Sahara Sansar

Showing posts with label शिक्षा. Show all posts
Showing posts with label शिक्षा. Show all posts

Saturday, June 4, 2011

स्कुल जाउ अभियानमा अखिल क्रान्तिकारी

0 comments

बिशाल बिक
 जेठ २१ मुस्ताङ।बिद्यालय नगएका वालवालिकालाई बिद्यालय ल्याउन अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले मुस्ताङमा स्कुल जाउ अभियान सचालन गरेको छ ।

सम्पुर्ण जनताका छोरा छोरीले समान शिक्षा पाउनु पर्ने र त्यसको दायीत्व राज्यले लिनु पर्ने उदधोष गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य पुरन केसीको नेतृत्वमा अभियान सचालित भएको छ । अभियानका क्रममा बैज्ञानिक तथा जनवादी शिक्षा प्राप्तिका लागि अखिल क्रान्तिकारीले खेलेको भुमिकाको बिषयमा प्रशिक्षण दिइएको अखिल क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिकले जानकारी दिनु भयो ।  

उमेर पुगेर पनि  बिद्यालय नगएका बिद्यार्थीलाई स्कुल जाउ अभियानमा अखिल  क्रान्तिकारीले तिब्रता  दिदै राज्यको पुनसंरचना सगै शैक्षिक पुनसंरचना हुनपर्ने अभियानका क्रममा बताइएको थियो ।

गत जेष्ठ १६ गते देखि  बिद्यालय जाने उमेरका बालवालिकालाई बिद्यालय आउन पे्रेरित गर्ने खालका कार्यक्रम, शिक्षक बिद्यार्थी अन्र्तक्रीया, सगठन निमार्ण लगायतका कार्यक्रम गदै अभियान थलिएको हो ।

अभियानका क्रममा करिव ३ सय ९० जनालाई क्रान्तीकारीको सदस्यता मुस्ताङमा बितरण गरिएको   जानकारी दिनु भयो । क्रान्तिकारी मुस्ताङका अध्यक्ष बिशाल बिक, सचिब शिवानि ल्वागन, पृथ्वी नारायण बहुमुखी क्याम्पसका सचिव शकर गिरी, सहसचिब प्रबिणा अधिकारी, कोषाध्याक्ष नारायण गिरी लगायत अभियानमा सहभागि रहेका छन ।

अभियानका क्रममा जनता निमाबि घासामा निरज छन्त्यालको अध्यक्षतामा १५ सदस्यिय, धौलागिरि प्राबिधिक शिक्षालय लेतेमा बिरेन्द्र ओलीको अध्यक्षतामा १३ सदस्यिय, जनआदश माबि कोवाङमा एलिना पुन मगरकोे अध्यक्षतामा ३३ सदस्यिय र योगेन्द्र उच्चमाबि टुकुचेमा किसान बिकको अध्याक्षतामा ४५ सदस्यिय, जनशान्तिमाबि कागबेनीमा सोनम सम्टुक गुरुङको अध्यक्षतामा ४० सदस्यिय कार्यसमिति बनाइएको अखिल क्रान्तीकारी जिल्लाकार्यसमितिकी सचिब सिवानि ल्वागनले जानकारी दिनु भयो ।

टोलीले मार्फा, जोमसोम र छोसेरका बिद्यालयमा स्कुल जाउ अभियानका साथ जाने तयारी क्रमीक रुपमा अगाडी बढाई रहेको छ ।

Read More......

Friday, June 3, 2011

गोरखा क्याम्पसमा विद्यार्थीहरु घटे

0 comments

राजेन्द्र न्यौपाने
 जेठ २० गोरखा।जिल्लामा रहेको एक मात्र त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा विगत वर्षहरुको तुलनामा यो वर्ष विद्यार्थीसंख्यामा पचास प्रतिशत कम भएको छ ।प्रमाण पत्र तह फेज आउट भएपछि विद्यार्थी संख्यामा कमि भएको हो । जिल्लाका ग्ामिण क्षेत्रबाट निम्न स्तरका विद्यार्थीहरु यस क्याम्पसमा अध्ययनका लागि आउने गर्दछन् ।

विगतका वर्षहरुमा १६५० सम्म विद्यार्थीहरु अध्ययन गरेको गोरखा क्याम्पसमा यो वर्ष ८५० मात्र रहेको क्याम्पस प्रमुख डा. लेखनाथ शर्माले बताउनुभयो ।शिक्षा शास्त्र संकाय मात्र रहेको गोरखा क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्यापन हुने गर्दछ । छात्र विद्यार्थीको तुलनामा छात्राको संख्या ७८ प्रतिशत रहेको छ । जनजाति १४ प्रतिशत दलित ०.२ प्रतिशत रहेको क्याम्पस प्रमुख डा.शर्माले बताउनुभयो ।

निम्न स्तरका विद्यार्थीहरु धेरै आउने गरेको भएपनि फि भने क्याम्पसले बाध्य भएर धेरै नै लिने गरेको उहाँको भनाई छ । प्रमाणपत्र तहमा ६० जना र स्नातक तहमा ४० जनाको कोटा भएपनि क्याम्पसले धेरैलाई अध्यापन गराउँदै आएको छ ।

स्नातकोत्तर तहको कक्षा भने प्राइभेटबाट सञ्चालन गरिएको छ । शिक्षा संकाय अन्तर्गत गणित, अंग्रेजी, नेपाली र पाठ्यक्रमको यस क्याम्पसमा अध्यापन हुने गर्दछ । मुलुकका अधिकाँश क्याम्पसहरु मध्ये गोरखा क्याम्पसको शिक्षा प्रणाली परिक्षा प्रणाली , विद्यार्थी अनुशासनमा त्रि.वि.ले अहिलेसम्म सबै भन्दा उत्कृष्ट मान्दै आएको छ । 

Read More......

Monday, May 30, 2011

विद्यालयलाई ८ लाख भन्दा बढी रकम संकलन

0 comments

एम चौलागाईं
 जेठ १६ सिन्धुली। सिन्धुलीको रानीचुरी ७ बेशारेबेशीमा रहेको कुण्डेश्वरी माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय संचालन गनेर् उद्धेश्यले संचालन गरिएको् श्रीमद् भागवतमा आठलाख भन्दा बढी रकम संकलन भएको छ । भागवतमा सबैभन्दा बढी रकम सिन्धुली गढी जागरण समुह ले पचासहजार रकम प्रदान गरेको थियो । 

यसैगरी व्यक्तगत तर्फ भिमस्थान ६ का विष्णु राउतले तीस हजार, रानीचुरीका पवित्रा बस्यालले २६ हजार,जंग बहादुर बरालले २५ हजार कुमार बरालले १६ हजार १ सय, अम्विका श्रेष्ठले १६ हजार,नरेश दाहालले १५ हजार १५०, र शिक्षक मदन काफ्लेले १५ हजार रकम प्रदान गर्नु भएको थियो ।  भागवतमा ५ हजार भन्दा बढी रकम ८० जना महानुभावले प्रदान गर्नु भएको थियो भने २ सय भन्दा बढी महानुभाव एक हजारसय भन्दा बढी रकम प्रदान गरेको बताइएको छ । यस्तै विद्यालयका शिक्षकहरुले पनि एक महिनाको तलब दिने घोषणा गरेको शिक्षक मदन काफ्लेले जानकारी दिनुभयो । 

जेठ सात गतेदेखि आज सम्म संचालन भएको भागवतको युवा पंडित देवी प्रसाद बरालले काथा वाचन गर्नु भएको थियो ।

Read More......

Saturday, May 14, 2011

प्राध्यापक संगठन गोरखामा देवकोटा

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख ३१ गोरखा । नेपाल राष्ट्रिय प्राध्यापक संगठन गोरखाको प्रथम भेलाले कलम देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसका अन्य सदस्यहरुमा उपाध्यक्षमा पवनरमण खनाल, सचिव ठाकुर खनाल, सह सचिवमा अञ्जु ढुंगाना, कोषाध्यक्ष सुसिल अर्याल, सदस्यहरुमा अशोकभक्त उपाध्याय, ओजराज गिरी, कविराज श्रेष्ठ रहनुभएको छ । बाँकी सदस्यहरुपछि थप गरिने नव निर्वाचित समितिका एक सदस्यले जानकारी दिनुभयो ।

प्राध्यापक संगठनका केन्द्रीय सदस्य सितारामन्यौपानेले प्राध्यापकहरुको हकहितको सुरक्षा र गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा प्राध्यापक संघ कहिल्यै पछि नपर्ने बताउनुभयो । कार्यक्रममा गोरखा क्याम्पसका क्याम्पस प्रमुख डा. लेखनाथ शर्मा, द्रव्यशाह बहुमुखि क्याम्पसका प्रमुख दिलिप देवकोटा, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका गोरखा जिल्ला संयोजक ध्रुव भट्ट लगायतले मन्त्व्य राख्नुभएको थियो ।

होटल हिमालयनका सभाहलमा भएको प्रथम भेलाले नयाँ नेतृत्वको चयन गरेको हो । कार्यक्रम तमुवान राज्य समितिका सह सचिव गौरी पोखरेलको अध्यक्षतामा र तमुवान राज्य समितिका सदस्य हरीमाया पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो । 


Read More......

Tuesday, May 3, 2011

मुस्ताङमा नमुना पुस्तकालय

0 comments

चन्द्रश्वर बस्ताकोटी
 बैशाख २० जोमसोम । तल्लो मुस्ताङको टुकुचेमा २००८ सालमा स्थापना गरिएको थाक पुस्तकालय जिल्लाकै नमुना पुस्तकालयको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । गाउँका नागरिकहरुलाई शिक्षित गराउने उदेश्यले राणाकालिन अवस्थामा स्थापना गरेको यो पुस्तकालय प्रति मुस्ताङका बासिन्दा आर्कषित हुन थालेपछि अहिले दैनिक १ सयको हारहारीमा पाठक अध्यायन गर्न आउने गरेका छन् ।

पुस्तकालयको चर्चा देश तथा विदेशमा समेत हुन थालेपछि रिड नेपालले समेत केही आर्थिक सहयोग गरेपछि स्थानियबासिन्दामा निकै उत्साह छाएको थियो । अहिले रिड नेपालले नेपालमा सञ्चालन गरेका पुस्तकालय मध्ये यो नमुना नै भयो र पुरस्कार समेत ल्याउन सफल भयो ।

पुस्तकालयको अहिले करिब २४ लाख नगद मौजात रहेको छ भने पाठकको चाप संगै अहिले ७ हजार दुई सय भन्दा बढि विभिन्न विधाका पुस्तकहरू राखिएको छ । यो बर्ष मात्र करिव १ लाख ६० हजारको लगानी गरि नयाँ पुस्तक ल्याइएको बिगत १८ बर्ष देखि निरन्तर पुस्तकालयका अध्यक्ष रहेका इन्द्रबहादुर तुलाचनले जानकारी दिनुभयो ।

पुस्तकालयले अहिले राम्रो आम्दानी गर्न सफल भएपछि  स्थानिय योगेन्द्र उच्च मावि, गाउँमा रहेका सामाजिक संस्थाहरुलाई आर्थिक सहयोगका साथै प्रत्येक बर्ष स्रस्ताहरुलाई सम्मान समेत गर्ने गरेको छ । आफ्नै तिनतले भवनको पुस्तकालयमा बाल कक्ष, फोन, फ्याक्स, इमेल, इन्टरनेटका साथै जिल्लाका पुराना बस्तुहरु समेत राखिएको छ ।

३५ जिल्लामा ४५ बटा पुस्तकालयलाई सहयोग गदै आईरहेकोे रिड नेपालको सक्रियतामा पछिल्ला केही बर्षमा मुस्ताङको टुकुचे, जोमसोम र लोमान्थाङमा स्थापना भएको पुस्तकालयका साथै नेपालभरीमा उत्कृष्ट पुस्तकालय हुन सफल भएपछि विदेशी सहयोगीले यो पुस्तकालयको अवलोकन गर्न गरेकाछन ।

Read More......

Tuesday, April 26, 2011

पुस्तक वितरण सपन्न

0 comments

संगम तिवारी 
 वैशाख १३ गोरखा । गोरखा मिलन समाज पोखराको आयोजनामा मंगलवार जलकन्या देवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवितृ तथा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा मिलन समाजका अध्यक्ष राम वहादुर वयलकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा पिएन क्याक्पसका सहायक प्राध्यापक अर्जुन वहादुर भण्डारी, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष ऋषिराम भट्टराई, विद्यालयका प्रधानाध्यापक राजिव गुरुङ, सेरा देवी सामुदायिक वन उपभोक्ता महासंघका सचिव उत्तम कुमार श्रेष्ठ, विद्यालयका अभिभावक शिला थापा, खोप्लाङ स्वास्थ्यका प्रमुख भरत राज पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा कक्षा प्रथम, द्धितिय, तृतीय हुनेलाई लाईं पुरस्कार वितरण वितरण गरिएको थियो । खोप्लाङ गाविसका वडा नं ७ मा अवस्थित यो ठाउँमा कुनै पनि विद्यालय नभएको र नजिकको विद्यालय पुग्न करिव १ घण्टाको समय लाग्ने भएकाले यस विद्यालय खोल्न परेको विद्यालयका प्राधानाध्यापक राजिव गुरुङले वताउनुभयो ।

२०६६ साल पौष २२ गते स्थानिय गाउँलेहरुको भेलाले यस विद्यायल खोलको र यस विद्यालयमा अंग्रेजी माध्यममा कक्षा नर्सरी,युकेजी र कक्षा १ सम्म पढाई हुँदै आएको र ३९ जना विद्यार्थी रहेको जनाएको छ ।

१ वर्षको कार्यकाल पुरा गरेको यस विद्यालय सन्दिप गुरुङ ९७.०५ प्रतिशत अंक ल्याई स्कुल प्रथम वनेका छन् । यस्तै विद्यालयका दिक्षान्त थापा यस वर्षका विद्यालय अनुशासित वनको जनाईएको छ ।

दलित, जनजातिको वसोवास रहेको यो गाउँमा स्कुल नभएको कारण अंग्रेजी माध्यमको विद्यालय निर्माण गरिएको छ । यस विद्यालय करिव ४ लाख रुपैयाँको लागनीमा निर्माण गरिएको र यहाँका विद्याथीहरु निम्न स्तरका भएका कारण एकता प्रकाशनका करिव २ हजार वरावरको पुस्तक विद्यालयमा अध्ययन रथ सवै ३९ जनालाई मंगलवारनै गोरखा मिलन समाजका अध्यक्ष राम वहादुर वयलकोटीले वितरण गर्नूभएको हो ।

Read More......

Wednesday, April 20, 2011

गोरखामा अंग्रेजी भाषाको तालिम

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख ७ गोरखा, । अंग्रेजी  भाषा शिक्षण समुह र अमेरीकन राजदुतावासको आयोजनामा मंगलवार गोरखाको जिल्ला विकास समितिको सभा हलमा अंग्रेजी भाषा सिक्ने कार्यक्रमको औपचारिक शुरुवात गरिृएको छ । नेपालको ३ जिल्ला काठमाण्डौ, भैरवा र गोरखा जिल्लामा यस कार्यक्रम लागु भएको छ । 

नेपाल भरका १२० जना मध्ये गोरखा जिल्लावाट ४० जन विद्यार्थी यस तालिमा सहभागी रहेको जनाईएको छ । गोरखा जिल्लाका नगरपालिका वरपरका शक्ति उच्च मावि, महेन्द्र ज्योति उच्च मावि, महालक्ष्मी उच्च मावि, नवज्योति मावि , सरस्वती मावि , वालमन्दिर निमावि र डुम्रीडाँडा निमावि का विद्यार्थीहरु विद्यालयका पहँुचवाट वाहिर जानवाट वञ्चित विद्यार्थी रहेका छन् ।

कार्यक्रममा अंग्रजी भाषा शिक्षण समुह गोरखाकी अध्यक्ष हरि मायाँ शर्मा, अंग्रेजी भाषा शिक्षण समुह केन्द्रिय उपाध्यक्ष मायाँ राई, अमेरिकन राजदुतावासका प्रतिनिधि अमेण्डा, फार्ईफ म्यान्टन प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।

गोरखा जिल्लामा उपेन्द्र वावु ढकाल, लक्ष्मण वावु आचार्य, केदार मणी अर्याल र कमल राज देवकोटाले गोरखाका ४० जना ८ कक्षा उर्तिण विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षक छनौट हुनुभएको थियो । उहाँहरुलाई आज नै प्रमाणपत्र प्रदान गरिएको थियो । 

Read More......

Monday, April 18, 2011

चितवनमा विद्यालय भर्ना अभियान शुरु

0 comments

बैशाख ६ चितवन। चितवनमा अझै साँढे ४ प्रतिशत वालवालिका स्कुल वाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी ५ हजार ९६ विद्यार्थी विद्यालय वाहिर रहेको जनाएको छ । चितवनमा एक लाख ९ हजार ४ सय १२ विद्यार्थी विद्यालय तहमा अध्ययन गर्दै छन् ।

 विद्यालय वाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण गराउन विद्यालय भर्ना अभियान शुरु गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी गोपाल कृष्ण पौडेलले वताउनु भयो । उहाँले विद्यालय वाहिर हुने वालवालिकाहरु ग्रामिण पहाडी क्षेत्रका जनजाती तथा आदिवासी रहेका पनि कार्यक्रममा जानकारी दिनु भयो । 

विद्यार्थी भर्ना अभियान अन्र्तगत वैशाख १४ गते सम्म विद्यालयमा आउने विद्यार्थीको भर्ना गरिने, वैशाख १५ गतेबाट स्कुल नआएका वालवालिकाको खोजी अभियान गरेर विद्यालयमा भर्ना गरिने पनि पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।



Read More......

Saturday, April 16, 2011

सामुदायिक विद्यालयमा कम्प्युटर कोर्ष

0 comments

राजेन्द्र न्यौपाने
 वैशाख ४  गोरखा । जिल्लाको गोरखा नगरपालिका वडा नं. ७ मा अवस्थित सामुदायिक विद्यालय सरस्वती उच्च माध्यमिक विद्यालय आहाले गोरखाले कम्प्युटर कोर्षको कक्षा थालनी गर्नेभएको छ ।विद्यालय व्यवस्थापन समितिको चैत २८ गते बसेको बैठकले आधुनिक र वैज्ञानिक शिक्षाको उज्यालो घामबाट बालबालिकाहरुको भविश्य उज्जवल पार्ने निर्णय सहित कम्प्युटर कक्षा सञ्चालन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

विद्यालयले एस.एल.सी. दिएर बसेका विद्यार्थीहरुलाई सहुलियत दरमा कम्प्युटर वेसिक कोर्षको कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।गाउँबाट कम्प्युटर सिक्न टाढा जानुपर्ने बाध्यतालाई ध्यान राखी विद्यालयले सवंहित योजनाको निर्णय गरेको हो । यसबाट एस.एल.सी.दिएर बसेका विद्यार्थीहरुले सररस्वती उच्च माध्यमिक विद्यालय आहालेमा कम्प्युटर शिक्षा लिने अवसर पाएका छन् । 

लामो समयदेखि अ्र्रग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आइरहेको यो विद्यालयमा कम्युटर कोर्षका लागि भर्ना हुन समेत विद्यालयले आग्रह गरेको छ । अन्यत्र भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने समेत समितिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

Read More......

Thursday, April 14, 2011

शिक्षालाई निजीकरण र व्यापारिकरण नगर्न आग्रह

0 comments

यम चौलागाई
 बैशाख १ सिन्धुलीअखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला शाखा सिन्धुलीले शिक्षामा निजिकरण तथा व्यापारिकरण हुने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कक्षा १ देखि १० सम्मको शिक्षालाई संविधानत निशुल्क लेखिएको भएपनि कार्यन्वयन नभएको भन्दै आज एक प्र ेस विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा विद्यार्थी तथा अभिभावकलाई संवैधानिक अधिकारको कार्यन्वयनमा दवाव दिने संगठनको अभियानलाई सहयोग गरी शुल्क नतिर्न आग्रह समेत गरेको छ । यसैगरी शैक्षिक समानता कायम गरी सहयोग पुर्याउन निजि विद्यालय संचालकहरु सँग आग्रह गर्नुका साथै प्याप्सन, एनप्याप्सन र आफ्नो संगठन विच भएका पुराना सहमतीलाई कार्यन्वयन गर्नपनि आग्रह गरेको छ । जिल्ला सचिव बुद्ध कुमार अछामी द्धारा हस्ताक्षरित विज्ञप्तीमा मागहरुका बारेमा सम्वन्धीत पक्षले ध्यान नदिए नजिकिदै गरेको १८ औं जिल्ला संमेलन पछि थप आन्दोलनका कार्यक्रमहरुको तयारीका साथ संघर्षमा जाने उल्लेख गरिएको छ ।

संगठनले यसअघि नै आउदो शैक्षिक सत्र बाट कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्न र निजी विद्यालयहरु संचालन गर्न ज्ञापन पत्र मार्फत अपिल गरिसकेको छ ।

Read More......

Sunday, April 10, 2011

नया शैक्षिक शत्र सुरु सगै विद्यार्थी तान्न प्रचार प्रसार तीव्र

0 comments

चैत २७ काठमाण्डौ । नयाँ शैक्षिक सत्रको आगमनको पूर्व सन्ध्यामा कीर्तिपुरलगायत यस भेगका निजी तथा सरकारी विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न प्रचार प्रसार तीव्र पारेका छन् ।

विभिन्न आकर्षक पोष्टर एवम् पम्पलेटका साथै विभिन्न प्रचारका सामग्रीहरुका माध्यमबाट विद्यालयहरुले भर्ना सुरु भएको जानकारी गराउँदै घरदैलो अभियान समेत सुरु गरेका छन् ।

आफ्ना विद्यालयका आकर्षणहरुबारे जानकारी गराउँदै विद्यार्थी तथा अभिभावकलाई विश्वस्त पार्न चैत्रको दोस्रो सातादेखि सुरु गरिएको प्रचारप्रसार अभियानलाई चैत्र मसान्त्ासम्म जारी राख्ने व्ािद्यालयहरुको लक्ष्य रहेको छ ।

कीर्तिपुर क्षेत्रमा धेरै संख्यामा निजी तथा सरकारी विद्यालयहरु साचालनमा रहेका कारण पनि विद्यालयहरुबीच अधिकतम विद्यार्थीहरु भर्ना गराउन प्रतिस्पर्धा बढेको छ ।

विद्यार्थी संख्याका आधारमा शिक्षा कार्यालयबाट पाउने सेवा सुविधा र अनुदान सहयोगमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारी विद्यालयहरुले पनि विद्यार्थी भर्ना कार्यक्रमलाई अभियानकै रुपमा साचालन गरेको स्थानीय अभिभावक नारायण सुवेदीले बताउनुभयो ।

शैक्षिक सत्रको प्रारम्भमा विद्यालयहरुको प्रचारप्रसारले अभिभावकहरुलाई प्रत्यक्ष प्रभावित पार्ने बताउँदै उहाँले प्रचारप्रसारका माध्यमबाट विद्यालयहरुबीच हुने अस्वस्थ प्रतिष्पर्धाले विद्यार्थी तथा अभिभावकसमेत द्विविधामा पर्ने कुरालाई गम्भीरताका साथ लिइनुपर्ने बताउनुभयो ।

Read More......

Tuesday, April 5, 2011

एसएलसी परिक्षाको समिक्षा

0 comments

यम चौलागाई
 चैत २२ सिन्धुली । सन्धुलीमाढीमा  यस वर्ष संचालन भएको एसएलसी परिक्षाको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा सहभागी राजनितिक दल कर्मचारी, शिक्षक संघ संगठन प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायतले गत वर्षहरुको तुलनामा परिक्षा मर्यादित भएको भएपनि पुर्णरुपमा मर्यादित हुन भने नसकेको धारण राखेका थिए । कार्यक्रममा एसएलसी परिक्षालाई अर्मादित बनाउने केही शिक्षक शिक्षीकाहरु लाई स्पष्टीकरण माग गरिएको जिल्ल्ला शिक्षा कार्यलयले जानकारी गराइएको थियो ।

यसैगरी परिक्षामा उत्कृष्ट काम गर्नेमा प्रथम हुने जनज्योती उच्च मावी खुर्कोट,द्धितिय हुने उच्च मावी आम्वोटे, र तृतिय हुने जन जागृती उच्च मावी भिमानलाई प्रंसंसा पत्र वितरण गरिएको थियो । यसैगरी स्रोत शिक्षककोे तर्फबाट सम्भु कुमार बस्नेत, केन्द्राध्यक्षहरुमा उच्च मावी ग्वालटारका डेडकुमार आचार्य, गौमतीका हरिवोल कार्की, चन्द्रावती बेलघारीका पुर्ण प्रसाद अधिकारी शंखटारका चेत प्रसाद तिमलसीना, आम्वोटेका टंक प्रसाद, कोक्तीका कृष्ण प्रसाद निरौला डाडीका डम्वर श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

Read More......

Monday, April 4, 2011

कार्डनेट नेपाल नामक संस्थाद्वरा शैक्षिक सामग्री प्रदान

0 comments

चैत २१ नुवाकोट। नुवाकोटको विभिन्न ६ वटा विद्यालयका एक हजार दुई सय प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई एक संस्थाले विभिन्न सामग्री प्रदान गरेको छ । जोखिममा परेका बालबालिकाहरुको सञ्जाल नेपाल (कार्डनेट नेपाल)नामक संस्थाले विभिन्न विद्यालयका एक हजार दुई सय भन्दा धेरै बालबालिकालाइ शैक्षिक सामग्रीसहित आवश्यक अन्य सामग्रीको बाक्सा (सामरी टन्र्स पर्स) हस्तान्तरण गरेको छ ।

सञ्जालले वागेश्वरी गाविसमा रहेको विनायक माध्यमिक विद्यालयका २ सय ८३ जना,भैरवी एकेडेमीका ३०४ जना, महालक्ष्मी प्रावि खानीगाउँका ६९ जना, चण्डेश्वरी प्राविका ७४ जना, मदर इंलिस स्कुल फलाटेका १ सय ३४ जना प्रगतीशील उच्च माविका ८७ जना विद्यार्र्थीलाई सामग्री हस्तान्तरण गरेको हो ।

सञ्जालले वेथेल एजी खड्गभन्याङ बाल फेलोसीपका ३ सय ७३ जना बालबालिकालाई पनि  आवश्यक सामग्री हस्तान्तरण गरेको सञ्जालका नुवाकोट व्यवस्थापक पुरुषोत्तम डोटेलले बताउनुभयो ।

बाक्साभित्र विद्यालय पोशाक, शैक्षिक सामग्री, श्रृगारका सामान, ब्रसमन्जन, खेलौनालगायतका सामग्री हुने जनाइएको छ ।

Read More......

Thursday, March 31, 2011

चिट चोराउँदै गर्दा बाँकेमा एक जना पक्राउ

0 comments

चैत १७ कोहलपुर।एसएलसीको आजको परीक्षामा चिट चोराउँदै गरेको अवस्थामा बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुरको त्रिभुवन उच्च माविमा चिट चोराउँदै गर्दा परीक्षा केन्द्रका परिचर राम दयाल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

आजको ऐच्छिक विषयको परीक्षामा फोटोकपी सहितको चिट चोराईरहेको अवस्थामा अनुगमनमा गएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । यता बाँकेको शिवशक्ति उच्च मावि परिक्षा केन्द्रमा रिर्पोटिङमा गएका पत्रकारहरुलाई केन्द्राध्यक्षले रोकेका छन् । केन्द्राध्यक्ष महेश शर्माले फोटो खिच्न समेत अबरोध गरेको बताइएको छ ।

भोलिसम्म सञ्चालन हुने परीक्षामा यस वर्ष बाँकेमा ७ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । 

Read More......

Wednesday, March 30, 2011

किशोरी शिक्षा तथा सशक्तिकरण तालिम सम्पन्न

0 comments

कूल तामाङ्
 चैत १६  नुवाकोट।  किशोरी शिक्षा तथा सशक्तिकरण तालिम बट्टारको भिमसेन माविमा सम्पन्न भएको छ । शिविन नेपालको सहयोगमा नारी चेतना समाज विदुरले सञ्चालन गरेको पाँच दिने तालिममा तीस जना किशोरीहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई एचआइभि एड्स, गर्भपतन, किशारावस्थाका परिवर्तन, प्रजनन् स्वास्थ्यलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई चमेली गुरुङ, सर्मिला उप्रेती, रिभा बज्राचार्य र प्रशंसा पन्तले प्रशिक्षण दिनुभएको थियो ।

आज सम्पन्न भएको तालिमका सहभागीहरुलाई भिमसेन माविका प्रधानाध्यापक बासु बानियाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नारी चेतना समाजले सोही विद्यालयका विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्रीहरु पनि प्रदान गरेको छ ।

Read More......

Tuesday, March 29, 2011

३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङमा निरक्षरता उन्मुलन हुने दावी

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १५ मुस्ताङ।हिमाली जिल्ला मुस्ताङमा रहेका ३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङबाटै निरक्षरताउन्मुलन हुने दावी जिल्ला शिक्षाकार्यालय मुस्ताङले गरेको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङमा प्राप्त तथ्याकलाई आधारमानी निरक्षरता उन्मुलन गर्ने अभियान सम्वन्धि एक जिल्ला साक्षरता अभियान सम्वन्धि कार्यक्रममा मगंलबार जिल्ला शिक्षा अधिकारी देवेन्द्र राज खनालले सो दावी गर्नु भएको हो ।

तत्काल निरक्षरता पुरै उन्मुलन गर्न नसकीए पनि निरन्तर प्रयास गरे केहि बर्ष भित्रैमा सबै जिल्लाबासीलाई साक्षर बनाउन सकिने खनालले बताउनु भयो । २०५८ सालको राष्टिय जनगणना अनुसार जिल्लाको कुल जनसख्या १४ हजार ९ सय ८१ मध्ये ७४.०९ प्रतिसत जनसख्या साक्षर रहेका छन । जसमा ६९. ०५ प्रतिसत महिला साक्षर थिए ।

राष्टिय साक्षरता अभियान अन्र्तगत अनौपचारीक शिक्षा केन्द्रबाट प्राप्त ६६ बटा साक्षरता कोटा सो अबसरमा मुस्ताङका सबै गाबिसका बितरण गरिएको छ । जिल्ला साक्षरता अभियान समन्वय समितिले उक्तकोटाहरु छोण्हुपमा ६, छोसेरमा ३, लोमन्थाङमा २, चराङमा ३, सुर्खाङमा ६, घमिमा ३, छुसाङमा ६, झोङमा ३, मुक्तिनाथमा ४, कागबेनीमा ६, जोमसोममा ४, मार्फामा ४ टुकुचेमा ३, कोवाङमा ३, लेतेमा ४ र कुन्जो गाबिसमा ६ बटा गरि ६६ साक्षरता कोटा बितरण गरेको हो ।

 जिल्ला साक्षरता अभियान समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी श्यामराज अधिकारी, प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राजनितिकदलका जिल्ला प्रमुख, शिक्षक सगठनहरुका प्रतिनिधि, सचारकर्मी लगायतको उपस्थितिमा अधिकतम निरक्षरलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयमा कोटा बितरण गरिएको हो ।

बैसाख १ गते देखी असार मुान्त सम्म कक्षा सचालन हुने साक्षरता अभियानका प्रत्येक कोटामा कम्तिमा २० जना निरक्षरलाई साक्षर बनाइने जिल्ला शिक्षा कार्यालय मुस्ताङका बिद्यालय निरिक्षक एव साक्षरता अभियानका फोकल पर्सन बिदुर हरि आचार्यले बताउनु भयो ।

स्थानिय स्तरमा निरक्षरहरुको उपयुक्त समय मिलाई दैनिक २ घण्टा कक्षा सचालन हुने छ । जिल्लाभर सचालन हुने ६६ बटा कक्षामा ६६ जनानै साक्षरता स्वयम सेवक, ७ जना स्थानिय निरिक्षक नियुक्त गरि २२ गते दखि ५ दिन सम्म तालिम उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो ।

१६ देखि ६० बर्ष सम्मका निरक्षर मुस्ताङबासी उक्त साक्षरता कक्षाका बिद्यार्थी रहेको फोकल पर्सन आचार्यले बताउनु भयो ।

Read More......

Monday, March 28, 2011

एसएलसी परीक्षाको समाचार संकलन गर्न अप्ठ्यारो

0 comments

  चैत १४  नवलपरासी। प्रकृया एसएलसी परीक्षाको समाचार संकलन गर्न नवलपरासी लगायतका जिल्लाका पत्रकारहरुलाई सिण्डिकेट प्रणाली लागु गरिएको छ । एस एल परिक्षाको समाचार संकलन गर्न पत्रकारहरु जान पाउनु पर्ने माग राखेपछि जिल्ला शिक्षा कार्यालय नवलपरासीले जिल्ला भरिका संचारकर्मीहरुका लागि पाँच वटा मात्रै पास उपलव्ध गराएको छ । शिक्षा कार्यालयले एक पटकमा पाँच जना मात्रै समाचार संकलन गर्नजान सक्ने गरी पत्रकार महासंघलाई ५ वटा पास उपलब्ध गराएको छ । तर पत्रकार महासंघ नवलपरासीले ति मध्ये २ वटा आफैसँग राखेर प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघलाई एकएक वटा पास दिएको छ ।

जिल्लामा रहेका ३ वटा रेडियोका कुनै पनि पत्रकारले पास नपाउँदा समाचार संकलनमा जान सकेका छैनन् । रेडियोका प्रतिनिधिहरु समाचार सकलनमा जान नसक्दा परिक्षा कोठामा हुने गरेको अनियमितता र वास्तविक तत्य पनि संचार माध्यममा आउन सकेको छैन ।

जिल्लामा रहेका ५० भन्दा बढी पत्रकारहरुको लागि ५ वटा पास मात्र उपलव्ध गराउदा नवलपरासीका अधिकांश पत्रकारहरु समाचार संकलन गर्न जानबाट बन्चित भएका छन् । सूचना संकलन गर्न पाउने पत्रकारहरुको सूचनाको हक भएपनि नेपाल सरकार सूचना विभागको पास लिएका पत्रकारहरुलाई समेत प्रवेशिका परीक्षाको समाचार संकलनको लागि प्रवेश पास दिईएको छैन ।


Read More......

Sunday, March 27, 2011

निमावि वनाउन लगाईएको सप्ताहवाट १४ लाख भन्दा वढी सकंलन

0 comments

एसवी गौतम
 चैत १३ सिन्धुली । सिन्धुलीको लाम्पान्टार ८ मा रहेको राज्यलक्ष्मी प्राथमिक विद्यालयलाई निम्न माध्यामिक विद्यालय बनाउनका लागि लगाएको श्रीमद्भागवत सप्ताह पुराणमा १४ लाख ४४ हजार २ सय ३४ रुपैयाँ संकलन भएको छ। 

यही चैत ५ गते सिन्धुली अदालतका न्यायधिश हरिश्चन्द्र ढुंगानाले उद्घाटन गर्नु भएको सप्ताहमा स्थानीयबासीहरुले जग्गा र नगद गरि यति रकम संकलन भएको पुराण आयोजक समितिले जनाएको छ । 

विद्यालयलाई निम्न माध्यामिक विद्यालय संचालनका लागि आवश्यक सहयोगका लागि आइतबार  सप्ताह टोलीले प्रमुख जिल्ला अधिकारी जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

Read More......

Wednesday, March 23, 2011

मुस्ताङमा एसएलसीको तयारी पुरा, म्याग्दीमा भने केन्द्राध्यक्ष नियुक्ती राजनितिक भागबन्डामा

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत ९ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी)े तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत १० गते देखि सुरु हुन गइरहेको एसएलसी परिक्षाका लागि सदरमुकाम जोमसोममा रहेको जनहित उच्च माविमा जिल्लाको एकमात्र परिक्षा केन्द्र निर्धारण गरिएको छ । एक्जाम्टेड तफका बिद्यार्थी नभएकाले मुस्ताङमा नियमित तर्फका बिद्यार्थी मात्र सहभागी हुने बताइएको छ । ६० छात्रा र ७० छात्र गरि एक सय तिस विद्यार्थी परिक्षमा सहभागी हुने जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले जानकारी दिनुभयो ।

खुला शिक्षा कार्यक्रम अन्तर्रगतका ४ जना छात्रा र १३ जना छात्र परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसै गरि प्राइभेट तर्फ १ छात्र १ छात्रा परिक्षामा सहभागी हुनेभएका छन । सिट प्लानिङकार्य भैरहेको र प्रवेशपत्र, उत्तरपुस्तीका, प्रश्नपत्र लगायत परिक्षा सामाग्री सम्बन्धित ठाउँमा सुरक्षित पु¥याई सकिएको जिल्ला शिक्षा अधिकारी खनालले बताउनुभयो । 

यसैगरि म्याग्दी जिल्लाका दुई हजार १ सय ५० जना छात्रछात्रा प्रवेशिका परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय, म्याग्दीले जनाएको छ । ९ वटा केन्द्र निर्धारण गरिएका म्याग्दीमा एक हजार ८ सय ६ नियमित र तीन सय ९९ एक्जाम्टेड तर्फका विद्यार्थी सहभागि हुने बताइएको छ । यसैगरी खुल्ला बिद्यालय तर्फ ३६ र विद्यार्थी परिक्षामा सहभागि हुने छन । ९ वटा केन्द्रमा राजनितिक दल निकट शिक्षक संगठनको सिफारीसमा केन्द्राध्यक्ष नियुक्त गरिएको जानकारहरु बताउछन ।

उत्तरपुस्तीका, प्रश्नपत्र, प्रवेशपत्र लगायतका परिक्षा सामाग्रीहरू केन्द्राध्यक्षको जिम्मा लगाईसकेको म्याग्दीका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो ।

Read More......

विद्यालयलाई आर्थिक सहयोग

0 comments

राजेन्द्र न्यौपाने चैत ९ गोरखा ।
जिल्लाको केराबारी गाउँ विकास समिति स्थित जीवन निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि अमेरिकामा बसोबास गर्ने केराबारीका नागरिकहरुले आर्थिक सहयोग गरेका छन् । ठाकुर ढकाल पाँचसय डलर, सभद्रा रेग्मी एकसय डलर, सावीत्रा रेग्मी एकसय डलर, रमेश रेग्मी एकसय डलर गरी कुल आठ सय डलरको नेपाली रुपिया ५६ हजार आठ सय ८७ रुपियाँ विद्यालयको राष्ट्रिय वाणिज्य बैंक गोरखामा रहेको चल्ती खाता २९८ मा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त रेग्मीले जानकारी दिनुभयो । यस अघि पनि सो विद्यालय निर्माणको लागि केरावारी निवासीहरुले आर्थिक सहयोग गर्दै आएका थिए । विकट गाउँमा रहेको सो विद्यालय भवन
अभावका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्दै आएको छ । विद्यालयको भवन निर्माण कार्य भैरहेकोले सहयोगी हातहरुको सहयोग विद्यालयले लिने प्रधानाध्यापक रेग्मीले बताउनुभयो । केरावारी गोरखा जिल्लाको ऐतिहासिक ठाउँ हो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae