Sahara Sansar

Saturday, May 14, 2011

संविधानसभाको म्याद थपेर सरकारको आयु लम्बाउन खोजिएको एमाले नेता केपी ओलीको आरोप

 वैशाख ३१ काठमाडौं। सत्तारुढ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले संविधानसभाको म्याद थपेर सरकारको आयु लम्बाउन खोजिएको आरोप लगाउनुभएको छ ।

युवा संघ नेपालको २१ औं स्थापना दिवसको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा नेता ओलिले संविधानसभाको एक बर्ष म्याद थप्ने निर्णय सरकारको आयू लम्ब्याउने षड्यन्त्र मात्रै भएको दाबी गर्नुभयो । राजनैतिक पार्टीहरुसँग छलफल नै नगरी संविधानसभाको म्याद थप्ने सरकारको निर्णय ठिक नरहेको उहांले बताउनुभयो ।

वामपन्थी र गैरवामपन्थी ध्रुविकरणबाट मुलुकलाई मुडभेडतर्फ लैजाने षड्यन्त्रमा आफ्नो साथ नरहने ओलिले बताउनुभयो । ओलिले सहमति र सहकार्यका साथ अहिले संयुक्त सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । लडाकु समायोजन, हतियार व्यवस्थापन र दलिय सहमति पुरा नभएसम्म संविधानसभाको म्याद थप्नुको औचित्य नरहने ओलिको भनाई छ ।

साँच्चै संविधान बनाउन चाहेको भए सभासद्हरुले लिदै“ आएको सुविधा, भत्ता र पारिश्रमिक कटौति गर्ने निर्णय समेत गर्न ओलीले सरकारलाई चुनौती दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae