Sahara Sansar

Showing posts with label दाङ. Show all posts
Showing posts with label दाङ. Show all posts

Tuesday, February 15, 2011

दोस्रो राप्ति पर्यटन महोत्सबको तयारी ८० प्रतिशत पुरा

0 comments

जनक नेपाली फागुन ३ दाङ ।
दाङको घोराहिमा  फागुन ६ गते देखि शुरु हुन लागेको दोस्रो राप्ति पर्यटन महोत्सबको तयारी ८० प्रतिषत पुरा भएको राप्ति पर्यटन महोत्सब मुल समिति दाङले जनाएको छ । मुल समितिका अध्यक्ष अमर बहादुर डागिले हाल सम्म महोत्सबको ब्यबस्थापकिय कामहरु पुरा भएको जानकारी दिनु भयो । समितिका अनुसार स्टल बनाउने कार्य , खानेपानि तथा शौचालय ब्यबस्थापन, राप्ति गायन ताराको छनौट प्रक्रिया एंब महोत्सबका पोष्टर एंब ब्यानरहरु बनाउने लगाएतका कार्यहरु पुरा भएको छ । यसैगरी महोत्सब स्थलसम्म बिद्युत लाईन बिस्तारको कार्य पनि सकिएको महोत्सब मुल समितिका संयोजक डागिले जानकारी दिनुभयो ।

Read More......

Sunday, February 13, 2011

अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको न्याउली क्लबले मैदान विस्तार गर्‍यो

0 comments

हेमन्त शर्मा  फागुन १  तुलसीपुर ।
 हलबार गाबिस खाद्रेको न्याउली क्लबले हालै खेल मैदान निर्माण कार्य सम्पन्न गरेको छ । बिगत करिब ३ दशकदेखि खेल क्षेत्रमा बिभिन्न गतिबिधिहरु गर्दै आएको क्लबले हाल आएर खेल मैदान बिस्तार गरेको हो । ६ लाखको लागतमा क्लबले करिब डेढ बिगाह क्षेत्रमा खेल मैदान बनाएको छ । हलबार गाबिसको स्थानीय न्याउली सामुदायिक वन, वीरेन्द्र सामुदायिक वन, हलवार गाविस कार्यालय र क्लबको आर्थिक लगानीमा मैदान निर्माण गरिएको क्लबले जनाएको छ । खेल क्षेत्रको बिकास र युवाहरुको क्षमता बृद्धिका लागि मैदान बिस्तार गरिएको क्लबका अध्यक्ष रेबन्त रानाले जानकारी दिनुभयो । जिल्लाब्यापी रुपमा पनि बिभिन्न खेल प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले पहिलेका वर्षहरुमा नयां वर्षको अवशरमा स्थानिय खेल मैदानमा साता दिनसम्म कुनै मेलाको झल्को दिनेगरि प्रतियोगिता संचालन गर्दै आएको स्थानियवासी बताउछन् । बक्सिङ, तेक्वान्दो, करांते, भलीबल, सुटिङ, बस्केट बल लगायतका खेलहरुमा बिगतदेखि नै चर्चामा आउने खाद्रेको न्याउली क्लबले बिगत देखि नै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै आएको छ । क्लबमा आवद्ध भएर खेल्दै आएका शान्ति राना र माया रोका सुटिङ खेल तर्फ अन्तराष्ट्रियस्तरमा ३ पटक साफ खेलमा सहभागी हुनुभएको थियो भने एक पटक कांस्य पदक हात पार्न सफल हुनुभएको थियो । त्यस्तै दुवैजना भारतमा भएको सुटिङ प्रतियोगितामा स्वर्ण पदक बिजेता बन्नु भएको क्लबका अध्यक्ष रेबन्त रानाले जानकारी दिनुभयो । अन्य खेलाडीहरु जोगबहादुर राना, रेवन्त रानालगायतका खेलाडी पनि बक्सिङ खेल तर्फ बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुनुभएको थियो । २०३८ सालमा स्थापना भएको न्याउली क्लबले बिषेश गरि खेल क्षेत्रमा गतिविधिहरु संचालन गर्दै आएको छ । साथै पछिल्लो समयमा खेल क्षेत्रमा परिवर्तित समयक्रम संगै क्रिकेट र फुटवललाई अगाडी बढाउने भएको छ ।


Read More......

Sunday, February 6, 2011

तुलसीपुर महोत्सवको रकमले एम्वुलेन्स खरिद गरिने

0 comments

अमर क्षितिज भण्डारी,
माघ २३, दाङ ।
दाङको तुलसीपुरमा जारी दोस्रो मध्यपश्चिम महोत्सववाट उठेको रकम बाट तुलसीपुर उद्योग बाणिज्य सघंले आज महोत्सब स्थलमा नै एम्बुलेन्स खरिद गर्न थालेको छ । महोत्सबबाट उठेको ४० प्रतिसत रकमबाट रकम एम्बुलेन्स ल्याउन लागिएको आयोजक समितीका संयोजक दिपेन्द्र कुमार खत्रिले जानकारी दिनु भयो । महोत्सब बाट उठेको रकमको ६० प्रतिसत रकम एयरपोर्ट कालोपत्रेका लागी खर्च गरीेने र ४० प्रतिशत रकम एम्बुलेन्स खरिद गर्ने आयोजकले बताएको थियो । गत माघ १४ गते देखी संचालन भइ २३ गते आज सकिने महोत्सब दर्शकहरुको चापलाइ मध्येनजर गर्दै पर्सि २५ गते सम्मलाइ सारिएको छ ।

Read More......

दाङमा आजदेखि वन डढेलो साप्ताह

0 comments

सर्मिला डिसी,
माघ २३, दाङ ।
 वन क्षेत्रमा डढेलो लाग्नै नदिने र लागिहाले त्यसबाट हुने क्षती न्यून गर्ने उद्देश्यले दाङमा आजदेखि वन डढेलो साप्ताह मनाउन शुरु गरिएको छ । जिल्ला वन कार्यालय दाङले वन डढेलोबारे सवै उपभोक्ताहरुमा जानकारी गराउने उद्देश्यले डढेलो सप्ताह मनाउन शुरु गरिएको हो । माघ २९ गतेसम्म चल्ने डढेलो सप्ताह अन्र्तगत वन डढेलो र यसबाट हुने नोक्सानीका बारेमा जानकारी गराइने भएको छ । सप्ताहको पहिलो दिन आज दाङका १५ वटा रेञ्जपोष्ट अन्र्तगतका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयहरुमा वन डढेलोका बारेमा निवन्ध प्रतियोगिता गर्न लागिएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae