहना अनुसार शान्ति र संविधान निर्माणका लागि सहयोग गर्ने बताउनु भयो ।
उपाध्यक्ष मोहन बैद्यले पार्टीभित्र भएका छलफल तथा विचार विमर्शलाई अन्यथा रुपमा सकारात्मक रुपमा नै लिनु पर्ने बताउनु भयो । पार्टीभित्र भएको छलफल शहीदहरुको सपना र जनताको आकांक्षा कसरी पुरा गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । उहाँले पार्टी भित्रको बहस र छलफल लाई फुटको रुपमा बुझ्न नहुने बताउनु भएको छ । उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले क्रान्तिकारी पार्टीमा छलफल र विचार विमर्श हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले पार्टीभित्र भएको छलफललाई केहि तत्वले फुटको संज्ञा दिएको भन्दै पार्टीलाई एक बनाएर लैजाने बताउनु भयो ।

Read More......

कारबाही गर

0 comments

असार २ काठमाडौं । संचारमाध्यमका समाचार प्रमुखहरुले पत्रकारको सुरक्षाप्रति राज्य गम्भीर नभएकोमा चिन्ता व्यक्त गरेका छन । नेपाल पत्रकार महासंघले आज राजधानीमा गरेको कार्यक्रममा उनिहरुले पत्रकार सुरक्षित नभए स्वतन्त्र पत्रकारिता हुन नसक्ने बताएका हुन् । उनीहरुले कार्यक्षेत्रमा
खटिएका पत्रकारहरुलाई सुरक्षाको पत्याभूति गराउन जरुरी रहेकोमा जोड दिएका छन् ।

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने व्यक्तिलाई राज्यले कानूनी दायरामा नल्याउँदा विराटनगर र त्यस क्षेत्रका पत्रकारको मनोबल खस्केको नागरिक दैनिकका सम्पादक नारायण वाग्लेले बताउनुभयो । उहाँले अहिलेको आन्दोलन प्रेस स्वतन्त्रतका लागि मात्रै नभए कानूनी राज्यको लागि पनि रहेको बताउनुभयो । रिपब्लिकाका सम्पादक अमित ढकालले विराटनगर घटनाका सम्बन्धममा प्रधानमन्त्रीमाथि दोहरो जिम्मेवारी रहेपनि कुनै पनि उहाँले पूरा गर्न नसकेको बताउनुभयो ।

कारोवार दैनिकका सम्पादक प्रतिक प्रधानले पत्रकारले आफ्नो गल्ती, कमी, कमजोरी तर्फ पनि हेर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले एमालेको भातृसंगठनले गरेको अपराधको जिम्मेवारी लिएर कारबाहीमा सहयोग गर्न आग्रह गरेका थिए ।

Read More......

विराटनगरमा तनाव, सुरक्षा व्यवस्था कडा

0 comments



प्रतिक्षा वान्तावा,असार २,धरान ।

सम्भावित झडपको खतरालाई नियन्त्रण गर्न विराटनगरमा आज सुरक्षाव्यवस्था कडा पारिएको छ । पत्रकार महासंघको जारी आन्दोलनलाई लक्षित गरी युवासंघले विराटनगरमा तय गरेको प्रतिकार सभाको क्रममा झडप हुन नदिन भन्दै  आज सुरक्षा व्यावस्था कडा पारिएको हो । विराटनगरको काचनबारीदेखि दक्षिण रोडशेष चोक र सिङ्गिया खोलादेखि पश्चिम नहरसम्मको क्षेत्रमा १० घण्टे आदेश जारी गरेको छ भने विभिन्न स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार विहान ८ वजेदेखि जारी गरिएको निषेधाज्ञा  ६ बजेसम्म कायम हुने प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले जनाउनु भएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हिडडुल गर्न सभा जुलुस र धर्ना गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । केही दिन अघिदेखि नै संघले नगरमा पर्चा छयाप्छयाप्ती पारेर सभाको प्रचार गरे पनि सभास्थल तोकिएको थिएन ।  
जेठ २२ गते विराटनगरका पत्रकार खिनानाथ ढकालमाथि युवासंघका विराटनगर उपाध्यक्ष परशुराम वस्नेतको निर्देशनमा सांघातिक आक्रमण भएको भन्दै युवासंघ मोरङ संयोजक पर्शुराम बस्नेत युवा संघ नगर संयोजक रोहित कोइराला र मनोज राईविरुद्ध पत्रकार महासंघ मोरङ शाखाले ज्यान मार्ने उद्योगमा कारवाहीका लागि उजुरी दर्ता गराएको थियो । प्रहरीले कोइराला र राईलाई पक्राउ गरिसकेको छ । बस्नेत  पक्राउ परेका छैनन् । पत्रकार महासंघले सबैलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै दबाबमूलक आन्दोलन गर्दैआएको छ । महासंघ केन्द्रिय समितिको आह्वानमा केही दिनयता देशभर विरोध प्रदर्शन भइरहेको छ ।

Read More......

Wednesday, June 15, 2011

घाईते लडाकुलाई राहत वितरण

0 comments

यम चौलागाई असार १ सिन्धुली । सिन्धुलीमा रहेको जनमुक्ति सेनाको दोस्रो डिभिजनका घाइते लडाकुहरुलाई बुधबार राहत बितरण गरिएको छ । डिभिजन मुख्यालय र त्यस अन्र्तगतका तीनवटा सहायक शिविरका ११ जना घाइते लडाकुहरुलाइ रानीवासमा रहेको सोलुसल्लेरी सहायक शिविरमा एक कार्यक्रमको आयोजना गरि राहत बितरण गरिएको हो ।

स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट प्राप्त रकम घाइते लडाकुहरुलाइ बितरण गरेका हुन् । घाइतेको अवस्था हेरी दुइजना लडाकुलाइ एक–एक लाख र बा“की ९ जनालाइ ४० हजारका दरले राहत रकम बितरण गरिएको छ । एकलाख राहत पाउनेमा कल्पबृक्ष गाविस १ का रामकुमार वम्जन र कपिलाकोट गाविस ४ का मइतेसिंह थिङ रहेका छन् ।

त्यस्तै ४० हजार पाउने घाइते लडाकुहरुमा महादेवस्थान ७ का दिपकराज खड्का, कपिलाकोट २ की हस्तमा“या मुक्तान, पुरानो झा“गाझोली ३ का विष्णुबहादुर विशुंके, डाडीगुरासे ५ का केशवप्रसाद दाहाल, जिनाखु ४ का नारायणबहादुर खत्री, क्यानेश्वर ६ का ज्ञानबहादुर राउत, अरुणठाकुर ४ की वच्चु
गोले, कपिलाकोट ९ की भेषकुमारी गधौली र कमलामाइ नगरपालिका १३ का ऐमान थिङ रहेका छन् । राहत बितरण कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले आफु सेना र प्रहरीको मात्र नभएर जनमुक्ति सेनाको पनि सिडिओ भएको बताए । उनले भने,‘अब केही समयमै जनमुक्ति सेना समेत राज्यका सेना,प्रहरीसग समाहित हुने भएकाले म जनमुक्ति सेनाको पनि सिडिओहु ।’
राहत बितरण शुरुवात भएकोले राज्यले संझना मात्र गरेको भन्दै प्रजिअ भण्डारीले सकारत्मकरुपमा ग्रहण गरि दिन घाइते लडाकुहरुलाइ आग्रह गरेका थिए । यो शुरुवात हो अन्त्य होइन्,घाइते लडाकुहरुले त्यहिरुपमा ग्रहण गर्नु पर्छ, प्रजिअ भण्डारीले भने,‘ राहतकै लागि यूद्ध लडेको पक्कै होइन्, यो राज्यको संझना हो ।’ राहत बितरण कार्यक्रममा राजनीतिक दलका नेताहरुले घाइते, अपाङ्गको बिबरण स्थानीय शान्ति समितिबाट शिफारिस भए बमोजिम केन्द्रले नगरेर मनलागी गरेकोमा चित्त
दुखाएका छन् । एकिकृत माओवादीका जिल्ला सह–इन्चार्ज दिर्घराज श्रेष्ठले घाइतेको अवस्था हेरी कम्तिमा ६० प्रतिशत राखिदिनुपर्नेमा जिल्लाले शिफारिस गरेको कार्यान्वयन नगरी २० देखि ३५ प्रतिशत कायम गरिदिएको भन्दै खिन्नता प्रकट गरे । स्थानीय शान्ति समितिका पुर्व संयोजक समेत रहेका श्रेष्ठले घाइतेको मापन प्रकृया स्थानीय शान्ति समितिबाट शिफारिस भए बमाजिम नै केन्द्रले गरि राहत उपलव्ध गराउन पर्नेमा जिकिर गरे । माओवादीकै अर्का सह–इन्चार्ज राजन दाहालले यूद्धमा परि घाइते भएकाहरुलाइ जिविकोपार्जन हुने गरि राहत दिनपर्ने उल्लेख गरे ।
शान्ति समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता उज्ज्वल बरालले द्धन्दकालको तिक्ततालाइ मित्रतामा परिणत गर्न लडाकुको शिविर भित्रै पुगेर राहत बितरण गरिएको बताए । लडाकु विशेष समितिको मातहतमा आइसकेकाले अब कानुनी राज्यको पालनामा ध्यान दिनुपर्ने उनले जनाए । देशमा शान्ति भएमा समृद्ध नेपाल हुने र शान्ति प्रकृया असफल भएमा राष्ट्र नै असफल हुने भन्दै संयोजक बरालले द्धन्दको समयमा चपेटामा परेका सबैपक्षलाइ राहत दिलाउन स्थानीय शान्ति समिति सदैव क्रियाशिल रहने वचनबद्धता प्रकट गरे । एमाले सचिव प्रल्लाद पोखरेलले घाइतेको वर्गिकरण नमिलेको भन्दै शरिरको कुनै पनि अंग द्धन्दमा परि गुमाउनेलाइ एउटा अंगको क्षति नभनेर पुरै अपाङ्गमा दर्ज गरिनुपर्ने बताए ।

उनले स्थानीय शान्ति समितिले गरेको शिफारिस लत्याएर केन्द्रले अर्कै गर्ने परम्पराले गर्दा समस्या उत्पन्न भएको बताए । २ नं डिभिजन मुख्यालका डिभिजन सहायक कमाण्डर मुख्यालय अन्र्तगत सवै शिविरमा ९१ जना घाइते लडाकु रहेको बताए । उनले राहत रकम थोरै भएपनि सकारात्मक सन्देश जाने जनाए ।

Read More......

Tuesday, June 14, 2011

आर्थिक कारोवार पारदर्शी नहुदा पाटि फुट्ने खतराः माओवादी नेता कार्की

0 comments


जेठ ३१,काठमाण्डौ

एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले पार्टीभित्र लामो समयदेखि पार्टीमा निर्वाचित नेतृत्व नहुनु र पार्टीको आर्थिक कारोबार पारदर्शी नहुनुले पार्टीमा ठूलो विष्फोटको खतरा ल्याएको दाबी गर्नुभएको छ । पछिल्लो समयमा देखिएको बैचारिक संघर्ष स्वभाविक भए पनि त्यसलाई राम्ररी सुल्झाउन नसके नसके पार्टी फुटमा जाने दाबी गर्दैॆ २० वर्षदेखि महाधिवेशन नहुँदा र आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीभित्र विचलन आएको कार्कीको भनाइ छ । 
रिपोटस्र क्लबले आज काठमाण्डूमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो निर्वाचित नेतृत्व हुने हो र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टीमा देखिएका सबै वैचारिक संघर्षको व्यवस्थापन हुने तर्क गर्नुभयो । उहाँले थप्नुभयो २० वर्षदेखि निर्वाचन भएको छैन । कसको हैसियत के भन्ने थाहा छैन । आर्थिक कारोवारहरु सबै अपारदर्शी छ । त्यसैले पार्टीभित्र असन्तुष्टि बढेर गएको हो । कार्कीले तत्काल जिल्ला अधिवेशनहरु सुरु गर्नुपर्ने पनि बताउनुभयो । अर्को एक प्रसंगमा एक साताभित्र सहमतिको सरकार बन्न नसके शान्ति प्रकि्रया र संविधान निर्माण फेरि पनि निष्कस्रमा पुग्न नसक्ने दावी गर्नुभयो ।

Read More......

Sunday, June 12, 2011

व्यवस्थापिका संसदको बैठक अपरान्ह ३ बजे बस्ने

0 comments

कुल तामाङ जेठ ३० काठमाडौं। व्यवस्थापिका संसदको बैठक आज अपरान्ह ३ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ। ३ बजे बस्ने बैठकमा कानुनसम्बन्धी विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ। यस्तै मुख्य ३ दलबीच जेठ १४ गते भएको ५ बुँदे सहमति कार्यान्वयन भए/नभएको अनुगमनका लागि गठन गर्ने भनिएको संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ। राजनीतिक सहमति कार्यान्वयन भए/नभएको अनुगमन गर्न सभामुख सुवास नेम्वाङले संसदीय अनुगमन समिति गठनको प्रस्ताव गरे


का थिए।

Read More......

अध्यक्ष प्रचण्डका बाहेक कसैको लाईनको कुनै अर्थ छैनः प्रभाकर

0 comments

 जेठ २९ काठमाडौ । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्माले बहुमतले पारित अध्यक्ष प्रचण्डको शान्ति र संविधानको लाईन बाहेक कुनै पनि लाईन र धार अर्थहिन रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले उपाध्यक्ष मोहन बैद्यको नामबाट सार्वजनिक भएका १८ बुँदे असहमति पार्टीभित्र दर्ता नभएको र त्यसको कुनै अर्थ पनि नभएको बताउनुभयो । उहाँले पार्टीभित्र उपाध्यक्ष द्धय मोहन बैद्य र बाबुराम भट्टराईको केही सुझाव रहे पनि शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउने र संविधान लेख्ने विषयमा कुनै असहमति नरहेको बताउनुभयो । कांग्रेसका नेता रमेश लेखकले विशेष समितिले असार ५ गतेभित्र शान्ति प्रक्रियाका सबै विषयमा सहमति जुटाएर शान्ति प्रक्रियाको खाँका ल्याउने पर्ने भन्दै त्यस्तो हुन नसके प्रधानमन्त्री र माओवादी अध्यक्षले असार ६ गते त्यसको जवाफ दिनु पर्ने बताउनुभयो । उहाँले कार्यतालिका बनाउनु र केही काम अगाडि बढाउनु सकारात्मक भए पनि त्यो
प्रयाप्त नभएको भन्दै समायोजन र हतियार राज्यलाई बुझाउने कुराको सुनिश्चित गरिनु पर्ने बताउनुभएको छ ।

Read More......

कांग्रेस सभापतिहरुको भेला धुलिखेलमा जारी

0 comments


दीपक धिताल जेठ २९ धुलिखेल ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले पार्टीको विधान संसोधन र संविधानसभाको थपिएको ३ महिना सकिएपछि के गर्ने भन्नेमा प्रष्ट रणनीति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । काभ्रेको धुलिखेलमा हिजोदेखि जारी भेलामा अहिलेसम्म ५६ जिल्लाका सभापतिहरुले बोलेका छन् । छलफलमा शान्त्ति प्रक्रिया, संविधान निर्माण, संगठन परिचालनको बारेमा सभापतिहरुले आफ्नो धारणा राखिसकेपछि उनीहरुको जिज्ञासामा शीर्ष नेताहरुले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच पार्टीको विधान संसोधनको लागि जिल्ला सभापतिहरुले केन्द्रिय सभापति सुशील कोइरालालाई भेटेर लिखित रुपमा आफ्नो धारणा राख्ने बताइएको छ । काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला धुलिखेल घोषणा पत्र जारी गर्दै आजै सकिने छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae