Sahara Sansar

Tuesday, May 17, 2011

पार्टी फुटाउन फरक तत्वले भूमिका खेलिरहेको छ: संचारमन्त्री



  जेठ ३ काठमाडौँ  । सूचना तथा संचारमन्त्रीमन्त्री अग्निप्रसाद सापकोटाले पार्टीभित्र देखिएको विवाद विचारको लडाइँ भएको बताउँदै पार्टी फुटाउन फरक तत्वले भूमिका खेलिरहेको आशङ्का गर्नुभएको छ ।

माओवादी निकट गणतान्त्रिक सम्पर्क माच ताम्सालिङ राज्यसमितिद्वारा आज काठमाडौमा आयोजित नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र स्पष्ट तीनवटा धार भएको तर त्यो विचारको लडाइँ भएको बताउनुभयो ।

मन्त्री सापकोटाले पार्टीहरुका आन्तरिक खिचातानीका कारणले राष्ट्र कमजोर भएको भन्दै विगतलाई समीक्षा गरी जनतासँग माफी मागेर विश्वसनीय आधारमा संविधानसभाको म्याद थप्नुपर्नेमा जोड दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री हितमान तामाङले राष्ट्रिय स्वाधीनता धरापमा परेको भन्दै राष्ट्रको सुरक्षाका लागि सबै राजनीतिक पार्टीहरु एकै ठाउँमा आउनुपर्ने बताउनुभयो ।

उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानसधाबाट जोगाउनुपर्ने बताउँदै आफूलाई पार्टीले सहिदका सपना बेपत्ता परिवारका सपना र सबै जनताका सपना पूरा गर्न सरकारमा पठाएको बताउनुभयो ।

गणतान्त्रिक सम्पर्क माच ताम्सालिङ राज्यसमितिका पश्चिम इन्चार्ज तथा सो कार्यक्रमका संयोजक नन्दलाल दाहालले देश सङ्क्रमणकालीन अवस्थामा गुजि्रएको बताउँदै राजनीतिक नेताहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae