यम चौलागाई
सिन्धुली। लोप हुदै जाँन लागेको निरन्तरता दिएर माहादेव स्थानका ८ का ३८ वर्षिया गाइनेमान विश्वकर्माले राम्रो कमाई गरेका छन् । आधुनिक प्रविधीको जमानामाको पेशा ओझेलमा पार्दै गएपछि विश्वकर्माहरुको कला लोप नहोस भन्ने उद्देश्यले विश्वकर्माले पेशालाई निरन्तरता दिए सँगै कमाई पनि राम्रै हातापार्न थालेका हुन् । आफु वाल्य अवस्था हुदाँ देखीकै आरण भाँटीको काम गर्दै आएको वताउने विश्वकर्मा आफ्नो पेशामा लागेको झण्डै तिन दशक भैसकेको बताउछन् । विश्वकर्माले तामा, पित्तल, सिल्भर, फलाम लगाएतका विभिन्न प्रकारका भाँडा तथा औजारहरु वनाएर स्थानिय वजारमा विक्रि वितरण गर्दै आएका छन् ।
आधुनिक जमानामा पनि जिल्लाको ग्रामिण भेगमा परम्परागत शिप गरेर विश्वकर्माको मेहनत र सिर्जनसिल्ताले उनलाई व्यवसायिक्ता समेत वनाएको छ । विश्वकर्माको पेशाबाट मासिक २० हजार रुपयाँ भन्दा बढी कमाई हुदै र् आएको छ । विश्वकर्माले भने ‘भाँडा कुडाँ वनाउछु, हँसिया, कचिया,कुटो कोदालो वनाउने अर्जाप्ने काम गर्छु वर्षको २ लाख पचास हजार भन्दा वढी कमाई हुन्छ, यसै बाट परिवार पाल्दै आएको छु ।’ उनले थपेे, ‘पहिला गरिविका कारण पढ्न सकिन बरु बाऊ बाजेले गर्दै आएको सिप सिके, त्यहि अहिले जिन्दगीको ज्युँने माध्ययम वनेको छ, यसमै आनन्द विश्वकर्माहरुको परम्परागत पेशालाई लाग्छ ।’
पेशालाई संकटमा पर्न नदिने अठोट गर्ने विश्वकर्माले आवश्यक पर्ने कच्चा पदार्थ भने राजधानि लगाएका ठाँउहरुबाट ल्याउनु पर्ने भएकाले केहि कठिनाई पर्ने गरेको गुनासो गरे । संरक्षण व्यवसायिक प्रवर्धनको अभावमा हिजो आज विश्वकर्मा जातीहरुको पेशा संकटमा पर्दै गएको पनि उनले बताए ।
0 comments:
Post a Comment