वैशाख २४ काठमाडौं। शैक्षिक सत्र सुरु भएको महिना बितिसक्दा समेत पाठ्य पुस्तक बजारमा अभाव भइरहेका बेला शिक्षामन्त्री गंगालाल तुलाधरले जनशिक्षा सामाग्री केन्द्रमा भइरहेको राजनीतिक हस्तक्षेपका कारण ढिलाई भएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नुभएको छ ।
शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री तुलाधरले बजारमा भएको पाठय पुस्तक अभाव जनशिक्षा सामाग्री केन्द्रका कारण ढिलाइ भइरहेको बताउँदै आफनो जिम्मेवारीबाट पछि हटनु भएको हो । बजारमा समयमा पाठय पुस्तक नपुग्नु आफनो कुनै गल्ती नभएको र यसमा जनशिक्षा सामाग्री केन्द्र नै प्रमुख जिम्मेवार भएको मन्त्री तुलाधरको भनाई थियो ।
मन्त्री तुलाधरले आफु मन्त्री बनेदेखि नै जनशिक्षा सामाग्री केन्द्रबाट असयोग गरेको भन्दै बढ्दो राजनिति हस्तक्षेपका कारण आफुले केही गर्न सकेको बताउनुभयो । पाठय पुस्तक अभाव हुनुमा राज्यको तर्फबाट कुनै कमी कमजोरी भए त्यसका लागि आफु सजाय भोग्न तयार उहाँको भनाई थियो ।
उहाँले आफुलाई असहयोग गर्न बजारमा कृतम पाठय पुस्तक अभाव सृजना गराएको पनि आरोप थियो । माग बमोजिम पाठय पुस्तक छपाई नगरि जनक शिक्षा सामाग्री केन्द्रले आवश्यकता भन्दा निकै कम पाठय पुस्तक ल्याएका कारण अभाव भएको शिक्षामन्त्री तुलाधरले स्पष्ट पार्नुभयो ।
0 comments:
Post a Comment