Sahara Sansar

Showing posts with label साहारा परिसर. Show all posts
Showing posts with label साहारा परिसर. Show all posts

Tuesday, June 21, 2011

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको आरोपमा एक शिक्षक निष्कासित

0 comments




राजन रुचाल,असार ७,ओखलढुंगा

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको भन्दै ओखलढुंगाको पात्ले निम्न माध्यमिक विद्यालयका एक शिक्षकलाई विद्यालयबाट निष्कासन गरिएको छ । विद्यालय व्यवस्थापन समितीको बैठकले निजी स्रोतमा कार्यरत शिक्षक नोर्बु शेर्पालाई निश्कासन गरेको हो ।

 बिद्यालयको कक्षा सातमा अध्ययनरत १३ बर्षिया छात्रालाई प्रेमपत्र लेख्ने अश्लील पत्रपत्रिका पुस्तक अध्ययन गर्न दिनेलगाएका कि्रयाकलापमा संलग्न रहेको फेला पारेपछि निष्कासन गरीएको विद्यालय व्यवस्थान समितीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 यसैबिच विद्यालय व्यवस्थापन समितीले विद्यालयलाई मोबाइल निषेधित क्षेत्रसमेत घोषणा गरेको छ । विद्यार्थी र शिक्षक दुवै मोबाइल फोनका कारण अमर्यादित बन्दै गएकाले विद्यालयलाई मोबाइल निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Read More......

Saturday, June 18, 2011

विद्युत चोरी गर्नेलाई कारवाही गरिने

0 comments


मिनकुमार दाहाल,असार ४,सिन्धुली

सिन्धुलीजिल्लाको जलकन्या तथा रतनचुरा गाँउ विकास समितीमा हुक लगाएर विद्युत चोरी हुन लागेको नेपाल विद्युत प्राधिकरण सिन्धुलीले जनाएको छ । विद्युत् कार्यालयले ग्रामिण भेगमा वितरण गरे पनि त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा विद्युत चोरी गर्ने क्रम वढेको सुरेश िसंहले वताए । रतनचुराजलकन्या गाँउ विकास समितीमा विस्तार गरिएको विद्युतलाईनको निरिक्षण रामेछाप जिल्ला विद्युत कार्यालयले अनुगमन गर्न टाढा भएकोले समस्या भएको थियो । यस वर्ष ति दुई गाविस सिन्धुली कार्यालयले हेर्न अनुगमन गर्नथालेपछि विद्युत चोरी गर्नेलाई विरुत्साहीत गरेको िसंहले वताए । एक दर्जन भन्दा वढी व्यक्तीले जलकन्यामा विद्युत चोरी गरेको भेटीएको थियो उनले वताए ।

Read More......

Thursday, June 16, 2011

दोलखामा संचारकर्मीको प्रोफाईल तयार पारिने

0 comments



सन्तोष भुजेल,दोलखा

दोलखा जिल्लामा रहेका आम संचार गृहहरुको लोकेशन म्याप निर्माण गरिने भएको छ । दोलखाका आमसंचार गृहमा कार्यरत सम्पादक तथा प्रकाशकहरुको आज भएको अन्तरकि्रयाले साचारकर्मी र साचार गृहको सुरक्षालाई मध्येनजर गर्दै लोकेशन म्याप निर्माण गर्ने निर्णय गरेको हो । 

पत्रकार र साचार गृहमाथि आक्रमण र हस्तक्षेप बढीरहेकाल कुनै अपि्रय घटना भएमा तत्काल साचारकर्मीहरुको उद्दार गर्न सकियोस् भन्ने हेतुले लोकेशन बनाउने निर्णय भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । लोकेशन म्याप तयार गर्नका लागि प्रकि्रया अघि बढाउन शेरबहादुर भुजेलको संयोजकत्वमा तीन सदस्सीय समिति समेत गठन गरिएको छ । समितिमा कुमार थापा र मन्दिरा थापा सदस्य रहेका छन् ।

 त्यस्तै अन्तरकि्रया कार्यक्रमले दोलखामा कार्यरत सबै साचारकर्मीहरुको फूल प्रोफाईल तयार गर्ने निर्णय समेत गरेको छ । साचारकर्मीमाथि कुनै पक्षबाट आक्रमण भएमा वा दुर्घटनामा परेमा उनीहरुको उद्दार तथा उपचारमा सहयोग होस् भन्ने हेतुले पत्रकारको रक्त समुह लगायत सम्पूर्ण विवरण समेटेर प्रोफाईल तयार गर्ने निर्णय भएको हो । प्रोफाईल तयारका निम्ति पत्रकार दीपशङ्कर चौलागाईंको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरिएको छ ।

 समितिमा रमेश खतिवडा सन्तोष भुजेल लगायत सदस्य रहेका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका अभियुक्तलाई सरकारले कारबाही गर्ने आश्वासन दिए पनि प्रकि्रया अघि नबढाएको भन्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार आज दोलखाका सम्पादक तथा प्रकाशकहरुसंग अन्तरकि्रया गरिएको हो । कार्यक्रमले तत्काल दोलखाका राजनीतिक दल प्रशासन सुरक्षा निकाय आदीसंग पत्रकारहरुको सुरक्षाका निम्ति बृहत अन्तरकि्रया गर्ने निर्णय पनि गरेको छ । 

Read More......

Wednesday, June 15, 2011

आमाहरुको उदाहरणीय कार्य, पुथाङ सुन्दर बनाउन आमाहरुको देन

0 comments

चन्द्रश्वर बस्ताकोटी  मुस्ताङ । सबैलाई लाग्न सक्छ बिकट हिमाली क्षेत्रका बस्तिहरु सहरिया बजार भन्दा फोहर हुन्छन तर मार्फा गाबिसको पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुले सन २००६ देखि आमाहरुले टिमनेपालको ५० प्रतिसत अनुदान सहयोगमा ३ बटा इन्सुलेटर बनाई निरन्तर फोहर ब्यबस्थापन गर्दै आएको  पुथाङबजारलाई ३ भागमा बिभाजन गरि आआफ्नो इनसुलेटरमा पोल्न मिल्ने फोहर पोल्ने, कुहिने फोहरलाई खनिएको खाल्डोमा कुहाउन राख्ने र नजल्ने, नकुहिने फोहरलाई अर्कोखाल्डोमा राख्ने र बेच्न मिल्ने फोहर छुट्याई बेलाबेला बिक्री गर्ने गरेका छन ।

विगत २००६ देखि टिम नेपाल र आमाहरुले बनाएका ३ बटा इन्सुलेटरबाट सहरमा देखिने फोहर ब्यबस्थापन समस्या समाधान गर्न निकै सहज हुने स्थानिय आमा समुहकी अध्यक्ष मोहन कुमारी शेरचनले बताइन् । कुनै ब्यक्ति ब्यबस्थापनका बेला आफ्नो फोहर सहित ढिला उपस्थित बा उपस्थित नभए सबै सदस्यको समझदारीमा बनाइएको नियम अनुसार कावाही गर्ने भएकाले पनि फोहर ब्यबस्थापनका बेला सबै घरका एक, एक सदस्य आई ब्यबस्थापनको कार्य गर्ने भएकाले पनि पुथाङलाइ स्वच्छ बनाउन सकिएको स्थानिय आमा समुहका सदस्यको भनाई छ ।

सहर बजारमा फोहरका कारण हुने बेलाबेलाको समस्या यी पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुबाट सिक्नु जरुरी छ । ठलठुला सहरमा देखिने फोहर ब्यबस्थापनको समस्या अरुले गरिदेला  भनेर बस्ने प्रबतिका कारण भएको अध्यक्ष शेरचनको भनाइ छ । पुथाङ आमासमुहले सक्रिय रुपमा कार्य गर्दै आएकाले एक्यापले सचालन गर्दै आएको मुस्ताङ इको म्युजियम मुस्ताङ आमासमुहले सचालन गरेको पुथाङ बहुउद्देश्यीय सहकारी सस्थालाई ५ बषको लागि सचालन जिम्मा दिइएको छ ।

आमाहरुले उक्त क्षेत्रमा हुने बिषेश कार्यक्रममा क्याटरीङ सचालन गरेर आफ्नो खर्च चलाएका छन । आमाहरुले सबैलाई सहज होस भनि कुटानी पिसानी मिल सचालन गर्दै आएका छन । आफ्नै ३ तले भवनमा सबैलाई चेतनसिल बनाउन आमाहरुले पुथाङलाइबेरी सचालन गर्दै आएका छनभने पर्यटकिय क्षेत्र भएकाले ९ बटा कम्प्युटर राखी आफुहरु र पर्यटकलाई इमेल इन्टर नेटसमेत सचालन गरेका छन ।

Read More......

Sunday, June 12, 2011

आफु पहिले पनि सर्बसाधारण नागरिक रहेको बताउने मुस्ताङी पुर्व राजा सर्वोच्चको फैसला प्रति दुखि

0 comments

चन्द्रश्वर बास्ताकोटी मुस्ताङ ।
ऐतिहासिक दरवारलाई बिभाजन होइन सग्रांहलय बनाइनु पर्ने भनाई गणतन्त्र पछि नेपाल सरकारले राजा रजौटा सम्वन्धि ऐन खारेज गदै तत्कालीन गृहमन्त्री बामदेव गौतमले सो सम्वन्धि जानकारी लोमन्थाङ पुगेर मुस्ताङका तत्कालीन राजालाई पत्र बुझाएका थिए । ऐन खारेज भएपछि आफु सधै देशको सामान्य नागरिक रहेको बताउने बृद्ध अवश्थामा सर्वसाधारण सरह जिवन बिताई रहेका मुस्ताङका २५ औ पुर्व राजा जिग्मी पलवर बिष्ट भाउजु डिकी डोलकर बिष्टले सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाई प्रति भने दुखित देखिन्छन । जेठा दाजु आङगुन बिष्टको परिवारले २०१७ सालमै अशं लिएको बताउदै ऐतिहासिक महत्वको लोमान्थाङ दरवारलाई जिर्णोद्धार गरि संग्राहलय बनाउनु पर्नेमा त्यसो हुन नसकेको भन्दै पुरातात्विक महत्वको दरवार बिभक्त हुन नदिने बताएका छन ।
नेपाली भाषा राम्रो नबुझ्ने र नवोल्ने मुस्ताङका पुर्व राजासँग यी नै बिषयमा केन्द्रित रहि  स्थानिय बासिन्दा इन्द्रधारा बिष्टको सहयोगमा लोमान्थाङ दरवारमा चन्द्रश्वर बस्ताकोटीले गरेको कुराकानी

, नमस्कार नमस्कार सर्वप्रथम हजुरलाई ऐतिहासिक क्षेत्र उपल्लो मुस्ताङमा स्वागत गर्न पाउदा धेरै खुसीलागेको छ। , तपाईको स्वास्थ्य अवस्था हिजोआज कस्तो छ ?
प्रेसरकोले नियमित औषधी सेवन गरिरहेको अव त बृद्ध पनि भए मेरो स्वास्थ्य अवस्था सामान्य नै छ ।
, पछिल्लो समय काठमाण्डौ बस्दै आउनु भएको थियो । लोमान्थाङ कहिले आउनु भयो ?
प्रेसरको विरामी भएकोले उपचारका लागि काठमाण्डौ गइरहनु भन्दा उतै बसेर उपचार गराउँदै आइरहेको थिए । अहिले स्वास्थ्यमा केहिसुधार भएकाले करिब एक महिना अगाडि लोमान्थाङ आएको हु । आउदो हिउदमा पुन उपचारका लागि
काठमाण्डौ जान्छु ।
, बृद्ध अवश्थामा कसरी दैनिक जिवन कसरी बिताउनु भएको छ ?
प्राय बिहान उठेर दैनिक नित्यकर्म पछि लोमन्थाङ गाउँ एक पटक घुम्छु । पुराना साथीभाईसग भेटधाट, कुराकानी गर्दछु, यसरी नै समय बितेको छ ।
, नेपालमा गणतन्त्र स्थापना भएको पनि ३ बर्ष भन्दा बढि भै सक्यो तपाईले कस्तो अनुभुति गर्नु भएको छ ?
म कहिल्यै पनि राजनितिक रुपमा आउन चाहिन, म त सधै सर्बसाधारण जनता नै थिए, सास्कृतिक रुपमा मलाई केवल राज्यले सम्मान दिएको थियो । समयानुकुल परिवर्तन हुदै जानुलाई मैले स्वभाबिक रुपमा लिएको छु । जनताको चाहना अनुरुप कार्य गर्नु नै गणतान्त्रिक नयाँ नेपालको निर्माण हो भन्नेमा सवै राजनैतिक दल र नेताका साथै राज्यका निकायमा बस्नेले बुभ्न पर्छ । मलाई लागेको थियो गणतन्त्र स्थापना पछि नेपाली जनताकै चाहना अनुरुप सुख शान्तिका साथ आफुले चाहेको काम गर्न पाउने छन सबिधान बन्नेछ । तर अहिले सम्म पनि त्यस्तो नभइदिदा मलाई पनि दुख लागेको छ । राजनितिक स्वार्थ भन्दा माथी उठेर राष्ट्रिय स्वार्थमा नेताहरुले काम गर्नु पर्दछ ।
, उपल्लो मुस्ताङका विभिन्न गाविसहरुमा आउदा पुराना दरवाङ, गुम्बा मर्मत सम्भार अभावमा जिर्ण अवस्थामा रहेका छ नी । यसको संरक्षण गर्ने दाहित्व कसको हो ?
मुस्ताङका छोर्देन, गुम्वा र दरवार ऐतिहासिक एव पुरातात्वीक महत्वको छन, त्यसैकारण कतिपयले गुम्वा र दरवारको राजधानी पनि भन्ने गर्दछन उपल्लो मुस्ताङलाई । नेपाललाई अन्तराष्टिय स्तरमा चिनाउने मराङमा रहेको घार गुम्वा, छोसेरको झोङ गुफा लगायत उपल्लो मुस्ताङका धेरै गुम्वाहरु, योलोमन्थाङ दरवार पनि जिर्ण हुन खोज्दैछ, चराङ गाविसमा रहेको चराङ दरवार निकै जिर्ण बनिसकेको छ, भने लोमान्थाङ.छोन्हुप, छोसेर गाविसको सिमानामा रहेका पुरानो दरवाङ भग्नावसेसमा परिणत भइसकेको छ । धेरै गुम्वा र छोर्देनको हालत पनि त्यस्तै छ । यस्ता गुम्वा दरवार मर्मतका लागि विभिन्न निकायमा छलफल भइरहेको छ । मुस्ताङको ऐतिहासिक अत्विस्त जोगाउन सबै मुस्ताङीका साथै सिंगो राज्य नै लागि पर्नुपर्छ ।
, अर्धनिषेधीत क्षेत्र उपल्लो मुस्ताङमा आउने पर्यटकबाट सरकारले बिषेश सेवा शुल्क लिने गरे पनि मुस्ताङको पर्यटन विकासका लागि पठाइएको रकम प्रति गुनासो आउने गरेको छनी ?
सास्कृतिक, ऐतिहासिक एव जैवीकरुपमा धनीउपल्लो मुस्ताङमा न उद्योग नत राम्रो कृषि उत्पादन हने गरेको छ, पशुपालनको हालत पनि त्यस्तै छ । यो बास्तविकताका बारेमा नेपाल सरकार पुर्ण जानकार छ । अर्धनिषेधीत क्षेत्र भनिएकाले धेरै रकम तिरेर सबै पर्यटक उपल्लो मुस्ताङ आउन सक्दैनन । यहा आउने प्रति बिदेशी पर्यटक ५ सय डलर तिरेर आउछन ।
मुस्ताङीहरुको प्रमुख आसा भने कै पर्यटन ब्यवसाय भएकाले त्यसको दिगो विकास गर्न सकियो भनेमात्र नेपालको पर्यटन प्रर्वधन गर्न सजिलो हुने भएकाले सरकारले धेरै पहिले सम्झौता गरे अनुसार ६० प्रतिशत रकम पठाउनुपर्छ । हाल सम्म पठाइएको ३० प्रतिशत रोयल्टी कम भएको गुनासो आउनु स्वभाबिक नै हो 
, कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम झैते लोमन्थाङ मोटरबाटोको विस्तार गर्न थालिएको छ । यसले कस्तो प्रभाव पार्ला ?
मोटरबाटोले बिकाससगै बिनास पनि गर्दछ, सकारात्मक र नकारात्मक दुवै असर पार्ने भएकाले मोटरबाटो विस्तारपछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको छ ।   केही समय यता मोटरबाटोे आवश्यकता भएर पनी फेसन जस्तै भइरहेको छ गाउँमा विकास भएको देखाउन मोटरबाटो खन्ने गरिएको हो । जहाँसम्म जोमसोम देखि तिब्वतको सिमानासम्म मोटरबाटो विस्तार हुन थालेको छ यसले दिर्धकालीन रुपमा मुस्ताङलाई ब्यापारीक थलोका रुपमा बिकास गर्ने छ । पदयात्रा गर्न चाहनेलाई बैकल्पीक मार्गहरु खोल्न सबै मिलेर लाग्नु पर्छ ।
, तिजीपर्वले दिन खोजेको सन्देश के हो ?
विगतका बर्षमा पनि नियमित सहभागिता हुने गरेको थिए तर अहिले विरामी भएकाले समापनमा मात्र उपस्थित हुन सके । मुस्ताङबासीको अहिलेको प्रमुख आवश्यकता मेरो पुर्खाहरुको पालादेखि मनाउने गरिएको तिवी पर्वको प्रमुख उद्देश्य भनेको विश्व शान्तिको कामना गर्न, मनोकामना पुरा गर्न, स्थानिय मौलिक सांस्कृतिको जर्गेना गर्न, धर्म प्रतिको आस्था, त्यस्तै उपल्लो मुस्ताङीहरुमा रहेको आत्मीयतालाई निरन्तरता दिने हो । उपल्लो मुस्ताङबासीले प्रत्येक बर्ष मनाउने गरेको यो पर्व उपल्लो मुस्ताङबासीको प्रतिक हो ।
१०, लोमान्थाङ दरबारलाई सर्वोच्च अदालतले तिन भागमा बाँड्ने आदेश दिएको प्रति यहाको भनाई के छ ?
सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नु पर्छ तर फैसलाले म निकै दुखी छु । म राजा हुुनु पहिले दाजु आङगुन बिष्ट र मेरी भाउजु डिकी डोलकरको परिवारले नै यो दरवार सञ्चालन गर्ने गरेका थिए । त्यस समयमा अंशबण्डाको किचलो नहोस भनि २०१७ सालमा सम्मानजनक तरिकाले अंगबण्डा गरिएको थियो । तर पछि आफनो नाममा रहेको सम्पत्ती विक्रि गरेर भाउजुले  काठमाण्डौ गएपछि पुन अशवण्डाको किचलो गर्दै सम्माननिय अदालतमा रिट दिनु भएको थियो । सर्वोच्च अदालतको निर्णय न्याय पुर्ण फैसला भएन । यसले मेरो भित्री मनमा निकै ठुलो चोट पु¥याएको छ । यो न्यायपुर्ण फैसला होइन् ।
११, भन्नाले सर्वोच्चको फैसलाले दरवारको पहिचान, महत्व र अस्तित्व खतरामा पार्ने भन्न खोज्नु भएको हो ?
हो, सर्वोच्चको फैसलाले एतिहासिक दरवारको पहिचान, महत्व र अस्तित्व धरापमा पार्ने र ऐतिहासिक एव सांस्कृतिक रुपमा प्रभावशाली दरवार मुस्ताङको पहिचान भएकाले पनि यसको संरक्षणमा राज्यले विषेश चासो देखाउनुपर्छ । म जिवित रहँदा सम्म दरवारलाई विभक्त हुन दिन्न । २४ पुस्ता अगाडी बनेको दरवार चर्किएको छ जिर्ण बन्दै छ । यो मेरो भन्दा पनि राज्यको सम्पत्ति हो, जसको तत्काल मर्मत सम्भारको आवश्कता रहेको छ । यसका कारण नेपालको पर्यटन प्रबर्धनमा समेत टेवा पुगेको छ । यो दरवारलाई संग्राहलयको रुपमा विकास गर्ने मेरो सोच सरकारले पनि साथ दिनु पर्नेहो । मर्मतका लागि विभिन्न विदेशी संस्थाहरूले समेत चासो देखाएका छन् राज्यको अनुमति लिएर आउनेहरुलाई जिर्णोद्धार गर्न हामीले पनि सहयोग गर्नु पर्छ ।
१२, अन्त्यमा के भन्न चाहनुहुन्छ ।
समयमै संविधान निर्माण भएमा नेपाली जनताले नयाँ नेपालको अनुभुति गर्न पाउने थिए । हुनत फरक बिचार र धरातलबाट धेरै जना मिलेर अन्तिम निर्णयमा पुग्न समय लाग्छ नै । हाम्रो नेपाल सुन्दर र बिविधताले भरिएका कारण बर्षेनी लाखौ विदेशी नेपाल घुम्न आउने गरेका छन् । हामीले हाम्रो देश प्रति गौरव गर्नु पर्दछ ।

Read More......

Wednesday, June 1, 2011

सिन्धुलीमा विकास निर्माणका काममा महिला अघि वढ्दै

0 comments


एसवी गौतम,सिन्धुली।
    सिन्धुलीको वेलघारी स्थित रातमाटा वाट नेपालेशिखर सम्म मोटरवाटो निर्माण कार्य सम्पन्न भएको छ । भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्था लिमीटेड र महिला विकास कार्यालय सिन्धुलीको सम्झौता अनुसार वाटो निर्माण कार्य सम्पन्न भएको हो ।

 महिला विकास कार्यालय सिन्धुलीले अनुदान स्वरुप  ६ लाख ५५ हजार४५० र महिलाहरुको श्रमदान स्वरुप २ लाख ३४ हजार ७७२ रुपैया वरावरको आर्थिक सहयोगमा उक्त वाटो निर्माण भएको हो । साथै उक्त सस्थाले वेलघारी ४ जिर्गाहा दोभान देखी हात्तिसार हुदै ट्याम्केसम्म  २ लाखको अनुदानमा गामि्रण सडक निर्माण पनी गरेको छ भने १४ लाखको लागतमा २ तले पक्की  भवन समेत निर्माण गरेको छ ।

 ८६० जना महिलाहरु आवद्ध भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्थाले सामाजिक विकास निर्माणका काम मात्र नभई आयमुलक कार्यक्रम संचालनखानेपानी सिचाईनदि नियन्त्रण  चरिचरण वन्द अभियानजाडरक्सी जुवातास नियन्त्रण लगायत सामाजिक जनचेतनामुलक कार्यक्रम गदै आएको सस्थाकी अध्यक्ष वावा कुमारी दाहालले जानकारी दिनुभयो । 

Read More......

Saturday, May 28, 2011

गोरखा सदरमुकाममा पानीको हाहाकार

0 comments

राजेन्द्र न्यौपाने
 गोरखामा सोमबार विहान लगातार तीन घण्टासम्म परेको अविरल बर्षाका कारण सदरमुकामको खानेपानीमा समेत असर पुगी जिल्लामा खानेपानीको हाहाकार भएको छ ।जिल्ला भित्र रहेको स्थानीय विभिन्न मुहानहरुमा माटो जम्न गई स्थानीय मुलहरु पुरिएका छन् । भने खानेपानीको नाममा धमिलो पानी भनेपनि वितरण गर्दै आईरहेको पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी आजका दिनसम्म उपभो क्ताहरुले पाउन सकेका छैनन् ।

पिउन बाहेक अन्य कामका लागि साना सहरीको पानी प्रयोग गर्दै आईरहेका गोरखा सदरमुकामका स्थानीय नागरिकहरु अहिले यतिवेला पानीको चरम संकटमा परेका छन् ।

घरको धारामा पानी नआएपछि स्थानीय कुरा र खोल्सा खोल्सीहरुमा मानिसहरुको भीड बढेको समेत लामो समयदेखि पानीको समस्या झेल्दै आएको गोरखा जिल्ला सोमबारको अविरल बर्षातका कारण झनै समस्यामा परेको छ ।

 वर्षात पछिको सबै समय पानी बनाउन खर्च गरेपनि अझै पानीलाई पहिलेको अवस्थामा ल्याउन नसकिएको स्थानीय केशव बस्नेत बताउनुहुन्छ ।

Read More......

Saturday, May 21, 2011

भेडी गोठ लेकतिर सार्दै

0 comments

राजेन्द्र न्यौपाने
 गोरखा जिल्ला सदरमुकामबाट २० कोष उत्तरमा रहेको ऐतिहासीक गाउँ बारपाकमा जति मात्रामा लाहुरेहरुको बस्ती छ , त्यति नै त्यस क्षेत्रमा कृषि व्यवसाय गर्ने किसानहरु छन् । बारपाकका प्रत्येक घरहरुमा पशुपालन गरिन्छ । अर्गानिक मलको प्रयोग गरेर खेती गर्ने बारपाकी गाउँलेहरु आफ्नो खेतबारीमा पशुको मल
मात्र प्रयोग गर्दछन् ।

हिउँदको समयअवधिभरी बारपाकगाउँमा रहेका भेडीगोठहरु अहिले लेकतिर सारिएको छ । गाउँको मकैबारी र कोदोबारीमा हिउँदसमयमा राखिएको भेडा, चौरीहरु जेठ देखि असोज सम्म लेकमा राख्ने गरिन्छ ।

लेकमा फराकिलो चरनक्षेत्र भएकोले त्यहा कसैको पनि बालि विग्रने डर हुँदैन तल्लो क्षेत्रमा पशु चराउँदा बालिनाली खाईदिएर समस्या पार्दछन् भन्नुहुन्छ स्थानीय मानसिं गुरुङ । यतिबेला मम्चे डाँडा, पिम्चेडाँडा, दिलिङ, खड्का, रुवीनाला, रुप्चे,पोइचे, ठाडो खड्का आदि चरण क्षेत्रहरुमा चौंरी भेंडाले जंगल भरिएको छ।

हिमाली क्षेत्र भएपनि नमस्ते मोवाइलको टावरले काम गर्ने भएकाले गोठालो जानेहरुलाई आवश्यक पर्ने नुन, तेल लगायतका खाद्यन्न सामग्री सकिएपछि जानकारी लिनदिन सजिलो भएको छ । पहिले खर्च सकिएपछि एक जना मानिस हिँडेर तल आउनु परेको गोठाला धन बहादुर गुरुङ बताउनुहुन्छ ।

गोठालाहरुले दिनभरी बाँसको चोयाबाट डोको, थुम्से, घुम बून्ने चलन छ भने त्यो लिनको लागि गाउँका दिदीवहिनीहरु रक्सी र सुकुटी लिएर जानेगर्दछन् । दुईचारदिन त्यस लेक क्षेत्रमा रोदी समेत चल्ने गर्दछ ।

भेंडाहरुलाई तिन महिना माथि लैजाने र दूई महिना तल झार्ने गरी चरनमा डुलाईन्छ । तल्लो क्षेत्रमा खेती नभएको समयमा भने तल नै राखिन्छ ।

त्यस क्षेत्रको चरनको सुधार गर्न सके पशुपालन व्यावसायबाट नै उत्तरी गोरखाका मानिसहरुको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ । जिल्ला पशु सेवा कार्यालय गोरखामा तलब भत्ता बाहेक पशुपालनको क्षेत्रमा आठ लाख मात्र बजेट आउने गरेको पशु विकास अधिकृत जीवलाल लम्साल बताउनुहुन्छ ।

सरकारी कार्यालयको सो बजेट बारपाक सम्म कहिल्यै पुग्ने गरेको छैन । उत्तरी गोरखाको चरन क्षेत्रको विकास गरी पशु पालन गर्न सकिन्छ भन्ने योजना अझैसम्म ती कार्यालयहरुमा छैनन ।

Read More......

Friday, May 20, 2011

बन्द सफल बनाउन सडकमा बसेर धार्मिक कर्मकाण्ड

0 comments

जेठ ६ बुटबल। ब्राह्मण समाज नेपालले शुक्रबारआह्वान गरेको पश्चिमाञ्चल बन्दका क्रममा अन्य बन्दको समयमा भन्दा पृथक दृश्यहरु सडकमा देखियो । अरु बेला हुने बन्दमा हातमा लाठी ढुङ्गा बोकेको दृष्यहरु देखिने गरे पनि आज बन्द आह्वानकर्ता ब्राह्मणहरु परम्परागत सांस्कृतिक पक्ष झल्किने संखघण्ट फुक्दै बजारमा घुमे।

ब्राह्मणहरु बन्द सफल पार्न भन्दै धार्मिक स्वस्ती, शान्तिसहितको कर्मकाण्ड सडकमै बसेका थिए । उनीहरुले सडकमा घरमा धार्मिक अनुष्ठानका क्रममा पूरा गरिने विधिहरु गरेका थिए । त्यसैक्रममा ब्राह्मणहरुले बुटवलको गोलपार्क चोकमा सडकमा रेखि हालेर पुजाआजा, होम गरेका छन् । 

त्यसैगरि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मुर्गियामा सडकमा खिर पकाएर पुजापाठ गरे ।

Read More......

Thursday, May 19, 2011

मुस्ताङमा एक सय मेघावाट विद्युत उत्पादन गर्ने तयारी गरिदै

0 comments

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ। कालीगण्डकी नदीको मुस्ताङ खण्डमा विद्युत उत्पादन गर्न बिस्तृत अध्ययन शुरु भएको छ । मुस्ताङको कोबाङ र लेते गाविस स्थित कालिगण्डकी नदीबाट १ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने नर्बेको विषेशज्ञ टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि विस्तृत अध्ययन सुरु गरिएको हो ।

यस क्षेत्रमा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागि भारतिय लगानी रहेको ग्रिन भेन्चर कम्पनीले सर्भे थालेको हो । ग्रिन भेन्चरले परामर्शदाता कम्पनी अम्वेश्वर इन्जिनियरिङ्ग हाइड्रोपावर प्रालि मार्फत कोबाङ देखी घाँसासम्मको सामाजिक, सांस्कृतिक, आर्थिक, बातावरणीय अवस्थाको बारेमा अध्ययन गरेको छ ।

ग्राउण्ड नेचर सर्भेका सिनियर इन्जिनियर सुरेश श्रेष्ठको नेतृत्वमा १० जनाको टोलीले अहिले आयोजनाबाट प्रभाव पार्ने सक्ने क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।

मुस्ताङको टुकुचे, कोबाङ, कुन्जो र लेते गाविससम्म आयोजनाको प्रभाव रहने हुँदा त्यस क्षेत्रका स्थानियवासीन्दा, अस्पताल, गाविस, विद्यालय, स्थास्थ्यचौकी, तथा विभिन्न संघसस्थासँग सो टोलीले सुझाव संकलन गरेको थियो ।

यसै गरि जियोटेक्नीकल अध्ययनका लागि लेतेको धम्पु र कोखेठाटी क्षेत्रमा ड्रिलिङ कार्यहरु भै रहेको जियोलोजीष्ट उज्वल रघुवंशिले जानकारी दिनु भयो । उहाका अनुसार आवश्यक निमार्ण सामाग्री गिटि बालुवाको लागि सो क्षेत्र र कुञ्जोको छयो खोला बगर क्षेत्रको समेत अध्ययन भै रहेको छ ।

१ सय मेघावाटको परियोजनाको लागि करिव १५ अर्व रुपैयाँ लाग्ने सक्ने कम्पनीले प्रारम्भिक अनुमान रहेको बताइएको छ । परियोजनाको क्षमता बढाएमा लागत समेत बढ्ने कम्पनीको भनाई छ । १ सय मेघावाट भन्दा बढि क्षमता बृद्धि गर्न सकिने वा नसकिने अध्ययन भै रहेको छ ।

कालीगण्डकी नदीको कोखेठाँटी र कालोपानी वीचको क्षेत्रमा बाँध बाँधेर नदीको दायाँ किनारामा सुरुङ मार्ग हुँदै घाँसा गाँउ नजिकै पावर हाउस बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

जलविद्युत आयोजना कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गरी नेपाल सरकार वातावरण मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने प्रावधान अनुसार सुचना समेत प्रकाशित गरि सकेको सो परियोजनाले जनाएको छ ।

अन्य बिस्त्रीत अध्ययन गर्न थप सर्वे टोली केहि दिन भित्र मस्ताङ आइपुग्ने बताइएको छ । बिगतमा राज्य सचालन गर्नेहरुले नसोची दिदा बिश्वकै दोस्रो ठुलो जलश्रोतको धनि देशमा बिजुली बत्तिको हाहाकार छ । यस्ता धेरै परियोजनाले मुर्तरुप लिन सके मुस्ताङ मात्र नभई नेपालकै भविष्य उज्वल हुने छ ।

घासामा देखि तल दाना सम्मको क्षेत्रमा बिद्युत उत्पादन गर्न गत बर्ष देखि कालीगण्डकी गर्ज नामाकरण दिइ केहि अध्ययन कार्य समेत सम्पन्न गरि सकेको छ ।

Read More......

Sunday, May 15, 2011

लगनशिल शान्ति समुहको लगनशिलता

0 comments

राजेन्द्र न्यौपाने
 गोरखा ।लगनशिल शान्ति समुह छापगाउँ थुमी गा.वि.स.मा पर्दछ । २०५१ सालतिर आयआर्जन महिला समुह गठन गरी काम गरेता पनि २०५५÷५६ सालतिर माओवादी सशस्त्र द्धन्द बढेपछि ठप्प भएको थियो । पछि समुहमा आवद्ध भएर काम गर्ने मन हुँदाहुदै पनि सकिएको थिएन यो शान्ति समुहले ठुलो गुन लगाएको कुरा अध्यक्ष सुक माया गुरुङ वताउछिन् ।

गाउँमा गठन हुने अन्य समुह र शान्ति समुहमा धेरै फरक भएको कुरा उपाध्यक्ष सुन कुमारी गुरुङ वताउछिन् । भन्छिन् “यो समुह अर्ति बुद्धि दिने रहेछ अरु समुहमा त १० रुपैया थपक्क राख्यो हिड्यो तर यस समुहमा अधिकार कुन तहवाट कुन तरिकावाट खोज्ने भन्ने छलफल हुन्छ ।”अधिकारको कुरा धेरै बुझेको सुक मायाको पनि अनुभव छ । “गाँउ परिषद् वारे बुझेको छु,परिषद्मा वाँडफाड हुने पैसा त हामीले नै तिरेको कर पो रहेछ ।”

सुन कुमारी गुरुङको काममा उनको श्रीमान् सेते गुरुङ पनि खुशी छन् । “श्रीमतीले केही कुरा बुझेको र उसले समयमा राम्रो काम गरेको छ । जाँडरक्सी धेरै खान दिदैन त्यो त राम्रो होनि । आफू अनपढ भए पनि उसले धेरै कुरा बुझेकी छे ।”

शान्ति समुहले मेलमिलापको काम पनि गरेका छ । त्यसलाई हिमाली क्षेत्र विकास केन्द्र गोरखाले संचालन गरेको २ दिने तालिमले सहयोग पु¥याएको उपाध्यक्ष तथा मेलमिलापकर्ता सुन कुमारी गुरुङ वताउँछिन् । आँखा नदेख्ने भए पनि मनमा टिपेको कुरा धेरै विर्सि सके । तर पनि काम लागिर हेको छ । “अहिले सम्म उनको समुहले ११ वटा झै झगडाको घटना मिलाएकी रहिछन् ।” सुन कुमारी थप्छिन् “गाँउमा झगडा मिलाउने हो झगडा अग्लोलाई अग्लो नवलाउने दुवै पक्ष जुटाउने घटनाको केरकार गर्ने जुनको गल्ती छ उसलाई दण्ड दिने हो । झगडा मिलाएपछि फेरी झगडा परेमा ठिक दोब्बर जरिवाना दिने नियम वनाएकी छन् ।” त्यस वाहेक
जनचेतना पनि जनाइदिन्छिन् ।

२० वर्ष पहिले शान्ति समुह गठन भएको भए धेरै काम हुने रहेछ अहिले त उमेर शेखा पस्यो भनि सुनकुमारी गुरुङ गुनासो गर्छिन् । मेलमिलाप गर्न पाउने अधिकार, समाजमा वोल्न पाउने अधिकार, जाँड रक्सी खानेलाई कारवाही गर्ने अधिकार शान्ति समुहवाट सिकेको कुरा उनी वातउछिन् ।

लगनशिल शान्ति समुहले गाँउमा धारा वनाउने, चौतारो वनाउने जस्ता सामाजिक कामपनि गरेका छन् । शान्ति ¥याली र नारा लगाउँदा अव त हाम्रो पनि दिन आएछ क्या हो भन्ने मनमा लागेको सीता नेपाली वताउँनुहुन्छ ।

Read More......

संकटमा परेको पेशा जोगाउँदा विश्वकर्माको लाखौं कमाई

0 comments

यम चौलागाई
  सिन्धुली। लोप हुदै जाँन लागेको निरन्तरता दिएर माहादेव स्थानका ८ का ३८ वर्षिया गाइनेमान विश्वकर्माले राम्रो कमाई गरेका छन् । आधुनिक प्रविधीको जमानामाको पेशा ओझेलमा पार्दै गएपछि विश्वकर्माहरुको कला लोप नहोस भन्ने उद्देश्यले विश्वकर्माले पेशालाई निरन्तरता दिए सँगै कमाई पनि राम्रै हातापार्न थालेका हुन् । आफु वाल्य अवस्था हुदाँ देखीकै आरण भाँटीको काम गर्दै आएको वताउने विश्वकर्मा आफ्नो पेशामा लागेको झण्डै तिन दशक भैसकेको बताउछन् । विश्वकर्माले तामा, पित्तल, सिल्भर, फलाम लगाएतका विभिन्न प्रकारका भाँडा तथा औजारहरु वनाएर स्थानिय वजारमा विक्रि वितरण गर्दै आएका छन् ।

आधुनिक जमानामा पनि जिल्लाको ग्रामिण भेगमा परम्परागत शिप गरेर विश्वकर्माको मेहनत र सिर्जनसिल्ताले उनलाई व्यवसायिक्ता समेत वनाएको छ । विश्वकर्माको पेशाबाट मासिक २० हजार रुपयाँ भन्दा बढी कमाई हुदै र् आएको छ । विश्वकर्माले भने ‘भाँडा कुडाँ वनाउछु, हँसिया, कचिया,कुटो कोदालो वनाउने अर्जाप्ने काम गर्छु वर्षको २ लाख पचास हजार भन्दा वढी कमाई हुन्छ, यसै बाट परिवार पाल्दै आएको छु ।’ उनले थपेे, ‘पहिला गरिविका कारण पढ्न सकिन बरु बाऊ बाजेले गर्दै आएको सिप सिके, त्यहि अहिले जिन्दगीको ज्युँने माध्ययम वनेको छ, यसमै आनन्द विश्वकर्माहरुको परम्परागत पेशालाई लाग्छ ।’ 

पेशालाई संकटमा पर्न नदिने अठोट गर्ने विश्वकर्माले आवश्यक पर्ने कच्चा पदार्थ भने राजधानि लगाएका ठाँउहरुबाट ल्याउनु पर्ने भएकाले केहि कठिनाई पर्ने गरेको गुनासो गरे । संरक्षण व्यवसायिक प्रवर्धनको अभावमा हिजो आज विश्वकर्मा जातीहरुको पेशा संकटमा पर्दै गएको पनि उनले बताए ।

Read More......

Monday, May 9, 2011

विद्याथीले ४५ प्रतिशत छुट नपाए आन्दोलन गर्ने

0 comments


एसवी गौतम,वैशाख २६, सिन्धुली
विद्याथीहरुलाई राज्यले प्रदान गरेको ४५ प्रतिशत छुट विद्यार्थीहरुले उपभोग गर्न नपाएको भन्दै आज तिन विधार्थी सङगठनले जिल्ला प्रसासन कार्यालय सिन्धुलीलाई ज्ञापन पत्र वुझाएको छ । 
अनेरास्वियूनेविसघं र अनेरास्वियू क्रान्तिकारीका प्रतिनिधीको हस्ताक्षरमा वुझाईएकॊ ज्ञापन पत्रमा  यसअघी २०६७ साल मिसंर १३ गते जिल्ला प्रसासन कार्यालयवस व्यवसायीराजनैतिक दलविद्यार्थी सगंठनहरुको विचमा भएको सहमती कार्यान्वयन गर्न भन्दै आग्रह गरिएको छ । 
सहमती गर्ने तर कार्यान्वय नगर्ने प्रसासन र व्यवसायीको रवैयाले हामीलाई आक्रोशित वनाएको छ फेरीपनी सहमतीको कार्यान्वयनमा ध्यान नदिएमा हामी सम्पुर्ण विधार्थीहरुको न्यायको लागी थप आन्दोलन गर्न वाध्य हुनेछौ उक्त ज्ञापन पत्रमा भनिएको छ ।

Read More......

Sunday, May 8, 2011

सुकुम्बासीको नाममा हुकुमबासी सक्रिय

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख २५  गोरखा। जिल्लाको दरौंदी नदि नियन्त्रण भएपछि नदि नियन्त्रित भएका जमिनहरु सुकुम्वासीलाई वितरण दिने निर्णय भएपनि गाउँका ठूलाठालुहरुले सुकुम्बासीलाई पछि पार्दै आफ्नै हुकुमी शासन गर्न थालेका छन् ।

सरकारी जमिनमा डोरीले नापेर आफ्नो क्षेत्र ठोस गर्ने र सुकुम्बासीलाई अधियामा दिने काम दरौंदी नदि किनार क्षेत्रका सामन्तहरुले थालेका हुन् ।आफुलाई पनि एकटुक्रा भनेपनि जमिन दिन आग्रह गर्दा सानी दराईले जीवनमा सबै भन्दा धेरै गाली खानुप¥यो ।

सार्वजनिक स्थानमा सानो कटेरो बनाएर दैनिक ज्यालादारीमा निमेक गर्दै आएकी दराई जस्ता धेरै सुकुम्बासीहरु दरौंदी किनारामा भएपनि स्थानीय तिन दलिय संयन्त्रका सामन्तहरुले गरिवमाथि दमन गर्दै आफ्नै राज गरेका हुन् ।दरौंदी नदि नियन्त्रण भएपछि १६ सय रोपनी जग्गा खेती योग्य भएको थियो । सबैभन्दा धेरै अनियमितता गोरखा नगर पालिकाको वडा नं. ४ र ९ मा भएको हो । 

यस बारेमा केही पनि अनुसन्धान गर्न नसकिएको गोरखा नगर पालिकाका कार्यकारी अधिकृत कृतनराज पौडेलले बताउनुभयो । जसको शक्ति उसैको भक्ति भनेझैं वर्गिय मुक्तिका लागि लड्नेहरु पनि वर्गिय धरातल विर्सेर स्थानीय स्तरमा सामन्तकै कोटामा देखिएका छन् । 

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae