Sahara Sansar

Showing posts with label सिन्धुली. Show all posts
Showing posts with label सिन्धुली. Show all posts

Sunday, June 12, 2011

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

0 comments


यम चौलागाई जेठ २९ सिन्धुली ।
सिन्धुलीको रानीचुरी ७ झारलाङ्टारमा मा आईतवार ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् । सिन्धुलीमाढीबाट –चकमके तर्फ गईरहेको ना ३ त ६४१८ नं को ट्याक्टर दुर्घटना हुदा जरायोटार गाविस ९ लङ्गुर खोलाका ५९ वर्षिय कर्णबहादुर परियारको मृत्यु भएको हो । दुर्घटना मृतक परियारका ५५ वर्षिय श्रीमती लालिमाया परियार, भिमस्थान ७ डुडेका सोम बहादुर भोलान आम्वबोटेका छत्र बहादुर मगर भिमस्थानका सोमराज थिङ कमलामाई नगर पालिका ७ रामपुरका हस्त बहादुर बलसंजय स्याङ्तानर सितामाया तामाङ रहेका छन् । घाईते मध्य भिमस्थानका थिङलाई उपचारको लागि बर्दिबास लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
साघुरोबाटोमा मोड नपुगेकोले ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । ट्याक्टरका चालक बे दबहादुर पुलामीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच गत जेठ २३ गते रानिचुरी कै तिनतलेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु हुनुका साथै ४१ जना यात्रु घाईते भएका
थिए । बैशाख यता जिल्लामा भएका तीन यात्रुबहाक बस र तीन ट्याक्टर दुर्घटना हुदा २३ जनाको मृत्यु भईसकेको छ । सिन्धुलीमा यस वर्षको शुरुवातमा नै सावारी दुर्घटना हुने क्रम ह्वात्तै बढेको छ ।

Read More......

Tuesday, April 26, 2011

सेनाको ट्रक दुर्घटना ३० जना घाइते

0 comments

वैशाख १३ सिन्धुलीमाढी । बर्दिवासबाट विपी राजमार्ग हुँदै सिन्धुलीमाढीतर्फ आइरहेको बा १ ज १५०९ नम्बरको नेपाली सेनाको ट्रक कमलामाई नगरपालिका-१० बाघमारामा आज दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीको उक्त ट्रक सडक किनारमा पल्टिएर दुर्घटना भएको थियो ।

Read More......

Saturday, April 16, 2011

दलालले खाए भद्रकालिका किसानको अदुवा

0 comments


 एसवी गौतम बैशाख ४ सिन्धुली 

सिन्धुलीको भद्रकाली गाविसमा उत्पादित अदुवा दलालका कारण सहि मुल्य पाउन नसकेको गुनासो अदुवा किसानहरुले गरेका छन् । सिन्धुलीको भद्रकाली गाँउ विकास समितीका वार्षिक दुई करोडको अदुवाको कारोवार हुने गरेको छ ।  
भद्रकालीका रामभक्त वाइवारामकुमार वाइवाचक्रवहादुर वाइवाछत्रवहादुर वाइवालक्ष्मी गौतम्षडानन्द चौलागाइ लगाएत थुप्रै किसानहरुले अदुवा खेती गर्नु भएको छ । उहाँहरुले वार्षिक एक लाख देखी पाँच लाख सम्म अदुवा विक्रीवाट मनङ्गे आम्दानी गर्ने गर्नु भएको छ । पैसा कमाउन विदेश जानु पर्दैन भन्ने सन्देश आफूहरुले दिएको उहाँहरुले बताउनु भयो । 
भद्रकालीका किसानहरुले अदुवा विकि्र गर्ने वेला भएपछि अदुवाको मुल्य घरमा आएर दलालहरुले गर्ने गरेका छन् । अदुवा उत्पादन गर् यो आफ्नो मालको मुल्य आफुले राख्न नपाइने दलालहरु आएर मुल्य तोक्ने र दलालहरुको मुल्यमा अदुवा दियो भने विक्री हुन्छ नत्र अदुवा विक्री नहुने् भद्रकाली-९ वोहोरेका किसान रामभक्त वाइवाले गुनासो गर्नु भयो ।  दलालहरुले प्रति धार्नि २५ रुपयाँ सम्म कमिसन खाने गरेको आरोप भद्रकालीका अदुवा किसानहरुले लगाएका छन् । 

Read More......

Sunday, April 3, 2011

माछा मार्ने माझीहरु खेति गर्न थाले

0 comments

उमा पौडेल/सिन्धुली/चैत्र २१ -

केहि समय अघि माछा मारि जिबिको पार्जन गर्ने माझिहरु आजभोलि कृषि पेसामा आकर्षित भएका छन् । सिन्धुलीको मरिण छाप मा बस्ने माझी हरु माछा मारेर खासै आम्दानि नभएपछि कृषि पेसा तर्फ  आकर्षित भएका हुन् । यसअघि सिन्धुलीको मरिण खोलामा उनिहरुले माछा मार्दे आएका थिए ।

सिन्धुली को मरिणमा बस्दै आउनुभएका सन्त माझी भन्नुहुन्छ माछा मारेर जिबिको पार्जन् गर्न सारै गारो थियो  तर कृषि पेशा अँगाल्न थालेपछि १० जनाको जाहान सजिलै पालेको छु । मकै गहु  र कोदो खेति यहाका माझी हरुको लागि अहिले लोकप्रीय बनेको छ । माछा मारेर मासिक २००० आम्दानि गर्ने माझी हरु कृषि पेसा अँगाल्न्ा थालेपछि मासिक ४०००  भन्दा बढि आम्दानि गर्न सफल भएका छन् ।

Read More......

Wednesday, March 16, 2011

सिन्धुलीको वितिजोरमा रेविज सक्रमित कुकुरले गाईभैसिलाई टोक्दा ५ लाख बराबरको क्षति

0 comments

एसवी गौतम चैत्र २ सिन्धुली । सिन्धुलीको वितिजोर गाविस वडा नं १,२ र ३ मा रेविज लागेको कुकुरले स्थानीय र गाइभैँसीलाईटोक्दा ५ लाख रुपैयाँ बराबरको क्षति भएकोछ । कुकुरले टोकेकास्थानीय सन्त वहादुरको अहिले काठमाण्डौँको टेकु अस्पतालमा उपचार भइरहेको । त्यस्तै६० वटा गाइभैँसीलाई टोकपछि अहिले त्यस स्थानमा समस्या उत्पन्न भएको छ ।
अन्य कुकुरलाई पनिरेबिजवाट बचाउन त्यस भेगका ३ सय कुकुरलाईरेबिज बिरुद्धको भ्याक्सिन लगाइएको छ ।
नजिकै रहेकोग्वालटार स्वास्थ्यचौकीमा फ्रीजको सुविधा नहुँदा जिल्ला अस्पतालवाट भ्याक्सिन खरीदगर्नुपर्ने बाध्यता रहेको र जिल्ला अस्पतालमा पनि भ्याक्सिन अभाव भएकापछि झनै समस्याबढेको उपचारमा संलग्न प्राविधिक यादव थापाले जानकारी दिनुभएको छ ।

Read More......

तामाकोसी–खुर्कोट सडक कालोपत्रे सुरु

0 comments

एसवी गौतम  चैत २ सिन्धुली ।
सिन्धुलीको खुर्कोटदेखी दोलखाको नयाँपुलसम्मकोसडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । एसियाली विकास बैंक एडीबी र तेल निर्यातगर्ने राष्ट्रहरुको संगठन ओपेकको ऋण सहयोगमा नयाँपुलदेखि खुर्कोसम्मको ५५किलोमिटर सडकको स्तरोन्नती गरी कालोपत्रे सुरु भएको हो । तामाकोसी मन्थली खुर्कोटसडक आयोजना अन्र्तगत भएको सडकको कालोपत्रे गर्ने काम दोलखाको तामाकोसी बजार ररामेछापको सेलेघाटबाट एकैसाथ सुरु भएको छ । तामाकोसीदेखि खुर्कोटसम्मको सडककोकालोपत्रे गर्नका लागि सडकको स्तरोन्नती गरेपछि मन्थलीदेखि तामाकोसीसम्मको यात्राकोसमय पनि छोटिएको छ । सडकको स्तरोन्नती भएपछि साना सवारीका साधन पनि बढेका छन् ।त्यसैगरी सिन्धुलीको खुर्कोटमा सुनकोसी नदीको पुल बाहेक दोलखा र रामेछापकाविभिन्न स्थानदेखि तराईसम्मका सम्पूर्ण सडक सहज भएकाले ढुवानीका साधनहरु पनिबढेको स्थानियबासीले वताएका  छन् ।

Read More......

Sunday, March 6, 2011

खिम्तीढल्केवर २२० केभि प्रसारण लाईन आयोजना विरुद्ध स्यानियवासी

0 comments

एसवी गौतम 
 फागुन २२  सिन्धुली।  खिम्ति ढल्केवर २२० केभि प्रसारण लाईन आयोजनाले गाउँवस्तिनै उठाउने भन्दै कमलामाई नगरपालिका ७ का स्थानियवासी आक्रोशित वनेका छन् । स्थानिय जनतासगँ कुनै छलफलनै नगरी सिधै आगँनमा टावर गाड्न खाल्डो खन्न थालेपछि २२० केभि लाईनले निकै नै नकरात्मक प्रभाव पार्ने देखेर सघर्ष समिती गठन गरिएको र जिल्ला प्रसासन कार्यालयमा धर्ना तथा ध्यानाकर्षण पत्र वुझाएको सघर्ष समितीका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानले जानकारी दिनुभयो  ।

 वढ्दो शहरीकरणलाई ध्यान नै नदिई वस्ति विचवाट लाईनको तार टाग्न आटिएकोले हजारौ घरपरिवारको भविष्य विचल्ली  हुने भन्दै सम्वन्धित निकायले विकल्प नखोजेसम्म कामलाई अघि वढाउन नदिने स्थानियवासीहरु वताउछन् । स्थानिय जनतासगँ समन्वय नै नगरी खिम्ति देखी ढल्केवर सम्म जोड्ने  २२० केभि प्रसारण लाईन आयोजना धेरै ठाउँहरुमा विवादमा परेको समेत वताउछन् ।

 आयोजना गाउँवाट भन्दा वनक्षेत्रवाट लागे लौरोपनि झर्ने र आँपपनि खान पाईने स्थानियवासीहरुले तर्क राख्दै आएका छन् ।

Read More......

Thursday, March 3, 2011

सिन्धुलीवाट तीनसय अभियुक्त फरार

0 comments

एस बी गौतम फागुन १९ सिन्धुली ।
विभिन्न अभियोगमा जिल्ला अदालत सिन्धुलीले दोषी ठहर गरेका १ सय ७७ मुद्दामा करिव तीन सय अपराधी फरार रहेका छन् । जिल्ला अदालत सिन्धुलीको तथ्याङअनुसार फरार अपराधीवाट ६ सय वर्ष ४ महिना ८ दिन ३० घडी सजाए भोग्न वाकीँ रहेको छ । साधारण कुटपिट देखि कर्तव्य ज्यान सम्मको अभियोगमा सर्वस्वहरण सहित आजीवन जेल सजाए पाएका देखि समान्य सजाए पाएका व्यक्तिहरु लाई पक्राउ गर्न अदालत ले जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्यालयलाई दोषिहरुको नाम ठेगाना सहित तीन पुस्ते विवरण दिएपनि प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । विक्रमसम्वत २०११ साल देखि २०६७ साल पुस मसान्त सम्म को तथ्याङक अनुसार तीन सय जनावाट ६ सय वर्ष ४ महिना ८ दिन ३० घडी सजाए र ३२ लाख २४ हजार ३ सय ६६ रुपैया ६२ पैसा असुल गर्न वाकी रहेको छ । हाल जिल्ला अदालतमा ५४ वटा फौजदारी मुद्दा विचाराधिन रहेको र २ महिला सहित २१ जना आरोपी थुनामा रहेका छन् । अहिले धेरै जसो मुद्दा बलत्कारको आउने गरेको जिल्ला अदालतले बताएको छ । जिल्लामा यसरी अपराधीहरुले उन्मुक्ति पाउनुले पनि जिल्लाको सुरक्षाको स्थिति प्रस्ट पारेको छ । यसरी अदालतले दोषी ठग र गरी पक्राउगर्न परिपत्र गर्र्दापनि प्रहरीले पक्राउ गर्न सक्रियता नदेखाएको अदालतका कर्मचारी वताउछन् ।
अदालको फैसला कार्यन्वयन गराउनको लागि तहसिल शाखाको स्थापना भएको छ । तर यो शाखाका १ जना कर्मचारीले मात्रै अपराधीलाई पक्राउगर्न सम्भव नभएको तहसिल शाखाका कर्मचारी वताउछन् । अदालतले दोषिठहर गरी कार्वाहीको लागि सिफारीस गरेको व्यक्तिलाई पक्राउ गर्न नसक्नु सरकार र स्थानिय प्रशासनको कमजोरी भएको जिल्ला न्यायधिश हरिसचन्द्र ढुङ्गाना बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीका अनुसार जिल्ला अदालतले जेल सजाए पाएका ९७ जनाको नामावलीमात्र उपलव्ध गराएको छ । अदालतले पठाएको रेकर्ड अनुसारका व्यक्तिलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भएपनि वसाइसराई यसको प्रमुख वाधक भएको उहाँले वताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जनक भट्टराईका अनुसार अदालतले दोषी ठहराएकालाई पक्राउ गर्ने काम आफुहरु को भएपनि सवै अपराधी एकै चोटी पक्राउ गर्न नसकिने प्रहरीको हजारौ काम भएकाले सवै प्रहरी त्यसैको लागि खटाउन नसकिने उहाँले बतानुभयो । प्रहरीहरु जिल्ला वाहिर गएर खोजतलास नगर्ने भएकाले अभियुक्तहरु जिल्ला वाहिर लुकेर बस्ने गरेको हुन सक्ने उहाले वताउनुभयो । कतिपय अपराधीहरु अहिले पनि वजारमा खुलेआम हिडेका होलान् ती सवैलाई पहिचान गर्न नाम लिस्ट बोकेर सवै प्रहरी हिडेका हुदैनन् उहाँले भन्नुभयो ।

Read More......

Thursday, February 17, 2011

सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँबाट र्‍याफ्टीङमार्फत् सिन्धुलीमा

0 comments


एसवी गौतम फागुन ५  सिन्धुली ।
सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँबाट डा. रेवतीमान श्रेष्ठको नेतृत्वमा ४५ जनाको टोली  र्‍याफ्टीङ मार्फत हिजो सिन्धुली आईपुगेको छ । मध्यमान्चल क्षेत्रीय महोत्सवको अवसरमा आज सिन्धुलीगढी महोत्सव मनाउन टोली सिन्धुली आएको हो । सुनकोसीमा ¥याफटीङ पर्यटनको सम्भावना देखाउन टोली ¥याफटीङमार्फत् हिजो झाँगाझोली आई बसेको र आज सिन्धुलीगढी महोत्सवमा सामेल भई ¥याफटीङमार्फत् नै काठमाडौँ फर्कने आयोजक टोलीका अध्यक्ष डा .रेवतीमान श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीको सुनकोसी नदी ¥याफ्टीङ्का लागि उपयुक्त स्थान भएको सन्देश सबैतिर प्रवाह गर्नु टोलीको उद्देश्य रहेको अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो । माघ २७ बाट सुरु भएको मध्यमान्चल क्षेत्रीय महोत्सवको आज आठौ दिनमा सिन्धुलीगढीमा गढी महोत्सव हुँदै छ ।

Read More......

Tuesday, February 15, 2011

सिन्धुलीमा पत्रकारहरुको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

2 comments

एस बी गौतम फागुन ३ सिन्धुली ।
भावी संविधानमा प्रेस स्वतन्त्रता र छापाखाना तथा प्रकाशन ऐन विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सूचना विभाग काठमाड सन्चार केन्द्र हेटौंडाको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सहयोगमा सम्मन्न कार्यक्रमको उद्घाटन पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापतिहरु शोषराज दहाल ,लीललनाथ घिमिरे र राजकुमार कार्की ले संयुक्त रुपमा गर्नुभएको थियो ।
पत्रकार महासंघ सिन्धुली शाखाका सभापति संजय दहालको सभापतित्वमा भएको कार्यक्रममा सिन्धुलीका विभिन्न संचार माध्यममा काम गर्ने पत्रकार हरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना विभागका उपसचिब उदय नेपालले भावी संविधानमा पे्रस स्वतन्त्रता,छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनको विषयमा तयार परिएको एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सिन्धुलीका पत्रकारहरुले सिन्धुलीमा पत्रकारीताको अवस्था र अब बन्ने संविधानमा पत्रकारहरुले पाउनुपर्ने सेवा ,सुविधा र सुरक्षाका बारेमा आ आफ्नो राय सुझाव राखेका थिए ।

Read More......

Sunday, February 13, 2011

झलनाथ खनाल नेतृत्वको सरकार भारतको चाहना विपरित वनेकोः नेता गजुरेल

0 comments

एस्वी गौतम फागुन १ सिन्धुली । एकिकृत नेकपा माओवादीका कोचिला राज्य इन्चार्ज हरिवोल गजुरेलले अहिले बनेको सरकार भारतको चाहना विपरित बनेका बताउनु भयो । अहिलेको सरकारले दुई तिहाई बहुमत पुर्याउन सफल भएकाले यसले संविधान बनाउने संभावना निकट रहेको पनि उहाँले दावी गर्नु भयो ।  आज एकिकृत नेकपा माओवादी, जिल्ला संगठन समिति सिन्धुलीले गरेको जनयुद्धको १६ औ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित चियापान समारोहमा बोल्दै गजुरेलले यस्तो बताउनु भएको हो । एकिकृत नेकपा माओवादी पोलिटव्युरो सदस्य समेत रहनु भएका गजुरेलले मन्त्रालय बाँडफाँडमा नभई सहमतिको पालना नगरेका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको बताउनु भयो । उहाँले एमाले सँग भएको सहमति एक दुई महिनाको प्रयास नभएर एक दुई वर्षका प्रयास पछि मात्र भएको उल्लेख गर्दै एमालेले सहमति पालना नगरे माओवादी सिधै जनविद्रोहमा जाने चेतावनी दिनु भयो । माओवादीलाई घेरा बन्दी गर्ने काम भए माओवादीले सडक बाट संविधान घोषणा गर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैध किरण दुवै शान्ति र संविधानको विरोधी भनेर बाहिर आएको कुरा असत्य भएको भन्दै शान्ति प्रक्रियालाई जोखिम ढंगबाट यहाँ सम्म ल्याउने काम प्रचण्डको नेतृत्वमा भएको बताउनु भयो ।  एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति सिन्धुलीका इन्चार्ज बुद्धि माझीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका दीपक मिश्र, नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राई, नेकपा संयुक्त माक्र्सवादीका केन्द्रिय सदस्य भोजराज सत्याल, नेकपा माक्र्सवादीका बुद्धराम श्रेष्ठ, नेकपा एकिकृतका ढकप्रसाद देवकोटा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति सिन्धुलीका सहइन्चार्ज गणेश बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा माओवादीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, पत्रकार, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Read More......

Saturday, February 12, 2011

महोत्सव तेस्रो दिन पनि जारी ,स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती

0 comments


एस वि गौतम माघ २९ सिन्धुली ।
 सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ सिन्धुलीमाढीमा माघ २७ गतेवाट सुरु भएको मध्यमाञ्चल क्षेत्रिय महोत्सव आज तेस्रो दिन पनि जारी छ ।
महोत्सवको तेस्रो दिन आज महानायक राजेश हमालको विशेष प्रस्तुती रहेको थियो । महानायक हमालको स्वागतका लागी महोत्सव स्थलमा हजारौ मानिसहरुको घुइचो लागेको थियो । त्यस्तै स्थानिय तथा राष्ट्रिय कलाकारहरु तेज आले,लेखराज गुरुङ,रमेश खड्का लगाएतको सांगेतिक प्रस्तुतीवाट र एउटा खुट्टा नभएर पनि आफ्नो नृत्य प्रस्तुत गरि रमा न्यौपानेले दर्शकहरुलाइ मनोरन्जन प्रदान गर्नुभएको थियो । यसैगरि मनोक्रान्तिका साधक सौर्यमले लगातार ३ घण्टा शिर्षासन योग गरेर सवैलाइ आश्चर्यचकित पार्नुभएको थियो ।
करिव ४० लाखको लागतमा सुरु गरिएको महोत्सवमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने भएको छ ।  पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी ,  कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम  अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीले जनाएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्नेछ । यसैविच महोत्सवकै अवसरमा नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले हिजोदेखि आयोजना गरेको रत्तदान कार्यक्रममा यो समाचार तयार गर्दासम्म ३६ जनाले रक्तदान गरिसकेको आयोजकले जनाएको छ ।

Read More......

छतवाट खस्दा घटनास्थलमै मृत्यु

0 comments

एसवी गौतम
माघ २९ सिन्धुली।घरको छतवाट खस्दा आज सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । वेलघारी घरभई हाल सिन्धुलीमाढीमा वस्दै आएका  ५० वर्षिय कर्ण वहादुर घिसिङको मृत्यु भएको हो ।

सिन्धलीमाढी स्थित शिखरटोलमा दिनेश अधिकारीको घरको छतमा सिमेन्ट सोर्ने क्रममा २५ फिटमाथी वाट चिप्लिएर घिसिङको घटनास्थलमा नै मृत्यु भएको हो सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र प्रसाद शाहले जानकारी दिनुभएको छ ।

Read More......

Friday, February 11, 2011

मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आज, राष्ट्रपति रामवरण यादवद्धारा उदघाटन हुँदै

0 comments


एसवी गौतम,
माघ २८, सिन्धुली ।
 सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ हिजो देखि सिन्धुलीमाढीमा मध्यमाञ्चल क्षेत्रिय महोत्सव सुरु भएको छ । महोत्सव हिजोवाट सुरु भएपनि आज राष्ट्रपति रामवरण यादवले दिउसो २ बजे महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ  । विहान  ११ बजे ¥याली निकालिएको र्यालीले सिन्धुली सदरमुकाम परिक्रममा गरेको छ  ।  करिव ४० लाखको लागतमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । उधोग, व्यापार, पर्यटन, कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने आयपोजकले जनाएको छ । पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई, कालिकामाई, सिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्वमै पहिचान गराउने उद्देश्य महोत्सवले लिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी, कृषि जन्य वस्तुको प्रदशनी, दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम अन्य मनोरन्जनात्मक कार्यक्रमहरुमा, सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीका अध्यक्ष मीनवहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

Read More......

Thursday, February 10, 2011

मध्यमाञ्चल क्षेत्रिय महोत्सव आजवाट सिन्धुलीमाढीमा सुरु

0 comments


एसवी गौतम ।
माघ २७ सिन्धुली ।
 सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ आजदेखि सिन्धुलीमाढीमा मध्यमाञ्चल क्षेत्रिय महोत्सव सुरु भएको छ । महोत्सव आजवाट सुरु भएपनि भोलि मात्रै राष्ट्रपती रामवरण यादवले उद्घाटन गर्नुहुने छ । करिव ४० लाखको लागतमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने आयपोजकले जनाएको छ । पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी ,कृषि जन्य वस्तुको प्रदर्शनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम अन्य मनोरन्जनात्मकार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीका अध्यक्ष मीनवहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

Read More......

Wednesday, February 9, 2011

सिन्धुलीमाढीमा आयोजना हुने मध्यमाञ्चल क्षेत्रिय महोत्सवकोतयारी अन्तिम चरणमा

0 comments



माघ २६, सिन्धुली ।
सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ यहि माघ २७ गतेदेखी फागुन ७ गतेसम्म सञ्चालन हुन गईरहेको मध्यमाञ्चल क्षेत्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपती रामवरण यादवले माघ २८ गते उद्घाटन गर्नुहुने महोत्सवको गेट,स्टेज, महोत्सव हुने स्थान वरपर घेरावेरा एवं १५० वटा स्टल निर्माण कार्य भईसकेको छ भने महोत्तरीको
वर्दिवासहुदै, सिन्धुलीको भिमान,करकरेमा समेत भव्य स्वागत गेट निर्माण कार्य सकिएको छ । उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने छ भने उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी , कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीका अध्यक्ष मिन वहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae